Welsh

Nepali

Proverbs

7

1 Fy mab, cadw fy ngeiriau, a thrysora fy ngorchmynion.
1हे मेरो छोरो! मेरा सल्लाहहरू सम्झि राख्। मेरा आज्ञाहरू बहुमूल्य सम्पत्ति झैं संचय गरिराख्।
2 Cadw fy ngorchmynion, iti gael byw, a boed fy nghyfarwyddyd fel cannwyll dy lygad.
2तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख।
3 Rhwym hwy am dy fysedd, ysgrifenna hwy ar lech dy galon.
3तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख।
4 Dywed wrth ddoethineb, "Fy chwaer wyt ti", a chyfarch ddeall fel c�r,
4ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ; समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!”
5 i'th gadw dy hun rhag y wraig ddieithr, a rhag yr estrones a'i geiriau gwenieithus.
5तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्नीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ।
6 Yr oeddwn yn ffenestr fy nhu375?, yn edrych allan trwy'r dellt
6एकदिन मैले मेरो घरको झ्यालबाट हेरें, मैले धेरै ठिटाहरूलाई देखें
7 ac yn gwylio'r rhai ifainc gwirion; a gwelais yn eu plith un disynnwyr
7अनि तिनीहरू मध्ये एकजनालाई ध्यान दिएँ त्यो एकदमै मूर्ख रहेछ।
8 yn mynd heibio i gornel y stryd, ac yn troi i gyfeiriad ei thu375?
8त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। उ उसको घरको दिशातिर अगि बढिरहेको थियो।
9 yn y cyfnos, yn hwyr y dydd, pan oedd yn dechrau nosi a thywyllu.
9अस्ताँउने घामले गोधुली बेलालाई डक्दै थियो। रात आफ्ना अन्धकारसँग आउँदै थियो।
10 Daeth dynes i'w gyfarfod, wedi ei gwisgo fel putain, ac yn llawn ystryw �
10त्यसै समयमा कुनै एउटी स्त्री उसलाई भेट्न आई। उसले एउटा वेश्याले झैं लुगा लगएकी थिइ र ऊ एकदमै धूर्त थिई।
11 un benchwiban a gwamal, nad yw byth yn aros gartref,
11ऊ उच्च स्वरकी अनि विद्रोही थिइ। ऊ उसको घरमा वस्नु चाहँन्दैन थिइ।
12 weithiau ar y stryd, weithiau yn y sgw�r, yn llercian ym mhob cornel �
12त्यो स्त्री कहिले गल्लीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउँन कुना काप्चाहरू तिर लुकेर बस्थी।
13 y mae'n cydio ynddo ac yn ei gusanu, ac yn ddigon wynebgaled i ddweud wrtho,
13उसले त्यस केटोलाई समाती र चुम्बन खाई अनि निर्लज्जा रूपमा उसको आँखामा हेर्दै भनी,
14 "Roedd yn rhaid imi offrymu heddoffrymau, ac rwyf newydd gyflawni f'addewid;
14“आज मैले मेलबलि चढाउनु पर्छ। कारण मैले आज आफ्नो भाकल पूरा गरें। त्यसको केही भाग घर लगें र आज मसित खानेकुराहरू प्रशस्त छन्।
15 am hynny y deuthum allan i'th gyfarfod ac i chwilio amdanat, a dyma fi wedi dy gael.
15यसैकारण म तपाईलाई खोज्न बाहिर निस्केर आइरहेकी थिंएँ अनि अहिले तपाईलाई भेटें।
16 Taenais ar fy ngwely gwrlid o frethyn lliwgar yr Aifft;
16मैले मेरो ओछ्यानमा मिश्रदेशको रंगीन च्यादरले सजाएकीछु।
17 ac rwyf wedi persawru fy ngwely � myrr, aloes a sinamon.
17मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु।
18 Tyrd, gad inni ymgolli mewn cariad tan y bore, a chael mwynhad wrth garu.
18मसित आऊ, रात भरी हामी प्रेमको आलिङ्गनमा बाँधिएर आनन्दमा विभोर भई भोग गरौं।
19 Oherwydd nid yw'r gu373?r gartref; fe aeth ar daith bell.
19मेरो पति घरमा छैनन्, तिनी धेरै लामो यात्रामा गएका छन्।
20 Cymerodd god o arian gydag ef, ac ni fydd yn �l nes y bydd y lleuad yn llawn."
20तिनी आफ्नो थैली भरी पैसा बोकेर गएका छन् अनि यो तोकीएको दिन सम्म फर्केर आउँदैनन्।”
21 Y mae'n ei ddenu �'i phersw�d, ac yn ei hudo �'i geiriau gwenieithus.
21त्यस स्त्रीले उसलाई फसाउँन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो।
22 Y mae yntau'n ei dilyn heb oedi, fel ych yn mynd i'r lladd-dy, fel carw yn neidio i'r rhwyd
22उसले त्यस आइमाईलाई पछ्याउँछ र एक्कासि ऊ कसाइखाना तिर लगिंदै गरेको साँढे झैं हुन्छ। ऊ धनुषकाँडले कलेजो छेडेको मृग झैं भएको छ। ऊ जस्तै जालमा फँस्न उडिरहेकोछ।
23 cyn i'r saeth ei drywanu i'r byw, fel aderyn yn hedeg yn syth i'r fagl heb wybod fod ei einioes mewn perygl.
23तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ।
24 Yn awr, blant, gwrandewch arnaf, a rhowch sylw i'm geiriau.
24अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ।
25 Paid � gadael i'th galon dy ddenu i'w ffyrdd, a phaid � chrwydro i'w llwybrau;
25तिम्रो हृदयलाई उसको मार्ग तिर डोर्याउँन नदेऊ त्यो बाटो तिर नफर्क।
26 oherwydd y mae wedi taro llawer yn gelain, a lladdwyd nifer mawr ganddi.
26त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे।
27 Ffordd i Sheol yw ei thu375?, yn arwain i lawr i neuaddau marwolaeth.
27त्यस स्त्रीको घरले चिहानतिर डोर्याइरहेको हुन्छ र त्यसलाई पछ्याउनेहरू मृत्यको मुखमा पर्छन्।