1祭司たちよ、これを聞け、イスラエルの家よ、心をとめよ、王の家よ、耳を傾けよ、さばきはあなたがたに臨む。あなたがたはミヅパにわなを設け、タボルの上に網を張ったからだ。
1“हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ। “किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ।
2彼らはシッテムの穴を深くしたが、わたしは彼らをことごとく懲らしめる。
2शित्तीमका खाल्डाहरू तिनीहरूले खुब गहीरा पारेकाछन्। तर म तिनीहरू सबैलाई दण्ड दिनेछु।
3わたしはエフライムを知っている。イスラエルはわたしに隠れることがない。エフライムよ、あなたは今淫行をなし、イスラエルは汚された。
3म एप्रैमलाई चिन्दछु औ इस्राएल मबाट लुकेको छैन। हे एप्रैम! तैंले व्यभिचार गरिस्। इस्राएल अशुद्ध भएकोछ।
4彼らのおこないは彼らを神に帰らせない。それは淫行の霊が彼らのうちにあって、主を知ることができないからだ。
4तिनीहरूका कामले तिनीहरूलाई आफ्ना परमेश्वर तिर फर्कन दिनेछैन, किनकि व्यभिचारी मन तिनीहरूको बीचमा छ र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्।
5イスラエルの誇はその顔に向かって証言している。エフライムはその不義によってつまずき、ユダもまた彼らと共につまずく。
5इस्राएलको अहंकारले आफ्नै विरूद्धमा सबूत दिन्छ। यसकारण, एप्रैम र यहूदा दुवै आ-आफ्नो दोषसित ठोकिनेछन्।
6彼らは羊の群れ、牛の群れを携えて行って、主を求めても、主に会うことはない。主は彼らから離れ去られた。
6“तिनीहरू आफ्ना ‘भेडा-बाख्रा’ र ‘गाई गोरू’ लिएर परमप्रभुलाई खोज्न आउँछन्, तर तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँ तिनीहरूदेखि हट्नु भएको छ।
7彼らは主にむかって貞操を守らず、ほかの者の子を産んだ。新月は彼らをその田畑と共に滅ぼす。
7तिनीहरूले परमप्रभुको विरूद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।
8ギベアで角笛を吹き、ラマでラッパを鳴らし、ベテアベンで呼ばわり叫べ。ベニヤミンよ、おののけ。
8“गिबामा सींङ अनि रामामा तुरही फुक। बेतावनमा खतराको घन्टी बजाऊ। हे बिन्यामीन, थरथर होऊ।
9エフライムは刑罰の日に荒れすたれる。わたしはイスラエルの部族のうちに、必ず起るべき事を知らせる。
9दण्डको दिनमा एप्रैम उजाड हुनेछ। जे कुरो निश्चय हुनेवाला छ त्यो इस्राएलका सारा कुलहरूलाई मैले जनाएको छु।
10ユダの君たちは境を移す者のようになった。わたしはわが怒りを水のように彼らの上に注ぐ。
10यहूदाका शासकहरू ती मानिसहरू जस्तै हुन जो आफ्नो सीमा रेखा बढाउछन्। म मेरो रिस तिनीहरूमाथि पानी झैं खन्याउनेछु।
11エフライムは甘んじて、むなしいものに従って歩んだゆえ、さばきを受けて、しえたげられ、打ちひしがれる。
11एप्रैम कष्टमा परेको छ, मेरो न्यायमा त्यो चूर्ण भएको छ, किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।
12それゆえ、わたしはエフライムには、しみのように、ユダの家には腐れのようになる。
12अत म एप्रैमलाई नाश पार्ने एउटा कीरा अनि यहूदाको घरको निम्ति क्षय जस्तो हुँ।
13エフライムはおのれの病を見、ユダはおのれの傷を見たとき、エフライムはアッスリヤに行き、大王に人をつかわした。しかし彼はあなたがたをいやすことができない。また、あなたがたの傷をなおすことができない。
13जब एप्रैमले आफ्नो रोग देख्यो र यहूदाले आफ्ना चोट देख्यो तब एप्रैम अश्शूरकहाँ गयो, त्यसले ठूलो राजाकहाँ मानिस पठायो। तर त्यसले तिमीलाई निको पार्न सक्तैन। न त त्यसले तिम्रो चोटलाई जाती पार्न सक्नेछ।
14わたしはエフライムに対しては、ししのようになり、ユダの家に対しては若きししのようになる。わたしは、わたしこそ、かき裂いて去り、かすめて行くが、だれも救う者はない。わたしは彼らがその罪を認めて、わが顔をたずね求めるまで、わたしの所に帰っていよう。彼らは悩みによって、わたしを尋ね求めて言う、
14किनभने म एप्रैमका निम्ति एउटा सिंह अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु। म आफै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु। म तिनीहरूलाई उठाएर लानेछु। अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।
15わたしは彼らがその罪を認めて、わが顔をたずね求めるまで、わたしの所に帰っていよう。彼らは悩みによって、わたしを尋ね求めて言う、
15जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु। आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन।”