1ユダの王、ウジヤの子ヨタム、その子アハズの時、スリヤの王レヂンとレマリヤの子であるイスラエルの王ペカとが上ってきて、エルサレムを攻めたが勝つことができなかった。
1योतामाको छोरो आहाज थिए। योताम उज्जियहको छोरो थिए। रसीन अरामका राजा थिए। रमल्याहको छोरो पेकह इस्राएलका राजा थिए। आहाज यहूदाका राजा भएको बेलामा, रसीन र पेकह यरूशलेम विरूद्ध लडाइँ लड्न गए। तर तिनीहरू त्यस शहरलाई परास्त गर्न सक्षम भएनन्।
2時に「スリヤがエフライムと同盟している」とダビデの家に告げる者があったので、王の心と民の心とは風に動かされる林の木のように動揺した。
2दाऊदको परिवारलाई एक समाचार भनियो। समाचार यस्तो थियो, “अरामको सैन्य र एप्रैमको सैन्य आपसमा सम्मिलित भए। दुवै सैन्यहरूले मिलेर शिविर बसाले।” जब राजा आहाजले त्यस्तो समाचार सुने, उनी स्वयं र उनका मानिसहरू अत्यन्त डराए। तिनीहरू हावा जोडले लाग्दा वनका रूखहरू हल्लिए जस्तो थर्थराए।
3その時、主はイザヤに言われた、「今、あなたとあなたの子シャル・ヤシュブと共に出て行って、布さらしの野へ行く大路に沿う上の池の水道の端でアハズに会い、
3तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तिमी अनि तिम्रो छोरो शार्यासूबलाई आहाजकहाँ गएर कुरा गर्नुपर्छ। त्यस ठाउँमा जाऊ जहाँ माथिल्लो पोखरीमा पानी बग्छ। त्यो स्थान धोबीहरूको खेत जाने बाटोमा पर्छ।
4彼に言いなさい、『気をつけて、静かにし、恐れてはならない。レヂンとスリヤおよびレマリヤの子が激しく怒っても、これら二つの燃え残りのくすぶっている切り株のゆえに心を弱くしてはならない。
4“आहाजलाई भन, ‘होशियार होऊ तर शान्त हौ! नडराऊ। ती दुइ जना मानिसहरूलाई रसीन र रमल्याहको छोरालाई तिमीलाई भयभीत पार्न नदेऊ। ती दुइजना बल्दै गरेको लौरो जस्तै हुन्। अतीतमा तिनीहरू बल्दै गरेको तातो थिए। तर अहिले तिनीहरू धुवाँ मात्र भएका छन्। रामल्याहको छोरा रसीन र अराम क्रोधित भएका छन्।
5スリヤはエフライムおよびレマリヤの子と共にあなたにむかって悪い事を企てて言う、
5तिनीहरूले तिम्रो विरूद्ध योजनाहरू तयार पारेका छन्। तिनीहरूले भनेः
6「われわれはユダに攻め上って、これを脅し、われわれのためにこれを破り取り、タビエルの子をそこの王にしよう」と。
6हामी जानै पर्छ र यहूदाको विरूद्ध लड्नु पर्छ। हामी यहूदालाई हाम्रै निम्ति विभाजन गर्ने छौ। हामी ताबालको छोरोलाई यहूदाको नयाँ राजा बनाउनेछौं।”‘
7主なる神はこう言われる、この事は決して行われない、また起ることはない。
7परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिनीहरूका योजना सफल हुने छैन्। यो हुने नै छैन्।
8スリヤのかしらはダマスコ、ダマスコのかしらはレヂンである。(六十五年のうちにエフライムは敗れて、国をなさないようになる。)
8जबसम्म रसीन दमीशकको शासक हुनेछन् यो कुरा हुने नै छैन्। एप्रैम अहिले एउटा राष्ट्र हो तर 65 वर्षपछि यो राष्ट्र रहने छैन्।
9エフライムのかしらはサマリヤ、サマリヤのかしらはレマリヤの子である。もしあなたがたが信じないならば、立つことはできない』」。
9जबसम्म सामरिया एप्रैमको राजधानी अनि रमल्याको छोरा यसको शासक रहन्छ तिनीहरूको योजना सफल हुने छैन्। यदि तिमीले यो कुरा विश्वास गर्दैनौ भने तब मानिसहरूले तिमीलाई विश्वास गर्नेछैनन्।”
10主は再びアハズに告げて言われた、
10त्यसपछि परमप्रभुले आहाजसगँ भन्नुभयो।
11「あなたの神、主に一つのしるしを求めよ、陰府のように深い所に、あるいは天のように高い所に求めよ」。
11परमप्रभुले भन्नुभयो, “यो कुरा साँच्चो हो भनी प्रमाण गर्नलाई कुनै त्यस्तो एउटा चिन्ह माँग। तिमीले आफ्नो इच्छा अनुसारको चिन्ह माग्न सक्छौ। त्यो चिन्ह सियोल जस्तै गहिरो, अथवा आकाश जतिकै उचाईबाट आउन सक्छ।”
12しかしアハズは言った、「わたしはそれを求めて、主を試みることをいたしません」。
12तर आहाजले भने, “म प्रमाण गर्नको निम्ति कुनै चिन्ह पनि माग्ने छैन। म परमप्रभुको परीक्षा गेर्नेछैन्।”
13そこでイザヤは言った、「ダビデの家よ、聞け。あなたがたは人を煩わすことを小さい事とし、またわが神をも煩わそうとするのか。
13तब यशैयाले भने, “हे दाऊदका घराना, ध्यानपूर्वक सुन! तिमीले मानिसहरूका धैर्यलाई जाँच्यौ अनि तिम्रो लागि यो त्यस्तो प्रमुख कुरा होइन। यसैले अब तिमीले मेरो परमेश्वरको धैर्य जाँच।
14それゆえ、主はみずから一つのしるしをあなたがたに与えられる。見よ、おとめがみごもって男の子を産む。その名はインマヌエルととなえられる。
14तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः हेर कन्या स्त्री गर्भवती हुनेछ र उसले एउटा छोरो जन्माउनेछ उसको छोरोको नाउँ इम्मानुएल राखिनेछ।
15その子が悪を捨て、善を選ぶことを知るころになって、凝乳と、蜂蜜とを食べる。
15इम्मानुएलले नौनी र मह खानेछ, राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ।
16それはこの子が悪を捨て、善を選ぶことを知る前に、あなたが恐れているふたりの王の地は捨てられるからである。
16तर बालक कुन राम्रो र कुन नराम्रो जान्ने हुन अघि नै एप्रैम र आरामको भूमि रित्तो हुनेछ। “तिमी ती दुइजना राजाहरूबाट अहिले डराएका छौ।
17主はエフライムがユダから分れた時からこのかた、臨んだことのないような日をあなたと、あなたの民と、あなたの父の家とに臨ませられる。それはアッスリヤの王である」。
17तर तिमी परमप्रभुसित डराउनु पर्छ। किन? किनभने परमप्रभुले केही संकटको समय तिमीमाथि पार्नुहुनेछ। ती संकटहरू एप्रैम यहूदाबाट छुट्टिएको समयको संकट जस्तै तिम्रा अनि तिम्रा बुबाका मानिसहरूकहाँ आउनेछन्। परमेश्वरले के गर्नु हुनेछ? परमेश्वरले अश्शूरका राजालाई तिमीसित लडाँई गराउन ल्याउनु हुनेछ।
18その日、主はエジプトの川々の源にいる、はえを招き、アッスリヤの地にいる蜂を呼ばれる。
18“त्यसबेला, परमप्रभले ‘झींगालाई’ (अहिले त्यो ‘झींगा’ मिश्रदेशको नजिको खोला हो) डाक्नु हुनेछ। अनि परमप्रभुले ‘मौरीलाई’ डाक्नु हुनेछ। (त्यो ‘मौरी’ अहिले अश्शूर देशलाई भनिन्छ) यी शत्रुहरू तिम्रो भूमिमा आउनेछन्।
19彼らはみな来て、険しい谷、岩の裂け目、すべてのいばら、すべての牧場の上にとどまる。
19ती शत्रुहरूले चट्टानी क्षेत्रहरूमा, मरूभूमिका साना साना खोलाहरू नजिक र पिउने पानी भएको ठाउँको यता उति शिबिर बनाउने छन्।
20その日、主は大川の向こうから雇ったかみそり、すなわちアッスリヤの王をもって、頭と足の毛とをそり、また、ひげをも除き去られる。
20यहूदालाई दण्ड दिनु परमप्रभुले अश्शूरलाई प्रयोग गर्नु हुनेछ। अश्शूरलाई झ्यालामा ल्याएर छुरा जस्तो चलाउनु हुनेछ। यो यस्तो हुनेछ मानौ परमप्रभुले यहूदाको टाउकोको केश र खुट्टाका रौंहरू खौरनु हुनेछ यो यस्तो हुनेछ कि परमप्रभुले यहुदाको दाह्री खौरनु हुनेछ।
21その日、人は若い雌牛一頭と羊二頭を飼い、
21“त्यसबेला, एक मानिसले एउटा कोरली र दुइवटा भेंडाहरू जिंउदो राख्न सक्ने मात्र हुनेछ।
22それから出る乳が多いので、凝乳を食べることができ、すべて国のうちに残された者は凝乳と、蜂蜜とを食べることができる。
22त्यहाँ त्यतिमात्र दूध हुन्छ कि त्यस मानिसलाई घिऊ खानलाई मात्र हुनेछ। प्रत्येक मानिसले त्यो देशमा दही र मह खाने छ।
23その日、銀一千シケルの価ある千株のぶどうの木のあった所も、ことごとくいばらと、おどろの生える所となり、
23त्यस जमीनमा अहिले 1,000 अङ्गुरका लहराहरू छन्। प्रत्येक अङ्गुरको लहराको मूल्य 1,000 चाँदीका टुक्राहरू हो। तर ती खेतहरू झारपातहरू र काँढाहरूले छोपिनेछ।
24いばらと、おどろとが地にはびこるために、人々は弓と矢をもってそこへ行く。くわをもって掘り耕したすべての山々にも、あなたは、いばらと、おどろとを恐れて、そこへ行くことができない。その地はただ牛を放ち、羊の踏むところとなる。
24त्यो जमीन जङ्गल हुनेछ र त्यसको प्रयोग शिकारहरूको लागि मात्र हुनेछ।
25くわをもって掘り耕したすべての山々にも、あなたは、いばらと、おどろとを恐れて、そこへ行くことができない。その地はただ牛を放ち、羊の踏むところとなる。
25एउटा समय थियो मानिसहरूले एकपल्ट परिश्रम गर्थे र त्यस पहाडबाट खाद्य उप्जाउँथे। तर त्यसबेला मानिसहरू त्यहाँ जाने छैनन्। त्यो जमीन जङ्गली झारपातहरू र काँढाहरूले ढाकिनेछ खालि गाई-गोरू र भेडाहरू मात्र ती ठाउँमा जानेछन्।”