1しばしばしかられても、なおかたくなな者は、たちまち打ち敗られて助かることはない。
1यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।
2正しい者が権力を得れば民は喜び、悪しき者が治めるとき、民はうめき苦しむ。
2जब धर्मी मानिसहरू सत्तामा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखीत हुन्छन्।
3知恵を愛する人はその父を喜ばせ、遊女に交わる者はその資産を浪費する。
3यदि कुनै मानिसले ज्ञानलाई प्रेम गर्छ भने, उसको बाबु खुशी हुन्छन, तर वेश्याहरूको साथीले आफ्नो सम्पत्ति बरबाद गर्छ।
4王は公儀をもって国を堅くする、しかし、重税を取り立てる者はこれを滅ぼす。
4एकजना राजाले आफ्नो राज्यलाई न्याय द्वारा बलियो राख्छ, तर घूस लिने मानिसले यसलाई सर्वनाश पार्छ।
5その隣り人にへつらう者は、彼の足の前に網を張る。
5जसले आफ्नो मित्र सित तेल घस्छ भने उसले आफ्नै खुट्टामा जाल फिंजाउँछ।
6悪人は自分の罪のわなに陥る、しかし正しい人は喜び楽しむ。
6पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्।
7正しい人は貧しい者の訴えをかえりみる、悪しき人はそれを知ろうとはしない。
7धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।
8あざける人は町を乱し、知恵ある者は怒りを静める。
8जसले आफैंलाई अरू भन्दा असल हुँ भन्ने सोच्छ त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोधालाई शान्त बनाउँछन्।
9知恵ある人が愚かな人と争うと、愚かな者はただ怒り、あるいは笑って、休むことがない。
9बुद्धिमान मानिस जब मूर्खसित झगडा गर्छ तब मूर्खले तर्क गर्छ र मूर्खतापूर्वक बोल्छ त्यो बहसको कहिल्यै समाधान हुने छैन।
10血に飢えている人は罪のない者を憎む、悪しき者は彼の命を求める。
10हत्यागर्ने मानिसले ईमानदारी मानिसलाई घृणा गर्छ, र उसलाई मार्न चाहान्छ।
11愚かな者は怒りをことごとく表わし、知恵ある者は静かにこれをおさえる。
11मूर्ख मानिसले आफ्नो रिस थाम्दैन। तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।
12もし治める者が偽りの言葉に聞くならば、その役人らはみな悪くなる。
12यदि एकजना शासकले झूटो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्।
13貧しい者と、しえたげる者とは共に世におる、主は彼ら両者の目に光を与えられる。
13गरीब मानिस र अत्याचारीले महसूस गर्नै पर्छ कि ती दुबै बराबर हुन कारण दुबैलाई परमप्रभुले नै सृष्टि गर्नुभएको हो।
14もし王が貧しい者を公平にさばくならば、その位はいつまでも堅く立つ。
14यदि कुनै राजाले गरीबहरूलाई न्यायपूर्वक हेरचाह गर्छन् भने, उनको शासन दीर्घकाल सुरक्षित रहनेछ।
15むちと戒めとは知恵を与える、わがままにさせた子はその母に恥をもたらす。
15दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।
16悪しき者が権力を得ると罪も増す、正しい者は彼らの倒れるのを見る。
16खराब मानिसले राष्ट्रलाई शासन गर्छन भने पाप र अपराध बढदो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्नेछन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्।
17あなたの子を懲しめよ、そうすれば彼はあなたを安らかにし、またあなたの心に喜びを与える。
17तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ; उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ।
18預言がなければ民はわがままにふるまう、しかし律法を守る者はさいわいである。
18जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ।
19しもべは言葉だけで訓練することはできない、彼は聞いて知っても、心にとめないからである。
19कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन।
20言葉の軽率な人を見るか、彼よりもかえって愚かな者のほうに望みがある。
20नसोची बोल्ने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ।
21しもべをその幼い時からわがままに育てる人は、ついにはそれを自分のあとつぎにする。
21यदि तिमीले आफ्नो दासले जो माग्छ सो सधैं दिने गर्यो भने एकदिन यस्तो हुन्छ त्यो तिम्रो दास भएर रहँदैन।
22怒る人は争いを起し、憤る人は多くの罪を犯す。
22क्रोधी मानिसले धेरै विवाद उठाउछ अनि क्रोध धेरै हुने मानिस धेरै पापहरूको अपराधी हुन्छ।
23人の高ぶりはその人を低くし、心にへりくだる者は誉を得る。
23मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।
24盗びとにくみする者は自分の魂を憎む、彼はのろいを聞いても何事をも口外しない。
24चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस्न धेरै डराउँछ।
25人を恐れると、わなに陥る、主に信頼する者は安らかである。
25अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।
26治める者の歓心を得ようとする人は多い、しかし人の事を定めるのは主による。正しい人は不正を行う人を憎み、悪しき者は正しく歩む人を憎む。
26धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।
27正しい人は不正を行う人を憎み、悪しき者は正しく歩む人を憎む。
27धर्मी मानिसहरूले बेईमानहरूलाई घृणा गर्छन्, फेरि बेईमान मानिसहरूले ईमानदार मानिसलाई घृणा गर्छन्।