1Og det skete, da Jesus var færdig med at give sine tolv Disciple Befaling, gik han videre derfra for at lære og prædike i deres Byer.
1आफ्ना बाह्रै चेलाहरूलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसक्नु भएपछि उहाँ गालिलको शहरहरू तिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो।
2Men da Johannes hørte i Fængselet om Kristi Gerninger, sendte han Bud med sine Disciple og lod ham sige:
2बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए।
3"Er du den, som kommer, eller skulle vi vente en anden?"
3यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?”
4Og Jesus svarede og sagde til dem: "Går hen, og forkynder Johannes de Ting, som I høre og se:
4येशूले भन्नुभयो, “यूहन्नाकहाँ जाऊ तिमीहरूले सुनेका र देखेको कुराहरू वर्णन गर।
5blinde se, og lamme gå, spedalske renses, og døve høre, og døde stå op, og Evangeliet forkyndes for fattige;
5अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिडन सक्ने हुन्छन्; कुष्ट रोगीहरू शुद्ध हुन्छ; बैह्राहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ।
6og salig er den, som ikke forarges på mig."
6यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।’
7Men da disse gik bort, begyndte Jesus at sige til Skarerne om Johannes: "Hvad gik I ud i Ørkenen at skue? Et Rør, som bevæges hid og did af Vinden?
7यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई?
8Eller hvad gik I ud at se? Et Menneske, iført bløde Klæder? Se, de, som bære bløde Klæder, ere i Kongernes Huse.
8वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो।
9Eller hvad gik I ud at se? En Profet? Ja, siger jeg eder, endog mere end en Profet.
9यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्।
10Thi han er den, om hvem der er skrevet: Se,jeg sender min Engel for dit Ansigt, han skal berede din Vej foran dig.
10यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ ‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु। उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’ मलाकी 31
11Sandelig, siger jeg eder, iblandt dem, som ere fødte af Kvinder, er ingen større fremstået end Johannes Døberen; men den mindste i Himmeriges Rige er større end han.
11म तिमीहरूलाई साँचो भन्दछु बप्तिस्मा दिने ‘यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो।
12Men fra Johannes Døberens Dage indtil nu tages Himmeriges Rige med Vold, og Voldsmænd rive det til sig.
12बप्तिस्मा दिने यूहन्नाको समयदखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्।
13Thi alle Profeterne og Loven have profeteret indtil Johannes.
13सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउञ्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्।
14Og dersom I ville tage imod det: Han er Elias, som skal komme.
14यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्।
15Den, som har Øren at høre med, han høre!
15मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन।
16Men hvem skal jeg ligne denne Slægt ved? Den ligner Børn, som sidde på Torvene og råbe til de andre og sige:
16“आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटाकेटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्,
17Vi blæste på Fløjte for eder, og I dansede ikke; vi sang Klagesange, og I jamrede ikke.
17‘तिमीहरूको निम्ति हामीहरूले संगीत बजायौ, तर तिमीहरू नाचेनौ; हामीहरूले दुखका गीत गायौं, तर तिमीहरू दुखी भएनौ।’
18Thi Johannes kom, som hverken spiste eller drak, og de sige: Han er besat.
18मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनना। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छना।’
19Menneskesønnen kom, som spiser og drikker, og de sige: Se, en Frådser og en Vindranker, Tolderes og Synderes Ven! Dog, Visdommen er retfærdiggjort ved sine Børn."
19मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।”
20Da begyndte han at skamme de Byer ud, i hvilke hans fleste kraftige Gerninger vare gjorte, fordi de ikke havde omvendt sig:
20येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्।
21"Ve dig, Korazin! ve dig, Bethsajda! thi dersom de kraftige Gerninger, som ere skete i eder, vare skete i Tyrus og Sidon, da havde de for længe siden omvendt sig i Sæk og Aske.
21येशूले भन्नुभयो, ‘ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए।
22Men jeg siger eder: Det skal gå Tyrus og Sidon tåleligere på Dommens Dag end eder.
22तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ।
23Og du, Kapernaum! som er bleven ophøjet indtil Himmelen, du skal nedstødes indtil Dødsriget; thi dersom de kraftige Gerninger, som ere skete i dig, vare skete i Sodoma, da var den bleven stående indtil denne Dag.
23तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अहँ तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो।
24Men jeg siger eder: Det skal gå Sodomas Land tåleligere på Dommens Dag end dig."
24तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।”
25På den Tid udbrød Jesus og sagde: "Jeg priser dig, Fader, Himmelens og Jordens Herre! fordi du har skjult dette for vise og forstandige og åbenbaret det for umyndige.
25त्यसपछि येशूले भन्नुभयो, ‘हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।
26Ja, Fader! thi således skete det, som var velbehageligt for dig.
26हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो।
27Alle Ting ere mig overgivne af min Fader; og ingen kender Sønnen uden Faderen, og ingen kender Faderen uden Sønnen, og den, for hvem Sønnen vil åbenbare ham.
27“मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।
28Kommer hid til mig alle, som lide Møje og ere besværede, og jeg vil give eder Hvile.
28मकहाँ आऊ। ‘जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु।
29Tager mit Åg på eder, og lærer af mig; thi jeg er sagtmodig og ydmyg af Hjertet; så skulle I finde Hvile for eders Sjæle.
29मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछो।
30Thi mit Åg er gavnligt, og min Byrde er let."
30हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलका छ।”