1Jósafat sonur hans tók ríki eftir hann og efldi sig gegn Ísrael.
1यहोशापात आसाका स्थानमा यहूदाका नयाँ राजा भए। यहोशापात आसाका छोरा थिए। यहोशापातले यहूदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इस्राएलको विरूद्ध लडन सकून।
2Hann setti herlið í allar víggirtar borgir í Júda og lét fógeta í Júdaland og Efraímborgir, þær er Asa faðir hans hafði unnið.
2तिनले सैनिकहरूका दलहरू यहूदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहूदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एप्रैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए।
3Og Drottinn var með Jósafat, því að hann gekk á hinum fyrri vegum Davíðs forföður síns og leitaði ekki Baalanna,
3परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाऊदले गरेका असल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुसरण गरेनन्।
4heldur leitaði Guðs föður síns og fór eftir skipunum hans og breytti ekki sem Ísrael.
4यहोशापातले तिनका पुर्खाहरूले अनुसरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे तिनी इस्राएलका मानिसहरू बसेका तरिकाले बसेनन्।
5Þess vegna staðfesti Drottinn konungdóminn í hendi hans, svo að allur Júda færði Jósafat gjafir, svo að honum hlotnaðist afar mikil auðlegð og sæmd.
5परमप्रभुले यहोशापातलाई यहूदाका शक्तिशाली राजा बनाउनु भयो। यहूदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो।
6Og með því að honum óx hugur á vegum Drottins, þá afnam hann og fórnarhæðirnar og asérurnar úr Júda.
6यहोशापातको हृदयले परमप्रभुको तरिकामा आनन्द प्राप्त गरे। तिनले उच्च स्थानहरू अनि अशेरा-स्तम्भहरू यहूदा देशबाट बाहिर निकालि दिए।
7En á þriðja ríkisári sínu sendi hann höfðingja sína Benhaíl, Óbadía, Sakaría, Netaneel og Míkaja til þess að kenna í Júdaborgum,
7यहोशापातले आफ्ना प्रमुखहरूलाई उपदेश दिनका निम्ति यहूदाका शहरहरूमा पठाए। यहोशापातको शासनको तेस्रो वर्षमा यस्तो भयो। ती प्रमुखहरू बेनहेल, ओबदियाह, जकर्याह, नतनेल अनि मीकायाह थिए। यहोशापातले यी प्रमुखहरू सित लेवीहरूलाई पनि पठाए।
8og með þeim levítana Semaja, Netanja, Sebadja, Asahel, Semíramót, Jónatan, Adónía, Tobía og Tob Adónía levíta, og ásamt þeim prestana Elísama og Jóram.
8ती लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह तोबियाह अनि तोब-अदोनियाह थिए। यहोशापातले एलीशामा र योराम पूजाहारीहरू पनि पठाए।
9Þeir kenndu í Júda og höfðu með sér lögbók Drottins, og fóru um allar borgir í Júda og kenndu lýðnum.
9ती प्रमुखहरू, लेवीहरू अनि पूजाहारीहरूले यहूदामा मानिसहरूलाई शिक्षा दिए। तिनीहरू सित परमप्रभुको व्यवस्थाहरूको पुस्तक थियो। तिनीहरू यहूदाका सबै शहरहरूमा गए अनि मानिसहरूलाई शिक्षा दिए।
10Og ótti við Drottin kom yfir öll heiðnu ríkin, er voru umhverfis Júda, svo að þau lögðu eigi í ófrið við Jósafat.
10यहूदा नजिकका राष्ट्रहरू परमप्रभु सित भयभीत थिए। त्यसै कारणले गर्दा तिनीहरूले यहोशापात विरूद्ध युद्ध शुरू गरेनन्।
11Og nokkrir af Filistum færðu Jósafat gjafir og silfur í skatt. Einnig færðu Arabar honum fénað: sjö þúsund og sjö hundruð hrúta og sjö þúsund og sjö hundruð geithafra.
11केही पलिश्ती मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याए। तिनीहरूले यहोशापात कहाँ चाँदी पनि ल्याए किनभने तिनीहरू जान्दथे उनी अत्यन्त शक्तिशाली राजा हुन्। केही अरबी मानिसहरूले यहोशापात कहाँ पशुहरूका बथानहरूपनि ल्याए। तिनीहरूले 7,700 भेडाहरू अनि 7,700 बाख्राहरू तिनी कहाँ ल्याए।
12Og þannig varð Jósafat æ voldugri, svo að yfir tók, og hann reisti hallir og vistaborgir í Júda.
12यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहूदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे।
13Hafði hann afar mikinn vistaforða í Júdaborgum, og hermenn hafði hann í Jerúsalem, hina mestu kappa.
13तिनले भण्डार शहरहरूमा अनेक आपुर्तिहरू राखे। अनि यहोशापातले यरूशलेममा प्रशिक्षित सैनिकहरू राखे।
14Og þetta er tala þeirra eftir ættum þeirra: Af Júda voru þúsundhöfðingjar: Adna höfuðsmaður og þrjú hundruð þúsund hraustir kappar með honum.
14ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो होः यहूदाका कुल समूहका सेनाध्यक्षहरू यी थिएः अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए।
15Honum næstur gekk Jóhanan höfuðsmaður og tvö hundruð og áttatíu þúsund manns með honum.
15योहोहानान 2,80,000 सैनिकहरूका सेनाध्यक्ष थिए।
16Honum næstur var Amasja Síkríson, er sjálfviljuglega hafði gengið Drottni á hönd, og tvö hundruð þúsund hraustir kappar með honum.
16अमस्याह 2,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए। अमस्याह जिक्रीका छोरा थिए। अमस्याह परमप्रभुको सेवामा आफूलाई अर्पण गर्नमा खुशी थिए।
17En af Benjamín voru: Eljada kappi og tvö hundruð þúsund manns með honum, vopnaðir bogum og buklurum,
17बिन्यामीनका कुल समूहका सेनाध्यक्षहरू यी थिएः एल्यादाका 2,00,000 सैनिकहरू थिए जसले धनु, काँढ अनि ढालहरू चलाउँथे। एल्यादा अत्यन्त साहसी सैनिक थिए।
18og honum næstur Jósabad og hundrað og áttatíu þúsund herbúinna manna með honum.Þessir voru þeir, er konungi þjónuðu, auk þeirra, er konungur hafði sett í víggirtar borgir í öllu Júdalandi.
18यहोसापात 1,80,000 मानिसहरूका अगुवा थिए जो युद्धका निम्ति तयार थिए।
19Þessir voru þeir, er konungi þjónuðu, auk þeirra, er konungur hafði sett í víggirtar borgir í öllu Júdalandi.
19ती सबै सैनिकहरू राजा यहोशापातका सेवा गर्थे। राजाका अन्य मानिसहरू पनि पूरा यहूदा देशका किल्लाहरूमा थिए।