1Og det skal ske i de sidste Dage, at HERRENS Huses Bjerg, grundfæstet på Bjergenes Top, skal løfte sig op over Højene. Did skal Folkeslag strømme.
1अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।
2og talrige Folk komme vandrende: "Kom, lad os drage til HERRENs Bjerg, til Jakobs Guds Hus; os skal han lære sine Veje, så vi kan gå på hans Stier; thi fra Zion udgår Åbenbaring, fra Jerusalem HERRENs Ord."
2धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरु उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।
3Da dømmer han mange Folkeslag imellem, skifter Ret mellem talrige, fjerne Folk; deres Sværd skal de smede til Plovjern, deres Spyd til Vingårdsknive; Folk skal ej løfte Sværd mod Folk, ej øve sig i Våbenfærd mer.
3उहाँले देशमा बिभिन्न मानिसहरुका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरुको झगडाको फैसला गर्नु हुनेछ। तिनीहरुले आफ्ना तरवारहरु पिटेर हलोको फाली र भालाहरु चाँहि हँसिया बनाउनेछन्। जाति-जातिहरुले एक-अर्काको बिहरुद्धमा तरवार चलाउने छैनन्, न त तिनीहरुले कहिल्यै लडाईं गर्न सिकनेछन्।
4Da sidder hver under sin Vinstok og sit Figenfræ, og ingen. skræmmer dem, så sandt Hærskarers HERREs Mund har talet.
4तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरुलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरु भन्नु भएकोछ।
5Thi alle Folkeslag vandrer hvert i sin Guds Navn, men vi vil vandre i HERREN vor Guds Navn for evigt og altid.
5सबै जातिका मानिसहरु चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।
6På hin Dag, lyder det fra HERREN, samler jeg det, der halter, sanker det spredte sammen og det, jeg har hjemsøgt med ondt.
6परमप्रभु भन्नुहुन्छ, “लङ्गडाहरुलाई म त्यसदिन जम्मागर्नेछु अनि धपाईएकाहरुलाई र तिनीहरु जसलाई मैले दण्ड दिएको थिएँ, म भेला गर्नेछु।
7Det haltende gør jeg til en Rest, det svage til et kraftigt Folk; og HERREN er Konge over dem på Zions Bjerg fra nu og til evig Tid.
7‘लङ्गडाहरुलाई’ एउटा बेचेको भाग र फ्याँकिएकाहरुलाई एउटा सामर्थी जाति तुल्याउनेछु।” तिनीहरुमाथि सियोनमा परमप्रभुले अब देखि सदा-सर्वदै राज्य गर्नुहुनेछ।
8Men du, o Hyrdetårn, Zions Datters Høj, til dig skal det komme, det forrige Herredømme tilfalde dig, Jerusalems Datters Rige.
8अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरु कहाँ आउँनेछन् र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।” किन इस्रएलीहरु बाबेल अवश्यै जानुपर्दछ?
9Hvi skriger du dog så højt?. Er Kongen ikke i dig?. Er da din Rådgiver borte, nu du grebes af Fødselsveer?
9अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ के? तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?
10Vrid dig og vånd dig som i Barnsnød, Zions Datter! Thi nu skal du ud af Byen og bo på Marken, og du skal komme til Babel; der skal du frelses, der vil HERREN genløse dig af dine Fjenders Hånd.
10हे सियोनकी छोरी, सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ। किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ र मैदानमा बस्नेछौ र माथि बाबेलमा जानेछ्यौ र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ। परमप्रभुले तिम्रा शत्रुको हातबाट तिम्रो उद्धार गर्नुहुनेछ।
11Nu er de samlet imod dig, de mange Folk, som siger: "Vanæres skal det; vort Øje skal se med Skadefryd på Zion."
11अनि अब धेरै जातिहरु भेला भएर, तिम्रो बिरुद्ध भन्नेछन्, “त्यो अशुद्ध होस् र सियोनलाई हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”
12Men de, de kender ikke det mindste til HERRENs Tanker, de fatter ikke hans Råd, at han samled dem som Neg på Lo.
12तर तिनीहरुले परमप्रभुको बिचारलाई जान्दैनन्। न त तिनीहरु उहाँको युक्तिलाई बुझ्दछन्। किनभने उहाँले खलामा बिटाहरु जम्मागरे झैं तिनीहरुलाई जम्मा गर्नु भएकोछ।
13Op og tærsk, du Zions Datter! Thi jeg giver dig Horn af Jern, jeg giver dig Klove af Kobber. Du skal knuse de mange Folk, lægge Band på Byttet for HERREN, på Godset for al Jordens Herre.
13“हे सियोन छोरी, उठ अनि दाइँ गर किनभने म तिम्रा सींङहरुलाई फलामको र तिम्रो खूरहरुलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरुलाई चूर-चूर पार्नेछौ र तिनीहरुको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”