Marathi

Nepali

2 Chronicles

16

1आसाच्या राज्याच्या छत्तिसाव्या वर्षी बाशाने यहूदावर स्वारी केली. बाशा हा इस्राएलचा राजा. रामा हे नगर निवडून त्याने त्याची मजबुती केली. यहूदाचा राजा आसा याच्याकडे कोणालाही येण्याजाण्याला प्रतिबंध व्हावा हा त्याचा त्यामागचा हेतू होता.
1आसाका राज्य कालका छत्तीसौं वर्षमा बाशाले यहूदा देश माथि आक्रमण गरे। बाशा इस्राएलका राजा थिए। तिनी रामा शहरमा गए अनि त्यसलाई किल्लाको रूप दिए। बासाले रामा शहरलाई यहूदाका राजा आसा कहाँ मानिसहरूलाई आउँन जानबाट रोक्नका निम्ति एक स्थानको रूपमा प्रयोग गरे।
2तेव्हा आसाने परमेश्वराच्या मंदिरातील आणि राजमहालातील सोने आणि चांदी काढून घेतली. अरामचा राजा बेन - हदाद दिमिष्काला राहात होता. आसाने त्याच्याकडे सोने, आणि चांदी पाठवून त्याला निरोप पाठवला,
2आसाले परमप्रभुको मन्दिरको भण्डार गृहहरूमा भएका सुन अनि चाँदी निकाले। तिनले राज भवनबाट सुन अनि चाँदी निकाले। तब आसाले बेन-हदद कहाँ संन्देश बाहक पठाए। बेनहदद अरामका राजा थिए, अनि तिनी दमीशक शहरमा बस्दथे। आसाको संन्देश थियो।
3“आपण आपसात एक करार करु. आपल्या दोघांच्या वडीलांमध्येही तसा करार केलेला होता. मी माझ्याकडचे सोने - रुपे तुझ्याकडे पाठवत आहे. इस्राएलचा राजा बाशा याच्याबरोबरचा तुझा करार मोड म्हणजे तो माझ्याकडे पाठ फिरवेल आणि मला त्रस्त करणार नाही.”
3“बेनहदद, तिमी अनि म माझ एक सन्धि होस्। हामी यसलाई तपाईंका पिता अनि मेरा पिताले गरेका सन्धि जस्तै तुल्याऔं। हेर्नुहोस्, म तपाईं कहाँ सुन अनि चाँदी पठाउँदै छु। अब, बाशा, इस्राएलका राजा सँगको तपाईंको सन्धि भङ्ग गरी दिनुहोस् जसद्वारा तिनले मलाई एक्लो छाडने छन् अनि मलाई दिकदारी दिन बन्द गर्ने छन्।”
4बने - हदाद या गोष्टीशी सहमत झाला. त्याने इस्राएली नगरांवर आपले सैन्याचे सरदार पाठवले. त्या सरदारांनी ईयोन, दान आबेल मईम या नगरांवर हल्ला केला. कोठारे असलेल्या नफतालीच्या नगरांवरही त्यांनी चढाई केली.
4बेनहदद राजा आसासँग सहमत भए। बेनहददले आफ्ना सेनाका सेनापतिहरूलाई इस्राएलका शहरहरू माथि आक्रमण गर्न पठाए। ती सेनापतिहरूले इयोन, दान अनि आबेल-मैम शहरहरूमाथि आक्रमण गरे। तिनीहरूले नप्तालीका इलाकामा भएका सबै शहरहरू माथि पनि आक्रमण गरे जहाँ खाद्य-वस्तु संग्रह गरिएको थिए।
5या चढायांचे वृत्त बाशाच्या कानावर गेले. तेव्हा त्याने रामानगराच्या मजबुतीचे काम अर्धवट सोडून दिले.
5बाशाले इस्राएलका शहरहरू माथि आक्रमण भएको कुरा सुने। यसर्थ तिनले रामा शहरलाई किल्लाको रूपमा निर्माण गर्ने काम रोके। तिनले तिनको काम बन्द गरिदिए।
6राजा आसाने मग सर्व यहूदींना बोलावले. या लोकांनी रामा नगर बांधण्यासाठी वापरलेले दगड, लाकूड ही सामग्री हस्तगत केली. त्यांनी ती गेबा आणि मिस्पा या नगरांच्या बांधकामासाठी वापरली.
6तब राजा आसाले यहूदाका सबै मानिसहरूलाई एकत्रित बोलाए। तिनीहरू रामा शहरमा गए ढुँङ्गा अनि काठहरू लगे जो बाशाले किल्ला बनाउनमा प्रयोग गरेका थिए। आसा र यहूदाका मानिसहरूले ती ढुँङ्गा अनि काठहरू गेबा अनि मिस्पा शहरहरूलाई अधिक सुदृढ तुल्याउनमा प्रयोग गरे।
7यावेळी हनानी नावाचा द्रष्टा यहूदाचा राजा आसा याच्याकडे आला व त्याला म्हणाला, “आसा तू मदतीसाठी तुझ्या परमेश्वर देवावर भरवंसा न ठेवता अरामच्या राजावर अवलंबून राहिलास. तू परमेश्वराचे साहाय्य घ्यायला हवे होतेस. पण तू परमेश्वराचा धावा केला नाहीस म्हणून अरामचे सैन्य तुझ्या हातातून सुटून गेले आहे.
7त्यसबेला दर्शी हनानी यहूदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौ। परमप्रभु तिम्रा परमेश्वर माथि भर परेनौ। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए।
8कूशी आणि लुबी यांचे सैन्य तर केवढे बलाढ्य होते! त्यांच्याकडे कितीतरी रथ आणि स्वार होते. पण तेव्हा तू परमेश्वरावर भरवंसा ठेवलास आणि परमेश्वराने तुला विजय मिळवून दिला.
8कूशीहरू अनि लूबीहरूको अत्यन्त विशाल, शक्तिशाली सेना थिए। तिनीहरूसित अनेक रथ अनि सारथिहरू थिए। तर आसा त्यो विशाल शक्तिशाली सेनालाई परास्त गर्न सहायताका निम्ति तिमी परमप्रभु माथि भर पर्यौ अनि परमप्रभुले तिमीलाई तिनीहरूलाई परास्त पार्न दिनु भयो।
9अखिल पृथ्वीवर कोणाची आपल्यावर श्रध्दा आहे याचा शोध परमेश्वराची नजर सतत घेत असते व अशांना तो आपले पाठबळ देतो. पण आसा, तू मात्र मूर्खपणा केला आहेस. तेव्हा यापुढे तुला लढायांना तोंड द्यावे लागेल.
9परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”
10हनानीच्या या बोलण्याचा आसाला राग आला व क्रोधाच्या भरात त्याने हनानीला तुरुंगात डांबले. कधी कधी आसा काही लोकांशी फार निर्दयतेने वागे.”
10आसा हनानी सित उनले भनेका कुरामा क्रोधित भए। आसा यति पागल भए कि तिनले हनानीलाई कैदखानामा बन्द गरिदिए। आसा त्यस बेला कोही मानिसहरूसित नीच र कठोरता पूर्वक व्यवहार गर्थे।
11‘यहूदा आणि इस्राएल राजांचा इतिहास’ या पुस्तकात आसाच्या कारभाराचे साद्यंत वर्णन आहे.
11आसाले शुरू देखि अन्तसम्म गरेका कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
12आपल्या राज्याच्या एकोणचाळीसाव्या वर्षी तो पायाच्या दुखण्याने बेजार झाला. त्याचा आजार खूप बळावला तरी त्याने दुखण्यात परमेश्वराचा धावा केला नाही. त्याने वैद्यांकरवी इलाज करुन घेतला.
12आसा राजा भएको उन्चालीस वर्षमा खुट्टा कुहुने रोगले ग्रस्त भए। तिनको रोग अत्यन्त नराम्रो थियो तर पनि तिनले परमप्रभुबाट सहाएता खोजेनन्। आसाले वैद्यहरूको सहायता खोजे।
13आपल्या करकीर्दीच्या 41 व्या वर्षी तो वारला व आपल्या पूर्वजांबरोबर त्याने चिरविश्रांती घेतली.
13आफ्नो राज्य कालको एकचालीसौं वर्षमा आसाको मृत्यु भयो अनि उनका पिता-पुखाहरूसित गाडिए।
14दावीदनगरात त्याने आधीच स्वत:साठी करुन घेतलेल्या कबरीत लोकांनी त्याचे दफन केले. विविध सुवासिक द्रव्ये आणि मसाले घातलेल्या बिछान्यावर लोकांनी त्याला ठेवले. त्याच्या सन्मानार्थ सुगंधी द्रव्ये जाळली.
14मानिसहरूले आसालाई तिनकै चिहानमा गाडि दिए जो तिनी आफैंले दाऊदका शहरमा बनाएका थिए। मानिसहरूले तिनलाई पलङ्गमा सुताए जो मसालाहरू अनि विभिन्न प्रकारका मिस्रित सुगन्धित पदार्थहरू द्वारा भरिएको थियो। मानिसहरूले आसाका सम्मानका निम्ति विशाल आगो बाले।