Danish

Nepali

Matthew

1

1Jesu Kristi Davids Søns, Abrahams Søns, Slægtsbog.
1यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्।
2Abraham avlede Isak; og Isak avlede Jakob; og Jakob avlede Juda og hans Brødre;
2अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यु-भाइहरूका पिता थिए।
3og Juda avlede Fares og Zara med Thamar; og Fares avlede Esrom; og Esrom avlede Aram;
3यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए।
4og Aram avlede Aminadab; og Aminadab avlede Nasson; og Nasson avlede Salmon;
4आराम अमिनादाबका पिता थिए। अमिनादाब नास्सोनका पिता थिए। नास्सोन सल्मोनका पिता थिए।
5og Salmon avlede Boas med Rakab; og Boas avlede Obed med Ruth; og Obed avlede Isaj;
5सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिईन्)। ओबेद यस्सीका पिता थिए।
6og Isaj avlede Kong David; og David avlede Salomon med Urias's Hustru;
6यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।)
7og Salomon avlede Roboam; og Roboam avlede Abia; og Abia avlede Asa;
7सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए।
8og Asa avlede Josafat; og Josafat avlede Joram; og Joram avlede Ozias;
8आसाफ योसाफातका पिता थिए। योसाफात योरामका पिता थिए। योराम ओजियका पिता थिए।
9og Ozias avlede Joatham; og Joatham avlede Akas; og Akas avlede Ezekias;
9ओजिया योआथामका पिता थिए। योआथाम आहाजका पिता थिए। आहाज एजेकियाका पिता थिए।
10og Ezekias avlede Manasse; og Manasse avlede Amon; og Amon avlede Josias;
10एजेकिया मनस्सेका पिता थिए। मनस्से आमोसका पिता थिए। आमोस योसियका पिता थिए।
11og Josias avlede Jekonias og hans Brødre på den Tid, da Bortførelsen til Babylon fandt Sted.
11योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। (यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएका थिए।)
12Men efter Bortførelsen til Babylon avlede Jekonias Salathiel; og Salathiel avlede Zorobabel;
12तिनीहरूलाई बेबिलोनमा लगिएपछि येकोनियास शालतिएका पिता थिए। शालतिएल जरूबाबेलका पिता थिए।
13og Zorobabel avlede Abiud; og Abiud avlede Eliakim: og Eliakim avlede Azor;
13जरूबाबेल अबिउदका पिता थिए। अबिउद एलियाकिमका पिता थिए। एलियाकिम आजोरका पिता थिए।
14og Azor avlede Sadok; og Sadok avlede Akim; og Akim avlede Eliud;
14आजोर सादोकका पिता थिए। सादोक आखिमका पिता थिए। आखिम एलिउदका पिता थिए।
15og Eliud avlede Eleazar; og Eleazar avlede Matthan; og Matthan avlede Jakob;
15एलिउद एलियाजरका पिता थिए। एलियाजर मत्थानका पिता थिए। मत्थान याकूबका पिता थिए।
16og Jakob avlede Josef, Marias Mand; af hende blev Jesus født, som kaldes Kristus.
16याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट यशूको जन्म भयो।
17Altså ere alle Slægtledene fra Abraham indtil David fjorten Slægtled, og fra David indtil Bortførelsen til Babylon fjorten Slægtled, og fra Bortførelsen til Babylon indtil Kristus fjorten Slægtled.
17यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए। दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए। अनि यहूदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए।
18Men med Jesu Kristi Fødsel gik det således til. Da Maria, hans Moder, var trolovet med Josef, fandtes hun, førend de kom sammen, at være frugtsommelig af den Helligånd.
18येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्।
19Men da Josef, hendes Mand, var retfærdig og ikke vilde beskæmme hende offentligt, besluttede han hemmeligt at skille sig fra hende.
19मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए।
20Men idet han tænkte derpå, se, da viste en Herrens Engel sig for ham i en drøm og sagde: "Josef, Davids Søn! frygt ikke for at tage din Hustru Maria til dig; thi det, som er avlet i hende, er af den Helligånd.
20तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो।
21Og hun skal føde en Søn, og du skal kalde hans Navn Jesus; thi han skal frelse sit Folk fra deres Synder."
21उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।
22Men dette er alt sammen sket, for at det skulde opfyldes, som er talt af Herren ved Profeten, som siger:
22अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै भन्न आएका हुन्
23"Se, Jomfruen skal blive frugtsommelig og føde en Søn, og man skal kalde hans Navn Immanuel", hvilket er udlagt: Gud med os.
23“कन्या गर्भवती हुनेछिन्, र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्।” (इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)
24Men da Josef vågnede op at Søvnen, gjorde han, som Herrens Engel havde befalet ham, og han tog sin Hustru til sig.
24जब यूसुफ निद्राबाट ब्यूँझे; परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे। यूसुफले मरियमलाई विवाह गरे।
25Og han kendte hende ikke, førend hun havde født sin Søn, den førstefødte, og han kaldte hans Navn Jesus.
25तर मरियमले पुत्र नजन्माउज्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पूत्रको नाउँ येशू राखिदिए।