American Standard Version

Nepali

Revelation

4

1After these things I saw, and behold, a door opened in heaven, and the first voice that I heard, [a voice] as of a trumpet speaking with me, one saying, Come up hither, and I will show thee the things which must come to pass hereafter.
1तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।”
2Straightway I was in the Spirit: and behold, there was a throne set in heaven, and one sitting upon the throne;
2तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए।
3and he that sat [was] to look upon like a jasper stone and a sardius: and [there was] a rainbow round about the throne, like an emerald to look upon.
3उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।
4And round about the throne [were] four and twenty thrones: and upon the thrones [I saw] four and twenty elders sitting, arrayed in white garments; and on their heads crowns of gold.
4सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरु थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरु बसिरहेका थिए। ती अग्रजहरु सेतो लुगामा थिए अनि तिनीहरुका शिरमा सुनको मुकुट थियो।
5And out of the throne proceed lightnings and voices and thunders. And [there was] seven lamps of fire burning before the throne, which are the seven Spirits of God;
5सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्याङ गुडुङको आवाज आइरहेको थियो। सिंहासनको अधि सातवटा दीप बलिरहेका थिए। ती दीपहरु परमेश्वरका सातवटा आत्माहरु हुन्।
6and before the throne, as it were a sea of glass like a crystal; and in the midst of the throne, and round about the throne, four living creatures full of eyes before and behind.
6सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो। सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरुका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरु थिए।
7And the first creature [was] like a lion, and the second creature like a calf, and the third creature had a face as of a man, and the fourth creature [was] like a flying eagle.
7पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रोे गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड जस्तो थियो।
8and the four living creatures, having each one of them six wings, are full of eyes round about and within: and they have no rest day and night, saying, Holy, holy, holy, [is] the Lord God, the Almighty, who was and who is and who is to come.
8यी प्रत्येक चार सजीव बस्तुहरुका छ वटा पखेटाहरु थिए। यी सजीव बस्तुहरुका शरीर भरि, भित्र अनि बाहिर आँखाहरुले भरिएका थिए। तिनीहरु यसो भनिरहन दिन रात रोकिएनन् “पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व शक्तिवान छन्। उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”
9And when the living creatures shall give glory and honor and thanks to him that sitteth on the throne, to him that liveth for ever and ever,
9यी सजीव वस्तुहरुले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरु यसो गर्छन्,
10the four and twenty elders shall fall down before him that sitteth on the throne, and shall worship him that liveth for ever and ever, and shall cast their crowns before the throne, saying,
10तो चौबीस जना अग्रजहरु उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा सर्वदा जीवित रहन्छन्, अग्रजहरु उहाँलाई पूजा गर्छन्। अग्रजहरु आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्
11Worthy art thou, our Lord and our God, to receive the glory and the honor and the power: for thou didst create all things, and because of thy will they were, and were created.
11“हाम्रा परमप्रभु अनि परमेश्वर। तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईंले सबै बस्तुहरु सृष्टि गर्नु भयो। हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन् किनभने तपाईंले यस्तो चहानु भएको छ।”