Danish

Nepali

Mark

1

1Jesu Kristi, Guds Søns, Evangeliums Begyndelse er således,
1येशूख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाहले भनेका घट्नाबाटै आरम्भ हुन्छ।
2som der er skrevet hos Profeten Esajas: "Se, jeg sender min Engel for dit Ansigt, han skal berede din Vej.
2यशैयाहले लेखेकाछन्: “सुन। म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।” मलाकी 3:1
3Der er en Røst af en, som råber i Ørkenen: Bereder Herrens Vej, gører hans Stier jævne!"
3‘उजाड-स्थानमा कोही कराईहेकोछः परमप्रभुको बाटो तयार पार, उहाँका गोरेटोहरू सोझो बनाओ।’” यशैया 40:3
4Johannes kom, han, som døbte i Ørkenen og prædikede Omvendelses-Dåb til Syndernes Forladelse.
4बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा दिनु पर्छ। यसरी तिनीहरुको पापहरूको क्षमा हुनेछन्।
5Og hele Judæas Land og alle i Jerusalem gik ud og bleve døbt, af ham i Floden Jordan, idet de bekendte deres Synder
5यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।
6Og Johannes var klædt i Kamelhår og havde et Læderbælte om sin Lænd og spiste Græshopper og vild Honning.
6यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।
7Og han prædikede og sagde: "Efter mig kommer den, som er stærkere end jeg, hvis Skotvinge jeg ikke er værdig at bøje mig ned og løse.
7त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ।
8Jeg har døbt eder med Vand, men han skal døbe eder med den Helligånd."
8म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।
9Og det skete i de dage, at Jesus kom fra Nazareth i Galilæa og blev døbt af Johannes i Jordan.
9त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए।
10Og straks da han steg op af Vandet, så han Himlene skilles ad og Ånden ligesom en Due dale ned over ham;
10जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो।
11og der kom en Røst fra Himlene: "Du er min Søn, den elskede, i dig har jeg Velbehag."
11स्वर्गबाट एउटा अवाज आयो अनि भन्योः तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।
12Og straks driver Ånden ham ud i Ørkenen.
12त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो।
13Og han var i Ørkenen fyrretyve Dage, medens han fristedes af Satan, og han var blandt Dyrene; og Englene tjente ham.
13चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसंग हुनुहुन्थयो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मदत गरे।
14Men efter at Johannes var kastet i Fængsel, kom Jesus til Galilæa og prædikede Guds Evangelium
14त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो।
15og sagde: "Tiden er fuldkommet, og Guds Rige er kommet nær; omvender eder og tror på Evangeliet!"
15येशूले भन्नुभयो, यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।
16Og medens han gik langs Galilæas Sø, så han Simon og Simons Broder Andreas i Færd med at kaste Garn i Søen; thi de vare Fiskere.
16गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए।
17Og Jesus sagde til dem: "Følger efter mig, så vil jeg gøre eder til Menneskefiskere."
17येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।”
18Og de forlode straks Garnene og fulgte ham.
18त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।
19Og da han gik lidt videre frem, så han, Jakob, Zebedæus's Søn, og hans Broder Johannes, som også vare i Færd med at bøde deres Garn i Skibet;
19येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।
20og han kaldte straks på dem, og de forlode deres Fader Zebedæus i Skibet med Lejesvendene og gik efter ham.
20तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दूई दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरु आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए।
21Og de gå ind i Kapernaum. Og straks på Sabbaten gik han ind i Synagogen og lærte,
21येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो।
22og de bleve slagne af Forundring over hans Lære; thi han lærte dem som en, der havde Myndighed, og ikke som de skriftkloge.
22त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो।
23Og der var i deres Synagoge et Menneske med en uren Ånd, og han råbte højt
23जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो।
24og sagde: "Hvad have vi med dig at gøre, Jesus af Nazareth? Er du kommen for at ødelægge os; jeg kender dig, hvem du er, du Guds hellige."
24त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।”
25Og Jesus truede ham og sagde: "Ti, og far ud af ham!"
25येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्!” त्यस मानिसबाट निस्केर बाहिर आइज!”
26Og den urene Ånd sled i ham og råbte med høj Røst og for ud af ham.
26त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो।
27Og de bleve alle forfærdede, så at de spurgte hverandre og sagde: "Hvad er dette? en ny Lære med Myndighed; også over de urene Ånder byder han, og de lyde ham."
27सबै मानिसहरू छक्क परे, र तिनीहरूले एका-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहेको भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।
28Og Rygtet om ham kom straks ud alle Vegne i hele det omliggende Land i Galilæa.
28अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जाताततै फैलियो।
29Og straks, da de vare gåede ud af Synagogen, kom de ind i Simons og Andreas's Hus med Jakob og Johannes.
29येशू अनि उहाँका चेलाहरूले सभाघर छोडनुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र अन्द्रियासको घरमा जानुभयो।
30Men Simons Svigermoder lå og havde Feber, og straks tale de til ham om hende;
30सिमोनकी सासु जरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए।
31og han gik hen til hende, tog hende ved Hånden og rejste hende op, og Feberen forlod hende, og hun vartede dem op.
31त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै जरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्।
32Men da det var blevet Aften, og Solen var gået ned, førte de til ham alle de syge og besatte,
32त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए।
33og hele Byen var forsamlet foran Døren.
33शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए।
34Og han helbredte mange, som lede af mange Hånde Sygdomme, og han uddrev mange onde Ånder; og han tillod ikke de onde Ånder at tale, fordi de kendte ham.
34येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू ससबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।
35Og om Morgenen længe før Dag stod han op og gik ud og gik hen til et øde Sted, og der bad han:
35भोलिपल्ट बिहान, येशू चाँडै उठनुभयो। उहाँले घर छोडनुभयो, विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो।
36Og Simon og de, som vare med ham, skyndte sig efter ham.
36केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए।
37Og de fandt ham, og de sige til ham: "Alle lede efter dig."
37तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन।
38Og han siger til dem: "Lader os gå andetsteds hen til de nærmeste Småbyer, for at jeg kan prædike også der; thi dertil er jeg udgået."
38येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरु शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।”
39Og han kom og prædikede i deres Synagoger i hele Galilæa og uddrev de onde Ånder.
39अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो। येशूद्वारा एकजना रोगी निको भयो (मत्ति 8:1-4; लूका 5:12-16)
40Og en spedalsk kommer til ham, beder ham og falder på Knæ for ham og siger til ham: "Om du vil, så kan du rense mig."
40एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।
41Og han ynkedes inderligt og udrakte Hånden og rørte ved ham og siger til ham: "Jeg vil; bliv ren!"
41येशूलाई त्यस मानिसप्रति दया लग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।”
42Og straks forlod Spedalskheden ham, og han blev renset.
42त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।
43Og han drev ham straks bort, idet han bød ham strengt
43येशूले त्यस मानिसलाई जाने आज्ञा दिनुभयो। उहाँले त्यसलाई कडा चेतावनी पनि दिनुभयो।
44og sagde til ham: "Se til, at du ikke siger noget til nogen herom; men gå hen, fremstil dig selv for Præsten, og offer for din Renselse det, som Moses har befalet, til Vidnesbyrd for dem!"
44येसूले भन्नुभयो, होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।
45Men da han kom ud, begyndte han at fortælle meget og udsprede Rygtet derom, så at han ikke mere kunde gå åbenlyst ind i en By; men han var udenfor på øde Steder, og de kom til ham alle Vegne fra.
45तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जाताततै सबै मानिसहरूसंग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।