American Standard Version

Nepali

Psalms

91

1He that dwelleth in the secret place of the Most High Shall abide under the shadow of the Almighty.
1तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ। अवश्य नै तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
2I will say of Jehovah, He is my refuge and my fortress; My God, in whom I trust.
2म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
3For he will deliver thee from the snare of the fowler, And from the deadly pestilence.
3परमेश्वरले तिमीलाई लुप्त विपदहरू र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ।
4He will cover thee with his pinions, And under his wings shalt thou take refuge: His truth is a shield and a buckler.
4तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ। उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ जसरी एउटा चराले आफ्ना पखेटाहरू फिंजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ। परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।
5Thou shalt not be afraid for the terror by night, Nor for the arrow that flieth by day;
5तिमीहरू राती व्यर्थमा डराउने कामै छैन अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं।
6For the pestilence that walketh in darkness, Nor for the destruction that wasteth at noonday.
6तिमी राती चल्ने रूढीदेखि र दिउँसो क्षय गर्ने नाशदेखि डराउने छैनौ।
7A thousand shall fall at thy side, And ten thousand at thy right hand; [But] it shall not come nigh thee.
7तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ। तपाईंको आफ्नै दाहिने हातले दश हजार शत्रुका सेनाहरूलाई परास्त पार्नेछ। ती शत्रुहरूले तपाईंलाई छुँदैन पनि।
8Only with thine eyes shalt thou behold, And see the reward of the wicked.
8हेर मात्र, अनि तिमीले देख्ने छौ ती दुष्ट मानिसहरू दण्डित भएको।
9For thou, O Jehovah, art my refuge! Thou hast made the Most High thy habitation;
9किन? किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ। तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।
10There shall no evil befall thee, Neither shall any plague come nigh thy tent.
10तिमीलाई केही नराम्रो हुनेछैन। त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
11For he will give his angels charge over thee, To keep thee in all thy ways.
11परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जादा पनि रक्षा गर्नेछन्।
12They shall bear thee up in their hands, Lest thou dash thy foot against a stone.
12तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्, त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।
13Thou shalt tread upon the lion and adder: The young lion and the serpent shalt thou trample under foot.
13तिमीहरूले सिंहहरूमाथि र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
14Because he hath set his love upon me, therefore will I deliver him: I will set him on high, because he hath known my name.
14परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
15He shall call upon me, and I will answer him; I will be with him in trouble: I will deliver him, and honor him.
15मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
16With long life will I satisfy him, And show him my salvation.
16अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु अनि तिनीहरूलाई बचाउनेछु।”