1Jehovah reigneth; let the earth rejoice; Let the multitude of isles be glad.
1परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो। सबै सुदूरतिरका देशहरू खुशी हुन्छन्।
2Clouds and darkness are round about him: Righteousness and justice are the foundation of his throne.
2बाक्लो बादलहरूले परमप्रभुलाई घेरी राखेको छ। धर्म र न्यायले यस राज्यलाई बलियो बनाउँदछ।
3A fire goeth before him, And burneth up his adversaries round about.
3परमप्रभुको सामुन्नेबाट एउटा आकाश जाँदछ अनि उहाँका शत्रुहरूलाई नाश गर्दछ।
4His lightnings lightened the world: The earth saw, and trembled.
4उहाँको बिजुली आकाशमा झलाक-झिलिक चम्किन्छ। मानिसहरू यसलाई देख्छन् र डराउछन्।
5The mountains melted like wax at the presence of Jehovah, At the presence of the Lord of the whole earth.
5परमप्रभुको, समक्ष पर्वतहरू मैन जस्तो पग्लन्छन्, सारा पृथ्वीका स्वामीको सामुन्ने।
6The heavens declare his righteousness, And all the peoples have seen his glory.
6हे आकाश, उहाँको धार्मिकताको बारे बताऊ। ताकि परमेश्वरको महिमा सारा मानिसहरूले देखुन।
7Let all them be put to shame that serve graven images, That boast themselves of idols: Worship him, all ye gods.
7मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्। तिनीहरू आफ्ना “देवताहरूका” विषयमा घमण्ड गर्दछन्। तर ती मानिसहरू लज्जित हुनेछन्। तिनीहरूका “देवताहरू” शिर झुकाएर परमप्रभुलाई उपासना गर्नेछन्।
8Zion heard and was glad, And the daughters of Judah rejoiced, Because of thy judgments, O Jehovah.
8हे सियोन, सुन अनि खुशी बन! हे यहूदाका शहरहरू, खुशी होऊ। किन? किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।
9For thou, Jehovah, art most high above all the earth: Thou art exalted far above all gods.
9सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ। तपाईं अन्य “देवताहरू” भन्दा धेरै असल हुनहुन्छ।
10O ye that love Jehovah, hate evil: He preserveth the souls of his saints; He delivereth them out of the hand of the wicked.
10मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ। परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।
11Light is sown for the righteous, And gladness for the upright in heart.
11धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ।
12Be glad in Jehovah, ye righteous; And give thanks to his holy memorial [name].
12धर्मी मानिसहरू, परमप्रभुमा खुशी रहौं! उहाँको पवित्र नाउँको श्रद्धा गर!