Welsh

Nepali

Proverbs

31

1 Geiriau Lemuel brenin Massa, y rhai a ddysgodd ei fam iddo:
1यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;
2 Beth yw hyn, fy mab, mab fy nghroth? Beth yw hyn, mab fy addunedau?
2तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ।
3 Paid � threulio dy nerth gyda merched, na'th fywyd gyda'r rhai sy'n dinistrio brenhinoedd.
3स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम।
4 Nid gweddus i frenhinoedd, O Lemuel, nid gweddus i frenhinoedd yfed gwin, ac nid gweddus i reolwyr flysio diod gadarn,
4लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन।
5 rhag iddynt yfed, ac anghofio'r hyn a ddeddfwyd, a gwyrdroi achos y rhai gorthrymedig i gyd.
5तिनीहरूले ज्यादै पिएर यस्तो हुनु सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्।
6 Rhowch ddiod gadarn i'r un sydd ar ddarfod, a gwin i'r chwerw ei ysbryd;
6गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।
7 c�nt hwy yfed ac anghofio'u tlodi, a pheidio � chofio'u gofid byth mwy.
7मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।
8 Dadlau o blaid y mud, a thros achos yr holl rai diobaith.
8तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ।
9 Siarad yn eglur, a rho farn gyfiawn; cefnoga achos yr anghenus a'r tlawd.
9न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।
10 Pwy a all ddod o hyd i wraig fedrus? Y mae hi'n fwy gwerthfawr na gemau.
10असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
11 Y mae calon ei gu373?r yn ymddiried ynddi, ac ni fydd pall ar ei henillion.
11तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ अनि कहिल्यै गरीब हुनु पर्दैन।
12 Y mae'n gwneud daioni iddo yn hytrach na cholled, a hynny ar hyd ei hoes.
12आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार र्गछिन् अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्।
13 Y mae'n ceisio gwl�n a llin, ac yn cael pleser o weithio �'i dwylo.
13तिनी सधैं ऊनी तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्।
14 Y mae, fel llongau masnachwr, yn dwyn ei hymborth o bell.
14तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै, कहीबाट पनि भोजन लिएर घर आउँछिन्।
15 Y mae'n codi cyn iddi ddyddio, yn darparu bwyd i'w thylwyth, ac yn trefnu gorchwylion ei morynion.
15तिनी बिहानै उठी भोजन पकाउँछिन्, अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाडछिन्।
16 Ar �l ystyried yn fanwl, y mae'n prynu maes, ac yn plannu gwinllan �'i henillion.
16तिनी जमीन निरीक्षण र्गछिन् अनि उचित मूल्यमा किन्छिन् आफूले कमाएको पैसाबाट दाख रोप्छिन्।
17 Y mae'n gwregysu ei llwynau � nerth, ac yn dangos mor gryf yw ei breichiau.
17तिनी अत्यन्तै परिश्रमी छिन् अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।
18 Y mae'n sicrhau bod ei busnes yn broffidiol, ac ni fydd ei lamp yn diffodd trwy'r nos.
18आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार र्गछिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम र्गछिन्।
19 Y mae'n gosod ei llaw ar y cogail, a'i dwylo'n gafael yn y werthyd.
19तिनीले आफैं धागो कात्छिन अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्।
20 Y mae'n estyn ei llaw i'r anghenus, a'i dwylo i'r tlawd.
20गरीबलाई सधैं दान दिन्छिन् अनि दीन-हीन मानिसहरूको खाँचो पूरा र्गछिन्।
21 Nid yw'n pryderu am ei thylwyth pan ddaw eira, oherwydd byddant i gyd wedi eu dilladu'n glyd.
21हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्। तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।
22 Y mae'n gwneud cwrlidau iddi ei hun, ac y mae ei gwisg o liain main a phorffor.
22तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिंजाउँछिन अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्।
23 Y mae ei gu373?r yn adnabyddus yn y pyrth, pan yw'n eistedd gyda henuriaid yr ardal.
23उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।
24 Y mae'n gwneud gwisgoedd o liain ac yn eu gwerthu, ac yn darparu gwregysau i'r masnachwr.
24तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन् र व्यापारीहरूलाई बेच्छिन्।
25 Y mae wedi ei gwisgo � nerth ac anrhydedd, ac yn wynebu'r dyfodol dan chwerthin.
25तिनी बलीयी अनि मर्यादित छिन्, तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्।
26 Y mae'n siarad yn ddoeth, a cheir cyfarwyddyd caredig ar ei thafod.
26तिनको बोलीमा ज्ञान छ र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।
27 Y mae'n cadw golwg ar yr hyn sy'n digwydd i'w theulu, ac nid yw'n bwyta bara segurdod.
27तिनले आफ्नो परिवारको कामको हेरविचार र्गछिन्। तिनले कहिले अल्छी गर्दिनन्।
28 Y mae ei phlant yn tyfu ac yn ei bendithio; a bydd ei gu373?r yn ei chanmol:
28तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,
29 "Y mae llawer o ferched wedi gweithio'n fedrus, ond yr wyt ti'n rhagori arnynt i gyd."
29“संसारमा धेरै असल स्त्रीहरू छन् तर ती मध्ये तिमी नै सर्वश्रेष्ट हौ।”
30 Y mae tegwch yn twyllo, a phrydferthwch yn darfod, ond y wraig sy'n ofni'r ARGLWYDD, y mae hon i'w chanmol.
30आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।
31 Rhowch iddi o ffrwyth ei dwylo, a bydded i'w gwaith ei chanmol yn y pyrth.
31तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।