Danish

Nepali

Luke

17

1Men han sagde til sine Disciple: "Det er umuligt, at Forargelser ikke skulde komme; men ve den, ved hvem de komme!
1येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घटनाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ।
2Det er bedre for ham, om en Møllesten er lagt om hans Hals, og han er kastet i Havet end at han skulde forarge een af disse små.
2त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ।
3Vogter på eder selv! Dersom din Broder synder, da irettesæt ham; og dersom han angrer, da tilgiv ham!
3यसकारण होशियार बस। “यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर।
4Og dersom han syv Gange om Dagen synder imod dig og syv Gange vender tilbage til dig og siger: Jeg angrer det, da skal du tilgive ham."
4तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।”
5Og Apostlene sagde til Herren: "Giv os mere Tro!"
5प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनोस्।”
6Men Herren sagde: "Dersom I havde Tro som et Sennepskorn, da kunde I sige til dette Morbærfigentræ: Ryk dig op med Rode, og plant dig i Havet, og det skulde adlyde eder.
6प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, तँ आफै उखेलिएर समूद्रमा रोपिन जा! अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ। विश्वासी नोकर हुने चेष्टा गर
7Men hvem af eder, som har en Tjener, der pløjer eller vogter, siger til ham, når han kommer hjem fra Marken: Gå straks hen og sæt dig til Bords?
7“मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेडा चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? आऊ अनि खाना खान बस?’
8Vil han ikke tværtimod sige til ham: Tilbered, hvad jeg skal have til Nadver, og bind op om dig, og vart mig op, medens jeg spiser og drikker; og derefter må du spise og drikke?
8अँह! तिमी त्यो नोकरलाई भन्नेछौ, ‘मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।’
9Mon han takker Tjeneren, fordi han gjorde det, som var befalet? Jeg mener det ikke.
9नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन।
10Således skulle også I, når I have gjort alle de Ting, som ere eder befalede, sige: Vi ere unyttige Tjenere; kun hvad vi vare skyldige at gøre, have vi gjort."
10तिमीसंग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।”‘
11Og det skete, medens han var på Vej til Jerusalem, at han drog midt imellem Samaria og Galilæa.
11येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो।
12Og da han gik ind i en Landsby, mødte der ham ti spedalske Mænd, som stode langt borte,
12उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए।
13og de opløftede Røsten og sagde: "Jesus, Mester, forbarm dig over os!"
13तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यु! दया गरी हामीलाई सहायता गर्नुहोस्।”
14Og da han så dem, sagde han til dem: "Går hen og fremstiller eder for Præsterne!" Og det skete, medens de gik bort, bleve de rensede.
14जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैलाई देखाऊ।” जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए।
15Men en af dem vendte tilbage, da han så, at han var helbredt, og priste Gud med høj Røst.
15जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो।
16Og han faldt på sit Ansigt for hans Fødder og takkede ham; og denne var en Samaritan.
16त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो।
17Men Jesus svarede og sagde: "Bleve ikke de ti rensede? hvor ere de ni?
17येशूले भन्नुभयो, “दशजना मानिस निको भए, ठीक हो? अरू नौ जना कहाँ छन्?
18Fandtes der ingen, som vendte tilbage for at give Gud Ære, uden denne fremmede?"
18के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?”
19Og han sagde til ham:"Stå op, gå bort; din Tro har frelst dig!"
19तब येशूले त्यसलाई भन्नुभयो, “उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
20Men da han blev spurgt af Farisæerne om, når Guds Rige kommer, svarede han dem og sagde: "Guds Rige kommer ikke således, at man kan vise derpå.
20कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?” येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ।
21Ikke heller vil man sige: Se her, eller: Se der er det; thi se, Guds Rige er inden i eder."
21मानिसहरूले भन्ने छन्, हेर परमेश्वरको राज्य यहाँ छ! अथवा, त्यहाँ छ! होइन, परमेश्वरको राज्य तिमीभित्रै छ।”
22Men han sagde til Disciplene: "Der skal komme Dage, da I skulle attrå at se en af Menneskesønnens Dage, og I skulle ikke se den.
22तब येशूले चेलाहरूलाई भन्नुभयो, “समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ।
23Og siger man til eder: Se der, eller: Se her er han, så går ikke derhen, og løber ikke derefter!
23मानिसहरूले तिमीहरूलाई भन्नेछन्, हेर्, यो त्यहाँ छ! अथवा हेर, यो यहाँ छ!’ जहाँ छौ तिमीहरू त्यहीं बस, टाडा नजाऊ अनि नखोज।
24Thi ligesom Lynet, når det lyner fra den ene Side af Himmelen, skinner til den anden Side af Himmelen, således skal Menneskesønnen være på sin Dag.
24“तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अन्त सम्म चम्कन्छ।
25Men først bør han lide meget og forkastes af denne Slægt.
25तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ।
26Og som det skete i Noas Dage, således skal det også være i Menneskesønnens Dage:
26मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो।
27De spiste, drak, toge til Ægte, bleve bortgiftede indtil den Dag, da Noa gik ind i Arken, og Syndfloden kom og ødelagde alle.
27नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पारयो।
28Ligeledes, som det skete i Loths Dage: De spiste, drak, købte, solgte, plantede, byggede;
28यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए।
29men på den Dag, da Loth gik ud af Sodoma, regnede Ild og Svovl ned fra Himmelen og ødelagde dem alle:
29लूतले शहर छाडने समय सम्म मानिसहरू यी सब गरिरहेकै थिए। तब आकाशबाट आगो र गन्धक बर्स्यो अनि प्रत्येकलाई नष्ट पार्यो।
30på samme Måde skal det være på den Dag, da Menneskesønnen åbenbares.
30जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यही हुनेछ।
31På den dag skal den, som er på Taget og har sine Ejendele i Huset, ikke stige ned for at hente dem; og ligeså skal den, som er på Marken, ikke vende tilbage igen!
31“त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर र्फकिनु पर्दैन।
32Kommer Loths Hustru i Hu!
32विचार गर, लूतकी पत्नीलाई के भएको थियो।
33Den, som søger at bjærge sit Liv, skal miste det; og den, som mister det, skal beholde Livet.
33जुन मानिसले आफ्नो जीवन बचाउँनु चहान्छ उसले त्यो गुमाउनेछ। तर कसैले आफ्नो जीवन गुमाउँछ भने त्यसले त्यो बचाँउनेछ।
34Jeg siger eder: I den Nat skulle to Mænd være på eet Leje; den ene skal tages med, og den anden skal lades tilbage.
34त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।
35To Kvinder skulle male på samme Kværn; den ene skal tages med, og den anden skal lades tilbage.
35दुईजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।”
36To Mænd skulle være på Marken; den ene skal tages med. og den anden skal lades tilbage."
36[This verse may not be a part of this translation]
37Og de svare og sige til ham: "Hvor, Herre?" Men han sagde til dem: "Hvor Ådselet er, der ville også Ørnene samle sig."
37चेलाहरूले येशूलाई भने, “यो कहाँ हुनेछ, प्रभु?” येशूले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।”