1For the Chief Musician; on stringed instruments. Maschil of David. Give ear to my prayer, O God; And hide not thyself from my supplication.
1हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्।
2Attend unto me, and answer me: I am restless in my complaint, and moan,
2परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस् मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्।
3Because of the voice of the enemy, Because of the oppression of the wicked; For they cast iniquity upon me, And in anger they persecute me.
3मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे। त्यो दुष्ट मानिसले मसित चिच्यायो। मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे। तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे।
4My heart is sore pained within me: And the terrors of death are fallen upon me.
4मेरो हृदय भित्रभित्रै जोडले धडकिरहेको छ। मलाई मृत्युसित डर लाग्यो।
5Fearfulness and trembling are come upon me, And horror hath overwhelmed me.
5म डरले गर्दा र थर-थर कामी रहेकोछु, म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु।
6And I said, Oh that I had wings like a dove! Then would I fly away, and be at rest.
6ओ हो! ढुकुरको जस्तो पंखेटाहरू भए म उडने थिएँ! अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ।
7Lo, then would I wander far off, I would lodge in the wilderness. Selah
7म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ।
8I would haste me to a shelter From the stormy wind and tempest.
8म भागेर बाँच्ने थिएँ। म दुःखको तूफानबाट भाग्ने थिएँ।
9Destroy, O Lord, [and] divide their tongue; For I have seen violence and strife in the city.
9[This verse may not be a part of this translation]
10Day and night they go about it upon the walls thereof: Iniquity also and mischief are in the midst of it.
10[This verse may not be a part of this translation]
11Wickedness is in the midst thereof: Oppression and guile depart not from its streets.
11त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए। मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए।
12For it was not an enemy that reproached me; Then I could have borne it: Neither was it he that hated me that did magnify himself against me; Then I would have hid myself from him:
12यदि यो शत्रु भएको भएता, म हेलाँ गरेको पनि सहन सक्थें। यदि यो मेरो शत्रु भएता म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें।
13But it was thou, a man mine equal, My companion, and my familiar friend.
13तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी। मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।
14We took sweet counsel together; We walked in the house of God with the throng.
14हामी आफ्समा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ, अनि हामी सँगै भीड-भाडमा छिर्दै, छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं।
15Let death come suddenly upon them, Let them go down alive into Sheol; For wickedness is in their dwelling, in the midst of them.
15मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजावोस्! म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्! किन? किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालाग्दो योजनाहरू बनाइरहेछन्।
16As for me, I will call upon God; And Jehovah will save me.
16म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु, अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।
17Evening, and morning, and at noonday, will I complain, and moan; And he will hear my voice.
17म परमेश्वरसँग बिहान, दिउसो र बेलुकी कुरा गर्दछु। मेरो अस्तव्यस्त उहाँलाई बताउँछु। अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!
18He hath redeemed my soul in peace from the battle that was against me; For they were many [that strove] with me.
18मैले धेरै युद्धहरू लडी सकेको छु। तर परमेश्वरले मलाई सधैं बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ।
19God will hear, and answer them, Even he that abideth of old, Selah [The men] who have no changes, And who fear not God.
19परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ। सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।
20He hath put forth his hands against such as were at peace with him: He hath profaned his covenant.
20मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्। तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्।
21His mouth was smooth as butter, But his heart was war: His words were softer than oil, Yet were they drawn swords.
21मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्। तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।
22Cast thy burden upon Jehovah, and he will sustain thee: He will never suffer the righteous to be moved.
22मेरा शत्रुहरू वास्तवमा चिप्लो धस्नेहरू हुन्, तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्। तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ, तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।
23But thou, O God, wilt bring them down into the pit of destruction: Bloodthirsty and deceitful men shall not live out half their days; But I will trust in thee.
23तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ। परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।