1परमेश्वराच्या नावाच्या सन्मानार्थ एक मंदिर तसेच स्वत:साठी एक राजमहालही बांधायचे शलमोनाने ठरवले.
1सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे।
2डोंगरातून दगडाचे चिरे काढायला 80,000 पाथरवट आणि 70,000 मजूर त्याने नेमले. मजुरांच्या कामावर देखरेख करण्यासाठी शलमोनाने 3600 मुकादम नेमले.
2सुलेमानले 70,000 भारी बोक्नेहरू अनि पहाडमा ढुङ्गा काट्नका निम्ति 80,000 डकर्मीहरू ल्याए। सुलेमानले काम गर्नेहरूको देख-रेख गर्नलाई 3,600 मानिसहरू चुने।
3सोराचा राजा हिराम याला शलमोनाने निरोप पाठवला, “माझे वडील दावीद यांना केलीत तशीच मला मदत करा. त्यांचे निवासस्थान बांधायला उपयोगी पडावे म्हणून तुम्ही गंधसरुचे लाकूड पाठवले होते.
3त्यसपछि सुलेमानले हूरामलाई खबर पठाए। हूराम सोर शहरका राजा थिए। सुलेमानले भने, “तपाईंले मेरो पिता दाऊदलाई सहायता दिनु भए झैं मलाई सहायता दिनुहोस्। तपाईंले तिनलाई देवदार बृक्षका काठ पठाउनु भएको थियो जसमा कि तिनले आफैं बस्नका निम्ति एउटा राज भवन बनाउन सकून्।
4मी माझ्या परमेश्वर देवाच्या नावाच्या सन्मानार्थ एक मंदिर बांधणार आहे. तेथे आम्ही रोज परमेश्वरासमोर सुगंधी धूप जाळू तसेच एका खास मेजावर पवित्र भाकर ठेवू. शिवाय, रोज सकाळ संध्याकाळ, शब्बाथच्या दिवशी, दर नव चंद्रदर्शनी आणि आमचा देव परमेश्वराने नेमून दिलेल्या सहभोजनाच्या दिवशी आम्ही होमार्पणे वाहू. इस्राएल लोकांनी सर्वकाळ पाळायचा हा नियमच आहे.
4परमप्रभु मेरा परमेश्वरका नाउँको सम्मानका निम्ति म एउटा मन्दिर निर्माण गर्नेछु। मन्दिरमा हामी परमप्रभुको समक्ष धूप जलाउने छौं अनि हामी सदैव विशेष मेचमा पवित्र रोटी राख्नेछौं। हामी हरेक साँझ, बिहान हरेक शबाथको दिन, हरेक औंसी अनि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मनाउन भनी आदेश दिनु भएका अन्य चाडहरूमा होमबलि अर्पण गर्ने छौं। इस्राएली मानिसहरूले सदा सर्वदा पालन गर्नु पर्ने यो एउटा नियम हो।
5“आमचा परमेश्वर हा सर्व देवतांपेक्षा श्रेष्ठ आहे. म्हणून मी त्याच्यासाठी भव्य मंदिर उभारणार आहे.
5“हाम्रा परमेश्वर अन्य सबै देवताहरू भन्दा महान हुनुहुन्छ। यसर्थ उहाँको निम्ति म एक विशाल मन्दिर निर्माण गर्नेछु।
6खरं म्हणजे परमेश्वरासाठी निवासस्थान बांधणे कोणालाही झालं तरी कसं शक्य आहे? स्वर्ग किंवा संपूर्ण विश्वही त्याला सामावून घ्यायला अपुरे आहे. तेव्हा त्याच्यासाठी म्हणून मंदिर बांधणे मलाही शक्य नाही. मी आपला त्याच्या प्रीत्यर्थ धूप जाळण्यासाठी फक्त एक ठिकाण बांधू शकतो. एवढेच.
6कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।
7“तर, सोने, चांदी, पितळ आणि लोखंड या धातुकामात प्रवीण असा कारागिर तुम्ही माझ्याकडे पाठवून दिलात तर बरे. त्याला जांभळे, किरमिजी आणि निळे वस्त्र करता यावे. कोरीव कामाचेही त्याला चांगले शिक्षण मिळालेले असावे. माझ्या वडलांनी निवडलेल्या इतर कारागिरांबरोबर तो इथे यहूदा आणि यरुशलेममध्ये काम करील.
7अब तपाईंले मलाई एक व्यक्ति जो सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छ पठाइ दिनुहोस् भनी चाहन्छु। त्यस मानिसले बैजनी, रातो अनि नीलो बस्त्रको काम गर्न जानेको हुनुपर्छ। त्यस मानिसले मेरा पिताले चुन्नु भएका कारीगरहरू सित यहाँ यहूदा अनि यरूशलेममा काम गर्नेछ।
8लबानोनमधून माझ्यासाठी गंधसरु, देवदार आणि स्वतचंदन यांचे लाकूडही पाठवावे. लबानोनमधले तुझे लाकूडतोड्ये चांगले अनुभवी आहेत हे मला माहीत आहे. त्या तुमच्या सेवकाना माझे सेवक मदत करतील.
8दया गरेर मलाई लबानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लबानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्।
9मी बांधायला घेतलेले मंदिर चांगले विशाल आणि सुंदर होणार असल्यामुळे मला लाकूड मोठ्या प्रमाणावर लागणार आहे.
9मलाई प्रशस्त काठको दर्कार पर्नेछ किनभने मन्दिर म जो निर्माण गर्दैछु अत्यन्त विशाल र सुन्दर हुनेछ।
10लाकडासाठी वृक्षतोड करणाऱ्या तुमच्या सेवकांना मी पुढीलप्रमाणे मेहनताना देईन: 1,25,000 बुशेल गहू, 1,25,000 बुशेल जव, 115,000 गँंलन द्राक्षारस आणि 1,15,000 गँंलन तेल.”
10काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो। म तिनीहरूलाई खानका निम्ति 20,000 मुरी गहुँ, 20,000 मुरी जौं, 20,000 पाथी दाखरस अनि 20,000 पाथी तेल दिने छु।”
11हिरामने मग शलमोनाला उत्तर पाठवले. त्यात त्याने असा निरोप पाठवला की, “शलमोन, परमेश्वराचे आपल्या प्रजेवर प्रेम आहे. म्हणून तर त्याने तुला त्यांचा राजा म्हणून नेमले.”
11तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्; “सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।”
12हिराम पुढे म्हणाला, “इस्राएलचा परमेश्वर देव धन्य असो. स्वर्ग आणि पृथ्वीची निर्मिती त्यानेच केली. राजा दावीदाला त्याने सूज्ञ पुत्र दिला आहे. शलमोन, तू सूज्ञ आणि विचारी आहेस. तू परमेश्वरासाठी मंदिर तसेच स्वत:साठी राजवाडा बांधायला निघाला आहेस.
12हूरामले यो पनि भने, “इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नुहोस्। उहाँले स्वर्ग अनि पृथ्वीको सृजना गर्नु भयो। उहाँले राजा दाऊदलाई एक बुद्धिमान छोरा दिनु भयो। सुलेमान बुद्धिमानी अनि समझदारी हुनुहुन्छ। तपाईंले परमप्रभुको निम्ति मन्दिर निर्माण गर्नु हुँदैछ। तपाईंले आफ्नै निम्ति पनि राज-महल निर्माण गर्नु हुँदैछ।
13हिराम अबी नावाचा एक कुशल कारागिर मी तुझ्याकडे पाठवतो.
13म तपाईं कहाँ हूराम अब्बी नाउँ गरेको एक सिपालु कारीगर पठाउने छु।
14त्याची आई दान वंशातील असून त्याचे वडील सोर नगरातले होते. हा कारागिर सोने, चांदी, पितळ, लोखंड, दगड आणि लाकूड यांच्या कामात तरबेज आहे. जांभळे, निळे आणि अत्यंत तलम असे उंची किरमिजी वस्त्र करण्यातही तो निपुण आहे. त्याला सांगितलेली कोणतीही गोष्ट तो तिचे योग्य रेखाटन करुन कोरुन काढू शकतो. तो तुझ्या आणि तुझ्या वडलांच्या, माझ्या स्वामी दाविदाच्या कसबी कारागिरांबरोबर काम करील.
14त्यसकी आमा दान कुल समूहकी थिइन्। त्यसका पिता सोर शहरका थिए। हूराम अब्बी सुन, चाँदी, काँसा, फलाम, ढुँङ्गा अनि काठको काम गर्नमा सिपालु छ। हूराम अब्बीसंग बैजनी, नीलो अनि रातो बस्त्र र मूल्यवान मलमलको काम गर्नमा पनि सिपालु छ। हूराम अब्बी तपाईंले भन्नु भएका नक्कासी गर्न अनि कुनै पनि काम गर्न सक्छ। त्यसले तपाईंका कारीगरहरू अनि तपाईंका पिता राजा दाऊदका कारीगरहरू सित काम गर्नेछ।
15“तुम्ही गहू, जव, तेल आणि द्राक्षारस देण्याचे कबूल केले आहे ते सर्व आमच्या नोकरांना द्यावे.
15“अब, महाशय, तपाईंले हामीलाई गहुँ, जौं, तेल अनि दाखरस दिने वचन दिनु भयो। ती चीजहरू मेरा सेवकहरूलाई दिनु होस्।
16आणि लबानोनमधून आम्ही तुम्हाला हवे तितके लाकूड झाडे तोडून पाठवू. ओडक्यांचे तराफे करुन आम्ही ते इथून समुद्रमार्गे यापो येथे पोचते करु. तेथून ते तुम्ही यरुशलेमला न्यावे.”
16अनि हामी लबानोन देशबाट काठ काट्ने छौं। हामी तपाईंलाई चाहिएसम्म काठ काट्ने छौं। हामी मूढाहरू साथ बाँध्ने छौं। अनि तिनीहरूलाई समुद्रबाट यापो शहरतिर पठाउने छौं। त्यसपछि तपाईंले काठहरू यरूशलेममा लान सक्नु हुने छ।”
17शलमोनाने यानंतर इस्राएलमधल्या सर्व उपऱ्या लोकांची गणना केली. दावीदाने गणती केली होती त्यानंतरची ही गणती. दावीद हा शलमोनाचा पिता. या गणनेत त्यांना 1,53,600 उपरे लोक मिळाले.
17तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए। तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए।
18शलमोनाने त्यापैकी 70,000 जणांना ओझी वाहायला निवडले आणि 80,000 लोकांना डोंगरातून दगड काढायच्या कामासाठी निवडले. उरलेल्या 3,600 उपऱ्यांना या काम करणाऱ्यांवर देखरेख करणारे मुकादम म्हणून नेमले.
18सुलेमानले मालसामान बोक्नका निम्ति 70,000 विदेशीहरू छाने। सुलेमानले 80,000 विदेशीहरूलाई पहाडमा ढुँङ्गा काट्नका निम्ति चुने। अनि सुलेमानले 3,600 विदेशी मानिसहरूलाई काममा लगाइ राख्नका निम्ति निरीक्षक चुने।