1Þá kom andi Guðs yfir Asarja Ódeðsson.
1परमेश्वरको आत्मा अजर्याहमाथि उत्रनुभयो। अजर्याह ओदेदका छोरा थिए।
2Gekk hann fram fyrir Asa og mælti til hans: ,,Hlýðið á mig, þér Asa og allur Júda og Benjamín. Drottinn er með yður, ef þér eruð með honum. Ef þér leitið hans, mun hann gefa yður kost á að finna sig, en ef þér yfirgefið hann, mun hann yfirgefa yður.
2अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।
3En langan tíma hefir Ísrael verið án hins sanna Guðs, án presta, er fræddu hann, og án lögmáls.
3धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए।
4Og er þeir voru í nauðum staddir, sneru þeir sér til Drottins, Ísraels Guðs, og leituðu hans, og hann gaf þeim kost á að finna sig.
4तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए।
5Um þær mundir voru engar tryggðir fyrir þá, er fóru eða komu, heldur var hið mesta griðaleysi meðal allra íbúa héraðanna.
5दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो
6Þjóð rakst á þjóð og borg á borg, því að Drottinn hræddi þá með hvers konar nauðum.
6‘एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो।
7En verið þér öruggir og látið yður eigi fallast hendur, því að breytni yðar mun umbun hljóta.``
7‘तर आसा, तिमी अनि यहूदाका र बिन्यामीनका मानिसहरू शक्तिशाली बन। कमजोर नबन, नछोड किनभने तिमीहरूले तिम्रा असल कार्यका निम्ति पुरस्कार प्राप्त गर्ने छौ।”
8En er Asa heyrði orð þessi og spádóm Ódeðs spámanns, þá herti hann upp hugann og útrýmdi viðurstyggðunum úr öllu landi Júda og Benjamíns, svo og úr borgum þeim, er hann hafði unnið á Efraímfjöllum, en endurnýjaði altari Drottins, það er var frammi fyrir forsal Drottins.
8जब आसाले यी वचनहरू अनि संन्देशहरू ओबेद, अगमवक्ताबाट सुने तिनी खूबै उत्साहित भए। त्यसपछि उसले ती घृणित मूर्तिहरू यहूदा अनि बिन्यामीनका सबै स्थानबाट हटाए। आसाले ती घृणित मूर्तिहरू एप्रैमका पहाडी देशकाअधिकारमा ल्याएका शहरहरूबाट पनि हटाए। अनि तिनले परमप्रभुको वेदी मरम्मत गरे जो परमप्रभुको मन्दिरको दलान अघि थियो।
9Síðan stefndi hann saman öllum Júda og Benjamín og aðkomumönnum þeim, er hjá þeim voru af Efraím, Manasse og Símeon, því að fjöldi manna af Ísrael hafði gengið honum á hönd, er þeir sáu að Drottinn, Guð hans, var með honum.
9त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।
10Og þeir komu saman í Jerúsalem í þriðja mánuði á fimmtánda ríkisári Asa.
10आसा अनि ती मानिसहरू यरूशलेममा आसाका शासनकालको पन्ध्रौं वर्षको तेस्रो महीनामा एकत्रित भए।
11Og á þeim degi færðu þeir Drottni í sláturfórn af herfanginu, er þeir höfðu fengið: sjö hundruð naut og sjö þúsund sauði.
11त्यस समय तिनीहरूले 700 गोरूहरू, 7,000 भेडा अनि बाख्राहरू परमप्रभुलाई बलि चढाए। आसाका सेनाले ती पशुहरू र अन्य मूल्यवान वस्तुहरू आफ्ना शत्रुहरूबाट लिएका थिए।
12Og þeir bundust þeim sáttmála, að leita Drottins, Guðs feðra þeirra, af öllu hjarta sínu og allri sálu sinni,
12तब तिनीहरूले आफ्ना सम्पूर्ण हृदय अनि आफ्ना सम्पूर्ण आत्मा द्वारा परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्ने करार गरे। उहाँ तिनीहरूका पुर्खाहरूले सेवा गरेका परमेश्वर हुनुहुन्छ।
13og skyldi hver sá, er eigi leitaði Drottins, Guðs Ísraels, líflátinn, yngri sem eldri, karl eða kona.
13कुनै पनि व्यक्ति जसले परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्न अस्वीकार गर्थे त्यसलाई मारिन्थ्यो। यसको केही महत्व थिएन त्यो व्यक्ति मुख्य होस् वा साधारण होस्, यदि त्यो व्यक्ति पुरूष होस् वा स्त्री होस्।
14Sóru þeir síðan Drottni eiða með hárri röddu og lustu upp fagnaðarópi, en lúðrar og básúnur kváðu við.
14तब आसा अनि मानिसहरूले परमप्रभु प्रति शपथ लिए। तिनीहरू उच्च आवाजमा कराए। तिनीहरूले तुरही र नरसिङ्गाहरू पनि बजाए।
15Og allur Júda gladdist yfir eiðnum, því að þeir höfðu eið unnið af öllu hjarta sínu og leitað hans af öllum huga sínum. Gaf Drottinn þeim því kost á að finna sig og veitti þeim frið allt um kring.
15यहूदाका सबै मानिसहरू शपथबारे खुशी थिए। किनभने तिनीहरूले आफ्ना हृदयबाट प्रतिज्ञा गरेका थिए। तिनीहरूले आफ्ना सम्पूर्ण हृदयले परमेश्वरको अनुसरण गरे। तिनीहरूले परमेश्वरलाई खोजे अनि उहाँलाई पाए। यसरी परमप्रभुले सबै देशमा तिनीहरूलाई शान्ति प्रदान गर्नु भयो।
16Asa konungur svipti jafnvel Maöku, móður sína, drottningartigninni, fyrir það, að hún hafði gjöra látið hræðilegt aséru-líkneski. Og Asa hjó sundur þetta hræðilega líkneski hennar, muldi það og brenndi það í Kídrondal.
16राजा आसाले आफ्नी आमा माकालाई पनि राजमाताको पदबाट हटाए। आसाले यसो गरे, किनभने तिनले अशेरा देवीको सम्मानमा ती भयानक स्तम्भहरू मध्ये एक स्तम्भ खडा गरेकी थिइन्। आसाले त्यो अशेरा-स्तमभ काटेर त्यसलाई सा-साना टुक्रा पारिदिए। त्यसपछि तिनले ती टुक्राहरूलाई किद्रोन बेंसीमा जलाइदिए।
17En fórnarhæðirnar voru ekki afnumdar úr Ísrael. Þó var hjarta Asa óskipt alla ævi hans.
17उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आशाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।
18Hann lét og flytja í hús Guðs helgigjafir föður síns, svo og helgigjafir sínar, silfur, gull og áhöld.Og enginn ófriður var fram að þrítugasta og fimmta ríkisári Asa.
18अनि आसाले सुन र चाँदीले बनिएका पवित्र उपहारहरू जो तिनी अनि तिनका पिताले अर्पण गरेका थिए ती सबै परमेश्वरको मन्दिरमा राखे।
19Og enginn ófriður var fram að þrítugasta og fimmta ríkisári Asa.
19आसाको पैंतीस वर्ष सम्मको शासनमा अरू कुनै युद्ध भएन।