Danish

Nepali

Matthew

25

1Da skal Himmeriges Rige lignes ved ti Jomfruer, som toge deres Lamper og gik Brudgommen i Møde.
1“त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए।
2Men fem af dem vare Dårer, og fem kloge.
2पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए।
3Dårerne toge nemlig deres Lamper, men toge ikke Olie med sig.
3ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्।
4Men de kloge toge Olie i deres Kar tillige med deres Lamper.
4तर पाँचवटी बुद्धिमती कन्याहरूले आफ्ना-आफ्ना दीयोहरू लिए अनि तिनीहरूले जगमा जगेडा तेल पनि बोकेका थिए।
5Og da Brudgommen tøvede, slumrede de alle ind og sov.
5तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।
6Men ved Midnat lød der et Råb: Se, Brudgommen kommer, går ham i Møde!
6मध्यरातमा कोही करायो, ‘दुलहा आउँदैछन्। उनलाई भेटन बाहिर आऊ।’
7Da vågnede alle Jomfruerne og gjorde deres Lamper i Stand.
7“तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे।
8Men Dårerne sagde til de kloge: Giver os af eders Olie; thi vore Lamper slukkes.
8तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’
9Men de kloge svarede og sagde: Der vilde vist ikke blive nok til os og til eder; går hellere hen til Købmændene og køber til eder selv!
9“बुद्धिमती कन्याहरूले जवाफ दिए, ‘होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागी पर्याप्त हुँदैन। बरू, तिमीहरू आफै पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ।
10Men medens de gik bort for at købe, kom Brudgommen, og de, som vare rede, gik ind med ham til Brylluppet; og Døren blev lukket.
10“त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।
11Men senere komme også de andre Jomfruer og sige: Herre, Herre, luk op for os!
11“केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, ‘स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनहोस्।’
12Men han svarede og sagde: Sandelig, siger jeg eder, jeg kender eder ikke.
12“दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँचो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’
13Våger derfor, thi I vide ikke Dagen, ej heller Timen.
13“यसकारँ सँधै सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।” तीनजना नोकरको कथा (लूका 19:11-27)
14Thi det er ligesom en Mand, der drog udenlands og kaldte på sine Tjenere og overgav dem sin Ejendom;
14“स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोेलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्।
15og en gav han fem Talenter, en anden to, og en tredje en, hver efter hans Evne; og straks derefter drog han udenlands.
15कुन चाहिं नोकरलेे के कति गर्न सक्छ भनी उसले विचार गरयो। उसले एकजना नोकरलाई पाँच तोडा दियो। अर्कोलाई दुइ तोडा दियो। अनि तेस्रोलाई एक तोडा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्यो।
16Men den, som havde fået de fem Talenter, gik hen og købslog med dem og vandt andre fem Talenter
16नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिंडयो। उसले अरू पाँच तोडा बढाउने काम गर्यो।
17Ligeså vandt også den, som havde fået de to Talenter,andre to.
17दुइ तोडा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोडा कमायो।
18Men den, som havde fået den ene, gik bort og gravede i Jorden og skjulte sin Herres Penge.
18तर एक तोडा मात्र पैसा पाउने नोकर गयो र भूईमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो।’
19Men lang Tid derefter kommer disse Tjeneres Herre og holder Regnskab med dem.
19“धेरै समयपछि मालिक घर फकर्यो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के के गर्यौ भनेर सोध्यो।
20Og den, som havde fået de fem Talenter, kom frem og bragte andre fem Talenter og sagde: Herre! du overgav mig fem Talenter; se, jeg har vundet fem andre Talenter.
20पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’
21Hans Herre sagde til ham: Vel, du gode og tro Tjener! du var tro over lidet, jeg vil sætte dig over meget; gå ind til din Herres Glæde!
21“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ’
22Da kom også han frem, som havde fået de to Talenter, og sagde: Herre! du overgav mig to Talenter; se, jeg har vundet to andre Talenter.
22“त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयाग गरें र अरू दुइ तोडा कमाएँ।’
23Hans Herre sagde til ham: Vel, du gode og tro Tjener! du var tro over lidet, jeg vil sætte dig over meget; gå ind til din Herres glæde!
23“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति थोरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिनेछु। आऊ र म सित खुशी भनाऊ।’
24Men også han, som havde fået den ene Talent, kom frem og sagde: Herre! jeg kendte dig, at du er en hård Mand, som høster, hvor du ikke såede, og samler, hvor du ikke spredte;
24“त्यसपछि एक तोडा पाउने नोकर मालिककहाँ आयो। त्यसले भन्यो, महाशय ‘मैले तपाईंलाई धेरै कठोर मानिसको रूपमा जान्न पाएँ। बिऊ नै नरोपी तपाईंले अन्न बटुल्न चाहनु भयो।
25og jeg frygtede og gik hen og skjulte din Talent i Jorden; se, her har du, hvad dit er.
25यसकारण म धेरै भयभित भएँ। मैले तपाईंको पैसा जमीनमा लुकाएँ तपाईंले दिनुभएको त्यो थौलो यही हो।’
26Men hans Herre svarede og sagde til ham: Du onde og lade Tjener! du vidste, at jeg høster, hvor jeg ikke såede, og samler, hvor jeg ikke spredte;
26“मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस्। बिरूवा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीरूवा नछरेको ठाउँमा अन्न बटुल्ने भनेर तैंले मलाई भनिस्। त्यसो भए।
27derfor burde du have overgivet Vekselererne mine Penge; og når jeg kom, da havde jeg fået mit igen med Rente.
27तैले मेरो पैसा बैंकमा जम्मा गर्नु पर्दथ्यो। म जब फर्केर आएको हुन्थें त्यसबेला ती सबै पैसा पाउन सक्थें। साथै त्यो पैसा माथि ब्याज पाउँन सक्थें।’
28Tager derfor den Talent fra ham, og giver den til ham, som har de ti Talenter.
28“यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ।
29Thi enhver, som har, ham skal der gives, og han skal få Overflod; men den, som ikke har, fra ham skal endog det tages, som han har.
29जो सित जति धेरैछ उसले अरू धेरै पाउनेछ। तर जोसित केही छैन, उसित भएको पनि उबाट खोसिनेछ।’
30Og kaster den unyttige Tjener ud i Mørket udenfor; der skal der være Gråd og Tænders Gnidsel.
30त्यसपछि मालिकले भन्यो, ‘यो बेकामे नोकरलाई बाहिर अँध्यारोमा निकलि देऊ। जहाँ मानिसहरू दुख र कष्टमा दाह्रा किट्दै रूवाबासी गरिरहेका छन्।’
31Men når Menneskesønnen kommer i sin Herlighed og alle Englene med ham, da skal han sidde på sin Herligheds Trone.
31“मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसंगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ।
32Og alle Folkeslagene skulle samles foran ham, og han skal skille dem fra hverandre, ligesom Hyrden skiller Fårene fra Bukkene.
32उहाँको अधि संसारभरका सबै मानिसहरू भेला हुनेछ्। अनि मानिसको पुत्रले ती मानिसहरूलाई दुइ अलग अलग दलमा बाँडनु हुनेछ। यो भेडा र बाख्राहरूलाई अलग दलमा पारे जस्तै हुनेछ।
33Og han skal stille Fårene ved sin højre Side og Bukkene ved den venstre.
33उहाँले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नु हुनेछ।
34Da skal Kongen sige til dem ved sin højre Side: Kommer hid. I min Faders velsignede! arver det Rige, som har været eder beredt fra Verdens Grundlæggelse.
34“राजाले आफ्नो दाहीने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आर्शिवाद दिनुभएको छ। आऊ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएको राज्य ग्रहन गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो।
35Thi jeg var hungrig, og I gave mig at spise; jeg var tørstig, og I gave mig at drikke; jeg var fremmed, og I toge mig hjem til eder;
35यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ।
36jeg var nøgen, og I klædte mig; jeg var syg, og I besøgte mig; jeg var i Fængsel, og I kom til mig.
36नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’
37Da skulle de retfærdige svare ham og sige: Herre! når så vi dig hungrig og gave dig Mad, eller tørstig og gave dig at drikke?
37“तब धार्मिक मानिसहरूले जवाफ दिनेछन्, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले, भोकाउनु भएको देख्यौ अनि हामीले भोजन दियौं? हामीले तपाईं तिर्खाउनु भएको कहिले देख्यौ अनि हामीले पानी पिउँन दियौ?
38Når så vi dig fremmed og toge dig hjem til os, eller nøgen og klædte dig?
38हामीले तपाईंलाई कहिले एक्लो घरदेखि टाढिएको देख्यौं र हामीले तपाईंलाई कहिल्यौ आफ्ना घरमा ल्यायौ?
39Når så vi dig syg eller i Fængsel og kom til dig?
39तपाईं कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईंलाई लुगाफाटा लगाउन दियौं। हामीले कहिले तपाईंलाई रोगी देख्यौं वा कैदमा देख्यौं र हामी तपाईंलाई सहयोग गर्न आयौं?’
40Og Kongen skal svare og sige til dem: Sandelig, siger jeg eder: Hvad I have gjort imod een af disse mine mindste Brødre, have I gjort imod mig.
40“तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँचो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’
41Da skal han også sige til dem ved den venstre Side: Går bort fra mig, I forbandede! til den evige Ild, som er beredt Djævelen og hans Engle.
41“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।
42Thi jeg var hungrig, og I gave mig ikke at spise; jeg var tørstig, og I gave mig ikke at drikke;
42तिमीहरू गइहाल, किनभने म भोकाएको थिएँ, तिमीहरूले केही खान दिएनौ। म तिर्खाएका थिएँ, तिमीहरूले केही पिउन दिएनौ।
43jeg var fremmed, og I toge mig ikke hjem til eder; jeg var nøgen, og I klædte mig ikke; jeg var syg og i Fængsel, og I besøgte mig ikke.
43म घरदेखि एक्लै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरिनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौं।’
44Da skulle også de svare og sige: Herre! når så vi dig hungrig eller tørstig eller fremmed eller nøgen eller syg eller i Fængsel og tjente dig ikke?
44“त्यसपछि तिनीहरूले पनि जवाफ दिए, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले भोकाएको र तिर्खाएको देख्यौं? हामीले कहिले तपाईंलाई एक्लो घरदेखि टाढो भएको देख्यौं? अनि हामीले तपाईंलाई कहिले नाङ्गो वा विरामी वा कैदमा परेको देख्यौ? अनि यी सब देखेर हामीले मद्दत गरेनौं?।
45Da skal han svare dem og sige: Sandelig, siger jeg eder: Hvad I ikke have gjort imod een af disse mindste, have I heller ikke gjort imod mig.
45“त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँचो भन्दछु, ‘यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’
46Og disse skulle gå bort til evig Straf, men de retfærdige til evigt Liv."
46त्यसपछि ती दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन 2प्राप्त गर्न जानेछन्।”