Icelandic

Nepali

1 Chronicles

11

1Þá söfnuðust allir Ísraelsmenn til Davíðs í Hebron og sögðu: ,,Sjá, vér erum hold þitt og bein!
1इस्राएलका सबै मानिसहरू हेब्रोन शहरमा दाऊदकहाँ आए। तिनीहरूले दाऊदलाई भने, “हामी तपाईकै मासु र रगत हौं।
2Þegar um langa hríð, meðan Sál var konungur, hefir þú verið fyrir Ísrael, bæði þegar hann lagði af stað í stríð og þegar hann kom heim. Auk þess hefir Drottinn, Guð þinn, við þig sagt: ,Þú skalt vera hirðir þjóðar minnar Ísraels, og þú skalt vera höfðingi yfir þjóð minni Ísrael!```
2अतीतमा तपाईले हामीलाई युद्धमा अगुवाइ गर्नु भयो। तपाईले शाऊल राजा हुँदा पनि हाम्रो अगुवाई गर्नु भयो। परमप्रभुले तपाईलाई भन्नु भयो, ‘दाऊद तँ इस्राएलका मेरा मानिसहरूलको गोठालो हुनेछस्। तँ मेरा मानिसहरूको प्रधान हुनेछस्।”
3Þá komu allir öldungar Ísraels til konungsins í Hebron, og Davíð gjörði við þá sáttmála í Hebron, frammi fyrir augliti Drottins, og þeir smurðu Davíð til konungs yfir Ísrael eftir orði Drottins fyrir munn Samúels.
3इस्राएलका सबै बूढा-प्रधानहरू हेब्रोन शहरमा दाऊद कहाँ आए। दाऊदले हेब्रोनमा परमप्रभु समक्ष ती बूढा-प्रधानहरूसित एक करार गरे अनि ती बूढा-प्रधानहरूले दाऊदलाई अभिषेक गरे। तिनीहरूले तिनलाई इस्राएलका राजा बनाए। परमप्रभुले यसो हुन्छ भनी वचन दिनु भएको थियो। परमप्रभुले त्यो वचन दिनुका निम्ति शमूएलाई प्रयोग गर्नु भएको थियो।
4Og Davíð og allur Ísrael fór til Jerúsalem, það er Jebús, og þar voru Jebúsítar landsbúar.
4दाऊद अनि इस्राएलका सबै मानिसहरू यरूशलेम शहर गए। यरूशलेमलाई त्यस समयमा यबूस भनिन्थ्यो। त्यो शहरमा बस्ने मानिसहरूलाई यबूसी भनिन्थ्यो। त्यो शहरमा
5Þá sögðu Jebúsbúar við Davíð: ,,Þú munt eigi komast hér inn!`` En Davíð tók vígið Síon, það er Davíðsborg.
5जो मानिसहरू बस्थे तिनीहरूले दाऊदलाई भने, “तपाई हाम्रो शहर भित्र आउन सक्नु हुन्न।” तर दाऊदले ती मानिसहरूलाई परास्त गरिदिए। दाऊदले सियोनको किल्ला लिए। यो स्थान दाऊदको शहर बन्यो।
6Þá mælti Davíð: ,,Hver sá, er fyrstur vinnur sigur á Jebúsítum, skal verða höfuðsmaður og herforingi!`` Gekk þá fyrstur upp Jóab Serújuson og varð höfuðsmaður.
6दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।
7Því næst settist Davíð að í víginu, fyrir því nefndu menn það Davíðsborg.
7तब दाऊदले किल्लामा आफ्ना घर बनाए। त्यसै कारणले यसलाई दाऊदको शहर नाउँ दिइएको हो।
8Og hann víggirti borgina allt í kring, frá Milló og alla leið umhverfis, en aðra hluta borgarinnar hressti Jóab við.
8दाऊदले किल्ला वरिपरि शहर बसाए। तिनले यो मिल्लो देखि शहर वरिपरिको सबै ठाउँमा पर्खाल बनाए। योआबले शहरका अन्य भागको मर्मत गरे।
9Og Davíð efldist meir og meir, og Drottinn allsherjar var með honum.
9दाऊद लगातार सफल हुँदैगए। सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो।
10Þessir eru helstir kappar Davíðs, er öfluglega studdu hann til konungstignar, ásamt öllum Ísrael, til þess að gjöra hann að konungi samkvæmt boði Drottins til Ísraels.
10यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी बीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।
11Og þetta er talan á köppum Davíðs: Jasóbeam Hakmóníson, höfðingi þeirra þriggja. Hann veifaði spjóti sínu yfir þrjú hundruð vegnum í einu.
11यो सूची दाऊदका विशेष सैनिकहरूको होः याशोबाम हक्मोनी थिए। याशोबाम अधिकारीहरूका अगुवा थिए। याशोबामले एकै पल्टमा तीन सय मानिसहरूलाई आफ्नो भाला प्रयोग गरेर मारे।
12Honum næstur er Eleasar Dódóson, Ahóhíti. Hann var meðal kappanna þriggja.
12अर्को अहोही दोदोका छोरा एलाजार थिए। एलाजार ती तीन वीरहरू मध्ये एक थिए।
13Hann var með Davíð í Pas Dammím, en Filistar höfðu safnast þar saman til orustu. En þar var akurspilda, alsprottin byggi. En er fólkið flýði fyrir Filistum,
13एलाजार पास-दम्मीममा दाऊदसँग थिए। पलिश्तीहरू युद्ध लडन तयारीको निम्ति त्यस स्थानमा आएका थिए। त्यस स्थान एक जौंले भरिएको खेत थियो। इस्राएलीहरू पलिश्तीहरू देखि भागे।
14námu þeir staðar í spildunni miðri, náðu henni og unnu sigur á Filistum. Veitti Drottinn þannig mikinn sigur.
14तर ती तीन बीरहरू त्यही खेतमा बसीरहे अनि त्यसलाई रक्षा गरे। तिनीहरूले पलिश्तीहरूलाई परास्त गरे। परमप्रभुले इस्राएलका मानिसहरूलाई महान विजय दिनुभयो।
15Einu sinni fóru þrír af höfðingjunum þrjátíu til Davíðs í hamrinum, í Adúllamvíginu, en her Filista lá í herbúðum í Refaímdal.
15एकपल्ट, दाऊद अद्‌दुलामको ओडारमा थिए, अनि पलिश्ती सेना तल रपाईमको बेंसीमा थिए। तीसजना वीरहरू मध्ये तीनजना वीरहरू दाऊदलाई ङेट्न ओडारसम्म पुगे।
16Þá var Davíð í víginu, en varðsveit Filista var þá í Betlehem.
16अर्कोसमय, दाऊद किल्लामा थिए, अनि पलिश्ती सेनाका एकदल बेतलेहेममा थिए।
17Þá þyrsti Davíð og sagði: ,,Hver vill sækja mér vatn í brunninn í Betlehem, sem er þar við hliðið?``
17दाऊद तिर्खाएका थिए आफ्ना शहरको पानीका निम्ति यसर्थ तिनले भने, “म चाहन्छु कि कसैले मलाई बेतलेहेम शहरको द्वार नजिकको कूवाबाट केही पानी देओस्।” दाऊदले वास्तवमा त्यो चाहेका थिएनन् तिनी केवल कुरा मात्र गरेका थिए।
18Þá brutust þeir þrír gegnum herbúðir Filista, jusu vatn úr brunninum í Betlehem, sem er þar við hliðið, tóku það og færðu Davíð. En Davíð vildi ekki drekka það, heldur dreypti því Drottni til handa
18तर ती तीन जना वीरहरूले पलिश्ती सेनाहरूको बीच भएर युद्धगर्दै बाटो पैल्याए र यी तीन व्यक्तिहरूले बेतलेहेमको शहरद्वार छेउको कूवाबाट केही पानी लिए। तब ती तीन वीरहरूले ल्याएको पानी दाऊदकहाँ ल्याए। दाऊदले पानी पिउन अस्वीकार गरे। तिनले त्यो पानी परमप्रभुलाई भेटीको रूपमा भूइँमा खन्याए।
19og mælti: ,,Guð minn láti það vera fjarri mér að gjöra slíkt. Ætti ég að drekka blóð þessara manna, er hættu lífi sínu, því að með því að hætta lífi sínu sóttu þeir það.`` Og hann vildi ekki drekka það. Þetta gjörðu kapparnir þrír.
19दाऊदले भने, “परमेश्वर, म यो पानी पिउँन सक्तिनँ। यो पानी मैले पिएँ भने ती व्यक्तिहरूको रगत पिएको जस्तो हुनेछ जसले मेरो निम्ति यो पानी ल्याउँन आफ्ना जीवन खतरामा पारे।” त्यस कारण दाऊदले पानी पिउन अस्वीकार गरे। ती तीन जना वीरहरूले यस्ता अनेक साहसी कार्यहरू गरे।
20Abísaí, bróðir Jóabs, var fyrir þeim þrjátíu. Hann veifaði spjóti sínu yfir þrjú hundruð vegnum og var frægur meðal þeirra þrjátíu.
20योआबका भाइ अबीशै यी तीन बीरहरूका प्रधान थिए। तिनले आफ्ना भाला द्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशै ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।
21Af þeim þrjátíu var hann í heiðri hafður og var foringi þeirra, en til jafns við þá þrjá komst hann ekki.
21अबीशै ती तीस जना वीरहरू भन्दा दोबर प्रसिद्ध थिए। तिनी ती तीन वीरहरू मध्ये एक नभएता पनि तिनी तीसजनाका अगुवा थिए।
22Benaja Jójadason, hraustmenni, frægur fyrir afreksverk sín, var frá Kabseel. Hann drap báða sonu Aríels frá Móab. Hann sté ofan í brunn og drap þar ljón einn dag, er snjóað hafði.
22यहोयादाका छोरा, बनायाह शक्तिशाली “मानिस” थिए। उनी कबसेलबाटका थिए। बनायाहले मोआब देशका दुईजना महान् वीरहरूलाई मारे। एक दिन हिउँ पर्दै थियो, बनायाह भूइँमा भएको खाडल भित्र पसे। अनि एक सिंहलाई मारे।
23Hann drap og egypskan mann tröllaukinn, fimm álna háan. Egyptinn hafði spjót í hendi, digurt sem vefjarrif, en hann fór á móti honum með staf, reif spjótið úr hendi Egyptans og drap hann með hans eigin spjóti.
23अनि बनायाहले एक ठूलो मिश्र देशका सैनिकहरूलाई मारे। ती व्यक्ति प्रायः साडे सात फीट अग्ला थिए। त्यस मिश्रदेशकाहरूसंग एउटा भाला थियो त्यो खूबै ठूलो अनि गह्रौं। थियो। त्यो जुलाहाको तानको डण्डा जस्तै ठूलो थियो। बनायाहसित एउटा लहुरो मात्र थियो। बनायाहले त्यो मिश्रीको हातमा भएको भाला अँठ्याए र उसको हातबाट खोसे। तब बनायाहले त्यस मिश्रदेशीलाई उसको आफ्नै भालाद्वारा मारिदिए।
24Þetta gjörði Benaja Jójadason. Hann var frægur meðal kappanna þrjátíu.
24बनायाह यहोयादाका छोराले अनेक यस्ता साहसी कार्य गरे। बनायाह ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।
25Af þeim þrjátíu var hann í heiðri hafður, en til jafns við þá þrjá komst hann ekki. Davíð setti hann yfir lífvörð sinn.
25बनायाह ती तीसजना वीरहरू भन्दा अधिक प्रसिद्ध थिए, तर पनी तीन वीरहरू मध्येका एकजना तिनी थिएनन्। दाऊदले बनायाहलाई आफ्ना अङ्गरक्षकहरूका प्रधान बनाए।
26Og hraustu kapparnir voru: Asahel, bróðir Jóabs, Elhanan Dódóson frá Betlehem,
26पराक्रमी सैनकहरूका तीस जना बीर योद्धा यी हुनः योआबका भाई असाहेल, बेतलेहेम, दोदोका छोरा एल्हानान;
27Sammót frá Harór, Heles frá Palon,
27शम्मोत, हारोद, हेलेस, पेलोनी,
28Íra Íkkesson frá Tekóa, Abíeser frá Anatót,
28ईरा, तकोईका ईक्केशका छोरा; अनातोतका अबीएजेर,
29Sibbekaí frá Húsa, Ílaí frá Ahó,
29सिब्बकै हुशाती; ईलै, अहोही;
30Maharaí frá Netófa, Heled Baanason frá Netófa,
30नतोपाका महरै; नतोपाकै बानाका छोरा हेलेद,
31Íttaí Ríbaíson frá Gíbeu í Benjamíns ættkvísl, Benaja frá Píraton,
31बिन्यामीनको गिबाका रीबैका छोरा; इतै, पिरातोनका, बनायाह,
32Húraí frá Nahale Gaas, Abíel frá Araba,
32गाशका खोल्चाहरूका हुरै, अर्वातीका अबीएल,
33Asmavet frá Bahúrím, Eljahba frá Saalbón,
33बहरीमका अज्माबेत; शाल्बोनका, एल्याहबा,
34Hasem frá Gíson, Jónatan Sageson frá Harar,
34गीजोनी हाशेमका छोराहरू; जोनाथन, हरारी शागेका छोरा;
35Ahíam Sakarsson frá Harar, Elífal Úrsson,
35अहीआम, हरारी साकारका छोरा; एलीपाल, ऊरका छोरा,
36Hefer frá Mekera, Ahía frá Palon,
36मेकराहका हेपेर, अहियाह, पेलोनी,
37Hesró frá Karmel, Naaraí Esbaíson,
37कार्मेली हेस्रो, एज्बैका छोरा; नारै,
38Jóel, bróðir Natans, Míbhar Hagríson,
38नातानका भाइ; योएल, हग्रीका छोरा; मिभार,
39Selek Ammóníti, Nahraí frá Beerót, skjaldsveinn Jóabs Serújusonar,
39अम्मोनी; सेलेक, बेरोतका; नहरै, नहरैले सरूयाहका छोरा योआबको कवच बोकेका थिए।
40Íra frá Jattír, Gareb frá Jattír,
40येतेरी, ईरा, सतत्री, गारेब,
41Úría Hetíti, Sabad Ahlaíson,
41अहलैका छोरा हित्ती, उरियाह, जाबाद,
42Adína Sísason, niðji Rúbens, höfðingi Rúbensniðja, og þrjátíu manns með honum,
42अदीन, रूबेनको कुल समूहका शीजाका छोरा; अदीना रूबेनको कुल समूहका अगुवा थिए, अनि उसित तीस वीरहरू थिए।
43Hanan Maakason og Jósafat frá Meten,
43हानान, माकाका छोरा; मित्नी, योशापात,
44Ússía frá Astera, Sama og Jeíel Hótamssynir frá Aróer,
44उज्जीयाह, अश्तेराती; होतामका छोराहरू शामा अनि यीएल, अरोएका
45Jedíael Simríson og Jóha Tísíti, bróðir hans,
45यदीएल, शिम्रीका छोरा अनि तिनका भाइ तिजी योहा,
46Elíel frá Mahanaím og Jeríbaí og Jósavja Elnaamssynir og Jítma Móabíti,Elíel, Óbeð og Jaasíel frá Mesóbaja.
46महाबी, एदीएल, यरीबै अनि योशब्याह, एल्नामका छोराहरू, यित्मा, मोआबी;
47Elíel, Óbeð og Jaasíel frá Mesóbaja.
47एलीएल; ओबेद अनि योबाका यासीएल।