1There is therefore now no condemnation to them that are in Christ Jesus.
1यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन।
2For the law of the Spirit of life in Christ Jesus made me free from the law of sin and of death.
2किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो।
3For what the law could not do, in that it was weak through the flesh, God, sending his own Son in the likeness of sinful flesh and for sin, condemned sin in the flesh:
3व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो।
4that the ordinance of the law might be fulfilled in us, who walk not after the flesh, but after the Spirit.
4परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।
5For they that are after the flesh mind the things of the flesh; but they that are after the Spirit the things of the Spirit.
5जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभापव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्।
6For the mind of the flesh is death; but the mind of the Spirit is life and peace:
6यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ।
7because the mind of the flesh is enmity against God; for it is not subject to the law of God, neither indeed can it be:
7यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब उ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ।
8and they that are in the flesh cannot please God.
8ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्।
9But ye are not in the flesh but in the Spirit, if so be that the Spirit of God dwelleth in you. But if any man hath not the Spirit of Christ, he is none of his.
9तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने उ ख्रीष्टसित हुँदैन।
10And if Christ is in you, the body is dead because of sin; but the spirit is life because of righteousness.
10किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो।
11But if the Spirit of him that raised up Jesus from the dead dwelleth in you, he that raised up Christ Jesus from the dead shall give life also to your mortal bodies through his Spirit that dwelleth in you.
11परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।
12So then, brethren, we are debtors, not to the flesh, to live after the flesh:
12यसकारण मेरा दाज्यु-भाई, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन।
13for if ye live after the flesh, ye must die; but if by the Spirit ye put to death the deeds of the body, ye shall live.
13यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य-जीवन पाउने छौ।
14For as many as are led by the Spirit of God, these are sons of God.
14परमेश्वरका साँचो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्।
15For ye received not the spirit of bondage again unto fear; but ye received the spirit of adoption, whereby we cry, Abba, Father.
15जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “पिता, प्रिय पिता।”
16The Spirit himself beareth witness with our spirit, that we are children of God:
16अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं।
17and if children, then heirs; heirs of God, and joint-heirs with Christ; if so be that we suffer with [him], that we may be also glorified with [him].
17यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।
18For I reckon that the sufferings of this present time are not worthy to be compared with the glory which shall be revealed to us-ward.
18अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन।
19For the earnest expectation of the creation waiteth for the revealing of the sons of God.
19परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठुलो उत्सुकताको साथ त्यस समयलाई र्पखिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ।
20For the creation was subjected to vanity, not of its own will, but by reason of him who subjected it, in hope
20प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः
21that the creation itself also shall be delivered from the bondage of corruption into the liberty of the glory of the children of God.
21परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।
22For we know that the whole creation groaneth and travaileth in pain together until now.
22हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक र्पखिरहेकै छन्।
23And not only so, but ourselves also, who have the first-fruits of the Spirit, even we ourselves groan within ourselves, waiting for [our] adoption, [to wit], the redemption of our body.
23यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर र्पखिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक र्पखिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर र्पखिरहेकाछौं।
24For in hope were we saved: but hope that is seen is not hope: for who hopeth for that which he seeth?
24हामीहरू बचाइयौं र हामीमा यो आशा छ। यदि हामीले र्पखिरेहका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँदछन्।
25But if we hope for that which we see not, [then] do we with patience wait for it.
25तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठुलो धैर्यसित त्यो र्पखिरहेका छौं।
26And in like manner the Spirit also helpeth our infirmity: for we know not how to pray as we ought; but the Spirit himself maketh intercession for [us] with groanings which cannot be uttered;
26आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन।
27and he that searcheth the hearts knoweth what is the mind of the Spirit, because he maketh intercession for the saints according to [the will of] God.
27परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ।
28And we know that to them that love God all things work together for good, [even] to them that are called according to [his] purpose.
28हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।
29For whom he foreknew, he also foreordained [to be] conformed to the image of his Son, that he might be the firstborn among many brethren:
29यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो।अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाईहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो।
30and whom he foreordained, them he also called: and whom he called, them he also justified: and whom he justified, them he also glorified.
30परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै होउन् भन्ने योजना गर्नुभयो। अनि परमेश्वरद्वारा बोलइएका तिनीहरूलाई पनि धर्मी बनाइयो। अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।
31What then shall we say to these things? If God [is] for us, who [is] against us?
31यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?
32He that spared not his own Son, but delivered him up for us all, how shall he not also with him freely give us all things?
32परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र?
33Who shall lay anything to the charge of God's elect? It is God that justifieth;
33परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ।
34who is he that condemneth? It is Christ Jesus that died, yea rather, that was raised from the dead, who is at the right hand of God, who also maketh intercession for us.
34परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ।
35Who shall separate us from the love of Christ? shall tribulation, or anguish, or persecution, or famine, or nakedness, or peril, or sword?
35ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नागोंपनले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ सक्दैन।
36Even as it is written, For thy sake we are killed all the day long; We were accounted as sheep for the slaughter.
36धर्मशास्त्रले भन्छः “तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं, मानिसहरू सोंच्दछन् हामी मारिने भेंडा जस्ता छौं।” भजनसंग्रह 44:22
37Nay, in all these things we are more than conquerors through him that loved us.
37तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं।
38For I am persuaded, that neither death, nor life, nor angels, nor principalities, nor things present, nor things to come, nor powers,
38[This verse may not be a part of this translation]
39nor height, nor depth, nor any other creature, shall be able to separate us from the love of God, which is in Christ Jesus our Lord.
39[This verse may not be a part of this translation]