1Men det skete, da Folkeskaren trængte sig sammen om ham og hørte Guds Ord, og han stod ved Genezareths Sø,
1येशू गेनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे।
2da så han to Skibe stå ved Søen; men Fiskerne vare gåede fra dem og toede Garnene.
2येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए।
3Og han gik om Bord i et af Skibene, som var Simons, og bad ham at lægge lidt fra Land; og han satte sig og lærte Skarerne fra Skibet.
3उहाँ एउटा डुङ्गामा छढनु भयो जुन शोमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लागाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो।
4Men da han holdt op med at tale, sagde han til Simon: "Far ud på Dybet, og kaster eders Garn ud til en Dræt!"
4जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिजाऊ।”
5Og Simon svarede og sagde til ham: "Mester! vi have arbejdet hele Natten og fik intet; men på dit Ord vil jeg kaste Garnene ud."
5शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौ र पनि एउटै माछा समात्न सकेनौं। तर किनभने तपाईंले भन्नुभयो, म जाल फिजाउँछु।”
6Og da de gjorde det, fangede de en stor Mængde Fisk, og deres Garn sønderreves.
6तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरी माछ परेर जाल फाट्न आँटेको थियो।
7Og de vinkede ad deres Staldbrødre i det andet Skib, at de skulde komme og hjælpe dem; og de kom og de fyldte begge Skibene, så at de var nær ved at synke.
7तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले।
8Men da Simon Peter så det, faldt han ned for Jesu Knæ og sagde: "Gå bort fra mig, thi jeg er en syndig Mand, Herre!"
8[This verse may not be a part of this translation]
9Thi en Rædsel var påkommen ham og alle dem, som vare med ham, over den Fiskedræt, som de havde fået;
9[This verse may not be a part of this translation]
10ligeledes også Jakob og Johannes, Zebedæus's Sønner, som vare Simons Staldbrødre. Og Jesus sagde til Simon: "Frygt ikke, fra nu af skal du fange Mennesker."
10जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसंगै माछा मार्दैं थिए। येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”
11Og de lagde Skibene til Land og forlode alle Ting og fulgte ham.
11तिनीहरूले आफ्ना डुङ्गाहरू किनारमा ल्याए। अनि तिनीहरूले ती सबै छोडेर येशूको पछि लागे।
12Og det skete, medens han var i en af Byerne, se, da var der en Mand fuld af Spedalskhed; og da han så Jesus, faldt han på sit Ansigt, bad ham og sagde: "Herre! om du vil, kan du rense mig."
12जब एकपल्ट येशू एउटा शहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कोढीले पीडीत मानिस पनि थियो। जब त्यसले येशूलाई देख्यो, उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो, “हे प्रभु, मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईंले चाहनु भयो भने मलाई जाती पार्नु सक्नु हुन्छ।”
13Og han udrakte Hånden og rørte ved ham og sagde: "Jeg vil; bliv ren!" Og straks forlod Spedalskheden ham.
13येशूले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोढले छोढयो।
14Og han bød ham, at han skulde ikke sige det til nogen, men "gå bort, og fremstil dig for Præsten, og offer for din Renselse, således som Moses har befalet, til Vidnesbyrd for dem!"
14येशूले तिनलाई आदेश दिनु भयो, “यस्तो भएको कुरा कसैलाई नभन्नु। तर आफै गएर पूजाहारीलाई देखाउनु मोशाले भने झैं आफु निको भएकोमा परमेश्वरलाई बलि चढाउनु। यसबाट तिमी निको भएको प्रमाण हुन्छ।”
15Men Rygtet om ham udbredte sig end mere, og store Skarer kom sammen for at høre og for at helbredes for deres Sygdomme.
15तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे।
16Men han gik bort til Ørkenerne og bad.
16येशू प्रायः नै एकान्त ठाउँमा प्रार्थना गर्नुहुन्थ्यो।
17Og det skete en af de Dage, at han lærte, og der sad Farisæere og Lovlærere, som vare komne fra enhver Landsby i Galilæa og Judæa og fra Jerusalem; og Herrens Kraft var hos ham til at helbrede.
17एक दिन येशूले मानिसहरूलाई शिक्षा दिंदैं हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यहीं नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो।
18Og se, nogle Mænd bare på en Seng en Mand, som var værkbruden, og de søgte at bære ham ind og lægge ham foran ham.
18एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए।
19Og da de ikke fandt nogen Vej til at bære ham ind for Skarens Skyld, stege de op oven på Taget og firede ham tillige med Sengen ned imellem Tagstenene midt iblandt dem foran Jesus.
19तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्सकारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले।
20Og da han så deres Tro, sagde han: "Menneske! dine Synder ere dig forladte."
20तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”
21Og de skriftkloge og Farisæerne begyndte at tænke således ved sig selv: "Hvem er denne, som taler Gudsbespottelser? Hvem kan forlade Synder, uden Gud alene?"
21तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”
22Men da Jesus kendte deres Tanker, svarede han og sagde til dem: "Hvad tænke I på i eders Hjerter?
22तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ?
23Hvilket er lettest at sige: Dine Synder ere dig forladte? eller at sige: Stå op og gå?
23कुन चाँहि सजिलो छः तिम्रो पाप क्षमा भन्नु अथवा उठ अनि जाऊ भन्नु ?
24Men for at I skulle vide, at Menneskesønnen har Magt på Jorden til at forlade Synder," så sagde han til den værkbrudne: "Jeg siger dig, stå op, og tag din Seng, og gå til dit Hus!"
24तर म तिमीहरूलाई देखाउँनेछु कि पृथवीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु , उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।”
25Og han stod straks op for deres Øjne og tog det, som han lå på, og gik hen til sit Hus og priste Gud.
25सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछ्यौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दैं घरतिर लाग्यो।
26Og Forfærdelse betog alle, og de priste Gud; og de bleve fulde af Frygt og sagde: "Vi have i Dag set utrolige Ting."
26सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौं।”
27Og derefter gik han ud og så en Tolder ved Navn Levi sidde ved Toldboden, og han sagde til ham: "Følg mig!"
27यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।”
28Og han forlod alle Ting og stod op og fulgte ham.
28लेवी जुरूक्क उठ्यो अनि सबै कुरा छोडेर येशूको पछि लाग्यो।
29Og Levi gjorde et stort Gæstebud for ham i sit Hus; og der var en stor Skare af Toldere og andre, som sade til Bords med dem.
29तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसंगै मेजमा खाँदथे,
30Og Farisæerne og deres Skriftkloge knurrede imod hans Disciple og sagde: "Hvorfor spise og drikke I med Toldere og Syndere?"
30तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्छौ?”
31Og Jesus svarede og sagde til dem: "De raske trænge ikke til Læge, men de syge.
31येशूले उत्तर दिनु भयो, “निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्छ।
32Jeg er ikke kommen for at kalde retfærdige, men Syndere til Omvendelse."
32म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”
33Men de sagde til ham: "Johannes's Disciple faste ofte og holde Bønner og Farisæernes ligeså; men dine spise og drikke?"
33तिनीहरूले येशूलाई भने, “फरिसीहरूले झैं यूहन्नाको चेलाहरूले पनि समय समयमा उपवास र प्रार्थना गर्दछन्। तर तपाईंको चेलाहरू त सँधैं खान्छन् र पिउँछन्।”
34Men Jesus sagde til dem: "Kunne I vel få Brudesvendene til at faste, så længe Brudgommen er hos dem?
34येशूले तिनहरूलाई भन्नुभयो, “कुनै पनि विवाहमा, जन्तीहरूलाई दुलहा तिनीहरूका साथमा बसुन्जेल उपवास बस्न सक्तैन।
35Men der skal komme Dage, da Brudgommen bliver tagen fra dem; da skulle de faste i de Dage."
35तर समय यस्तो आउँछ जब दुलहा तिनीहरूबाट छुट्टिनु पर्दछ। त्यस समय तिनीहरू उपवास बस्नेछन्।”
36Men han sagde også en Lignelse til dem: "Ingen river en Lap af et nyt Klædebon og sætter den på et gammelt Klædebon; ellers river han både det nye sønder, og Lappen fra det nye vil ikke passe til det gamle.
36येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। किन? किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासंग मिल्दैन।
37Og ingen kommer ung Vin på gammle Læderflasker; ellers sprænger den unge Vin Læderflaskerne, og den spildes, og Læderflaskerne ødelægges.
37कसैले पनि नयाँ दाखरसलाई पुरानो दाखरसको मशकमा भर्दैंन। किन? किनभने नयाँ दाखरसले मशकहरू फुटाउँछ, जसले गर्दा दाखरस चुहेर जान्छ औ मशकहरू पनि नष्ट हुन्छ।
38Men man skal komme ung Vin på nye Læderflasker, så blive de begge bevarede.
38मानिसहरूले सधैं नयाँ दाखरसलाई नयाँ मशकामा राख्छन्।
39Og ingen, som har drukket den gamle, vil have den unge; thi han siger: Den gamle er god."
39कसैले पनि पुरानो दाखरस पिए पछि नयाँ दाखरस पिउन खोज्दैन। किनभने उसले भन्छ, पुरानो दाखरस नै असलछ।”