American Standard Version

Nepali

Psalms

52

1For the Chief Musician. Maschil of David; when Doeg the Edomite came and told Saul, and said unto him, David is come to the house of Abimelech. Why boastest thou thyself in mischief, O mighty man? The lovingkindness of God [endureth] continually.
1हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं? तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
2Thy tongue deviseth very wickedness, Like a sharp razor, working deceitfully.
2तिमीले सधैं मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ। तिमीले सधैं झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।
3Thou lovest evil more than good, And lying rather than to speak righteousness. Selah
3तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ। तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।
4Thou lovest all devouring words, thou deceitful tongue.
4तिमी र तिम्रो झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराँउछन्।
5God will likewise destroy thee for ever; He will take thee up, and pluck thee out of thy tent, And root thee out of the land of the living. Selah
5यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ! उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाट धकेल्दै तान्नु हुनेछ, जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।
6The righteous also shall see [it], and fear, And shall laugh at him, [saying],
6धर्मात्माहरूले यो देख्नेछन् र परमेश्वरको डर मान्ने छन्। परमेश्वरको आदर गर्नेछन्। तिनीहरू तिमीमाथि हाँस्ने छन् र भन्नेछन्।
7Lo, this is the man that made not God his strength, But trusted in the abundance of his riches, And strengthened himself in his wickedness.
7“हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ। उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”
8But as for me, I am like a green olive-tree in the house of God: I trust in the lovingkindness of God for ever and ever.
8तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ। म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।
9I will give thee thanks for ever, because thou hast done it; And I will hope in thy name, for it is good, in the presence of thy saints.
9हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु। म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!