Danish

Nepali

Matthew

21

1Og da de nærmede sig Jerusalem og kom til Bethfage ved Oliebjerget, da udsendte Jesus to Disciple og sagde til dem:
1येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले ‘जैतुन-डाँडा’ को बेथफागेमा रोकिए। येशूले आफ्ना दुई जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो।
2"Går hen i den Landsby, som ligger lige for eder; og straks skulle I finde en Aseninde bunden og et Føl hos hende; løser dem og fører dem til mig!
2येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ।
3Og dersom nogen siger noget til eder, da siger, at Herren har Brug for dem, så skal han straks sende dem."
3यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।”‘
4Men dette er sket, for at det skulde opfyldes, der er talt ved Profeten, som siger:
4अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो
5"Siger til Zions Datter: Se, din Konge kommer til dig, sagtmodig og ridende på et Asen og på et Trældyrs Føl."
5“सियोनको नगरलाई भन, ‘अब तिमीहरूको राजा आउनु हुँदैछ। उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ, उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ, जो काम गर्नकै खातिर जन्मेको पशु हो।”‘ जकरिया 99
6Men Disciplene gik hen og gjorde, som Jesus befalede dem;
6चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे।
7og de hentede Aseninden og Føllet og lagde deres Klæder på dem, og han satte sig derpå.
7उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस्नु भयो।
8Men de fleste af Folkeskaren bredte deres Klæder på Vejen, andre huggede Grene af Træerne og strøede dem på Vejen.
8येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए।
9Men Skarerne, som gik foran ham og fulgte efter, råbte og sagde: "Hosanna Davids Søn! velsignet være den, som kommer, i Herrens Navn! Hosanna i det højeste!"
9केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’ भजनसंग्रह 118:26 स्वर्गको परमेश्वरको प्रशंसा गर।”
10Og da han drog ind i Jerusalem, kom hele Staden i Bevægelse og sagde: "Hvem er denne?"
10त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”
11Men Skarerne sagde: "Det er Profeten Jesus fra Nazareth i Galilæa."
11येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।”
12Og Jesus gik ind i Guds Helligdom og uddrev alle dem, som solgte og købte i Helligdommen, og han væltede Vekselerernes Borde og Duekræmmernes Stole.
12येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो।
13Og han siger til dem: "Der er skrevet: Mit Hus skal kaldes et Bedehus; men I gøre det til en Røverkule."
13येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’ तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।”
14Og der kom blinde og lamme til ham i Helligdommen, og han helbredte dem.
14केही अन्धा र केही लङ्गडा मानिसहरू मन्दिरमा येशू कहाँ आए। येशूले ती मानिसहरूलाई निको पारिदिनु भयो।
15Men da Ypperstepræsterne og de skriftkloge så de Undergerninger, som han gjorde, og Børnene, som råbte i Helligdommen og sagde: "Hosanna Davids Søn!" bleve de vrede og sagde til ham:
15मुख्य पुजाहारीहरू र शास्त्रीहरूले यो दृष्य देखे। तिनीहरूले येशूका चमत्कार कार्यहरू अनि मन्दिरमा बालकहरूले येशूलाई नै प्रंशसा गरिरहेका देखे। बालकहरू भन्दै थिए, “दाऊदका पुत्र, होसन्ना!” यसमा पूजाहरीहरू र शास्त्रीहरू क्रोधित भए।
16"Hører du, hvad disse sige?" Men Jesus siger til dem: "Ja! have I aldrig læst: Af umyndiges og diendes Mund har du beredt dig Lovsang?"
16मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?” येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’ “
17Og han forlod dem og gik uden for Staden til Bethania og overnattede der.
17त्यसपछि येशूले त्यो ठाउँलाई छोडनुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो।
18Men da han om Morgenen igen gik ind til Staden, blev hen hungrig.
18भोलिपल्ट बिहानै, येशू नगरतिर र्फकिरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो।
19Og han så et Figentræ ved Vejen og gik hen til det, og han fandt intet derpå uden Blade alene. Og han siger til det: "Aldrig i Evighed skal der vokse Frugt mere på dig!" Og Figentræet visnede straks.
19उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।
20Og da Disciplene så det, forundrede de sig og sagde: "Hvorledes kunde Figentræet straks visne?"
20चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?”
21Men Jesus svarede og sagde til dem: "Sandelig, siger jeg eder, dersom I have Tro og ikke tvivle, da skulle I ikke alene kunne gøre det med Figentræet, men dersom I endog sige til dette Bjerg: Løft dig op og kast dig i Havet, da skal det ske.
21येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ।
22Og alt, hvad I begære i Bønnen troende, det skulle I få."
22विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।
23Og da han kom ind i Helligdommen, kom Ypperstepræsterne og Folkets Ældste hen til ham, medens han lærte, og de sagde: "Af hvad Magt gør du disse Ting, og hvem har givet dig denne Magt?"
23येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”
24Men Jesus svarede og sagde til dem: "Også jeg vil spørge eder om een Ting, og dersom I sige mig det, vil også jeg sige eder, af hvad Magt jeg gør disse Ting.
24येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न जाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु।
25Johannes's Dåb, hvorfra var den? Fra Himmelen eller fra Mennesker?" Men de tænkte ved sig selv og sagde: "Sige vi: Fra Himmelen, da vil han sige til os: Hvorfor troede I ham da ikke?
25“मलाई भन यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो? मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको भनी?’
26Men sige vi: Fra Mennesker, frygte vi for Mængden; thi de holde alle Johannes for en Profet."
26यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।”
27Og de svarede Jesus og sagde: "Det vide vi ikke." Da sagde også han til dem: "Så siger ikke heller jeg eder, af hvad Magt jeg gør disse Ting.
27त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।” तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु।”
28Men hvad tykkes eder? En Mand havde to Børn; og han gik til den første og sagde: Barn! gå hen, arbejd i Dag i min Vingård!
28“तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’
29Men han svarede og sagde: Nej, jeg vil ikke; men bagefter fortrød han det og gik derhen.
29छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो।
30Og han gik til den anden og sagde ligeså. Men han svarede og sagde: Ja, Herre! og gik ikke derhen.
30“त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।
31Hvem af de to gjorde Faderens Villie?" De sige: "Den første." Jesus siger til dem: "Sandelig, siger jeg eder, at Toldere og Skøger gå forud for eder ind i Guds Rige.
31“अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो। यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाहिले।” येशूले तिनीहरूलाई भन्नुभयो, “म साँचो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्।
32Thi Johannes kom til eder på Retfærdigheds Vej, og I troede ham ikke, men Toldere og Skøger troede ham; men endskønt I så det, fortrøde I det alligevel ikke bagefter, så I troede ham.
32यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।
33Hører en anden Lignelse: Der var en Husbond, som plantede en Vingård og satte et Gærde omkring den og gravede en Perse i den og byggede et Tårn; og han lejede den ud til Vingårdsmænd og drog udenlands.
33“यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो।
34Men da Frugttiden nærmede sig, sendte han sine Tjenere til Vingårdsmændene for at få dens Frugter.
34केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।
35Og Vingårdsmændene grebe hans Tjenere, og en sloge de, en dræbte de, og en stenede de.
35“तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए।
36Atter sendte han andre Tjenere hen, flere end de første; og de gjorde ligeså med dem.
36फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसंग पनि यस्तै नै व्यवहार गरे।
37Men til sidst sendte han sin Søn til dem og sagde: De ville undse sig for min Søn.
37त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’
38Men da Vingårdsmændene så Sønnen, sagde de til hverandre: Det er Arvingen; kommer lader os slå ham ihjel og få hans Arv!
38“तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’
39Og de grebe ham og kastede ham ud af Vingården og sloge ham ihjel.
39अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए।
40Når da Vingårdens Herre kommer, hvad vil han så gøre med disse Vingårdsmænd?"
40“अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?”
41De sige til ham: "Ilde vil han ødelægge de onde og leje sin Vingård ud til andre Vingårdsmænd, som ville give ham Frugterne i deres Tid."
41ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दृष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”
42Jesus siger til dem: "Have I aldrig læst i Skrifterne: Den Sten, som Bygningsmændene forkastede, den er bleven til en Hovedhjørnesten; fra Herren er dette kommet, og det er underligt for vore Øjne.
42येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ ‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य कुने ढुँङ्गा बन्यो, यो परमप्रभुले गर्नु भएको हो र यो हाम्रो लागि अचम्मको हुनेछ।’ भजनसंग्रह 118:22-23
43Derfor siger jeg eder, at Guds Rige skal tages fra eder og gives til et Folk, som bærer dets Frugter.
43“त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्।
44Og den, som falder på denne Sten, skal slå sig sønder; men hvem den falder på, ham skal den knuse."
44अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”
45Og da Ypperstepræsterne og Farisæerne hørte hans Lignelser, forstode de, at han talte om dem.
45येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे।
46Og de søgte at gribe ham, men frygtede for Skarerne; thi de holdt ham for en Profet.
46[This verse may not be a part of this translation]