1HERRENs Ord, som, i de Dage da Jotam, Akaz og Ezekias var Konger i Juda, kom til Mika fra. Moresjet, og som han skuede om Samaria og Jerusalem.
1परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरु यहूदाका राजाहरु थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।
2Alle I Folkeslag, hør, lyt til, du Jord, med din Fylde, at den Herre HERREN kan stå som Vidne blandt eder, Herren fra sit hellige Tempel.
2हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरु सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरुको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।
3Thi se, fra sit Sted går HERREN ud, stiger ned, skrider frem over Jordens Høje;
3हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।
4under ham smelter Bjerge, og Dale slår dybe Revner, som Voks, der smelter i Ilden, som Vand, gydt ned ad en Skrænt -
4परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि आगोमा मैन पग्लन्छ, जसरी पहाडबाट पानी बगेर झर्छ।
5alt dette for Jakobs Brøde, for Israels Huses Synder. Hvem voldte Jakobs Brøde? Mon ikke Samaria? Hvem voldte Judas Synd? Mon ikke Jerusalem?
5यो किन भएकोछ? यस्तो भयो किनभने याकूबले पाप गरेको थियो। किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए। याकूबको पाप के हो? यो सामरिया हो। यहूदाको अग्लो स्थान कुनहो? यो यरूशलेम हो।
6Samaria gør jeg til Grushob, dets Mark til Vingårdsjord; jeg styrter dets Sten i Dalen, dets Grundvolde bringer jeg for Lyset.
6यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु। त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ। म सामरियाका ढुङ्गाहरुलाई बेंसीमा फालिदिनेछु र त्यसका जगहरु सतहमा पुर्याइदिनेछु।
7Dets Billeder sønderslås alle, dets Skøgeløn brændes i Ild; jeg tilintetgør alle dets Afguder; thi af Skøgeløn er de samlet, til Skøgeløn bliver de atter.
7म त्यसका मूर्तिहरु सबै टुक्रा-टुक्रा पारिदिनेछु। सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु र म तिनीहरुको झुटा देवताहरुको मुर्तिहरु सबै ध्वंश गरिदिनेछु, जबकि यी मूर्तिहरु वेश्याबृति मार्फत बनिएका थिए। ती मूर्तिहरु फेरि वेश्याहरुलाई नै तिर्न प्रयोग हुनेछन्।
8Derfor vil jeg klage og jamre, gå nøgen med bare Fødder, istemme Klage som Sjakaler, jamrende Skrig som Strudse:
8म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिंड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।
9Ulægeligt er HERRENs Slag, thi det når til Juda, til mit Folks Port rækker det hen, til Jerusalem.
9सामरियाको घाऊ निको हुनेछैन। त्यसको पाप यहूदा सम्म फैलनेछ। यो मेरा मानिसहरुको शहरको प्रवेसद्वार सम्म जानेछ, किनकि यो त यरूशलेम सम्म आपुगेको छ।
10Forkynd det ikke i Gat, græd ikke i Bokim! Vælt jer i Støvet i Bet-Leafra!
10यो कुरा गातमा नभन। त्यसका निम्ति रूँदै नरोऊ, विलाप गर्दै बेत-लाप्रामा धुलोमा लडी-बडी गर।
11Der stødes i Horn for eder, Sjafirs Borgere; ej går Za'anans Borgere ud af deres By. Bet-Ezels Lod bliver Klage, Hug og Ve;
11हे शाफीरका वासिन्दाहरु हो, तिमीहरु आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरु जो सानानको वासिन्दाहरु हुन् तिनीहरु बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरुको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।
12og hvor kan Marots indbyggere håbe på Lykke? Thi Ulykke kom ned fra HERREN til Jerusalems Porte.
12मारोतका वासिन्दाहरुले केही राम्रो कुरा होस् भनी व्याकुलतापूर्वक पर्खिरहेकाछन्। किन? किनभने कष्ट परमप्रभुबाट यरूशलेमको मुलढोकामा आएकोछ।
13Spænd Hestene for Vognen, I, som bor i Lakisj! Syndens Begyndelse var du for. Zions Datter; ja, Israels Overtrædelser fandtes i dig.
13हे लाकीशका वासिन्दाहरु हो! तिमीहरुले वेगवान घोडाहरु रथमा बाँध। सियोनको पाप रथहरुबाट नै शुरु भएको थियो। जसको मार्फत तिनीहरुले इस्राएलले गरे जस्तै पाप गरे।
14Giv derfor Moresjet-Gat en Skilsmissegave! En svigtende Bæk er Akzibs Huse for Israels Konger.
14यसकारण मोरशेत गातमा तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ। अकजीबाका घरहरुले इस्राएलका राजालाई धोका दिनेछन्।
15End sender jeg eder en Ransmand, Maresjas Borgere! Til Adullam skal Israels Herlig hed komme.
15हे मोरेशाका वासिन्दाहरु! तिनीहरुको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरुबाट सबै चिजहरु खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।
16Klip dig skaldet over dine elskede. Børn, bredskaldet som en Grib; thi de bortføres fra dig.
16यसकारण तिमीले आफ्नो केश काट, चिण्डे होऊ। किन? किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ तिनीहरुका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ। किन? किनकि तिम्रो नानीहरुलाई कैदी झैं लगिनेछ।