Danish

Nepali

Hosea

13

1Når Efraim talte, skjalv man, i Israel var han fyrste, han forbrød sig med Ba'alog døde.
1“एप्रैम आफैले इस्राएलमा आफूलाई महान बनायो। एप्रैम जब बोल्थ्यो मानिसहरू डरले थर-थर काम्थे। तर एप्रैमले पापकर्म गर्यो। उसले बाल देवताहरूको पूजा गर्न थाल्यो। त्यसैकारण मर्नेछ।
2Nu bliver de ved at synde og laver sig støbte Guder, dannet som Billeder af Sølv, Arbejderes Værk til Hobe; de siger: "Til dem skal I ofre!" Mennesker kysser Kalve!
2इस्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। कारीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे।
3Derfor: som Morgentåge, som Duggen, der årle svinder, som Avner, der blæses fra Lo, som Røg fra Røghul skal de blive.
3अत तिनीहरू चाँडै विलीन हुनेछन्। तिनीहरू कुइरो जस्तै हुनेछन विहानको शीत जुन पर्छ तर चाँडै नै हराउँछ। इस्राएलीहरू हावाले उडाउँने भुस जस्तै हुन्। तिनीहरू चिम्नीबाट बाहिर निस्के पछि हराउने धुँवा जस्तै हुन्।
4Og jeg er HERREN din Gud, fra du var i Ægyptens Land; du kender ej Gud uden mig, uden mig er der ingen Frelser;
4“मिश्रदेशमा जब तिमीहरू थियौ, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हुँ जसले तिमीहरूलाई बचायो।
5jeg var din Vogter i Ørken, den svidende Tørkes Land.
5उजाड भूमि तथा खडेरी परेको देशमा म तिमीहरूलाई चिन्थें।
6Som de græssede, åd de sig mætte, ja mætte, men Hjertet blev stolt; derfor glemte de mig.
6मैले नै इस्राएलीहरूलाई खान दिएँ। उनीहरूले त्यो भोजन खाए। आफ्नो पेट भरिए पछि उनीहरू तृप्त भए। उनीहरू धमण्डी भए अनि मलाई उनीहरूले भुलिहाले।
7Så blev jeg for dem som en Løve, en lurende Panter ved Vejen,
7“यसैकारण म तिनीहरूको निम्ति सिंह जस्तै हुनेछु। बाटोको किनारमा म चितुवा जस्तै ढुकिबस्नेछु।
8jeg falder over dem som Bjørnen, hvis Unger man tog. Jeg sønderriver dem Brystet, Hunde skal æde deraf, Markens Dyr flå dem sønder.
8म उनीहरूसँग माऊ भालू झैं झम्टन्छु जसले उसका छाउराहरू खोसिदिएकोछ। म उनीहरूमाथि हमला गर्छु। म उनीहरूको छाती चिरीदिन्छु। म त्यो सिंह अथवा अन्य कुनै हिंस्रक जनवार जस्तै हुनेछु जसले आफ्नो शिकार लुछी-लुछी खाई रहेको हुन्छ।”
9Når Ulykken kommer, Israel, hvor mon du da finder Hjælp?
9“हे इस्राएल, मैले तिम्रो रक्षा गरें तर तिमीले मेरो विरोध गर्यौ। यसकारण म तिमीलाई नष्ट गर्नेछु।
10Hvor er da din Konge til Frelse for dig i alle dine Byer, Herskerne, om hvem du siger: "Giv mig dog Konge og Fyrster!"
10कहाँ हुनुहुन्छ तिम्रो राजा? उहाँले तिम्रो सबै शहरहरूमा तिमीलाई सघाऊ पुर्याउनु हुनेछैन। कहाँ हुनुहुन्छ तिम्रा न्यायधीश? ‘मलाई एउटा राजा अनि धेरै राजकुमारहरू दिनुहोस्,’ भनी विन्ती गरेको थियौ।
11Jeg giver dig Konge i Vrede og fjerner ham atter i Harme.
11म क्रोधित भएँ अनि मैले तिमीहरूलाई एउटा राजा दिएँ। म अझ अधिक क्रोधित भएँ अनि मैले उसलाई तिमीहरू देखि छुटाएँ।
12Tilbundet er Efraims Brøde, hans Synd gemt hen.
12“एफ्रैमको दोष एउटा बिटोमा बाँधिएकोछ, उसको पाप अभिलेखमा राखिएको छ। ऊ दण्डित हुनेछ।
13Hans Fødselsstunds Veer er der, men sært er Barnet, som ej kommer frem i Tide, så Fødselen får Ende.
13उसलाई प्रसव वेदना हुनेछ। ऊ एउटा अज्ञानी शिशु जस्तै हो चुनौती सामना गर्ने ठीक समयमा ऊ आउँदैन।
14Dem skal jeg fri fra Dødsriget, løse fra Døden! Nej, Død, hvor er din Pest, Dødsrige, hvor er din Sot? Til Mildhed kender jeg ej, thi et sært Barn er han.
14“के म उनीहरूलाई पातालको शक्तिदेखि बचाऊँ? के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ? हे मृत्यु! तेरो विध्वंशक प्रकोप कहाँ छ? हे चिहान तेरो शक्ति कहाँ छ? मेरो आखाँबाट अब दया लुकेकोछ।
15En Østenstorm, Herrens Ånde, bruser frem fra Ørken, løfter sig, tørrer hans Væld, gør hans Kilde tør, den tager hans Skatkammer med alle dets Skatte.
15इस्राएल आफ्नो दाज्यू-भाइहरूको बीच बढी रहेको छ तर पूर्वीय बतास आउनेछ। परमप्रभुको बतास उजाड मरूभुमिबाट आउनेछ अनि इस्राएलको कुवाहरू सुक्ने छन्। त्यसको पानीको मूल सुख्नेछ। त्यो आँधीले इस्राएलका सबै बहुमूल्य बस्तुको भण्डार रित्तो पारिदिने छ।
16Samaria skal bøde, thi det stod sin Gud imod. For Sværd skal de falde, Børnene knuses, frugtsommelige Kvinders Liv rives op.
16सामारियाले दण्ड भोग्नेछ किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ। इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ, उनीहरूको सन्तानलाई पछार्दै मारिनेछ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”