1ヤコブの家よ、これを聞け。あなたがたはイスラエルの名をもってとなえられ、ユダの腰から出、主の名によって誓い、イスラエルの神をとなえるけれども、真実をもってせず、正義をもってしない。
1परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्। तिमीहरू आफैले आफूलाई इस्राएल भन्यौ। तिमीहरू यहूदाको वंशहरू हौं। तिमीले वचन राख्नलाई परमप्रभुको नाउँ चलायौ, तिमीले इस्राएलको परमेश्वरको स्तुति गान गर्यौ। तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्यौ।”
2彼らはみずから聖なる都のものととなえ、イスラエルの神に寄り頼む。その名は万軍の主という。
2हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्। तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्। उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।
3「わたしはさきに成った事を、いにしえから告げた。わたしは口から出して彼らに知らせた。わたしは、にわかにこの事を行い、そして成った。
3“जुन कुरो घट्ने छ मैले धेरै अघि त्यस विषयमा बताएको थिएँ। मैले ती कुराहरूको बारेमा भनेको थिएँ। अनि मैले तिनीहरूलाई अचानक हुने बनाएँ।
4わたしはあなたが、かたくなで、その首は鉄の筋、その額は青銅であることを知るゆえに、
4मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदम अटेरी थियौ। तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ। तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।
5いにしえから、かの事をあなたに告げ、その成らないさきに、これをあなたに聞かせた。そうでなければ、あなたは言うだろう、『わが偶像がこれをしたのだ、わが刻んだ像と、鋳た像がこれを命じたのだ』と。
5यसकारण के घटना घट्छ होला भनेर धेरै अघि मैले तिमीहरूलाई भनेको थिएँ। मैले ती कुराहरू घट्नु भन्दा अघि नै तिनीहरूको बारेमा भनेको थिएँ। मैले यो गरें ताकि तिमीले भन्नु नपरोस, ‘ती सबै हामीले बनाएका देवताहरूले गरेका भनेर।’ मैले यस्तो गरें भनी तिमीले भन्नु नपरोस, ‘हाम्रा मूर्तिहरूले यी देवताहरू हाम्रा हुन भन्ने कुरा बतायो।”‘
6あなたはすでに聞いた、すべてこれが成ったことを見よ。あなたがたはこれを宣べ伝えないのか。わたしは今から新しい事、あなたがまだ知らない隠れた事をあなたに聞かせよう。
6“तिमीले के भयो भनेर ती घट्नाहरू देख्यौ र सुन्यौ। यसैले तिमीले अन्य मानिसहरूलाई यी खबरहरू भन्नु पर्नेछ। अब म तिमीलाई नयाँ समाचारहरू बारे बताउनेछु ती कुराहरू अझ सम्म तिमी जान्दैनौ।
7これらの事はいま創造されたので、いにしえからあったのではない。この日以前には、あなたはこれを聞かなかった。そうでなければ、あなたは言うだろう、『見よ、わたしはこれを知っていた』と。
7“यी कुराहरू ती होइनन् जो अघिनै घटिसकेका थिए। यी ती कुराहरू हुन जुन अहिले भइरहेकाछन्। आज भन्दा पहिले तिमीले ती कुराहरू जानेको थिएनौ यसैकारण तिमीले भन्न सक्तैनौ, ‘हामीले पहिल्यै जानेका थियौं भनेर।’
8あなたはこれを聞くこともなく、知ることもなく、あなたの耳は、いにしえから開かれなかった。わたしはあなたが全く不信実で、生れながら反逆者ととなえられたことを知っていたからである。
8“तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ। केही पनि सिकेनौ। मैले भनेका कुनै पनि कुरा तिमीले मान्दै मानेनौ। म शुरू देखि नै जान्दछु कि तिमी मेरो विरूद्ध उठ्नेछौ। तिमी जन्मेकै दिनदेखि तिमीले मेरो विरूद्धमा आन्दोलन गर्यौ।
9わが名のために、わたしは怒りをおそくする。わが誉のために、わたしはこれをおさえて、あなたを断ち滅ぼすことをしない。
9“तर, म धैर्यवान हुनेछु। म यो आफ्नैलागि गर्नेछु। तैपनि मलाई नरिसाएको देखेर मानिसहरूले मेरो प्रशंसा गर्नेछन्। किनभने मैले तिमीलाई नाश गरिन।
10見よ、わたしはあなたを練った。しかし銀のようにではなくて、苦しみの炉をもってあなたを試みた。
10“हेर, म तिमीलाई शुद्ध पार्नेछु। मानिसहरूले शुद्ध चाँदी बनाउनु तातो आगो प्रयोग गर्दछन्। तर म तिमीलाई कष्टहरू दिएर शुद्ध पार्नेछु।
11わたしは自分のために、自分のためにこれを行う。どうしてわが名を汚させることができよう。わたしはわが栄光をほかの者に与えることをしない。
11“यो म स्वयंकोलागि गर्नेछु। तिमीले मलाई त्यस्तो व्यवहार गर्नेछैनौ, मानौ म मुख्य होइन, म मेरो महिमा र प्रशंसा कुनै झूटा देवताहरूलाई लैजान दिने होइन्।
12ヤコブよ、わたしの召したイスラエルよ、わたしに聞け。わたしはそれだ、わたしは初めであり、わたしはまた終りである。
12“हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्। इस्राएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु। यसैले मलाई ध्यान दिएर सुन्। म आदि हुँ र म अन्त हुँ।
13わが手は地の基をすえ、わが右の手は天をのべた。わたしが呼ぶと、彼らはもろともに立つ。
13“मैले पृथ्वीलाई मेरो आफ्नै हातले बनाएँ। मेरो दाहिने हातले आकाश बनाएँ अनि यदि मैले तिनीहरूलाई बोलाएँ भने तिनीहरू एकैसाथ मेरो समक्ष आउनेछन्।
14あなたがたは皆集まって聞け。彼らのうち、だれがこれらの事を告げたか。主の愛せられる彼は主のみこころをバビロンに行い、その腕はカルデヤびとの上に臨む。
14“तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन। के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अहँ।” त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ, उसले जे मन पर्छ त्यही गर्छ।
15語ったのは、ただわたしであって、わたしは彼を召した。わたしは彼をこさせた。彼はその道に栄える。
15परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई भनें, म उसलाई बोलाउनेछु अनि म उसलाई ल्याउँनेछु। म उसलाई सफल तुल्याउनेछु।
16あなたがたはわたしに近寄って、これを聞け。わたしは初めから、ひそかに語らなかった。それが成った時から、わたしはそこにいたのだ」。いま主なる神は、わたしとその霊とをつかわされた。
16यहाँ आऊ र मलाई ध्यान दिएर सुन्। म त्यहाँ थिएँ जब बाबेल एक राष्ट्र सरह भएको थियो अनि आदिदेखि नै, मैले स्पष्ट रूपले बोले, यसकारण ती मानिसहरूले जान्न सकोस मैले के भनें।” त्यस पछि यशैयाले भने, “अहिले परमप्रभु मेरो मालिकले मलाई पठाउनु हुन्छ अनि उहाँको आत्माले यी कुराहरू भन्नु हुन्छ।
17あなたのあがない主、イスラエルの聖者、主はこう言われる、「わたしはあなたの神、主である。わたしは、あなたの利益のために、あなたを教え、あなたを導いて、その行くべき道に行かせる。
17परमप्रभु, तिम्रो उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ, “म तिम्रो परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीहरूलाई ती कुराहरू सिकाउँछु जुन लाभदायक छ। म तिमीहरूलाई ती बाटोहरू लानेछु जहाँ तिमीहरू जानुपर्छ।
18どうか、あなたはわたしの戒めに聞き従うように。そうすれば、あなたの平安は川のように、あなたの義は海の波のようになり、
18यदि तिमीले मेरो कुरा मानेको भए तिमीहरूकहाँ पूर्ण रूपमा बगीरहेको पानी सरह शान्ति आउने थियो। असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह तिमीहरूकहाँ आउने थियो।
19あなたのすえは砂のように、あなたの子孫は砂粒のようになって、その名はわが前から断たれることなく、滅ぼされることはない」。
19यदि तिमीहरूले मेरो कुराहरू मानेको भए तिमीहरूले धेरै छोरा छोरीहरू पाउने थियौ। तिनीहरू बालुवाका कणहरू जस्ता हुने थिए। यदि तिमीले मेरा आज्ञा पालन गरेको भए, तिमीहरू नाश हुने नै थिएनौ।” तिमीहरू लगातार मसँग नै हुने थियौ।”
20あなたがたはバビロンから出、カルデヤからのがれよ。喜びの声をもってこれをのべ聞かせ、地の果にまで語り伝え、「主はそのしもべヤコブをあがなわれた」と言え。
20मेरा मानिसहरू बाबेल त्याग। मेरा मानिसहरू, कल्दीहरूबाट भाग। आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन्। यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ। मानिसहरूलाई भन, “परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।
21主が彼らを導いて、さばくを通らせられたとき、彼らは、かわいたことがなかった。主は彼らのために岩から水を流れさせ、また岩を裂かれると、水がほとばしり出た。主は言われた、「悪い者には平安がない」と。
21परमप्रभुले मरूभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो, अनि तिनीहरू कहिल्यै तिर्खाएनन्। किन? किनभने आफ्ना मानिसहरूका निम्ति चट्टानबाट बगाएर उहाँले पानी बनाउनु भयो। उहाँले चट्टान फोर्नु भयो र पानी बगाउनु भयो।”
22主は言われた、「悪い者には平安がない」と。
22तर परमप्रभुले फेरि भन्नुभयो, “त्यहाँ दुष्ट मानिसहरूकालागि शान्ति छैन।”