Danish

Nepali

Luke

3

1Men i Kejser Tiberius's femtende Regeringsår, da Pontius Pilatus var Landshøvding i Judæa, og Herodes var Fjerdingsfyrste i Galilæa, og hans Broder Filip var Fjerdingsfyrste i Ituræa og Trakonitis's Land og Lysanias Fjerdingsfyrste i Abilene,
1सिजर टिबेरियसको पन्ध्रौं र्वषमा पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए, अनि जब हेरोद गालीलका शासक थिए तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास अबलेनका शासक थिए।
2medens Annas og Kajfas vare Ypperstepræster, kom Guds Ord til Johannes, Sakarias's Søn, i Ørkenen.
2जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए।
3Og han gik ud i hele Omegnen om Jordan og prædikede Omvendelses-Dåb til Syndernes Forladelse,
3तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए।
4som der er skrevet i Profeten Esajas's Talers Bog: "Der er en Røst af en, som råber i Ørkenen: Bereder Herrens Vej, gører hans Stier jævne;
4यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः “उजाड स्थानमा कराइरहेको आवाजः परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार।
5hver Dal skal opfyldes, og hvert Bjerg og Høj skal nedtrykkes, og det krumme skal gøres lige, og de ujævne Veje skulle gøres jævne;
5प्रत्येक खाल्डा पुरिनेछ। अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
6og alt Kød skal se Guds Frelse."
6सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्।”‘ यशैया 40:3-5
7Han sagde altså til de Skarer, som gik ud for at døbes af ham: "I Øgleunger! hvem har lært eder at fly fra den kommende Vrede?
7यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?
8Bærer da Frugter, som ere Omvendelsen værdige, og begynder ikke at sige ved eder selv: Vi have Abraham til Fader; thi jeg siger eder, at Gud kan opvække Abraham Børn af disse Sten.
8तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
9Men Øksen ligger også allerede ved Roden af Træerne; så bliver da hvert Træ, som ikke bærer god Frugt, omhugget og kastet i Ilden."
9रूखहरू काट्नलाई बन्जरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”
10Og Skarerne spurgte ham og sagde: "Hvad skulle vi da gøre?"
10मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”
11Men han svarede og sagde til dem: "Den, som har to Kjortler, dele med den, som ingen har; og den, som har Mad, gøre ligeså!"
11यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”
12Men også Toldere kom for at døbes, og de sagde til ham: "Mester! hvad skulle vi gøre?"
12कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”
13Men han sagde til dem: "Kræver intet ud over, hvad eder er forordnet."
13यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्ष्ठ्वदा ज्यादा कर नउठाऊ।”
14Men også Krigsfolk spurgte ham og sagde: "Hvad skulle vi da gøre?" Og han sagde til dem: "Øver ikke Vold imod nogen, bruger ikke Underfundighed imod nogen, og lader eder nøje med eders Sold!"
14कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?” यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झुटो नबोल। आफुले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”
15Men da Folket var i Forventning, og alle tænkte i deres Hjerter om Johannes, om ikke han skulde være Kristus,
15सबै मानिसहरु ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरुले सोचे, “के उहाँनै ख्रिष्ट हुनुहुन्छत?”
16da svarede Johannes og sagde til alle: "Jeg døber eder med Vand; men den kommer, som er stærkere end jeg, og hvis Skotvinge jeg ikke er værdig at løse; han skal døbe eder med den Helligånd og Ild.
16यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। उहाँ खला सफा पार्नु तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नालाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”
17Hans Kasteskovl er i hans Hånd, for at han skal gennemrense sin Lo og sanke Hveden i sin Lade, men Avnerne skal han opbrænde med uslukkelig Ild."
17[This verse may not be a part of this translation]
18Ligeså formanede han også Folket om mange andre Ting og forkyndte dem Evangeliet.
18त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कूराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।
19Men da Fjerdingsfyrsten Herodes blev revset af ham for hans Broders Hustru, Herodias's Skyld og for alt det onde, som Herodes gjorde,
19हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।
20så føjede han til alt det øvrige også dette, at han kastede Johannes i Fængsel.
20हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।
21Men medens hele Folket blev døbt, skete det, da også Jesus var bleven døbt og bad, at Himmelen åbnedes,
21जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनू भएको बेला आकाश खोलियो।
22og at den Helligånd dalede ned over ham i legemlig Skikkelse som en Due, og at en Røst lød fra Himmelen: "Du er min Søn, den elskede, i dig har jeg Velbehag."
22अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसंग अत्यन्त आनान्दित छु।”
23Og Jesus selv var omtrent tredive År, da han begyndte, og han var, som man holdt for, en Søn af Josef Elis Søn,
23जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस र्वष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए।
24Matthats Søn, Levis Søn, Melkis Søn, Jannajs Søn, Josefs Søn,
24एली मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। लेवी मल्कीका पुत्र थिए। मल्की यान्नाका पुत्र थिए। यान्ना यूसुफका पुत्र थिए।
25Mattathias's Søn, Amos's Søn, Naums Søn, Eslis Søn, Naggajs Søn,
25यूसुफ मत्तायियासका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए।
26Måths Søn, Mattathias's Søn, Semeis Søn, Josefs Søn, Judas Søn,
26नग्गै माथका पुत्र थिए। माथ मत्ताथियासका पुत्र थिए। मत्ताथियास सेमैनका पुत्र थिए। सेमैन योसेखका पुत्र थिए। योसेख योदाका पुत्र थिए।
27Joanans Søn, Resas Søn, Zorobabels Søn; Salathiels Søn, Neris Søn.
27योदा योहन्नका पुत्र थिए। योआनन रेसाका पुत्र थिए। रेसा यरूबाबेल का पुत्र थिए। यरूबाबेल शालतिएलका पुत्र थिए शालतिएल नेरीका पुत्र थिए।
28Melkis Søn, Addis Søn, Kosams Søn, Elmadams Søn, Ers Søn,
28नेरी मल्कीका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। अद्दी कोसामका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। एलमादम एरका पुत्र थिए।
29Jesu Søn, Eliezers Søn, Jorims Søn, Matthats Søn, Levis Søn,
29एर यहोशूका पुत्र थिए। यहोशू एलिएजरका पुत्र थिए। एलीएजर योरीमका पुत्र थिए। योरीम मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए।
30Simeons Søn, Judas Søn, Josets Søn, Jonams Søn, Eliakims Søn,
30लेवी शिमियोनका पुत्र थिए। शिमियोन यहूदाका पुत्र थिए। यहूदा यूसुफका पुत्र थिए। यूसुफ योनानाका पुत्र थिए। योनान एल्याकीमका पुत्र थिए।
31Meleas Søn, Mennas Søn, Mattathas Søn, Nathans Søn, Davids Søn,
31एल्याकीम मलेआकाम पुत्र थिए। मलेआ भिन्नाका पुत्र थिए। भिन्ना मत्ताथाका पुत्र थिए। मत्ताथा नातानका पुत्र थिए। नातान दाऊदका पुत्र थिए।
32Isajs Søn, Obeds Søn, Boos's Søn, Salmons Søn, Nassons Søn,
32दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।
33Aminadabs Søn, Arams Søn, Esroms Søn, Fares's Søn, Judas Søn,
33नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए।
34Jakobs Søn, Isaks Søn, Abrahams Søn, Tharas Søn, Nakors Sn,
34यहूदा याकूबका पुत्र थिए। याकूब इसहाकका पुत्र थिए। इसहाक अब्राहामका पुत्र थिए। अब्राहाम तेरहका पुत्र थिए। तेरह नाहोरका पुत्र थिए।
35Seruks Søn, Ragaus Søn, Faleks Søn, Ebers Søn, Salas Søn,
35नाहोर सरूगका पुत्र थिए। सरूग रऊका पुत्र थिए। रऊ पेलेगका पुत्र थिए। पेलेग एबेरका पुत्र थिए। एबेर शेलहका पुत्र थिए।
36Kajnans Søn, Arfaksads Søn, Sems Søn, Noas Søn, Lameks Søn,
36शेलह केनानक पुत्र थिए। केनान अर्पक्षदक पुत्र थिए। अर्पक्षदक शेमका पुत्र थिए। शेम नूहका पुत्र थिए। नूह लेमेखका पुत्र थिए।
37Methusalas Søn, Enoks Søn, Jareds Søn, Maleleels Søn, Kajnans Søn,
37लेमेख मतूशेलहका पुत्र थिए। मतूशेलह हनोकका पुत्र थिए। हनोक येरेदका पुत्र थिए। येरेद महलालेलका पुत्र थिए। महलालेल केनानका पुत्र थिए।
38Enos's Søn, Seths Søn, Adams Søn, Guds Søn.
38केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए।