1And a great sign was seen in heaven: a woman arrayed with the sun, and the moon under her feet, and upon her head a crown of twelve stars;
1त्यसपछि स्वर्गमा एक आशर्च्यजनक चिन्ह देखापर्यो। त्यहाँ एक स्त्री थिइन् जसले सूर्य पहिरिहेकी थिइन्। चन्द्रमा उसको पाउ मूनि थियो। उसको शिरमा बाह्रवटा तारा लगाइएको मुकुट थियो।
2and she was the child; and she crieth out, travailing in birth, and in pain to be delivered.
2ती स्त्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्।
3And there was seen another sign in heaven: and behold, a great red dragon, having seven heads and ten horns, and upon his heads seven diadems.
3त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरु थियो।
4And his tail draweth the third part of the stars of heaven, and did cast them to the earth: and the dragon standeth before the woman that is about to be delivered, that when she is delivered he may devour her child.
4त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरुको एक तिहाइ अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खडा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो।
5And she was delivered of a son, a man child, who is to rule all the nations with a rod of iron: and her child was caught up unto God, and unto his throne.
5त्यो स्त्रीले छोरो एक पुरुष बालकलाई जन्माइन्। उसले फलामको छढीद्वारा सम्पूर्ण राष्ट्रहरुमा शासन गर्नेछ। अनिष्ठ त्यस स्त्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो।
6And the woman fled into the wilderness, where she hath a place prepared of God, that there they may nourish her a thousand two hundred and threescore days.
6त्यो स्त्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मरुभूमितर्फ भागिन्। उसलाई त्यो मरुभूमिमा एक हजार दुइ सय साठ्ठी दिनसम्म हेरचाह गरिनेछ।
7And there was war in heaven: Michael and his angels [going forth] to war with the dragon; and the dragon warred and his angels;
7त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकल अनि तिनका दूतहरु त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरु प्रतिकारमा लडे।
8And they prevailed not, neither was their place found any more in heaven.
8तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरुले स्वर्गमा आफ्ना स्थान गुमाए।
9And the great dragon was cast down, the old serpent, he that is called the Devil and Satan, the deceiver of the whole world; he was cast down to the earth, and his angels were cast down with him.
9त्यो विशाल सर्प त्यसका दूतहरु सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरु पनि उसंगै पृथ्वी तल फालियो।
10And I heard a great voice in heaven, saying, Now is come the salvation, and the power, and the kingdom of our God, and the authority of his Christ: for the accuser of our brethren is cast down, who accuseth them before our God day and night.
10तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरुलाई दोषलगाउने पयाँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो।
11And they overcame him because of the blood of the Lamb, and because of the word of their testimony; and they loved not their life even unto death.
11हाम्रा भाइहरुले तिनलाई भेंडाको पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरु मृत्युसित डराएका थिएनन्।
12Therefore rejoice, O heavens, and ye that dwell in them. Woe for the earth and for the sea: because the devil is gone down unto you, having great wrath, knowing that he hath but a short time.
12यसर्थ तिमी स्वर्गहरु अनि सबै जो त्यहाँ बस्छन्, सुखी होऊ। तर पृथ्वी अनि समुद्रको तिम्ति नराम्रो हुनेछ किनभने शैतान तिमीहरुकहाँ गएको छ. जब त्यसलाई थाहा छ कि उसको समय अति कम्ती छ त्यो क्रोधपूर्ण छ।”
13And when the dragon saw that he was cast down to the earth, he persecuted the woman that brought forth the man [child].
13त्यो विशाल सर्पले देख्यो कि त्यो पृथ्वी तलतिर फ्याँकिएको छ। यसर्थ उसले त्यस स्त्रीलाई देख्यो जसले एउटा छोरो जन्म दिएकी थिई।
14And there were given to the woman the two wings of the great eagle, that she might fly into the wilderness unto her place, where she is nourished for a time, and times, and half a time, from the face of the serpent.
14तर त्यस स्त्रीलाई विशाल गरुडको दुई पखेटा दिइयो। यसर्थ तिनी त्यस स्थानमा उडेर जान सक्थिइन् जो मरुभूमिमा तिनको निम्ति तयार गरिएको थियो। त्यस स्थानमा साढे तीन र्वषसम्म तिनको हेरचाह गरिने थियो। त्यहाँ तिनी त्यो सर्पदेखि टाढो बस्न सक्थिन.
15And the serpent cast out of his mouth after the woman water as a river, that he might cause her to be carried away by the stream.
15तब त्यस सर्पले आफ्नो मुखबाट नदीले जस्तो पानी पोखायो। त्यस सर्पले त्यस स्त्री तिर पानी खन्यायो जसद्वारा उसलाई बाढीले बगाउन सक्थ्यो।
16And the earth helped the woman, and the earth opened her mouth and swallowed up the river which the dragon cast out of his mouth.
16तर त्यस स्त्रीलाई पृथ्वीले सहायता गर्यो। पृथ्वीले आफ्नो मुख खोल्यो अनि त्यस सर्पको मुखबाट निस्केको पानी निल्यो।
17And the dragon waxed wroth with the woman, and went away to make war with the rest of her seed, that keep the commandments of God, and hold the testimony of Jesus:
17तब त्यो विशाल सर्प त्यस स्त्री प्रति खूबै क्रोधित भयो। त्यो सर्प त्यस स्त्रीको अन्य बालकहरुको विरुद्ध लडाईं गर्न हिँडयो। त्यस स्त्रीका बालकहरु तिनीहरु थिए जसले परमेश्वरको आदेशको पालन गर्थे। येशूले सिकाएको सत्य तिनीहरुसित थियो।