Danish

Nepali

Acts

2

1Og da Pinsefestens Dag kom, vare de alle endrægtigt forsamlede.
1जब पेन्तिकोसको दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए।
2Og der kom pludseligt fra Himmelen en Lyd som af et fremfarende vældigt Vejr og fyldte hele Huset, hvor de sade.
2अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकिदियो।
3Og der viste sig for dem Tunger som af Ild, der fordelte sig og satte sig på hver enkelt af dem.
3तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो।
4Og de bleve alle fyldte med den Helligånd, og de begyndte at tale i andre Tungemål, efter hvad Ånden gav dem at udsige.
4तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।
5Men der var Jøder, bosiddende i Jerusalem, gudfrygtige Mænd af alle Folkeslag under Himmelen.
5त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए।
6Da denne Lyd kom, strømmede Mængden sammen og blev forvirret; thi hver enkelt hørte dem tale på hans eget Mål.
6तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे।
7Og de forbavsedes alle og undrede sig og sagde: "Se, ere ikke alle disse, som tale, Galilæere?
7यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्।
8Hvor kunne vi da høre dem tale, hver på vort eget Mål, hvor vi ere fødte,
8तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं
9Parthere og Medere og Elamiter, og vi, som høre hjemme i Mesopotamien, Judæa og Happadokien. Pontus og Asien,
9पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया,
10i Frygien og Pamfylien, Ægypten og Libyens Egne ved Kyrene, og vi her boende Romere,
10फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम
11Jøder og Proselyter, Kretere og Arabere, vi høre dem tale om Guds store Gerninger i vore Tungemål?"
11क्रेती र अरबीयाबटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।”
12Og de forbavsedes alle og,vare tvivlrådige og sagde den ene til den anden: "Hvad kan dette være?"
12मानिसहरू सबै आर्श्चय चकित र अलमल्ल भए। तिनीहरूले आपसमा प्रश्न गरे, “यसको मतलब के हुन सक्थ्यो?”
13Men andre sagde spottende: "De ere fulde af sød Vin."
13तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते।
14Da stod Peter frem med de elleve og opløftede sin Røst og talte til dem: "I jødiske Mænd og alle I, som bo i Jerusalem! dette være eder vitterligt, og låner Øre til mine Ord!
14त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसंग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यु-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु।
15Thi disse ere ikke drukne, som I mene; det er jo den tredje Time på Dagen;
15यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ।
16men dette er, hvad der et sagt ved Profeten Joel:
16आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका हुन्
17"Og det skal ske i de sidste Dage, siger Gud, da vil jeg udgyde af min Ånd over alt Kød; og eders Sønner og eders Døtre skulle profetere, og de unge iblandt eder skulle se Syner, og de gamle iblandt eder skulle have Drømme.
17‘परमेश्वर भन्नुहुन्छः अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु, तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्। तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्। तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्।
18Ja, endog over mine Trælle og over mine Trælkvinder vil jeg i de Dage udgyde af min Ånd, og de skulle profetere.
18त्यसबेला, म मेरो आत्मा खनाउनेछु, मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि, अनि तिनीहरूले अगमवाणी गर्नेछन्।
19Og jeg vil lade ske Undere på Himmelen oventil og Tegn på Jorden nedentil, Blod og Ild og rygende Damp.
19म छक्क पर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।
20Solen skal forvandles til Mørke og Månen til Blod, førend Herrens store og herlige Dag kommer.
20घाम अन्धकारमय भई बद्लिने छ अनि जुन रगत सरह रक्तिम हुनेछ तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।
21Og det skal ske, enhver, som påkalder Herrens Navn, skal frelses."
21अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’ योएल 2:28-32
22I israelitiske Mænd! hører disse Ord: Jesus af Nazareth, en Mand, som fra Gud var godtgjort for eder ved kraftige Gerninger og Undere og Tegn, hvilke Gud gjorde ved ham midt iblandt eder, som I jo selv vide,
22“मेरो यहूदी दाज्यु-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ।
23ham, som efter Guds bestemte Rådslutning og Forudviden var bleven forrådt, ham have I ved lovløses Hånd korsfæstet og ihjelslået.
23येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घटना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो।
24Men Gud oprejste ham, idet han gjorde Ende på Dødens Veer, eftersom det ikke var muligt, at han kunde fastholdes af den.
24येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो।
25Thi David siger med Henblik på ham: "Jeg havde altid Herren for mine Øjne; thi han er ved min højre Hånd, for at jeg ikke skal rokkes,
25दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः ‘सधैं मैले प्रभुलाई सम्मुख देखें, मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ।’
26Derfor glædede mit Hjerte sig, og min Tunge jublede, ja, også mit Kød skal bo i Håb;
26यसैले मेरो हृदय आनन्दित छ र मेरो मुख आनन्दसित बोल्दछ। मेरो शरीले पनि आशामा भरोसा गर्नेछ।
27thi du skal ikke lade min Sjæl tilbage i Dødsriget, ikke heller tilstede din hellige at se Forrådnelse,
27किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोडनुहुनेछैन। तिमीहरूले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुनुदिनेछैनौ।
28Du har kundgjort mig Livets Veje; du skal fylde mig med Glæde for dit Åsyn."
28तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’ भजनसंग्रह 16:8-11
29I Mænd Brødre! Jeg kan sige med Frimodighed til eder om Patriarken David, at han er både død og begraven, og hans Grav er hos os indtil denne Dag.
29“मेरा दाज्यु-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसंग छ।
30Da han nu var en Profet og vidste, at Gud med Ed havde tilsvoret ham, at af hans Lænds Frugt skulde en sidde på hans Trone,
30दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी।
31talte han, forudseende, om Kristi Opstandelse, at hverken blev han ladt tilbage i Dødsriget, ej heller så hans Kød Forrådnelse.
31यस्तो घटना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः ‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’
32Denne Jesus oprejste Gud, hvorom vi alle ere Vidner.
32यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं।
33Efter at han nu ved Guds højre Hånd er ophøjet og af Faderen har fået den Helligånds Forjættelse, har han udgydt denne, hvilket I både se og høre.
33यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ।
34Thi David for ikke op til Himmelen; men han siger selv: "Herren sagde til min Herre: Sæt dig ved min højre Hånd,
34दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैले भनेः ‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने तर्फ बस,
35indtil jeg får lagt dine Fjender som en Skammel for dine Fødder."
35जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’ भजनसंग्रह 110:1
36Derfor skal hele Israels Hus vide for vist, at denne Jesus, hvem I korsfæstede, har Gud gjort både til Herre og til Kristus,"
36“यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।”
37Men da de hørte dette, stak det dem i Hjertet, og de sagde til Peter og de øvrige Apostle: "I Mænd, Brødre! hvad skulle vi gøre?"
37जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”
38Men Peter sagde til dem: "Omvender eder, og hver af eder lade sig døbe på Jesu Kristi Navn til eders Synders Forladelse; og I skulle få den Helligånds Gave.
38पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनछौ।
39Thi for eder er Forjættelsen og for eders Børn og for alle dem, som ere langt borte, så mange som Herren vor Gud vil tilkalde."
39यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैमा बोलाउनु हुन्छ।”
40Også med mange andre Ord vidnede han for dem og format dem, idet han sagde: "Lader eder frelse fra denne vanartede Slægt!"
40पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।”
41De, som nu toge imod hans Ord, bleve døbte; og der føjedes samme Dag omtrent tre Tusinde Sjæle til.
41तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।
42Og de holdt fast ved Apostlenes Lære og Samfundet, Brødets Brydelse og Bønnerne.
42ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए।
43Men der kom Frygt over en hver Sjæl, og der skete mange Undere og Tegn ved Apostlene.
43प्रेरितहरूले धेरै शक्तिपूर्ण र आर्श्चयपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आर्श्चय मिश्रित भय अनुभव गरे।
44Og alle de troende holdt sig sammen og havde alle Ting fælles.
44सबै विश्वासीहरू संगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे।
45Og de solgte deres Ejendom og Gods og delte det ud iblandt alle, efter hvad enhver havde Trang til.
45विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे।
46Og idet de hver Dag vedholdende og endrægtigt kom i Helligdommen og brød Brødet hjemme, fik de deres Føde med Fryd og i Hjertets Enfold,
46तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए।
47idet de lovede Gud og havde Yndest hos hele Folket. Men Herren føjede daglig til dem nogle, som lode sig frelse.
47तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे। पत्रुसले एक लङ्गडो मानिसलाई निको पार्दछन्।