Welsh

Nepali

Proverbs

3

1 Fy mab, paid ag anghofio fy nghyfarwyddyd; cadw fy ngorchmynion yn dy gof.
1हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।
2 Oherwydd ychwanegant at nifer dy ddyddiau a rhoi blynyddoedd o fywyd a llwyddiant.
2मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउन सिकाउँछ।
3 Paid � gollwng gafael ar deyrngarwch a ffyddlondeb; rhwym hwy am dy wddf, ysgrifenna hwy ar lech dy galon;
3प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्।
4 a byddi'n ennill ffafr ac enw da yng ngolwg Duw a dynion.
4तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।
5 Ymddiried yn llwyr yn yr ARGLWYDD, a phaid � dibynnu ar dy ddeall dy hun.
5तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर।
6 Cydnabydda ef yn dy holl ffyrdd, bydd ef yn sicr o gadw dy lwybrau'n union.
6तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।
7 Paid � bod yn ddoeth yn dy olwg dy hun; ofna'r ARGLWYDD, a chilia oddi wrth ddrwg.
7आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाडो बस्नु।
8 Bydd hyn yn iechyd i'th gorff, ac yn faeth i'th esgyrn.
8यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।
9 Anrhydedda'r ARGLWYDD �'th gyfoeth, ac � blaenffrwyth dy holl gynnyrch.
9तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।
10 Yna bydd dy ysguboriau'n orlawn, a'th gafnau'n gorlifo gan win.
10त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।
11 Fy mab, paid � diystyru disgyblaeth yr ARGLWYDD, a phaid � digio wrth ei gerydd;
11हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।
12 oherwydd ceryddu'r un a g�r y mae'r ARGLWYDD, fel tad sy'n hoff o'i blentyn.
12किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ। ज्ञानहरूको आशीर्वाद
13 Gwyn ei fyd y sawl a gafodd ddoethineb, a'r un sy'n berchen deall.
13धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो।
14 Y mae mwy o elw ynddi nag mewn arian, a'i chynnyrch yn well nag aur.
14ज्ञानबाट जो लाभ हुन्छ त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो।
15 Y mae'n fwy gwerthfawr na gemau, ac nid yw dim a ddymuni yn debyg iddi.
15ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मूल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन।
16 Yn ei llaw dde y mae hir oes, a chyfoeth ac anrhydedd yn ei llaw chwith.
16ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ।
17 Ffyrdd hyfryd yw ei ffyrdd, a heddwch sydd ar ei holl lwybrau.
17ज्ञानका मार्गहरू आनन्ददायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ।
18 Y mae'n bren bywyd i'r neb a gydia ynddi, a dedwydd yw'r rhai sy'n glynu wrthi.
18ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ संधै धन्य रहन्छन्।
19 Trwy ddoethineb y sylfaenodd yr ARGLWYDD y ddaear, ac � deall y sicrhaodd y nefoedd;
19परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो।
20 trwy ei ddeall y ffrydiodd y dyfnderau, ac y defnynna'r cymylau wlith.
20उहाँको ज्ञान द्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।
21 Fy mab, dal d'afael ar graffter a phwyll; paid �'u gollwng o'th olwg;
21हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझलमा नपार। विजयहरूमा नियालेर सोच अनि होशियारीसित योजनाहरू बनाऊ।
22 byddant yn iechyd i'th enaid, ac yn addurn am dy wddf.
22ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ।
23 Yna cei gerdded ymlaen heb bryder, ac ni fagla dy droed.
23त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिडने छौ कतै पल्टनै छैनौ।
24 Pan eisteddi, ni fyddi'n ofni, a phan orweddi, bydd dy gwsg yn felys.
24जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ।
25 Paid ag ofni rhag unrhyw ddychryn disymwth, na dinistr y drygionus pan ddaw;
25तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु।
26 oherwydd bydd yr ARGLWYDD yn hyder iti, ac yn cadw dy droed rhag y fagl.
26किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न।
27 Paid � gwrthod cymwynas i'r sawl sy'n ei haeddu, os yw yn dy allu i'w gwneud.
27जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर।
28 Paid � dweud wrth dy gymydog, "Tyrd yn d'�l eto, ac fe'i rhoddaf iti yfory", er ei fod gennyt yn awr.
28जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।
29 Paid � chynllunio drwg yn erbyn dy gymydog, ac yntau'n ymddiried ynot.
29तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छअनि तिमीमाथि भरोसा गर्छन।
30 Paid � chweryla'n ddiachos ag unrhyw un, ac yntau heb wneud cam � thi.
30कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याउ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने।
31 Paid � chenfigennu wrth ormeswr, na dewis yr un o'i ffyrdd.
31उपदव्र गर्ने मानिसको इर्ष्या नगर, अनि ऊ जस्तै हुन नखोज।
32 Oherwydd y mae'r ARGLWYDD yn ffieiddio'r cyfeiliornus, ond yn rhannu ei gyfrinach �'r uniawn.
32किन? किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।
33 Y mae melltith yr ARGLWYDD ar du375?'r drygionus, ond y mae'n bendithio trigfa'r cyfiawn.
33दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।
34 Er iddo ddirmygu'r dirmygwyr, eto fe rydd ffafr i'r gostyngedig.
34यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउछ भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।
35 Etifedda'r doeth anrhydedd, ond y ffyliaid bentwr o warth.
35ज्ञानी मानिसले आदर पाउँछन, तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।