1And I saw, and behold, the Lamb standing on the mount Zion, and with him a hundred and forty and four thousand, having his name, and the name of his Father, written on their foreheads.
1त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। उ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरु थिए। तिनीहरु सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो।
2And I heard a voice from heaven, as the voice of many waters, and as the voice of a great thunder: and the voice which I heard [was] as [the voice] of harpers harping with their harps:
2अनि मैले बाढी आएको आवाज अथवा ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनें। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरुको आवाज जस्तै थियो।
3and they sing as it were a new song before the throne, and before the four living creatures and the elders: and no man could learn the song save the hundred and forty and four thousand, [even] they that had been purchased out of the earth.
3मानिसहरुले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरु अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरु जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्।
4These are they that were not defiled with women; for they are virgins. These [are] they that follow the Lamb whithersoever he goeth. These were purchased from among men, [to be] the firstfruits unto God and unto the Lamb.
4यी एक लाख चवालीस हजार मानिसहरु जसले स्त्रीहरुसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरुले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरुबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरु नै पहिलो मानिसहरु थिए।
5And in their mouth was found no lie: they are without blemish.
5यी मानिसहरुले कहिल्यै झुटो बोलेनन्। तिनीहरु दोषरहित थिए।
6And I saw another angel flying in mid heaven, having eternal good tidings to proclaim unto them that dwell on the earth, and unto every nation and tribe and tongue and people;
6तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरु प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो!
7and he saith with a great voice, Fear God, and give him glory; for the hour of his judgment is come: and worship him that made the heaven and the earth and sea and fountains of waters.
7त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरुको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”
8And another, a second angel, followed, saying, Fallen, fallen is Babylon the great, that hath made all the nations to drink of the wine of the wrath of her fornication.
8तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुसरण गर्यो अनि भन्यो, “उ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरुलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।”
9And another angel, a third, followed them, saying with a great voice, If any man worshippeth the beast and his image, and receiveth a mark on his forehead, or upon his hand,
9तेस्रो स्वर्गदूतले पहिलो दुई स्वर्गदूतहरुको अनुसरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ।
10he also shall drink of the wine of the wrath of God, which is prepared unmixed in the cup of his anger; and he shall be tormented with fire and brimstone in the presence of the holy angels, and in the presence of the Lamb:
10त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कडा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरु अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ।
11and the smoke of their torment goeth up for ever and ever; and they have no rest day and night, they that worship the beast and his image, and whoso receiveth the mark of his name.
11अनि तिनीहरुको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरु जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरुको निम्ति दिन रात आराम रहने छैन।
12Here is the patience of the saints, they that keep the commandments of God, and the faith of Jesus.
12यसको मतलब-परमेश्वरको पवित्र मानिसहरुमा धैर्य हुनुपर्छ। तिनीहरुले परमेश्वरको आदेशहरु पालन गर्नुपर्छ अनि आफ्ना विश्वास येशूमाथि राख्नु पर्छ।
13And I heard the voice from heaven saying, Write, Blessed are the dead who die in the Lord from henceforth: yea, saith the Spirit, that they may rest from their labors; for their works follow with them.
13तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरु धन्य हुन्।” आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरु तिनीहरुका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरुले गरेका कुराहरु तिनीहरुसितै रहनेछन्।”
14And I saw, and behold, a white cloud; and on the cloud [I saw] one sitting like unto a son of man, having on his head a golden crown, and in his hand sharp sickle.
14मैले हेरें अनि मेरो अघि त्यहाँ सेतो बादल थियो। त्यो सेतो बादलमा जो बसेका थिए तिनी मानिसको पुत्र जस्तै देखिन्थे। उनको शिरमा सुनौलो मुकुट अनि हातमा धारीलो हँसिया।
15And another angel came out from the temple, crying with a great voice to him that sat on the cloud, Send forth thy sickle, and reap: for the hour to reap is come; for the harvest of the earth is ripe.
15तब, मन्दिर बाहिर अर्को स्वर्गदूत आयो। त्यो स्वर्गदूतले जो बादलमाथि बसेका थिए तिनलाई भन्यो, “तिम्रो हँसिया लेऊ अनि बाली काट। फसल काटने समय आयो। पृथ्वीको फल पाक्यो।”
16And he that sat on the cloud cast his sickle upon the earth; and the earth was reaped.
16यसर्थ उनी जो बादलमा बसेका थिए, पृथ्वीमाथि आफ्नो हँसिया चलाए अनि पृथ्वीको फसल काटियो।
17Another angel came out from the temple which is in heaven, he also having a sharp sickle.
17तब स्वर्गमा मन्दिर बाहिर अर्को स्वर्गदूत निस्के। त्यो स्वर्गदूतसित पनि धारिलो हँसिया थियो।
18And another angel came out from the altar, he that hath power over fire; and he called with a great voice to him that had the sharp sickle, saying, Send forth thy sharp sickle, and gather the clusters of the vine of the earth; for her grapes are fully ripe.
18त्यसपछि वेदिबाट अर्को स्वर्गदूत आए। यो स्वर्गदूतको आगोमाथि अधिकार थियो। यो स्वर्गदूतले धारिलो हँसिया हुने स्वर्गदूतलाई भने। उसले भने, “तिम्रो धारिलो हँसिया लेऊ अनि पृथ्वीको अङ्गूर घारीबाट अङ्गूरका झुप्पा संग्रह गर। पृथ्वीका अङ्गूरहरु पाकेका छन्।”
19And the angel cast his sickle into the earth, and gathered the vintage of the earth, and cast it into the winepress, the great [winepress], of the wrath of God.
19त्यो स्वर्गदूतले उसको हँसिया पृथ्वीमाथि चलाए अनि स्वर्गदूतले पृथ्वीका अङ्गूरहरु संग्रह गरे अनि परमेश्वरको क्रोधको बृहत दाखदानीमा हालिदिए।
20And the winepress are trodden without the city, and there came out blood from the winepress, even unto the bridles of the horses, as far as a thousand and six hundred furlongs.
20नगर बाहिर दाखदानीमा अङ्गूरहरु निचोरियो। दाखदानी बाहिर रगत बग्यो। यो दुई सय माइल टाढासम्म घोडाको लगामसम्म पुग्ने गरी गहीरो थियो।