Danish

Nepali

Hosea

4

1Hør Isralitter, Herrens ord, thi Herren går i rette med Landets Folk. Thi ej er der Troskab, ej Godhed, ej kender man Gud i Landet.
1हे इस्राएलका मानिसहरू! परमप्रभुको सन्देश सुन। परमप्रभुले यस देशमा बस्ने मानिसहरूलाई आफ्नो तर्क राख्नुहुन्छ, “यस देशमा मानिसहरूले साँचो अर्थमा परमेश्वरलाई चिन्दैनन्। परमेश्वर प्रति सत्य र निष्ठावान पटक्कै छैनन्।
2Man sværger og lyver, myrder og stjæler, horer, gør Indbrud, og Blodskyld følger på Blodskyld.
2मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्।
3Derfor sørger Landet, og alt, hvad der bor der, sygner, Markens Dyr og Himlens Fugle; selv Havets Fisk svinder bort.
3देश मृत मानिसको लागि विलौना गर्ने मानिस जस्तो भएकोछ यो देश अनि यसका सबै मानिसहरू कमजोर भएका छन्। वनका जनावरहरू, आकाशका चराहरू अनि समुद्रका माछाहरू सम्म मरिरहेका छन्।
4Dog skænde man ej, dog revse man ej, når mit Folk kun er som dets Præster.
4कसैले अरू मानिसलाई दोष दिनु अथवा अर्काको दोष देखाउनु पर्दैन। हे पूजाहारी! मेरो तिमीसित असहमति छ।
5Du skal styrte ved Dag, og med dig Profeten ved Nat.
5तिमीहरूको पतन दिउँसो हुनेछ। अनि राति, तिमीहरूसित अगमवक्ताहरूको पतन हुन्छ। त्यसपछि म तिमीहरूकी आमालाई नष्ट गर्नेछु।
6Mit Folk skal gå til Grunde, fordi det er uden Kundskab. Da du har vraget Kundskab, vrager jeg dig som Præst; du glemte din Guds Åbenbaring, så glemmer og jeg dine Sønner.
6“मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्रा कुलहरूलाई भूलिदिनेछु।
7Jo fler, des mere de synded, ombytted deres Ære med Skændsel;
7तिनीहरू अंहकारी भए। मेरो विरूद्धमा तिनीहरूले पाप माथि पाप गर्दै नै रहे। यसैले म तिनीहरूको महिमालाई लाजमा परिवर्तन गरिदिनेछु।
8mit Folks Synd lever de af, dets Brøde hungrer de efter.
8“पूजाहारीहरूले मानिसहरूले पाप गरे पछि चढाएका बलिहरू खान चाहन्छन्। यसैकारण तिनीहरू मानिसहरूले धेरै-धेरै पाप गरून् भन्ने चाहन्छन्।
9Men Præst skal det gå som Folk: jeg hjemsøger ham for hans Færd, hans Id gengælder jeg ham.
9यसैले पूजाहारीहरू र साधारण मानिसहरूमा केही भिन्नता छैन। म तिनीहरूलाई तिनीहरूको कर्मका निम्ति सजाय दिनेछु। तिनीहरूले जुन नराम्रो काम गरेका छन् त्यसको बदला चुकाएर छोडनेछु।
10De skal spise, men ikke mættes bole, men ej blive fler; thi de har sveget HERREN og holder fast ved Hor.
10तिनीहरूले खान त खान्छन तर त्यसमा तिनीहरूलाई सन्तुष्टि हुँदैनन्। तिनीहरू संभोग त गर्छन् तर तिनीहरूको संतान हुँदैन। यो किन? किनकि तिनीहरूले यहोवालाई त्यागे र वेश्याहरू जस्तै भए।
11Vin og Most tager Forstanden.
11“व्यभिचार, नयाँ दाखरस र दासत्वले कुनै पनि मानिसको राम्रो सोच्ने शक्ति नष्ट पारिदिन्छ।
12Mit Folk rådspørger sit Træ, og Svaret giver dets Stok; thi Horeånd ledte dem vild, de boler sig bort fra deres Gud.
12हेर! मेरा मानिस दाउराको टुक्रा काठको मूर्तिबाट सम्पति माँग्दैछन्। तिनीहरू यो सोच्छन कि यही छडीले उत्तर दिन्छ। यस्तो किन भयो? यस्तो यसकारण भयो कि तिनीहरू वेश्याहरू समान झूटा देवताहरूको पछि लागी रहन्छन्। तिनीहरूले आफ्नो परमेश्वरलाई त्यागे अनि वेश्याहरू जस्तै बनिए।
13De ofrer på Bjergenes Tinder, på Højene brænder de Ofre under en Eg, en Poppel, en Terebinte, thi Skyggen er god. Så horer jo og eders Døtre, så boler jo og eders Kvinder;
13तिनीहरू पहाडको टाकुरामा बलि चढाउँछन्। पहाडको टाकुरामा तिनीहरू फलाँट र पहाडी पिलपलको रूखमुनि धूप बलि चढाउँछन्। ती रूखहरू मुनि शीतल छाया हुन्छ। यसैकारण, तिम्रा छोरीहरू वेश्याहरू जस्तै ती रूखहरू मुनि सुत्छन् अनि तिम्रा बुहारीहरूले व्यभिचार गर्छन्।
14jeg straffer ej Døtrenes Hor, ej Kvinderne for deres Bolen; thi selv går de bort med Horer ofrer sammen med Skøger; og det uvise Folk drages ned.
14“म तिम्रा छोरीहरूलाई दण्ड दिनेछैन जब तिनीहरू वेश्या जस्तो व्यवहार गर्छन् अथवा तिम्रा बुहारीहरू व्यभिचार गर्छन। किनभने मानिसहरू आफै मन्दिरका देवदासीसंग बलि चढाउँदछन्। यसकारण ती मूर्ख मानिसहरू नष्ट हुनेछन्।
15Men selv om du, Israel, horer, må Juda ej gøre sig skyldigt. Gå ikke over til Gilgal, drag ikke op til Bet-Aven, sværg ikke: "Så sandt HERREN lever!"
15“हे इस्राएल! तैंले एक वेश्या समान व्यवहार गरे ता पनि यहूदा दोषी नहुन्, न त तिमीहरू गिलगालमा आऊ, न वेतावनमा आऊ, ‘न परमप्रभुको जीवनको शपथ खाऊ।’
16Thi som en uvan Ko er Israel uvan, skal HERREN så lade dem græsse i Frihed som Lam?
16इस्राएल साह्रै अट्टेरी छ। यसर्थ, के परमप्रभुले तिनीहरूलाई खुल्ला र्खकमा भेडा झैं खुवाउनु पर्छ? होइन!
17Efraim er bundet til Afgudsbilleder; lad ham fare!
17एप्रैम मूर्तिहरूको साथी भएको छ। त्यसलाई एक्लै छोडिदेऊ।
18Deres Drikken er skejet ud. Hor har de bedrevet; højt har deres Skjolde elsket Skændsel.
18“एप्रैम जँडियाहरूको दलमा सामेल भयो। तिनीहरूलाई वेश्यावृति गर्नु दिऊँ। तिनीहरू लाजमर्दो रक्षाकहरूलाई रूचाउँछन्।
19Et Vejr har omspændt dem med sine Vinger, og de skal blive til Skamme for deres Ofre.
19तिनीहरू सुरक्षाको लागि ती देवताहरूकहाँ गए र तिनीहरूले सोच्ने क्षमता गुमाएकाछन्। तिनीहरूको वलिदानले तिनीहरूलाई लज्जित उत्पन्न गरायो।”