1ユダの王ゼデキヤの十年、すなわちネブカデレザルの十八年に、主の言葉がエレミヤに臨んだ。
1यहूदामा सिदकियाहको शासनकालको दशौं वर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं वर्ष नबूकदनेस्सरको राज्यकालको अठारौं वर्ष थियो।
2その時、バビロンの王の軍勢がエルサレムを攻め囲んでいて、預言者エレミヤはユダの王の宮殿にある監視の庭のうちに監禁されていた。
2त्यस बेला, बाबेलका राजाका सैन्याले यरूशलेमको शहर वरिपरि घेरा हालेर राखेका थिए अनि यर्मियालाई प्रहरीको चोकमा कैद गरिएको थियो जुन चोक यहूदाका राजाको महल थियो।
3ユダの王ゼデキヤが彼を閉じ込めたのであるが、王は言った、「なぜあなたは預言して言うのか、『主はこう仰せられる、見よ、わたしはこの町をバビロンの王の手に渡し、彼はこれを取る。
3यहूदाका राजा सिदकियाहले यर्मियालाई त्यस ठाउँमा यसो भन्दै थुनेका थिए “परमप्रभुले यो शहर बाबेलका राजालाई दिनुहुनेछ अनि उसले यसलाई नियन्त्रणमा राख्छ भनी तिमीले किन अगमवाणी गरेको?”
4またユダの王ゼデキヤはカルデヤびとの手をのがれることなく、かならずバビロンの王の手に渡され、顔と顔を合わせて彼と語り、目と目は相まみえる。
4यहूदाका राजा सिदकियाह बाबेलका सैन्यदेखि बाँच्ने छैन। तर निसन्देह उसलाई बाबेलका राजाकहाँ सुम्पिइनेछ। अनि सिदकियाह बाबेलका राजा सँग आमने-सामने बोल्ने छ। सिदकियाहले उसलाई आफ्नै आँखाले देख्नेछ।
5そして彼はゼデキヤをバビロンに引いていき、ゼデキヤは、わたしが彼を顧みる時まで、そこにいると主は言われる。あなたがたは、カルデヤびとと戦っても勝つことはできない』と」。
5बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरूञ्जेल सम्म उ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।”‘ यो परमप्रभुबाट आएको सन्देश हो।
6エレミヤは言った、「主の言葉がわたしに臨んで言われる、
6कैदमा भएको बेला यर्मियाले भन्यो, “यो सन्देश परमप्रभुबाट मकहाँ आयो।
7『見よ、あなたのおじシャルムの子ハナメルがあなたの所に来て言う、「アナトテにあるわたしの畑を買いなさい。それは、これを買い取り、あがなう権利があなたにあるから」と』。
7यर्मिया, तिम्रो काका शल्लूमको छोरो हनमेल तिमीकहाँ आउँदैछ। हनमेलले तिमीलाई एउटा प्रस्ताव दिनेछ कि ‘तिमीले अनातोत शहरको छेउमा भएको क्षेत्र किन्नु पर्नेछ कारण हनमेल उसको एकदम निकट सन्तान हो। अनि हनमेलको त्यो ठाँउ किन्ने जिम्मावारी र अधिकार तिम्रो हो।’
8はたして主の言葉のように、わたしのいとこであるハナメルが監視の庭のうちにいるわたしの所に来て言った、『ベニヤミンの地のアナトテにあるわたしの畑を買ってください。所有するのも、あがなうのも、あなたの権利なのです。買い取ってあなたの物にしてください。これが主の言葉であるのをわたしは知っていました』。
8“तब परमप्रभुले भन्नु भए अनुसार नै घटना हुन गयो। मेरो काकाको छोरो हनमेल मकहाँ प्रहरीको चोकमा आयो। हनमेलले मलाई भन्यो, ‘यर्मिया, बिन्यामीन क्षेत्रभित्र अनातोत शहरको छेउमा भएको मेरो जमीन किन्नुहोस्। त्यो जमीन तपाईंकै लागि किन्नुहोस् यो किन्ने यसलाई विमुक्त पार्ने अधिकार तपाईंको हो। यो तपाईंकै लागि किन्नु होस्।’ यसर्थ मैले जाने कि यो सन्देश परमप्रभुबाट थियो।
9そこでわたしは、いとこのハナメルからアナトテにある畑を買い取り、銀十七シケルを量って彼に支払った。
9“मैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा जमीन किनें। मैले उसको लागि सत्र शेकेल चाँदी ओजन गरें।
10すなわち、わたしはその証書をつくって、これに記名し、それを封印し、証人を立て、はかりをもって銀を量って与えた。
10मैले जमीनको तमसुकमा सही गरें। अनि मोहर लगाए तमसुक मसित रह्यो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बस्नेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरें।
11そしてわたしはその約定をしるして封印した買収証書と、封印のない写しとを取り、
11तब तमसुक लिएँ दुवै व्यवहार र शर्त्तहरू सहित मोहर लगाएको अनि मोहर नलगाइएको तमसुकको मैले लिए प्रतिलिपि।
12いとこのハナメルと、買収証書に記名した証人たち、および監視の庭にすわっているすべてのユダヤ人の前で、その証書をマアセヤの子であるネリヤの子バルクに与え、
12अनि मैले तिनीहरू बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्त्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखे।
13彼らの前で、わたしはバルクに命じて言った、
13“मैले ती सबै मानिसहरूकै समक्ष बारूकलाई भने
14『万軍の主、イスラエルの神はこう仰せられる、これらの証書すなわち、この買収証書の封印したものと、封印のない写しとを取り、これらを土の器に入れて、長く保存せよ。
14‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ तमसुकको दुवै प्रतिलिपिहरू मोहर लगाइएको अनि मोहर नलगाइएको तिनीहरूलाई माटोको भाँडामा राख यसो गर ताकि यो जमीनका तमसुकहरू लामो समय सम्म सुरक्षित हुनेछ।
15万軍の主、イスラエルの神がこう言われるからである、「この地で人々はまた家と畑とぶどう畑を買うようになる」と』。
15सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “भविष्यमा मेरो मानिसहरूले फेरि एकपल्ट घरहरू खेत दाखका खेतहरू र यस बारीहरू किन्नेछन्।”‘
16わたしは買収証書をネリヤの子バルクに渡したあとで主に祈って言った、
16“नेरियाहको छोरो बारूकलाई त्यो जमीनको तमसुक दिइसके पछि मैले परमप्रभुसंग प्रार्थना गरें।
17『ああ主なる神よ、あなたは大いなる力と、伸べた腕をもって天と地をお造りになったのです。あなたのできないことは、ひとつもありません。
17“हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंको विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन्।
18あなたはいつくしみを千万人に施し、また父の罪をそののちの子孫に報いられるのです。あなたは大いなる全能の神でいらせられ、その名は万軍の主と申されます。
18हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ तर तपाईंले पिता-पुर्खाहरूको पापको भागी नानीहरूलाई दण्ड दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो।
19あなたの計りごとは大きく、また、事を行うのに力があり、あなたの目は人々の歩むすべての道を見て、おのおのの道にしたがい、その行いの実によってこれに報いられます。
19तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ।
20あなたは、しるしと、不思議なわざとをエジプトの地に行い、また今日に至るまでイスラエルと全人類のうちに行い、そして今日のように名をあげられました。
20हे परमप्रभु! तपाईंले शक्तिशाली र मिश्र भूमिमा गर्नुभयो अहिले सम्म इस्राएलमा र अन्य मानिसहरूको बीचमा आश्चर्यचकित कर्महरू गरिरहनु भएको छ। तपाईं आफैले आज प्रसिद्ध पार्नु भएकोछ।
21あなたは、しるしと、不思議なわざと、強い手と、伸べた腕と、大いなる恐るべき事をもって、あなたの民イスラエルをエジプトの地から導き出し、
21तपाईंले आफ्नो आलौकिक शक्ति प्रयोग गरी मिश्रबाट इस्राएलका मानिसहरू ल्याउनु भयो। तपाईंले यी कुराहरू तपाईंका शक्तिशाली हात विस्तृत पाखुरा अनि कार्यहरूद्वारा यस्तो गर्नुभयो।
22この地を彼らに賜わりました。これはあなたが彼らの先祖たちに与えようと誓われた乳と蜜の流れる地です。
22“परमप्रभु, तपाईंले यो देश इस्राएलका मानिसहरूलाई दिनुभयो। यो त्यही देश हो जुन तपाईंले धेरै अघि तिनीहरूका पिता-पुर्खाहरूलाई सुम्पिने वचन दिनु भएको थियो। यो अति असल देश हो। यो धेरै कुराहरू भएको राम्रो देश हो।
23こうして彼らは、はいってこれを獲たのですが、あなたの声に聞き従わず、あなたの律法を行わず、すべてあなたがせよと命じられたことをしなかったので、あなたはこの災を彼らの上にお下しになりました。
23इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन अथवा तिनीहरूले तपाईंको शिक्षा अनुसरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा संकटहरू ल्याउनु भयो।
24見よ、塁が築きあげられたのは、この町を取るためです。つるぎと、ききんと、疫病のために、町はこれを攻めているカルデヤびとの手に渡されます。あなたの言われたようになりましたのは、ごらんのとおりであります。
24“अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ।
25主なる神よ、あなたはわたしに言われました、「銀をもって畑を買い、証人を立てよ」と。そうであるのに、町はカルデヤびとの手に渡されています』」。
25“हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन् अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अधीन पार्न तैयार भैरहेको बेला।”
26主の言葉がエレミヤに臨んだ、
26त्यसपछि परमप्रभुको वचन यर्मियाकहाँ आई पुग्यो
27「見よ、わたしは主である、すべて命ある者の神である。わたしにできない事があろうか。
27“यर्मिया, म परमप्रभु हुँ। म सबै जीवधारीका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा असम्भव छैन।”
28それゆえ、主はこう言われる、見よ、わたしはこの町をカルデヤびとと、バビロンの王ネブカデレザルの手に渡す。彼はこれを取る。
28परमप्रभुले तब भन्नुभयो, “म यरूशलेम शहर बाबेलका सेना र बाबेलका राजा नबूकदनेस्सरलाई सुम्पिरहेको छु। ती सेनाले शहर आफ्नो अधीनमा लिनेछन्।
29この町を攻めているカルデヤびとがきて、この町に火をつけて焼き払う。屋根の上で人々が、バアルに香をたき、ほかの神々に酒をそそいで、わたしを怒らせたその家をも彼らは焼く。
29बाबेल सेनाले यरूशलेम शहरमाथि आक्रमण गरिरहेकाछन् तिनीहरू भित्र पस्नेछन् र आगो लाउनेछन्। तिनीहरूले जलाएर नै यो शहर भत्काउनेछन्। शहरमा यस्ता मानिसहरू छन् जो झूटा देवता बाललाई छानामाथि बाल्छन् अनि अर्घ बलिहरू अर्पण गर्छन् अनि मलाई रीस उठाउँछन्। बाबेल सेनाले यी घरहरू जलाएर खरानी पार्नेछन्।
30それは、イスラエルの人々とユダの人々とは、その若い時から、わたしの前に悪いことのみを行い、またイスラエルの民はその手のわざをもって、わたしを怒らせることばかりをしたからであると主は言われる。
30मैले इस्राएलका र यहूदाका मानिसहरूलाई नियालेकोछु। प्रत्येक कुरा जे तिनीहरूले गरेकाछन् त्यो पाप हो। तिनीहरूले बालक अवस्थामा हुँदैदेखि पाप कामहरू गरेकाछन्। इस्राएलका मानिसहरूले मलाई अति रीस उठाएका छन्। तिनीहरूले मलाई रीस उठाए किनभने तिनीहरूले आफ्नै हात द्वारा बनाएको मूर्तिहरू पूज्ने गर्छन्।” यो परमप्रभुबाट आएको सन्देश हो।
31この町はそれが建った日からきょうまで、わたしの怒りと憤りとをひき起してきたので、わたしの前からこれを除き去るのである。
31“यरूशलेम शहर बनिएको समयदेखि अहिलेसम्म यस शहरका मानिसहरूले मलाई क्रोधित बनाए। यो शहरले मलाई क्रोधित पार्यो यसर्थ मेरो दृश्यबाट यसलाई हटाउनै पर्छ।
32それは、イスラエルの民とユダの民とが、もろもろの悪を行って、わたしを怒らせたことによるのである。――彼らの王たちと、そのつかさたち、祭司たち、預言者たち、またユダの人々とエルサレムの住民たちが皆そうである。
32म यरूशलेमलाई ध्वंस गरिदिनेछु किनभने इस्राएल र यहूदाका मानिसहरूले पापमय कर्महरू गरेका छन्। यरूशलेम र यहूदाका मानिसहरूले तिनीहरूका राजाहरूले, शासकहरूले, तिनीहरूका पूजाहारीहरूले र अगमवक्ताहरूले लगाएत सम्पूर्ण मानिसहरूले मलाई क्रोधित पारेकाछन्।
33彼らはその背中をわたしに向けて顔をわたしに向けず、わたしがたゆまず教えたにもかかわらず、彼らは教を聞かず、またうけないのである。
33“ती मानिसहरूले मलाई पिठ्यूँ देखाए। मैले तिनीहरूलाई घरि घरि शिक्षा दिन कोशिश गरें तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरें, मेरो कुरामा ध्यानै दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्।
34彼らは憎むべき物を、わが名をもって呼ばれている家にすえつけて、そこを汚し、
34ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।
35またベンヒンノムの谷にバアルの高き所を築いて、むすこ娘をモレクにささげた。わたしは彼らにこのようなことを命じたことはなく、また彼らがこの憎むべきことを行って、ユダに罪を犯させようとは考えもしなかった。
35“बेन-हिन्नोमको बेंसीमा ती मानिसहरूले मोलेकलाई आफ्ना छोरा-छोरीहरू बलि चढाएर झूटा देवता बाललाई पूज्न उच्च स्थानको निर्माण गरे। मैले तिनीहरूलाई कहिले पनि त्यस्तो भयानक कार्यहरू गर भनेर आज्ञा गरिनँ यहूदाका मानिसहरूले यस्तो पापपूर्ण कामहरू गर्छन् भनेर कहिल्यै पनि मेरो मनमा लागेको थिएन।
36それゆえ今イスラエルの神、主は、この町、すなわちあなたがたが、『つるぎと、ききんと、疫病のためにバビロンの王の手に渡される』といっている町についてこう仰せられる、
36“तिमीहरू भनिरहेका छौ, ‘बाबेलका राजाले तरवारले अनिकाल र रूढीले यरूशलेम आफ्नो अधीनमा पार्ने छ।’ तर परमप्रभु इस्राएलका परमेश्वर यो शहरको विषयमा भन्नुहुन्छ
37見よ、わたしは、わたしの怒りと憤りと大いなる怒りをもって、彼らを追いやったもろもろの国から彼らを集め、この所へ導きかえって、安らかに住まわせる。
37‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म ती मानिसहरूलाई त्यस्तै पार्नेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु।
38そして彼らはわたしの民となり、わたしは彼らの神となる。
38तिनीहरू मेरो मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमप्रभु हुनेछु।
39わたしは彼らに一つの心と一つの道を与えて常にわたしを恐れさせる。これは彼らが彼ら自身とその後の子孫の幸を得るためである。
39म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैं सम्मान गर्नेछन्।
40わたしは彼らと永遠の契約を立てて、彼らを見捨てずに恵みを施すことを誓い、またわたしを恐れる恐れを彼らの心に置いて、わたしを離れることのないようにしよう。
40“‘म तिनीहरूसित एक स्थायी करार गर्नेछु। यो करार बमोजिम म तिनीहरूको सधैं भलाई गर्नेछु। तिनीहरूले मलाई आदर गर्ने बनाउनेछु। यसकारण तिनीहरूले मलाई कहिल्यै त्याग्ने छैनन्।
41わたしは彼らに恵みを施すことを喜びとし、心をつくし、精神をつくし、真実をもって彼らをこの地に植える。
41तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।”‘
42主はこう仰せられる、わたしがこのもろもろの大きな災をこの民に下したように、わたしが彼らに約束するもろもろの幸を彼らの上に下す。
42यसकारण परमप्रभु भन्नुहुन्छ “मैले तिनीहरूमाथि ठूलो विपत्ति ल्याएँ। त्यसरी नै मैले जो प्रतिज्ञा गरेको छु तिनीहरूको लागि उपकारी थोकहरू ल्याउँनेछु।
43人々はこの地に畑を買うようになる。あなたがたが、『それは荒れて人も獣もいなくなり、カルデヤびとの手に渡されてしまう』といっている地である。人々はベニヤミンの地と、エルサレムの周囲と、ユダの町々と、山地の町々と、平地の町々と、ネゲブの町々で、銀をもって畑を買い、証書をつくって、これに記名し封印し、また証人を立てる。それは、わたしが彼らを再び栄えさせるからであると主は言われる」。
43तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरूभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्।
44人々はベニヤミンの地と、エルサレムの周囲と、ユダの町々と、山地の町々と、平地の町々と、ネゲブの町々で、銀をもって畑を買い、証書をつくって、これに記名し封印し、また証人を立てる。それは、わたしが彼らを再び栄えさせるからであると主は言われる」。
44तिनीहरूले पैसाहरू दिएर खेतहरू किन्नेछन्। तिनीहरूले जमीनको तमसुकमा हस्ताक्षर गर्नेछन् र साक्षीहरूको उपस्थिसित मोहर लगाउनेछन्। मानिसहरूले फेरि साक्षीहरूको उपस्थितिमा बिन्यामीनको देशमा यरूशलेम वरिपरिका ठाउँहरूमा, यहूदाको शहरहरूमा पहाडी देशमा, पश्चिमी बेंसीहरू अन्तर्गत, अनि नेगेबमा जमीनहरू किन्ने छन्। त्यस्तो हुने नै छ किनभने म तिनीहरूलाई पुर्नस्थापना गर्नेछु।” यो परमप्रभुको सन्देश हो।