1その日、イエスは家を出て、海べにすわっておられた。
1ठीक त्यही दिन येशू बाहिर गएर झीलड्ढो छेउमा बस्नु भयो।
2ところが、大ぜいの群衆がみもとに集まったので、イエスは舟に乗ってすわられ、群衆はみな岸に立っていた。
2उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढनु भयो। सबै मानिसहरू चाहि किनारमा बसेका थिए।
3イエスは譬で多くの事を語り、こう言われた、「見よ、種まきが種をまきに出て行った。
3उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो, ‘केही किसान बीऊ छर्नलाई निस्क्यो।
4まいているうちに、道ばたに落ちた種があった。すると、鳥がきて食べてしまった。
4जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए।
5ほかの種は土の薄い石地に落ちた。そこは土が深くないので、すぐ芽を出したが、
5केही बीऊहरुनभएको कारणले बीऊहरू चाडै उम्रनथाले जट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन।
6日が上ると焼けて、根がないために枯れてしまった。
6तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढदै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्।
7ほかの種はいばらの地に落ちた。すると、いばらが伸びて、ふさいでしまった。
7कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए।
8ほかの種は良い地に落ちて実を結び、あるものは百倍、あるものは六十倍、あるものは三十倍にもなった。
8अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठी अनि कतिपयले तीस गुणा फल फलाए।
9耳のある者は聞くがよい」。
9उ जसले सुन्न सक्छ मेरो कुरा सुन।’
10それから、弟子たちがイエスに近寄ってきて言った、「なぜ、彼らに譬でお話しになるのですか」。
10चेलाहरू आए र येशूलाई सोधे, ‘तपाईंले उपदेश गर्न दिनुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”
11そこでイエスは答えて言われた、「あなたがたには、天国の奥義を知ることが許されているが、彼らには許されていない。
11येशूले जवाफ दिनुभयो, ‘स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्।
12おおよそ、持っている人は与えられて、いよいよ豊かになるが、持っていない人は、持っているものまでも取り上げられるであろう。
12जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ।
13だから、彼らには譬で語るのである。それは彼らが、見ても見ず、聞いても聞かず、また悟らないからである。
13यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्।
14こうしてイザヤの言った預言が、彼らの上に成就したのである。『あなたがたは聞くには聞くが、決して悟らない。見るには見るが、決して認めない。
14यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो। ‘तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौं। तिमीहरू हेर्न त हेर्छौ तर कहिले देख्दैनौ।
15この民の心は鈍くなり、その耳は聞えにくく、その目は閉じている。それは、彼らが目で見ず、耳で聞かず、心で悟らず、悔い改めていやされることがないためである』。
15हो, यी मानिसहरूको हृदय कठोर भएको छ। कान भएर पनि यिनीहरू सुन्न अस्वीकार गर्छन् तिनीहरूका आँखाछ तापनि तिनीहरू देख्दैनन्। यस्तो भएको छ त्यसकारण तिनीहरूले आफ्ना आँखाले देख्दैनन्। आफ्ना कानले सुन्दैनन् तिनीहरूका हृदयले बुझ्दैनन् हैन भने तिनीहरू मकहाँ आउने थिए सुन्ने थिए अनि म तिमीहरूलाई निको पार्नेथिए।’ यशैया 6:9-10
16しかし、あなたがたの目は見ており、耳は聞いているから、さいわいである。
16तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्।
17あなたがたによく言っておく。多くの預言者や義人は、あなたがたの見ていることを見ようと熱心に願ったが、見ることができず、またあなたがたの聞いていることを聞こうとしたが、聞けなかったのである。
17म तिमीहरूलाई साँचो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।
18そこで、種まきの譬を聞きなさい。
18“अब किसानको बारेमा उखान सुन।
19だれでも御国の言を聞いて悟らないならば、悪い者がきて、その人の心にまかれたものを奪いとって行く。道ばたにまかれたものというのは、そういう人のことである。
19बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।
20石地にまかれたものというのは、御言を聞くと、すぐに喜んで受ける人のことである。
20अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ।
21その中に根がないので、しばらく続くだけであって、御言のために困難や迫害が起ってくると、すぐつまずいてしまう。
21तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।
22また、いばらの中にまかれたものとは、御言を聞くが、世の心づかいと富の惑わしとが御言をふさぐので、実を結ばなくなる人のことである。
22अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निस्सासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
23また、良い地にまかれたものとは、御言を聞いて悟る人のことであって、そういう人が実を結び、百倍、あるいは六十倍、あるいは三十倍にもなるのである」。
23तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”
24また、ほかの譬を彼らに示して言われた、「天国は、良い種を自分の畑にまいておいた人のようなものである。
24त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो,
25人々が眠っている間に敵がきて、麦の中に毒麦をまいて立ち去った。
25त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहुँको बीच-बीचमा सामा छरेर गयो।
26芽がはえ出て実を結ぶと、同時に毒麦もあらわれてきた。
26केही समयपछि गहुँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो,
27僕たちがきて、家の主人に言った、『ご主人様、畑におまきになったのは、良い種ではありませんでしたか。どうして毒麦がはえてきたのですか』。
27उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’
28主人は言った、『それは敵のしわざだ』。すると僕たちが言った『では行って、それを抜き集めましょうか』。
28“त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’ ‘चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’
29彼は言った、『いや、毒麦を集めようとして、麦も一緒に抜くかも知れない。
29‘त्यो मानिसले जवाफ दियो, ‘अहँ, किनभने जब तिमीहरूले सामा उखेल्दा गहुँ पनि उखेल्न सक्छौ।
30収穫まで、両方とも育つままにしておけ。収穫の時になったら、刈る者に、まず毒麦を集めて束にして焼き、麦の方は集めて倉に入れてくれ、と言いつけよう』」。
30फसलको समयसम्म सामा र गहुँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, ‘पहिले सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहुँ बटुल र मेरो भण्डारमा जम्मा गर।”‘ : 30-34; लूका 13:18-21)
31また、ほかの譬を彼らに示して言われた、「天国は、一粒のからし種のようなものである。ある人がそれをとって畑にまくと、
31तब येशूले मानिसहरूलाई अर्को उखान भन्न भयो। ‘स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो।
32それはどんな種よりも小さいが、成長すると、野菜の中でいちばん大きくなり、空の鳥がきて、その枝に宿るほどの木になる」。
32त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”
33またほかの譬を彼らに語られた、「天国は、パン種のようなものである。女がそれを取って三斗の粉の中に混ぜると、全体がふくらんでくる」。
33येशूले अर्को उखान भन्नुभयो, ‘स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।’
34イエスはこれらのことをすべて、譬で群衆に語られた。譬によらないでは何事も彼らに語られなかった。
34येशूले मानिसहरूलाई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहरूलाई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन।
35これは預言者によって言われたことが、成就するためである、「わたしは口を開いて譬を語り、世の初めから隠されていることを語り出そう」。
35अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो, “म उखान मार्फत तिमीहरूसँग बोल्छु, उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।” भजनसंग्रह 78 : 2
36それからイエスは、群衆をあとに残して家にはいられた。すると弟子たちは、みもとにきて言った、「畑の毒麦の譬を説明してください」。
36त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, ‘कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।’
37イエスは答えて言われた、「良い種をまく者は、人の子である。
37येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो।
38畑は世界である。良い種と言うのは御国の子たちで、毒麦は悪い者の子たちである。
38संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्।
39それをまいた敵は悪魔である。収穫とは世の終りのことで、刈る者は御使たちである。
39नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय जाहिं संसारको अन्त्य हो। अनि फसल काटनेहरू परमेश्वरका दूतहरू हुन्।
40だから、毒麦が集められて火で焼かれるように、世の終りにもそのとおりになるであろう。
40सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ।
41人の子はその使たちをつかわし、つまずきとなるものと不法を行う者とを、ことごとく御国からとり集めて、
41मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्।
42炉の火に投げ入れさせるであろう。そこでは泣き叫んだり、歯がみをしたりするであろう。
42स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्।
43そのとき、義人たちは彼らの父の御国で、太陽のように輝きわたるであろう。耳のある者は聞くがよい。
43तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।
44天国は、畑に隠してある宝のようなものである。人がそれを見つけると隠しておき、喜びのあまり、行って持ち物をみな売りはらい、そしてその畑を買うのである。
44‘स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।
45また天国は、良い真珠を捜している商人のようなものである。
45“फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ।
46高価な真珠一個を見いだすと、行って持ち物をみな売りはらい、そしてこれを買うのである。
46एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।
47また天国は、海におろして、あらゆる種類の魚を囲みいれる網のようなものである。
47“स्वर्गको राज्य समुदमा हालेको एउटा महा जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे।
48それがいっぱいになると岸に引き上げ、そしてすわって、良いのを器に入れ、悪いのを外へ捨てるのである。
48त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए।
49世の終りにも、そのとおりになるであろう。すなわち、御使たちがきて、義人のうちから悪人をえり分け、
49जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्।
50そして炉の火に投げこむであろう。そこでは泣き叫んだり、歯がみをしたりするであろう。
50स्वर्गदूतहरूले तिनीहरूलाई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दाँत किट्नेछन्।’
51あなたがたは、これらのことが皆わかったか」。彼らは「わかりました」と答えた。
51तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, ‘के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?’ तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु,’ हामीले बुझ्यौं।’
52そこで、イエスは彼らに言われた、「それだから、天国のことを学んだ学者は、新しいものと古いものとを、その倉から取り出す一家の主人のようなものである」。
52तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।”
53イエスはこれらの譬を語り終えてから、そこを立ち去られた。
53यसरी उखानहरूमा शिक्षा दिइसकेपछि येशूले त्यो स्थान छाडनु भयो।
54そして郷里に行き、会堂で人々を教えられたところ、彼らは驚いて言った、「この人は、この知恵とこれらの力あるわざとを、どこで習ってきたのか。
54येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्भित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए?
55この人は大工の子ではないか。母はマリヤといい、兄弟たちは、ヤコブ、ヨセフ、シモン、ユダではないか。
55यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्।
56またその姉妹たちもみな、わたしたちと一緒にいるではないか。こんな数々のことを、いったい、どこで習ってきたのか」。
56अनि उनका सबै बहिनीहरू अहिले हामीसँग छन्। यसर्थ, उनले यी कुराहरू गर्ने यत्रो बुद्धि र शक्ति कहाँबाट पाए?’
57こうして人々はイエスにつまずいた。しかし、イエスは言われた、「預言者は、自分の郷里や自分の家以外では、どこででも敬われないことはない」。そして彼らの不信仰のゆえに、そこでは力あるわざを、あまりなさらなかった。
57यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।”
58そして彼らの不信仰のゆえに、そこでは力あるわざを、あまりなさらなかった。
58त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन।