1[A Psalm] of David. Fret not thyself because of evil-doers, Neither be thou envious against them that work unrighteousness.
1दुष्ट मानिसहरूप्रति उदास न होऊ। दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
2For they shall soon be cut down like the grass, And wither as the green herb.
2दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन् जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
3Trust in Jehovah, and do good; Dwell in the land, and feed on [his] faithfulness.
3यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
4Delight thyself also in Jehovah; And he will give thee the desires of thy heart.
4आनन्दसित परमप्रभुको सेवा गर अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
5Commit thy way unto Jehovah; Trust also in him, and he will bring it to pass.
5परमप्रभुमाथि भरोसा गर। उहाँ माथि भरोसा गर अनि के गर्नु पर्नेछ उहाँले गर्नु हुनेछ।
6And he will make thy righteousness to go forth as the light, And thy justice as the noon-day.
6तिमीहरूका असल कार्यहरू र निर्मलता मध्य दिनको घाम झैं चम्कियोस्।
7Rest in Jehovah, and wait patiently for him: Fret not thyself because of him who prospereth in his way, Because of the man who bringeth wicked devices to pass.
7परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं। दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर। जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन् अनि तिनीहरूको खराब युक्तिहरू सफल हुदैनन्।
8Cease from anger, and forsake wrath: Fret not thyself, [it tendeth] only to evil-doing.
8नरिसाऊ! बौलाहा न होऊ! त्यति उदास न होऊ जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्छौ।
9For evil-doers shall be cut off; But those that wait for Jehovah, they shall inherit the land.
9किन? किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन् तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्, परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
10For yet a little while, and the wicked shall not be: Yea, thou shalt diligently consider his place, and he shall not be.
10चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्। तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्!
11But the meek shall inherit the land, And shall delight themselves in the abundance of peace.
11नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन् अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।
12The wicked plotteth against the just, And gnasheth upon him with his teeth.
12दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्। ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्।
13The Lord will laugh at him; For he seeth that his day is coming.
13तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ। उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।
14The wicked have drawn out the sword, and have bent their bow, To cast down the poor and needy, To slay such as are upright in the way.
14दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्। ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्। ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।
15Their sword shall enter into their own heart, And their bows shall be broken.
15तर तिनीहरूको धनुहरू भाँचिने छन् तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ।
16Better is a little that the righteous hath Than the abundance of many wicked.
16दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा, कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।
17For the arms of the wicked shall be broken; But Jehovah upholdeth the righteous.
17किन? किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन्, तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।
18Jehovah knoweth the days of the perfect; And their inheritance shall be for ever.
18परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ, तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।
19They shall not be put to shame in the time of evil; And in the days of famine they shall be satisfied.
19जब संकटहरू आउँछन्, धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्। अनिकालको समयमा पनि धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ।
20But the wicked shall perish, And the enemies of Jehovah shall be as the fat of lambs: They shall consume; In smoke shall they consume away.
20तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्, अनि तिनीहरू नष्ट हुने नै छन्। तिनीहरूका घाटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्। तिनीहरू सबै नाश हुनेछन्।
21The wicked borroweth, and payeth not again; But the righteous dealeth graciously, and giveth.
21दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्।
22For such as are blessed of him shall inherit the land; And they that are cursed of him shall be cut off.
22यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्। तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।
23A man's goings are established of Jehovah; And he delighteth in his way.
23सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ। परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
24Though he fall, he shall not be utterly cast down; For Jehovah upholdeth him with his hand.
24यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ, र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।
25I have been young, and now am old; Yet have I not seen the righteous forsaken, Nor his seed begging bread.
25म जावन थिएँ तर अब वृद्ध भएको छु, तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन। मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।
26All the day long he dealeth graciously, and lendeth; And his seed is blessed.
26धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन् अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।
27Depart from evil, and do good; And dwell for evermore.
27यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने तिमी सघैं बाँच्ने छौ।
28For Jehovah loveth justice, And forsaketh not his saints; They are preserved for ever: But the seed of the wicked shall be cut off.
28परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोडनु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
29The righteous shall inherit the land, And dwell therein for ever.
29धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्। तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।
30The mouth of the righteous talketh of wisdom, And his tongue speaketh justice.
30धर्मी मानिसले उत्तम सल्लाह दिंदछ। उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
31The law of his God is in his heart; None of his steps shall slide.
31उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ। अनि ठीक प्रकारले बाँच्नबाट उ कहिल्यै वन्चित हुँदैन।
32The wicked watcheth the righteous, And seeketh to slay him.
32तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
33Jehovah will not leave him in his hand, Nor condemn him when he is judged.
33जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन् परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न। जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन् परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
34Wait for Jehovah, and keep his way, And he will exalt thee to inherit the land: When the wicked are cut off, thou shalt see it.
34परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख। परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ, उहाँले दुष्टहरूलाई त्यो जग्गा छोडून लाउनु हुनेछ।
35I have seen the wicked in great power, And spreading himself like a green tree in its native soil.
35मैले एक बलवान कपटी मान्छे देखें। ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
36But one passed by, and, lo, he was not: Yea, I sought him, but he could not be found.
36तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिन।
37Mark the perfect man, and behold the upright; For there is a [happy] end to the man of peace.
37शुद्ध र ईमान्दार बन। शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
38As for transgressors, they shall be destroyed together; The end of the wicked shall be cut off.
38तर जुन मानिसले नियम मान्दैन पूर्ण रूपले ध्वंश हुनेछन्। अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।
39But the salvation of the righteous is of Jehovah; He is their stronghold in the time of trouble.
39धर्मी मानिसहरूलाई परमप्रभुले बचाउनु हुन्छ। जब धर्मी मानिसहरू संकटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
40And Jehovah helpeth them, and rescueth them; He rescueth them from the wicked, and saveth them, Because they have taken refuge in him.
40परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउनु हुन्छ। धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन् अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।