Marathi

Nepali

2 Samuel

24

1इस्राएलवर परमेश्वराचा पुन्हा एकदा कोप झाला. आणि त्याने दावीदाला इस्राएलांविरुध्द चेतवले. दावीद म्हणाला, “आधी इस्राएल आणि यहूदा यांची शिरगणती करा.”
1परमप्रभु फेरि एकपल्ट इस्राएलसित रिसाउनु भयो। परमप्रभुले दाऊदलाई इस्राएलीहरूको बिरोधी बनाइदिनु भयो। दाऊदले भने, “इस्राएल र यहूदाका मानिसहरू कति छन् गन्ती गर।”
2राजा दावीद सेनापती यवाबाला म्हणाला, “दानपासून बैरशेबापर्यंत इस्राएलच्या झाडून सर्व वंशातील लोकांची मोजदाद करा. म्हणजे मग मला लोकसंख्या किती आहे ते कळेल.”
2राजा दाऊदले सेनाका कप्तान योआबलाई भने, “इस्राएलको दानदेखि बेर्शेबासम्मका सबै वंश परिवार समूहका बीचमा गएर मानिसहरू कति छन् गन्ती गर। त्यसपछि कति मानिस छन् भनेर मलाई थाहा हुनेछ।”
3पण यवाब राजाला म्हणाल. “आपले लोक कितीही असोत देव परमेश्वर त्यांना शतगुणित करो. तुम्हाला हे सर्व पाहायला मिळो पण तुम्हाला असे का करावेसे वाटते?”
3तर योआबले राजालाई भने, “परमप्रभु परमेश्वरले तपाईंलाई 100 गुणा ज्यादा मानिस दिए र आशीर्वाद दिऊन्। अनि तपाईंका आफ्नै आँखाले ती सबै घटेको देख्न पाओस्। तर तपाईं किन यसो गर्न चाहानु हुन्छ?”
4पण राजा दावीदाचे शब्द यवाबाच्या शब्दांपेक्षा प्रभावी ठरले आणि त्यांनी यवाबाला आणि इतर सैन्याधिकाऱ्यांना इस्राएल प्रजेची मोजदाद करण्यास सांगितले. तेव्हा ते सर्व या कामाला लागले.
4राजा दाऊदले योआब र सेनाका कप्तानहरूलाई कडाईका साथ जनगणना गर्ने आदेश दिए। यसैले योआब र सेनाका कप्तानहरू इस्राएलमा जनगणना गर्न राजाबाट विदा लिएर गए।
5यार्देन ओलांडून त्यांनी आरोएर येथे तळ दिला. ही जागा नगराच्या उजवीकडे होती. (नगर याजेरच्या वाटेवर, गादच्या खोऱ्याच्या मध्यावर आहे.)
5तिनीहरूले यर्दन नदी पार गरे। तिनीहरूले अरोएरमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेंसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।)
6तेथून ते गिलादला आणि पुढे तहतीम होदशी या प्रदेशात गेले. दान्यात आणि तिथून वळसा घेऊन सीदोन येथे गेले.
6तब तिनीहरू गिलाद र ताहतीम होदशीतिर गए। फेरि तिनीहरू उत्तरतिरको दान, यान अनि सीदोनतिर लागे।
7सोर (तायर) हा गड आणि हिव्वी व कनानी यांची नगरे इकडे ते गेले. तेथून यहूदा देशाच्या दक्षिण दिशेला बैर-शेबा इथपर्यंत गेले.
7सोरको किल्ला पनि पुगे। हिव्वी र कनानीहरूका सबै शहरहरू भ्याए। त्यसपछि दक्षिणतिर बेर्शेबा यहूदाको दक्षिणी क्षेत्रसम्म गए।
8सगळा पालथा घालून ते नऊ महिने वीस दिवसांनी यरुशलेम येथे पोचले.
8यसरी देशको सबै क्षेत्र भ्याउन तिनीहरूलाई नौ महीना 20 दिन लाग्यो। नौ महीना 20 दिन बिताए पछि तिनीहरू यरूशलेम फर्किए।
9यवाबाने प्रजेच्या मोजदादीची यादी राजाला दिली. इस्राएलमध्ये तलवारधारी पुरुष आठ लक्ष होते. यहूदात ही संख्या पाच लक्ष होती.
9योआबले राजालाई मानिसहरूको स्‌ची बुझाए। इस्राएलमा जम्मा 8,00,000 मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। त्यसरी नै यहूदामा पनि 5,00,000 मानिस रहेछन्।
10हे काम पार पाडल्यावर मात्र दावीदाला मनोमन लाज वाटली. तो परमेश्वराला म्हणाला, “माझ्याहातून हे मोठे पाप घडले आहे. या माझ्या अपराधाबद्दल मला क्षमा कर. माझा हा मोठाच मूर्खपणा झाला आहे.”
10जनगणना गरिसकेपछि दाऊदलाई लाज भयो। दाऊदले परमप्रभुलाई भने, “मैले नगर्ने काम गरेर ठूलो पाप गरें! परमप्रभु, म बिन्ती गर्छु मेरो पाप कार्यलाई क्षमा गरिदिनुहोस्। मैले ठूलो मूर्खता गरें।”
11दावीद सकाळी उठला तेव्हा दावीदाचा संदेष्टा गाद याला देववाणी ऐकू आली.
11जब भोलिपल्ट बिहान दाऊद उठे, त्यस बेलासम्म दाऊदको गाद अगमवक्ता कहाँ परमप्रभुको वचन आइसकेको थियो।
12परमेश्वर त्याला म्हणाला, “दावीदाला जाऊन सांग, “परमेश्वर म्हणतो, तुझ्यापुढे मी तीन गोष्टी ठेवतो त्यापैकी एकीची निवड कर.”’
12परमप्रभुले गादलाई भन्नु भयो, “दाऊदलाई गएर भन, ‘परमप्रभु के भन्नुहुन्छ भनेः म तीनवटा विकल्प दिन्छु। त्यसमध्ये कुनै एउटालाई छान्नु जो म गर्नेछु।”‘
13गादने दावीदाकडे येऊन त्याला हे सर्व सांगितले. तो दावीदाला म्हणाला, “तिन्हीपैकी एकीची निवड कर. तुझ्या देशात सात वर्षे दुष्काळ पडावा, किंवा शत्रूंनी तीन महिने तुझा पाठलाग करावा की तीन दिवस रोगराई पसरावी? विचार कर आणि मी परमेश्वराला काय सांगावे ते सांग.”
13गाद गएर दाऊदलाई भने, “कुनै तीनवटा मध्ये एउटा छान्नुः 1-तपाईं र तपाईंको देशमा सात वर्ष सम्म अनिकाल लाग्नेछ। 2-तपाईंका शत्रुहरूले तपाईंलाई तीन महीनासम्म खेद्ने छन्। 3-देशमा तीन दिनसम्म महामारी फैलिनेछ। विचार गरेर कुनै एउटा छान्नुहोस्। जसमा म परमप्रभुलाई तपाईंको इच्छा जनाउन सकूँ। यसैको निम्ति परमप्रभुले मलाई तपाईंकहाँ पठाउनु भएको हो।”
14दावीद गादला म्हणाला, “मी पेचात सापडलो आहे खरा! पण परमेश्वर दयाळू आहे. परमेश्वरच मला शिक्षा देवो. लोकांच्या हाती मी पडू नये.”
14दाऊदले गादलाई भने, “म साँच्चै नै अप्ठेरोमा परें। तर परमप्रभु साह्रै दयालु हुनुहुन्छ। यसैले हामीलाई परमप्रभुले जे दण्ड दिए पनि हुन्छ। तर मानिसहरूले चाहि दण्डित नतुल्याओस्।”
15तेव्हा परमेश्वराने इस्राएलवर रोगराई ओढवू दिली. सकाळी तिची सुरुवात होऊन नेमलेल्या काळपर्यंत ती राहिली. दान पासून बैरशेबापर्यंत सत्तर हजार माणसे मृत्युमुखी पडली.
15यसैले परमप्रभुले इस्राएलमा महामारी फैलाइदिनु भयो। महामारी फैलिन बिहानदेखि शुरू भएर तोकेको समय नभइञ्जेल थामिएन। दानदेखि बेर्शेबासम्म 70,000 मानिसहरू मेर।
16यरुशलेमच्या संहारासाठी देवदूताचा हात उंचावला पण झाल्या गोष्टीबद्दल परमेश्वराला फार वाईट वाटले. लोकांचा संहार करणाऱ्या देवदूताला परमेश्वर म्हणाला, “आता पुरे तुझा हात खाली घे.” तेव्हा हा देवदूत अरवना यबूसी याच्या खळ्याजवळ होता.
16स्वर्गदूतले यरूशलेम नष्ट पार्नलाई आफ्ना हात उठाए तर परमप्रभुले यो नराम्रो कुरा भएकोमा दुःखित हुनु हुन्थ्यो। यसकराण परमप्रभुले स्वर्गदूतलाई मानिसहरू नष्ट गरेको देखी भन्नु भयो, “अब भयो। अब अझ ध्वंश नहोस्, हात थाम।” परमप्रभुको दूत यबूसी अरौनाका खलाको छेउमा थिए।
17लोकांना मारणाऱ्या देवदूताला दावीदाने पाहिले. दावीद परमेश्वराला म्हणाला, “माझे चुकले माझ्या हातून पाप घडले आहे. पण हे लोक मेंढरांसारखे माझ्या मागून आले. त्यांचे काहीच चुकले नाही. तेव्हा तू मला आणि माझ्या कुटुंबियांना शिक्षा कर.”
17दाऊदले स्वर्गदूतले मानिसहरूलाई मारेको देख्यो। दाऊदले परमप्रभुलाई भने, “मैले पाप गरें! मैले अपराध गरें। अनि यी मानिसहरूले मेरो आज्ञा पालन गरे, तिनीहरूले मलाई भेडाले झै पच्छ्याए। तिनीहरूको कुनै अपराध छैन। दया गरी मेरा पिताका सन्तानहरूलाई र मलाई दण्ड दिनुहोस्।”
18त्या दिवशी गाद दावीद कडे आला. तो म्हणाला, “अरवना यबूसीच्या खळ्यावर परमेश्वराप्रीत्यर्थ एक वेदी बांध”
18त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।”
19दावीदाने मग परमेश्वराच्या इच्छेनुसार गादच्या म्हणण्याप्रमाणे केले. तो अरवनाला भेटायला गेला.
19दाऊदले गादको सुझाव माने। परमप्रभुले के चाहनु हुन्थ्यो दाऊदले त्यही गरे। दाऊद अरौनालाई भेट्न गए।
20अरवनाने राजाला आणि त्याच्या सेवकांना येताना पाहिले. त्याने पुढे होऊन जमिनीपर्यंत लवून नमस्कार केला.
20अरौनाले दाऊद र तिनका अधिकारीहरू आउँदै गरेको देखे। अरौनाले शिर झुकाएर प्रणाम गरे।
21अरवना म्हणाला, “माझे स्वामी का बरे आले आहेत?” दावीद म्हणाला, “तुझे खळे विकत घ्यायला. म्हणजे मग मी परमेश्वरा प्रीत्यर्थ इथे एक वेदी बांधीन. मग रोगराई संपुष्टात येईल.”
21अरौनांले भने, “मेरा मालिक राजा मेरोमा किन पाल्नुभयो?” दाऊदले जवाफ दिए, “म तिम्रो खला किन्न भनेर आएको हुँ। म त्यहाँ परमप्रभुको निम्ति वेदी बनाउँछु। तब यो महामारी बन्द हुन्छ।”
22अरवना म्हणाला, “स्वामीनी मनाला येईल ते अर्पण करण्यासाठी घ्यावे. होमबलीसाठी हे बैल आहेत. इंधनासाठी मळणीची औते आणि बैलांचे सामान आहे.
22अरौनाले दाऊदलाई भने, “मेरो मालिक राजा बलिदान चढाउनको निम्ति तपाईंले जे लगे पनि हुन्छ। होमबलिको निम्ति मसँग गोरूहरू छन्, दाउराका निम्ति दाइँ गर्ने काठ र जुवा लानुहोस्।
23महाराज, हवे ते मी तुम्हाला देईन.” महराजांवर परमेश्वराची मर्जी असावी अशीही कामना त्याने पुढे व्यक्त केली.
23राजा, मसँग भएका सबै लग्नुहोस्।” परमप्रभु तिमीहरूका परमेश्वर तपाईंसँग खुशी रहुन्।”
24पण राजा अरवनाला म्हणाला, “नाही, तुला मी खरे सांगतो, मी ही जमीन विकतच घेणार आहे. फुकटात मिळालेले मी होमबली म्हणून परमेश्वर देवाला अर्पण करणार नाही.” तेव्हा दावीदाने खळे आणि बैल पन्नास शेकेल चांदी देऊन विकत घेतले.
24तर राजाले अरौनालाई भने, “होइन! म तिमीलाई साँचो भन्छु, म त्यस भूमिको पैसा दिन्छु। परमप्रभु परमेश्वरलाई बिनामूल्यको म केही पनि होमबलि चढाउँदिनँ।” यसैले दाऊदले खला र गोरूहरूको मूल्य चाँदीको 50 शेकेल बुझाए।
25मग तेथे परमेश्वराप्रीत्यर्थ वेदी बांधली. होमबली आणि शांत्यार्पणे केली. परमेश्वराने त्याची प्रार्थना ऐकली. इस्राएलवरील रोगराई परमेश्वराने संपुष्टात आणली.
25त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो।