1二年の後パロは夢を見た。夢に、彼はナイル川のほとりに立っていた。
1दुइवर्ष पछि फिरऊनले एउटा सपना देख्यो। उनले आफैंलाई नील नदीको किनारमा उभिरहेको सपना देख्यो।
2すると、その川から美しい、肥え太った七頭の雌牛が上がってきて葦を食っていた。
2सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए।
3その後、また醜い、やせ細った他の七頭の雌牛が川から上がってきて、川の岸にいた雌牛のそばに立ち、
3त्यसपछि अझ सातवटा गाईहरू नदीबाट निस्के अनि ती स्वस्थ गाईहरूको नजिकमा नदीको किनारमा उभिए। तर गाईहरू दुब्लो र बिमारी जस्ता थिए।
4その醜い、やせ細った雌牛が、あの美しい、肥えた七頭の雌牛を食いつくした。ここでパロは目が覚めた。
4आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाइहरूलाई खाँदै गरेको देख्यो। तब फिरऊन ब्यूँझीयो।
5彼はまた眠って、再び夢を見た。夢に、一本の茎に太った良い七つの穂が出てきた。
5फिरऊन फेरि सुत्यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए।
6その後また、やせて、東風に焼けた七つの穂が出てきて、
6अनि पछि अझ सातवटा अन्नहरू भएको उसले देख्यो। तर तिनीहरू पातलो र बाफिलो हावाले सुकेका थिए।
7そのやせた穂が、あの太って実った七つの穂をのみつくした。ここでパロは目が覚めたが、それは夢であった。
7ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन बिउँझीयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो।
8朝になって、パロは心が騒ぎ、人をつかわして、エジプトのすべての魔術師とすべての知者とを呼び寄せ、彼らに夢を告げたが、これをパロに解き明かしうる者がなかった。
8र अर्को बिहान यी सपनाहरूको विषयमा फिरऊन एकदमै चिन्तित भयो। यसर्थ उनले मिश्र देशका सबै जादूगर अनि सबै ज्ञानी मानिसहरूलाई बोलायो। फिरऊनले ती सबै मानिसहरूलाई आफ्नो ती सपनाहरूको विषयमा बतायो तर कसैले पनि त्यस विषयमा व्याख्या गर्न सकेनन्।
9そのとき給仕役の長はパロに告げて言った、「わたしはきょう、自分のあやまちを思い出しました。
9तब त्यो दाखरस पुर्याउने सेवकले यूसुफलाई सम्झिए अनि फिरऊनलाई भने, “आज म मेरो अतीतका भूलहरू सम्झना गराइरहेको छु।
10かつてパロがしもべらに向かって憤り、わたしと料理役の長とを侍衛長の家の監禁所にお入れになった時、
10तपाईं म र रोटी पकाउनेसित दिक्कहुनु भएको थियो अनि हामीलाई प्रमुख रक्षकको घरमा कैदी बनाउनु भयो।
11わたしも彼も一夜のうちに夢を見、それぞれ意味のある夢を見ましたが、
11त्यसपछि एक रात उनले र मैले सपना देख्यौं। प्रत्येक सपनाको भिन्दा भिन्दै अर्थ थियो।
12そこに侍衛長のしもべで、ひとりの若いヘブルびとがわれわれと共にいたので、彼に話したところ、彼はわれわれの夢を解き明かし、その夢によって、それぞれ解き明かしをしました。
12हामीसित झ्यालखानामा एक जना हिब्रू मानिस थियो। त्यो अंगरक्षकहरूको कप्तानको नोकर थियो। उसलाई हामीले आफ्नो सपना बतायौं र ती सपनाहरूको विषयमा उनले हामीलाई व्याख्या गर्यो। हामीलाई उनले प्रत्येक सपनाको अर्थ बतायो।
13そして彼が解き明かしたとおりになって、パロはわたしを職に返し、彼を木に掛けられました」。
13उसले जे भनेको थियो म झ्यालखानबाट मुक्त हुनेछु अनि मेरो आफ्नै नोकरी पाउनेछु, त्यो सही भयो। उनले त्यो रोटी पकाउने मानिस मर्छ भनेको थियो अनि त्यो मर्यो। यसर्थ उनले जे जे भनेको थियो सत्य भयो।”
14そこでパロは人をつかわしてヨセフを呼んだ。人々は急いで彼を地下の獄屋から出した。ヨセフは、ひげをそり、着物を着替えてパロのもとに行った。
14यसर्थ यूसुफलाई फिरऊनले झ्यालखानबाट झिकायो र अंग-रक्षकहरूले उसलाई लगत्तै झ्यालखानबाट ल्याए। यूसुफले दाह्री काट्यो अनि केही सफा लुगाहरू लगाएर फिरऊनलाई भेट्न गयो।
15パロはヨセフに言った、「わたしは夢を見たが、これを解き明かす者がない。聞くところによると、あなたは夢を聞いて、解き明かしができるそうだ」。
15फिरऊनले यूसुफलाई भन्यो, “मैले थाहा पाएँ कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौ अरे। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले ब्यख्या गर्न सकेनन्।”
16ヨセフはパロに答えて言った、「いいえ、わたしではありません。神がパロに平安をお告げになりましょう」。
16यूसूफले उत्तर दिए, “ म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ। “
17パロはヨセフに言った、「夢にわたしは川の岸に立っていた。
17त्यसपछि फिरऊनले यूसुफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा अभिरहेको थिएँ।
18その川から肥え太った、美しい七頭の雌牛が上がってきて葦を食っていた。
18त्यहाँ नदीबाट सातवटा गाईहरू निस्किए अनि किनारमा घाँस खाँदै उभिए। तिनीहरू हेर्दा स्वस्थ र राम्रा देखिने जनावर थिए।
19その後、弱く、非常に醜い、やせ細った他の七頭の雌牛がまた上がってきた。わたしはエジプト全国で、このような醜いものをまだ見たことがない。
19तब फेरि नदीबाट अरू सातवटा गाईहरू निस्किए तर यी हेर्दा दुर्बल र नराम्रा थिए। सम्पूर्ण मिश्रमा मैले देखेको गाईहरूभन्दा ती गाईहरू नराम्रा थिए।
20ところがそのやせた醜い雌牛が、初めの七頭の肥えた雌牛を食いつくしたが、
20त्यसपछि ती दुब्ला र घिनलाग्दा गाईहरूले पहिलेका राम्रा र स्वस्थ गाईहरूलाई खाए।
21腹にはいっても、腹にはいった事が知れず、やはり初めのように醜かった。ここでわたしは目が覚めた。
21तर तिनीहरू अझ पनि दुब्ला र नराम्रा देखिए। तर सातवटा गाईहरू खाई सकेपछि पनि तिनीहरू दुब्ला र कुरूप नै देखिन्थे। तिनीहरूलाई हेरेर तिमीलाई भन्न सक्ने थिएनौ ती गाईहरूले सातवटा बलिया बलिया गाईहरू खाए। शुरूमा तिनीहरू जति कुरूप र दुब्ला थिए पछि पनि तिनीहरूलाई त्यसतै देखिन्थे। तब म बिउँझें।
22わたしはまた夢をみた。一本の茎に七つの実った良い穂が出てきた。
22“मेरो फेरि अर्को सपनामा मैले एउटा अन्नको बोटमा सातवटा बालाहरू फल्दै गरेको देखें। ती सातवटा बालाहरू बाक्ला र अन्नले भरिएका थिए।
23その後、やせ衰えて、東風に焼けた七つの穂が出てきたが、
23अनि पछि अरू सातवटा बालाहरू तिनीहरूपछि पलाए। तर ती पछि पलाएका बालाहरू पातला र गरम हावाले नष्ट भएका थिए।
24そのやせた穂が、あの七つの良い穂をのみつくした。わたしは魔術師に話したが、わたしにそのわけを示しうる者はなかった」。
24त्यसपछि ती पातला बालाहरूले पहिलेको बाक्ला सातवटा बालाहरूलाई खाए। “मैले ती सपनाहरू मेरो जादूगरहरूलाई भनें तर कसैले पनि ती सपनाहरूको विषयमा व्याख्या गर्न सकेनन्। तिनीहरूको अर्थ के हुन्छ त?” यूसुफले सपनाको विषयमा व्याख्या गर्छ
25ヨセフはパロに言った、「パロの夢は一つです。神がこれからしようとすることをパロに示されたのです。
25तब यूसुफले फिरऊनलाई भन्यो, “ती दुवै सपनाहरू एउटै विषयका हुन्। परमेश्वरले अब चाँडै के घट्न लागेको छ। त्यस विषयमा भनी रहनु भएको छ।
26七頭の良い雌牛は七年です。七つの良い穂も七年で、夢は一つです。
26दुवै सपनाहरूको अर्थ वास्तविक रूपमा एउटै हो। सातवटा राम्रा-राम्रा गाईहरू र सातवटा राम्रा-राम्रा अन्नको बालाहरूको अर्थ राम्रा सात वर्षहरू हुन्।
27あとに続いて、上がってきた七頭のやせた醜い雌牛は七年で、東風に焼けた実の入らない七つの穂は七年のききんです。
27ती सातवटा बिमारी गाईहरू र सातवटा अन्नको पातला बालाहरूले यस इलाकामा सात वर्षसम्म अनिकाल लाग्छ भन्ने बोध हुन्छ। यी खराव सात वर्ष राम्रो सात वर्षपछि आउँछ।
28わたしがパロに申し上げたように、神がこれからしようとすることをパロに示されたのです。
28यो ठीक मैले तिमीलाई भने जस्तै नै हो। परमेश्वरले फिरऊनलाई बताउनु भएको छ उहाँ के गर्नु हुँदैछ?
29エジプト全国に七年の大豊作があり、
29मिश्र देशमा सात वर्ष प्रचूर अन्न हुने छ।
30その後七年のききんが起り、その豊作はみなエジプトの国で忘れられて、そのききんは国を滅ぼすでしょう。
30तर त्यसपछि फेरि सात वर्ष अनिकाल लाग्ने छ। मिश्र देशका मानिसहरूले अतीतमा कति अन्न उब्जनी गरेका थिए बिर्सनेछन्। अन्न र पानीको अभावले देश नष्ट हुने छ।
31後に来るそのききんが、非常に激しいから、その豊作は国のうちで記憶されなくなるでしょう。
31त्यो अनिकाल त्यति भयंकर हुनेछ मानिसहरूले प्रशस्त खाने कुरा खाँदा कस्तो हुन्छ भूल्नेछन्।
32パロが二度重ねて夢を見られたのは、この事が神によって定められ、神がすみやかにこれをされるからです。
32“हे फिरऊन, तपाइले एउटै अर्थ भएका दुइवटा सपना देख्नु भयो। यस्तो यो अर्थ बुझाउनको निम्ति भयो ताकि परमेश्वरले यो निश्चय गराउनु हुनेछ।
33それゆえパロは今、さとく、かつ賢い人を尋ね出してエジプトの国を治めさせなさい。
33यसैकारण, हे फिरऊन, तपाईंले यस्तो बुद्धिमान र ज्ञानी मानिस हेर्नुहोस् अनि उनलाई मिश्र देशको राज्यपाल बनाउनुहोस्।
34パロはこうして国中に監督を置き、その七年の豊作のうちに、エジプトの国の産物の五分の一を取り、
34तब जनताबाट अन्न उठाउनको निम्ति अरू मानिसहरू छान्नु होस्। प्रत्येक मानिसले असल सात वर्षमा जे जति अन्न उब्जाउँछ, त्यसबाट पाँचौ भाग बुझाओस्।
35続いて来る良い年々のすべての食糧を彼らに集めさせ、穀物を食糧として、パロの手で町々にたくわえ守らせなさい。
35तिनीहरूलाई आज्ञा दिनुहोस् जो असल वर्षहरू आउँदैछन् त्यसबेला प्रशस्त अनाजहरू जम्मा गरून्। मानिसहरूलाई घोषणा गरी दिनु होस् ती छानिएकै मानिसलाई शहरहरूमा अनाजहरू जम्मा गर्ने अधिकार होस्। तब तिनीहरूले त्यति समयसम्म अन्न बचाएर राख्नेछन् जबसम्म त्यसको आवश्यक रहन्छ।
36こうすれば食糧は、エジプトの国に臨む七年のききんに備えて、この国のためにたくわえとなり、この国はききんによって滅びることがないでしょう」。
36त्यो जम्मा गरिएको अन्न अनिकालको समय मिश्रमा उपयोग हुनेछ, यसर्थ मानिसहरू सात वर्ष अनिकालमा भोकले मर्ने छैनन्।”
37この事はパロとそのすべての家来たちの目にかなった。
37फिरऊन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो।
38そこでパロは家来たちに言った、「われわれは神の霊をもつこのような人を、ほかに見いだし得ようか」。
38त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ?”
39またパロはヨセフに言った、「神がこれを皆あなたに示された。あなたのようにさとく賢い者はない。
39यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन।
40あなたはわたしの家を治めてください。わたしの民はみなあなたの言葉に従うでしょう。わたしはただ王の位でだけあなたにまさる」。
40तिमी नै एक जना हौ जो यस देशको राज्यपाल हुन सक्ने अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्ने छन् तिमी जे भन्छौ, आज्ञा पालन गर्नेछन्। म मात्र एकजना व्यक्ति हुनेछु जो तिमी देखि माथि रहनेछु।”
41パロは更にヨセフに言った、「わたしはあなたをエジプト全国のつかさとする」。
41तब फिरऊनले यूसुफलाई फेरि भने, “मैले तिमीलाई समस्त मिश्र देशको राज्यपाल बनाएको छु।”
42そしてパロは指輪を手からはずして、ヨセフの手にはめ、亜麻布の衣服を着せ、金の鎖をくびにかけ、
42अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए।
43自分の第二の車に彼を乗せ、「ひざまずけ」とその前に呼ばわらせ、こうして彼をエジプト全国のつかさとした。
43जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए।
44ついでパロはヨセフに言った、「わたしはパロである。あなたの許しがなければエジプト全国で、だれも手足を上げることはできない」。
44राजा फिरऊनले तिनलाई भने, “म फिरऊन राजा हुँ। तिम्रो अनुमति बिना मिश्र देशको भूमिमा कसैले पनि हात अथवा खुट्टा हाल्न पाउने छैन।”
45パロはヨセフの名をザフナテ・パネアと呼び、オンの祭司ポテペラの娘アセナテを妻として彼に与えた。ヨセフはエジプトの国を巡った。
45त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ साप्नत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ‘ओन’ शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए।
46ヨセフがエジプトの王パロの前に立った時は三十歳であった。ヨセフはパロの前を出て、エジプト全国をあまねく巡った。
46मिश्र देश भरी भ्रमणमा निस्के। जब यूसुफले मिश्रका राजाको सेवा गर्न शुरू गरे। यूसुफ तीस वर्षका हुँदा निस्के अनि सारा मिश्र देशको भ्रमण गरे।
47さて七年の豊作のうちに地は豊かに物を産した。
47सहकालको सात वर्षको समयसम्म देशमा राम्रो उब्जनी भयो।
48そこでヨセフはエジプトの国にできたその七年間の食糧をことごとく集め、その食糧を町々に納めさせた。すなわち町の周囲にある畑の食糧をその町の中に納めさせた。
48अनि तिनले ती वर्षहरूमा अन्नहरू जोगाएर शहरहरूमा जम्मा गरे। प्रत्येक शहरमा त्यस शहरको वरिपरिको भूमिबाट उब्जिएको अन्न जम्मा गराए।
49ヨセフは穀物を海の砂のように、非常に多くたくわえ、量りきれなくなったので、ついに量ることをやめた。
49समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजन गर्न असम्भव थियो।
50ききんの年の来る前にヨセフにふたりの子が生れた。これらはオンの祭司ポテペラの娘アセナテが産んだのである。
50यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ वर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे।
51ヨセフは長子の名をマナセと名づけて言った、「神がわたしにすべての苦難と父の家のすべての事を忘れさせられた」。
51यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।”
52また次の子の名をエフライムと名づけて言った、「神がわたしを悩みの地で豊かにせられた」。
52तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।” अनिकालको समय शुरू हुन्छ
53エジプトの国にあった七年の豊作が終り、
53सात वर्षसम्म मानिसहरूले जति चाहान्थे खाने अन्न पाए तर त्यसपछि ती वर्षहरू बिते।
54ヨセフの言ったように七年のききんが始まった。そのききんはすべての国にあったが、エジプト全国には食物があった。
54अनि यूसुफको भविष्यवाणी अनुसार नै सात वर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरुमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए।
55やがてエジプト全国が飢えた時、民はパロに食物を叫び求めた。そこでパロはすべてのエジプトびとに言った、「ヨセフのもとに行き、彼の言うようにせよ」。
55जब अनिकाल शुरू भयो मिश्रका मानिसहरूले फिरऊनलाई अन्नको दावी गरे अनि तिनले आफ्नो देशका मानिसहरूलाई भने, “यूसुफकहाँ जाऊ अनि सोध के गर्नु पर्छ।”
56ききんが地の全面にあったので、ヨセフはすべての穀倉を開いて、エジプトびとに売った。ききんはますますエジプトの国に激しくなった。ききんが全地に激しくなったので、諸国の人々がエジプトのヨセフのもとに穀物を買うためにきた。
56प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो।
57ききんが全地に激しくなったので、諸国の人々がエジプトのヨセフのもとに穀物を買うためにきた。
57प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।