1主はまたモーセに言われた、
1परमप्रभुले मोशालाई भन्नुभयो,
2「イスラエルの人々に言いなさい、『もし人があやまって罪を犯し、主のいましめにそむいて、してはならないことの一つをした時は次のようにしなければならない。
2“इस्राएलका मानिसहरूलाई भन, “जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ।
3すなわち、油注がれた祭司が罪を犯して、とがを民に及ぼすならば、彼はその犯した罪のために雄の全き子牛を罪祭として主にささげなければならない。
3“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।
4その子牛を会見の幕屋の入口に連れてきて主の前に至り、その子牛の頭に手を置き、その子牛を主の前で、ほふらなければならない。
4अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ।
5油注がれた祭司は、その子牛の血を取って、それを会見の幕屋に携え入り、
5त्यसपछि अभिषिक्त भएको पूजाहारीले बलि चढाइएको साँढेको रगत भेट हुने पालमा ल्याओस्।
6そして祭司は指をその血に浸して、聖所の垂幕の前で主の前にその血を七たび注がなければならない。
6त्यसपछि पूजाहारीले आफ्नो ओंला रगतमा चोबोस् र अति-पवित्रस्थानको पर्दाअघि परमप्रभुको सामुन्ने रगत सात पल्ट छर्कोस्।
7祭司はまたその血を取り、主の前で会見の幕屋の中にある香ばしい薫香の祭壇の角に、それを塗らなければならない。その子牛の血の残りはことごとく会見の幕屋の入口にある燔祭の祭壇のもとに注がなければならない。
7त्यसपछि पूजाहारीले धूपवेदीका सींङहरूमा रगतको केही अंश छर्किनु पर्छ जो भेट हुने पालमा परमप्रभुको सामुन्ने हुन्छ, अनि साँढेका रहल रगत भेटहुनेपालको प्रवेश द्वारको होमबलिको वेदीको आधारमा खान्याऊन्।
8またその罪祭の子牛から、すべての脂肪を取らなければならない。すなわち内臓をおおう脂肪と内臓の上のすべての脂肪、
8अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ।
9二つの腎臓とその上の腰のあたりにある脂肪、ならびに腎臓と共に取られる肝臓の上の小葉である。
9दुवै मृगौलाहरू अनि तिनीहरूका बोसो अनि मांशपेशीको तल्लो भागमा भएको बोसो र कलेजोलाई ढाक्ने बोसो, उसले यसलाई मिर्गौलाहरू सितै पापबलिको साँढेबाट निकाल्नु पर्छ।
10これを取るには酬恩祭の犠牲の雄牛から取るのと同じようにしなければならない。そして祭司はそれを燔祭の祭壇の上で焼かなければならない。
10मेलबलिको साँढेबाट निकालिए जस्तै पापबलिको निम्ति चढाइएको साँढेबाट पनि सबै बोसोहरू निकालोस्। त्यसपछि पूजाहारीले त्यसलाई बलि होमबलिको वेदीमा जलाओस्।
11その子牛の皮とそのすべての肉、およびその頭と足と内臓と汚物など、
11तर साँढेको छाला, त्यसको मासु र टाउको, खुट्टा, आन्द्रा-भुँडी, गोबरसमेत,
12すべてその子牛の残りは、これを宿営の外の、清い場所なる灰捨場に携え出し、火をもってこれをたきぎの上で焼き捨てなければならない。すなわちこれは灰捨場で焼き捨てらるべきである。
12अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाउराको आगोमाथि त्यहाँ जलाउनु पर्छ।
13もしイスラエルの全会衆があやまちを犯し、そのことが会衆の目に隠れていても、主のいましめにそむいて、してはならないことの一つをなして、とがを得たならば、
13“यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्।
14その犯した罪が現れた時、会衆は雄の子牛を罪祭としてささげなければならない。すなわちそれを会見の幕屋の前に連れてきて、
14जब तिनीहरूले परमप्रभुको आज्ञा विरूद्ध गरेको पाप चाल पाउँछन्, पापबलिको निम्ति तिनीहरूले बथानबाट एउटा साँढे बलि दिऊन्। त्यो साँढे तिनीहरूले भेट हुने पाल अगाडी ल्याउनपर्छ।
15会衆の長老たちは、主の前でその子牛の頭に手を置き、その子牛を主の前で、ほふらなければならない。
15अनि समुदायको मुखियाहरूले साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअघि मार्नु पर्छ।
16そして、油注がれた祭司は、その子牛の血を会見の幕屋に携え入り、
16तब अभिषिक्त भएका पूजाहारीले साँढेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याओस्।
17祭司は指をその血に浸し、垂幕の前で主の前に七たび注がなければならない。
17अनि पूजाहारीले आफ्नो औंला त्यस रगतमा डुबाएर परमप्रभु अगाडीको पर्दा सामुन्ने सात पल्ट छर्कियोस्।
18またその血を取って、会見の幕屋の中の主の前にある祭壇の角に、それを塗らなければならない。その血の残りはことごとく会見の幕屋の入口にある燔祭の祭壇のもとに注がなければならない。
18अनि केही रगत वेदीको कुनामा राख्नु पर्छ जो भेट हुने पालमा परमप्रभुको अघि छ अनि रहल रगत होमबलिको वेदीमा अगेनोमा खन्याउनु पर्छ जो भेट हुने पालको प्रवेश हुन्छ।
19またそのすべての脂肪を取って祭壇の上で焼かなければならない。
19अनि उसले सबै बोसो बलिबाट निकालेर वेदीमा जलाओस्।
20すなわち祭司は罪祭の雄牛にしたように、この雄牛にも、しなければならない。こうして、祭司が彼らのためにあがないをするならば、彼らはゆるされるであろう。
20उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायाश्चित गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ।
21そして、彼はその雄牛を宿営の外に携え出し、はじめの雄牛を焼き捨てたように、これを焼き捨てなければならない。これは会衆の罪祭である。
21पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।
22またつかさたる者が罪を犯し、あやまって、その神、主のいましめにそむき、してはならないことの一つをして、とがを得、
22“यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भेने दोषी हुन्छ,
23もしその犯した罪を知るようになったときは、供え物として雄やぎの全きものを連れてきて、
23अनि पछि आफ्नो दोष पत्ता लगाउँछ, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्लै भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ।
24そのやぎの頭に手を置き、燔祭をほふる場所で、主の前にこれをほふらなければならない。これは罪祭である。
24तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुकोअघि मारोस् यो शुद्धिकरणको बलि हो।
25祭司は指でその罪祭の血を取り、燔祭の祭壇の角にそれを塗り、残りの血は燔祭の祭壇のもとに注がなければならない。
25त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औंलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस्
26また、そのすべての脂肪は、酬恩祭の犠牲の脂肪と同じように、祭壇の上で焼かなければならない。こうして、祭司が彼のためにその罪のあがないをするならば、彼はゆるされるであろう。
26उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रायश्चित गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।
27また一般の人がもしあやまって罪を犯し、主のいましめにそむいて、してはならないことの一つをして、とがを得、
27“यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ
28その犯した罪を知るようになったときは、その犯した罪のために供え物として雌やぎの全きものを連れてきて、
28अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भुत्लै भुत्लो भएको एउटा बाख्राको निष्खोट पाठी ल्याओस्।
29その罪祭の頭に手を置き、燔祭をほふる場所で、その罪祭をほふらなければならない。
29तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्।
30そして祭司は指でその血を取り、燔祭の祭壇の角にこれを塗り、残りの血をことごとく祭壇のもとに注がなければならない。
30तब पूजाहारीले केही रगत औंलाले लेओस् र होमबलिको वेदीको कुनामा लगाओस् र अरू सबै रगत वेदीको आधारमा खन्याओस्।
31またそのすべての脂肪は酬恩祭の犠牲から脂肪を取るのと同じように取り、これを祭壇の上で焼いて主にささげる香ばしいかおりとしなければならない。こうして祭司が彼のためにあがないをするならば、彼はゆるされるであろう。
31अनि मेलबलिमा गरिएको बलि झैं उसले त्यस बलिबाट सबै बोसो निकालोस्। पूजाहारीले परमप्रभुको निम्ति मिठो बास्ना दिनकालागि त्यो वेदीमा जलाओस्। यसरी पूजाहारीले त्यस मानिसलाई शुद्ध बनाउँछ अनि त्यसलाई क्षमा गरिनेछ।
32もし小羊を罪祭のために供え物として連れてくるならば、雌の全きものを連れてこなければならない。
32“यदि कसैले उसको पापबलिको निम्ति भेडा ल्याउँछ भने, तब उसले निष्खोट भेडाको पाठो ल्याउनु पर्छ।
33その罪祭の頭に手を置き、燔祭をほふる場所で、これをほふり、罪祭としなければならない。
33उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ।
34そして祭司は指でその罪祭の血を取り、燔祭の祭壇の角にそれを塗り、残りの血はことごとく祭壇のもとに注がなければならない。またそのすべての脂肪は酬恩祭の犠牲から小羊の脂肪を取るのと同じように取り、祭司はこれを主にささげる火祭のように祭壇の上で焼かなければならない。こうして祭司が彼の犯した罪のためにあがないをするならば、彼はゆるされるであろう。
34तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सिङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ।
35またそのすべての脂肪は酬恩祭の犠牲から小羊の脂肪を取るのと同じように取り、祭司はこれを主にささげる火祭のように祭壇の上で焼かなければならない。こうして祭司が彼の犯した罪のためにあがないをするならば、彼はゆるされるであろう。
35तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।