Danish

Nepali

Luke

15

1Men alle Toldere og Syndere holdt sig nær til ham for at høre ham.
1अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँबाट सुन्न आए।
2Og både Farisæerne og de skriftkloge knurrede og sagde: "Denne tager imod Syndere og spiser med dem."
2तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि संगै बसेर खान्छ।”
3Men han talte denne Lignelse til dem og sagde:
3त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः
4"Hvilket Menneske af eder, som har hundrede Får og har mistet eet af dem, forlader ikke de ni og halvfemsindstyve i Ørkenen og går ud efter det, han har mistet, indtil han finder det?
4“तिमीहरूमध्ये कसैको सय वटा भेंडाहरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडालाई छोडेर हराएको एउटा भेडा खोज्न जान्छ। त्यो भेडा जब सम्म पाउदैन ऊ खोजी रहने छ।
5Og når han har fundet det, lægger han det på sine Skuldre med Glæde.
5अनि जब उसले हराएको भेडा पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेडालाई आफ्नो काँधमा बोकेर ल्याउनेछ।
6Og når han kommer hjem, sammenkalder han sine Venner og Naboer og siger til dem: Glæder eder med mig; thi jeg har fundet mit Får, som jeg havde mistet.
6जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेडा पाएको छु।’
7Jeg siger eder: Således skal der være Glæde i Himmelen over een Synder, som omvender sig, mere end over ni og halvfemsindstyve retfærdige, som ikke trænge til Omvendelse.
7त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनान्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।
8Eller hvilken Kvinde, som har ti Drakmer og taber een Drakme, tænder ikke Lys og fejer Huset og søger med Flid, indtil hun finder den?
8“मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे।
9Og når hun har fundet den, sammenkalder hun sine Veninder og Naboersker og siger: Glæder eder med mig; thi jeg har fundet den Drakme, som jeg havde tabt.
9अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’
10Således, siger jeg eder, bliver der Glæde hos Guds Engle over een Synder, som omvender sig."
10त्यसरी नै, म भन्दछु, जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दुतहरूको अघि खुशी छाउँछ।”
11Men han sagde: "En Mand havde to Sønner.
11त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए।
12Og den yngste af dem sagde til Faderen: Fader! giv mig den Del af Formuen, som tilfalder mig. Og han skiftede Godset imellem dem.
12कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’
13Og ikke mange Dage derefter samlede den yngste Søn alt sit og drog udenlands til et fjernt Land og ødte der sin Formue i et ryggesløst Levned.
13केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।
14Men da han havde sat alt til, blev der en svær Hungersnød i det samme Land; og han begyndte at lide Mangel.
14आफुसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो।
15Og han gik hen og holdt sig til en af Borgerne der i Landet, og denne sendte ham ud på sine Marker for at vogte Svin.
15अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सूँगुरहरू हेर्न पठायो।
16Og han attråede at fylde sin Bug med de Bønner, som Svinene åde; og ingen gav ham noget.
16त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सूँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।
17Men han gik i sig selv og sagde: Hvor mange Daglejere hos min Fader have ikke Brød i Overflødighed? men jeg omkommer her af Hunger.
17तब उसले आफूलाई मूर्ख भएको अनुभव गरयो। उसले भन्यो, मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ । तर म यहाँ भोकले मर्न लागेको छु।
18Jeg vil stå op og gå til min Fader og sige til ham: Fader! jeg har syndet imod Himmelen og over for dig,
18म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें
19jeg er ikke længer værd at kaldes din Søn, gør mig som en af dine Daglejere!
19म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै अकजना नोकर झैं राख्नु होस्।
20Og han stod op og kom til sin Fader. Men da han endnu var langt borte, så hans Fader ham og ynkedes inderligt, og han løb til og faldt ham om Halsen og kyssede ham.
20यसरी त्यो केटो उठयो अनि आफनो बाबु भेट्न गयो। “जब निकै पर देखि उ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबूको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए।
21Men Sønnen sagde til ham: Fader! jeg har syndet imod Himmelen og over for dig, jeg er ikke længer værd at kaldes din Søn.
21छोरोले तिनलाई भन्यो, हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’
22Men Faderen sagde til sine Tjenere: Henter det bedste Klædebon frem, og ifører ham det, og giver ham en Ring på hans Hånd og Sko på Fødderne;
22तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।
23og henter Fedekalven og slagter den, og lader os spise og være lystige!
23त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं।
24Thi denne min Søn var død og er bleven levende igen, han var fortabt og er funden. Og de begyndte at være lystige!
24किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।
25Men hans ældste Søn var på Marken, og da han kom og nærmede sig Huset, hørte han Musik og Dans.
25“उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो।
26Og han kaldte en af Karlene til sig og spurgte, hvad dette var?
26यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘ यी सब के भइरहेको छ?’
27Men han sagde til ham: Din Broder er kommen, og din Fader har slagtet Fedekalven, fordi han har fået ham sund igen.
27नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सुकशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।
28Men han blev vred og vilde ikke gå ind. Men hans Fader gik ud og bad ham.
28त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे।
29Men han svarede og sagde til Faderen: Se, så mange År har jeg tjent dig, og aldrig har jeg overtrådt noget af dine Bud, og du har aldrig givet mig et Kid, for at jeg kunde være lystig med mine Venner.
29त्यो छोरोले बाबुलाई भन्यो, मैले यत्रो र्वषसम्म नोकर झै तपाईंको सेवा गरें। मैले सधैं तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसंग भोज मनाउँन सक्थें।
30Men da denne din Søn kom, som har fortæret dit Gods med Skøger, slagtede du Fedekalven til ham.
30तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको संगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।
31Men han sagde til ham: Barn! du er altid hos mig, og alt mit er dit.
31अनि बाबुले छोरालाई भने, ए छोरो! तिमी त मसंग सँधै छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो।
32Men man burde være lystig og glæde sig, fordi denne din Broder var død og er bleven levende og var fortabt og er funden."
32हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाई मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।”‘