1For the Chief Musician; set to Shoshannim. [A Psalm] of the sons of Korah. Maschil. A Song of loves. My heart overfloweth with a goodly matter; I speak the things which I have made touching the king: My tongue is the pen of a ready writer.
1जब म यी कुराहरू राजाको निम्ति लेख्छु सुन्दर शब्दहरूले मेरो मस्टिष्कमा भरिन्छन्। शब्दहरू मेरो जिब्रोबाट आउँछन् मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।
2Thou art fairer than the children of men; Grace is poured into thy lips: Therefore God hath blessed thee for ever.
2तपाईं सबै भन्दा असल हुनुहुन्छ। तपाईं एकदम योग्य वक्ता हुनुहुन्छ। यसकारण परमेश्वरले सदा-सर्वदा तपाईंलाई आशिष दिऊन्!
3Gird thy sword upon thy thigh, O mighty one, Thy glory and thy majesty.
3तिम्रो पटुकामा तरवार भिर। तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ।
4And in thy majesty ride on prosperously, Because of truth and meekness [and] righteousness: And thy right hand shall teach thee terrible things.
4तिमी अचम्मको देखिन्छौ। धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित, तिम्रो शक्तिशाली दाहिने पाखुरा अद्भूत कार्यहरू गर्नलाई दक्ष थियो।
5Thine arrows are sharp; The peoples fall under thee; [They are] in the heart of the king's enemies.
5तिम्रा काँडहरू तीखा छन्, तिम्रा शत्रुहरूका मुटुभित्रसम्म गाडिने छन् जसले गर्दा मानिसहरू तिम्रै सम्मुख भूइँमा लड्ने छन्।
6Thy throne, O God, is for ever and ever: A sceptre of equity is the sceptre of thy kingdom.
6हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ। धार्मिकता नै तपाईंको शाही राजदण्ड हो।
7Thou hast loved righteousness, and hated wickedness: Therefore God, thy God, hath anointed thee With the oil of gladness above thy fellows.
7तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर तपाईंलाई आफ्ना साथीहरूमाथि राज गर्न चुन्नुहुन्छ।
8All thy garments [smell of] myrrh, and aloes, [and] cassia; Out of ivory palaces stringed instruments have made thee glad.
8तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ। यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।
9Kings' daughters are among thy honorable women: At thy right hand doth stand the queen in gold of Ophir.
9लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्। तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निख्खुर सुनको मुकुट लगाएर उभिरहेकी छिन्।
10Hearken, O daughter, and consider, and incline thine ear; Forget also thine own people, and thy father's house:
10हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।
11So will the king desire thy beauty; For he is thy lord; and reverence thou him.
11यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्। ऊ तिम्रो नयाँ लोग्ने हुनेछ। यसैले तिमीले उनको सम्मान गर।
12And the daughter of Tyre [shall be there] with a gift; The rich among the people shall entreat thy favor.
12टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन् यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्।
13The king's daughter within [the palace] is all glorious: Her clothing is inwrought with gold.
13राजकुमारी सुनको धागोले बुनेको पोशाकमा सजिएकी छिन्।
14She shall be led unto the king in broidered work: The virgins her companions that follow her Shall be brought unto thee.
14राजाकहाँ पुर्याउनलाई, बेहुली आफ्ना सुन्दर पोशाकमा छिन्, उनका लोकन्तीहरू पछि पछि छन्।
15With gladness and rejoicing shall they be led: They shall enter into the king's palace.
15तिनीहरू आनन्दको साथ आउँछन्। आनन्दले नै भरिएर तिनीहरू राजाको महलमा प्रवेश गर्छन्।
16Instead of thy fathers shall be thy children, Whom thou shalt make princes in all the earth.
16राजा, तपाईंका पुत्रहरूले तपाईंपछि राज गर्नेछन्। तपाईंले तिनीहरूलाई पृथ्वीभरि शासकहरू बनाउनु हुनेछ।
17I will make thy name to be remembered in all generations: Therefore shall the peoples give thee thanks for ever and ever.
17[This verse may not be a part of this translation]