1Þegar öllu þessu var lokið, fóru allir Ísraelsmenn, er þar voru viðstaddir, til Júda-borga, brutu sundur merkissteinana, hjuggu sundur asérurnar og rifu niður fórnarhæðirnar og ölturun í öllum Júda, Benjamín, Efraím og Manasse, uns þeim var gjöreytt. Fóru síðan allir Ísraelsmenn aftur til borga sinna, hver til síns óðals.
1निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।
2Hiskía setti presta- og levítaflokkana, eftir flokkaskipun þeirra _ hvern eftir sinni presta- eða levíta-þjónustu við brennifórnir eða heillafórnir _ til þess að þjóna og syngja lof og þakkargjörð í herbúðahliðum Drottins.
2पूजाहारी अनि लेवीहरू समूहहरूमा विभक्त गरिएका थिए अनि प्रत्येक समूहले गर्नु पर्ने आफ्नै विशेष कामहरू थिए। यसर्थ राजा हिजकियाहले यी समूहहरूलाई आफ्ना कामहरू गर्न शुरू गर्नु भने। यसर्थ पूजाहारी अनि लेवीहरूले फेरि होमबलि अनि मेलबलि चढाउने काम गर्न थाले। अनि तिनीहरूको काम मन्दिरमा सेवा गर्नु, अनि गाउनु अनि परमप्रभुको मन्दिरको द्वारमा परमेश्वरको स्तुति गर्नु थियो।
3Og skerfur sá, er konungur lagði til af eigum sínum, gekk til brennifórnanna, til brennifórnanna kvelds og morgna, svo og til brennifórnanna á hvíldardögunum, tunglkomudögunum og löghátíðunum, samkvæmt því sem ritað er í lögmáli Drottins.
3हिजकियाहले तिनका आफ्नै केही पशुहरू होमबलिका निम्ति चढाउनु भनी दिए। यी पशुहरूलाई दैनिक होमबलिका निम्ति प्रयोग गरिन्थ्यो जो प्रत्येक विहान अनि प्रत्येक साँझ गरिन्थ्यो। यी पशुहरूलाई विश्रामका दिनहरूमा, औंसीका उत्सवहरूमा अनि अन्य विशेष उत्सवहरूमा चढाइन्थ्यो। यसलाई परमप्रभुको व्यवस्थामा लेखिएको जस्तै रूपमा गरिन्थ्यो।
4Og hann bauð lýðnum, Jerúsalembúum, að gefa prestunum og levítunum þeirra skerf, svo að þeir mættu halda fast við lögmál Drottins.
4मानिसहरूले आफ्ना फसल अनि बस्तुहरूको एक अंश पूजाहारी अनि लेवीहरूलाई दिनु पर्ने थियो। यसर्थ हिजकियाहले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूका भाग दिनु भनी आदेश गरे। यस रीतले पूजाहारी अनि लेवीहरूले आफ्ना पुरा समय त्यसो गर्नमा लगाउन सक्ने छन् जो व्यवस्थाले तिनीहरूलाई गर्नु भनेको छ।
5Og er þetta boð barst út, reiddu Ísraelsmenn fram ríkulega frumgróða af korni, aldinlegi, olíu, hunangi og öllum jarðargróða, og færðu tíundir af öllu.
5देश भरिका मानिसहरूले यो आदेशको बारेमा सुने। यसर्थ इस्राएलका मानिसहरूले आफ्ना अन्न, दाख, तेल, मह अनि तिनीहरूले आफ्ना खेतहरूमा उमारेका सबै चीजहरूको फसलको पहिलो भाग दिए। तिनीहरूले यी धेरै चीजहरूका दशौं भाग ल्याए।
6En Ísraelsmenn og Júdamenn, er bjuggu í Júdaborgum, þeir færðu og tíundir af nautum og sauðum og tíundir af helgigjöfunum, er helgaðar voru Drottni, Guði þeirra, og lögðu bing við bing.
6यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।
7Tóku þeir að hrúga upp bingjunum í þriðja mánuði og luku við það í sjöunda mánuði.
7मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा संग्रहको काम पूरा गरे।
8Kom þá Hiskía og höfuðsmennirnir, litu á bingina og lofuðu Drottin og lýð hans Ísrael.
8जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।
9Og er Hiskía spurði prestana og levítana um bingina,
9तब हिजकियाहले पूजाहारी अनि लेवीहरूलाई चीज बीजको रासको बारेमा सोधे।
10þá svaraði honum Asarja, höfuðprestur af ætt Sadóks, og sagði: ,,Frá því er byrjað var á að færa gjafir í musteri Drottins, höfum vér etið oss sadda og haft þó afar mikið afgangs, því að Drottinn hefir blessað lýð sinn, svo að vér höfum þessi kynstur afgangs.``
10अजर्याह, सादोकका परिवारका प्रधान पूजाहारीले हिजकियाहलाई भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा भेटीहरू ल्याउन थालेको समय देखि हामीले प्रशस्त खाने कुरा पाएका छौं। हामीले हाम्रो पेट नभरिए सम्म खाएका छौं अनि अझ पनि प्रशस्त मात्रमा उब्रिएका छन्। साँच्चैनै परमप्रभुले आफ्ना मानिसहरूलाई आशीर्वाद दिनु भएको छ। त्यसै कारणले हामी सित यति धेरै उब्रिएका छन्।”
11Þá bauð Hiskía, að gjöra skyldi klefa í musteri Drottins, og er svo var gjört,
11तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो।
12færðu menn þangað ráðvandlega gjafirnar og tíundirnar og helgigjafirnar. Var Kananja levíti umsjónarmaður yfir þeim, og Símeí bróðir hans næstur honum,
12तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। संग्रह गरिएका ती सबै चीज बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार रहे जो संग्रह गरिएका थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए।
13en Jehíel, Asasja, Nahat, Asahel, Jerímót, Jósabad, Elíel, Jismakja, Mahat og Benaja voru skipaðir Kananja og Símeí bróður hans til aðstoðar við umsjónina, eftir boði Hiskía konungs og Asarja, höfuðsmanns yfir musteri Guðs.
13कोनन्याह अनि तिनका भाइ शिमी यी मानिसहरूका निरीक्षक थिएः यहीएल, अज्जयाह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत अनि बनायाह। राजा हिजकियाह अनि परमप्रभुको मन्दिरको जिम्मावार रहेका अधिकारी अजर्याहले ती मानिसहरूलाई चुने।
14Og Kóre Jimnason levíti, hliðvörður að austanverðu, hafði umsjón með sjálfviljagjöfunum, er færðar voru Guði, til þess að afhenda gjafir Drottins og hinar háhelgu gjafir.
14ती भेटीहरूका जिम्मामा थिए कोरे जो मानिसहरूले मुक्त रूपले परमेश्वरलाई अर्पण गरेका थिए। तिनी ती संग्रह गरिएका बस्तुहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुलाई अर्पण गरिएका थिए। अनि तिनी ती भेटीहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुका निम्ति पवित्र तुल्याईका थिए। कोरे पूर्व द्वारका द्वारपाल थिए। तिनका पिताको नाउँ लेवी यिम्ना थियो।
15En undir honum stóðu Eden, Minjamín, Jesúa, Semaja, Amarja og Sekanja, og skyldu þeir með samviskusemi skipta með frændum sínum í prestaborgunum, bæði eldri og yngri, eftir flokkum þeirra,
15एदेन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको संग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे।
16auk þeirra af karlkyni, er skráðir voru í ættartölur, þrevetrum og þaðan af eldri, öllum þeim, er komu í musteri Drottins, svo sem á þurfti að halda dag hvern, til þess að rækja störf sín eftir flokkum samkvæmt þjónustu sinni.
16यी मानिसहरूले चीज-बीजहरूको संग्रह तीन वर्ष अनि त्यस भन्दा अधिक उमेरका पुरूषहरूलाई पनि दिन्थे जसका नाउँ लेवी पारिवारिक इतिहासहरूमा थिए। यी सबै पुरूषहरू तिनीहरूको जिम्माका कामहरू गर्न दैनिक सेवाका निम्ति परमप्रभुको मन्दिरमा प्रवेश गर्नु पर्दथ्यो। प्रत्येक लेवी समूहको तिनीहरूको आफ्नै जिम्मावारी थियो।
17Og prestarnir voru skráðir í ættartölur eftir ættum, svo og levítarnir, tvítugir og þaðan af eldri, samkvæmt þjónustu þeirra og flokkaskipun.
17पूजाहारीहरूलाई संग्रहको तिनीहरूको भाग दिइन्थ्यो। यो काम परिवारहरूद्वारा परिवारिक इतिसहासमा लेखिएका तरीकाले गरिन्थ्यो। बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका लेवीहरूलाई संग्रहका तिनीहरूका अंश दिइन्थ्यो। यो काम तिनीहरूको जिम्मावारी अनि समूह अनुसार गरिन्थ्यो।
18Voru þeir skráðir í ættartölur ásamt börnum þeirra, konum, sonum og dætrum úr allri stéttinni, því að hinum helgu hlutum átti að skipta ráðvandlega.
18लेवी का नानीहरू, पत्नीहरू, छोरा अनि छोरीहरूले पनि संग्रहका अंश पाउँथे। यसो सबै लेवीहरूका निम्ति गरिन्थे जसका नाउँ पारिवारिक इतिहासमा लेखिएका थिए। यस्तो भयो किनभने लेवीहरू सदैव स्वयंलाई पवित्र राख्न अनि सेवाका निम्ति तयार राख्नमा विश्वासी थिए।
19Auk þess höfðu prestarnir, niðjar Arons, menn á lendum þeim, er voru á beitilöndunum, er lágu undir borgir þeirra, í sérhverri borg _ menn er skráðir voru með nafni _ og skyldu þeir fá öllum karlmönnum af prestunum og öllum levítunum, er skráðir voru í ættartölur, sinn skerf.
19हारूनका केही सन्तानहरू पूजाहारीहरूका, शहरहरूको नजिक जहाँ लेवीहरू बस्दथे, केही कृषि भूमिहरू थिए। अनि हारूनका केही सन्तानहरू शहरहरूमा पनि बस्दथे। ती प्रत्येक शहरहरूमा मानिसहरूलाई, हारूनका यी सन्तानहरूलाई संग्रहका अंश दिनका निम्ति नाउँ द्वारा चुनिन्थे। पुरूषहरू अनि लेवीहरूको परिवारिक इतिहासहरूमा नाउँ लेखिएका ती सबैले संग्रहका अंश पाउँथे।
20Svo gjörði Hiskía í öllum Júda, og hann gjörði það, sem gott var og rétt og ráðvandlegt fyrir Drottni, Guði hans.Og í hverju því verki, er hann tók sér fyrir hendur viðvíkjandi þjónustunni við musteri Guðs, og lögmálinu og boðinu um að leita Guðs síns, breytti hann af heilum hug og varð auðnumaður.
20यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।
21Og í hverju því verki, er hann tók sér fyrir hendur viðvíkjandi þjónustunni við musteri Guðs, og lögmálinu og boðinu um að leita Guðs síns, breytti hann af heilum hug og varð auðnumaður.
21तिनले शुरू गरेका हरेक काममा तिनले सफलता प्राप्त गरे - परमेश्वरको मन्दिरको सेवामा, व्यवस्था अनि आदेशहरूको पालनमा अनि आफ्ना परमेश्वरको अनुसरण गर्नमा। हिजकियाहले यी सबै कुराहरू आफ्ना सम्पूर्ण हृदयले गरे।