Marathi

Nepali

Ezekiel

13

1त्यानंतर परमेश्वराचा संदेश मला मिळाला. तो म्हणाला,
1त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,
2“मानवपुत्रा, माझ्यावतीने इस्राएलच्या संदेष्ट्यांशी बोल. ते संदेष्टे खरे म्हणजे माझ्यावतीने बोलत नसून त्यांना पाहिजे ते सांगतात म्हणून तू त्यांच्याशी बोल. त्यांना पुढील गोष्टी सांग. ‘परमेश्वराकडून आलेला हा संदेश ऐका.
2“हे मानिसको छोरो, तिमीले इस्राएलको अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूले वास्तवमा मेरो निम्ति कुरा गरेकोछैन्। ती अगमवक्ताहरू त्यही भन्छन जुन उनीहरूले भन्न खोज्दैछन्। यसकारण तिमीले उसँग कुरा गर्नु पर्छ। उसँग यो कुरा भन, ‘परमप्रभुबाट प्राप्त भएको यो वचन सुन!
3परमेश्वर, माझा प्रभू, असे म्हणतो की दुष्ट संदेष्ट्यांनो, तुमचे वाईट होईल. तुम्ही दृष्टान्तांत पाहिलेल्या गोष्टी लोकांना न सांगता, तुमच्या मनाचेच सांगता.
3परमप्रभु मेरो मालिक यो वचन दिनुहुन्छ। मूर्ख अगमवक्ताहरू! तिमीहरूमाथि आपत आई लाग्ने छ। तिमीहरू आफ्नो आत्माको अनुसरण गरि रहेका छौ। तिमीहरूसँग त्यो भनेका छैनन् जुन तिमीले साँच्चै दर्शनहरूमा देख्छौ।
4“इस्राएल, ओसाड, पडक्या वास्तूंतून धावणाऱ्या कोल्ह्यांप्रमाणे तुझे संदेष्टे असतील.
4“इस्राएलीहरू तिमीहरूका अगमवक्ताहरू त्यो सुनसान भत्केको ठाउँहरूमा बस्ने स्यालहरू जस्तै भएकाछन्।
5नगरीच्या तटबंदीच्या भगदाडांजवळ तू सैनिक ठेवले नाहीस वा इस्राएलवासीयांच्या रक्षणासाठी भिंतही बांधली नाहीस. तेव्हा परमेश्वराने तुला शिक्षा करायची वेळ येताच, तू युद्धात हरशील.
5तिमीहरूले शहरको भत्केको पर्खालको नजिक सैनिकहरू बस्न दिएनौ। तिमीहरूले इस्राएलको परिवारको रक्षाको निम्ति पर्खालहरू बनाएनौ। यसकारण परमप्रभुको निम्ति जब तिमीहरूलाई दण्ड दिने समय आउँछ त्यतिबेला तिमीहरू युद्धमा हार्नेछौ।
6“खोट्या संदेष्ट्यांनी दृष्टान्त पाहिल्याचे सांगितले. ते जादू करतात आणि भविष्यात घडणाऱ्या गोष्टी सांगतात. पण ते खोटे बोलतात. त्यांना परमेश्वराने पाठविल्याचे ते सांगतात. पण ते खोटे आहे. खोटे खरे ठरावे म्हणून ते अजूनही वाट पाहत आहेत.
6“‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घटनाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँचो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्।
7“खोट्या संदेष्ट्यांनो, तुम्ही पाहिलेले दुष्टान्त खरे नाहीत. तुम्ही जादू केली व असे घडेल म्हणून सांगितले. पण तुम्ही खोटे बोललात, परमेश्वराने असे सांगितले असे तुम्ही म्हणालात. पण मी तुमच्याशी बोललोच नाही.”
7“‘झूटा अगमवक्ताहरू! जुन दर्शन तिमीहरूले देख्यौ, त्यो सत्य थिएन। तिमीले आफै जादू गर्यौ अनि भन्यौ केही घट्ने वाला छ तर तिमीले मानिसहरूसँग झूटो भन्यौ। तिमी भन्छौ यो परमप्रभुको कथन हो, तर मैले तिमीहरूसँग कुरै गरिन।”‘
8पण आता परमेश्वर, माझ्या प्रभु, खरोखरच बोलेल. तो म्हणतो, “तुम्ही खोट्या गोष्टी सांगितल्या, तुम्ही खोटे दुष्टान्त पाहिले. म्हणून मी (देव) तुमच्याविरुद्ध आहे.” परमेश्वराने, माझ्या प्रभूने, असे म्हटले.
8यसकारण परमप्रभु मेरो मालिक अब साँच्चै केही बोल्नुहुन्छ उहाँ भन्नुहुन्छ, “तिमीले झूटो भन्यौ। तिमीहरूले दर्शनमा जे देखेको थियौ, त्यो सत्य होइन्। यसकारण म अब तिमीहरूको विरूद्धमा छु।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।
9परमेश्वर म्हणतो, “खोटे दृष्टान्त पाहणाऱ्या आणि खोटे बोलणाऱ्या संदेष्ट्यांना मी शिक्षा करीन. माझ्या लोकांतून मी त्यांना बाजूला काढीन. इस्राएलच्या वंशजांच्या नामावळीत त्यांची नावे असणार नाहीत. ते इस्राएलच्या भूमीत परत येणार नाहीत. मगच तुम्हाला मी परमेश्वर व प्रभू असल्याचे कळेल.
9परमप्रभुले भन्नुभयो, “म ती अगमवक्ताहरूलाई दण्ड दिनेछु जसले असत्य दर्शन देखे अनि झूटा बोले। म तिनीहरूलाई आफ्नो मानिसदेखि अलग पार्नेछु। तिनीहरूको नाम इस्राएलको परिवारको सूचिमा रहनेछैन्। तिनीहरू फेरि इस्राएल प्रदेशमा कहिल्यै जाने छैनन्। त्यसपछि तिमीले जान्ने छौ कि म परमप्रभु अनि मालिक हुँ।
10“ते खोटे संदेष्टे पुन्हा पुन्हा माझ्या लोकांशी खोटे बोलले. त्यांनी ‘शांती प्रस्थापित होईल.’ असे सांगितले. पण तेथे शांती नाही. भिंतीची चांगली दुरुस्ती करुन लोकांनी लढायला सज्ज होण्याची जरुरी आहे. पण त्याऐवजी लोक भिंतीना फक्त गिलावा करतात.
10“ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तरह लेप लगाइरहेछन्।
11मी त्यांच्यावर गारांचा वर्षांव करीन आणि मुसळधार पाऊस (शत्रू - सैन्य) पाडीन, असे तू त्यांना सांग. जोराचे वारे वाहतील आणि तुफान येईल. मग तटबंदी पडेल.
11तिनीहरूलाई भन म असिना र पानी पठाउँनेछु। प्रचण्ड आँधी-बेह्री चल्नेछ अनि बाढी आउनेछ, अनि पर्खाल ढल्नेछ।
12भिंत पडेल आणि लोक संदेष्ट्यांना विचारतील ‘तुम्ही गिलावा केला होता, त्याचे काय झाले?”
12पर्खाले तल ढल्नेछ। मानिसहरूले अगमवक्ताहरूलाई सोध्नेछन्, ‘त्यो चूना लगाएको के भयो, जुन तिमीले पर्खालमा लगाएका थियौ?”‘
13परमेश्वर, माझा प्रभू, म्हणतो, “मी तुमच्यावर रागावलो आहे म्हणून मी वादळ उत्पन्न करीन, मुसळधार पाऊस पाडीन, गारांचा वर्षाव करीन आणि तुमचा संपूर्ण नाश करीन.
13परमप्रभु मेरा मालिक भन्नुहुन्छ, ‘म क्रोधित छु, म तिमीहरूको विरूद्ध आँधी-बेह्री पठाउँछु। म क्रोधित छु अनि म घनघोर वर्षा पठाउँछु। म क्रोधित छु अनि आकाशबाट असिना खसाउँनेछु। अनि तिमीहरूलाई पूर्ण रूपमा नष्ट पार्नेछु।
14तुम्ही भिंतीला गिलावा करता. पण संपूर्ण तटबंदीच मी उद्ध्वस्त करीन. ती मी जमीनदोस्त करीन. ती तुमच्या अंगावर पडेल आणि मग तुम्हाला कळून चुकेल की मीच परमेश्वर आहे.
14तिमी पर्खालमा चुना लगाउँछौ। तर म पूरै पर्खाल नष्ट पारिदिनेछु। म त्यसलाई भत्काई दिनेछु। पर्खाल तिमीमाथि ढल्नेछ अनि तिमीले जान्नेछौ म नै परमप्रभु हुँ।
15मी माझा सगळा राग त्या तटबंदीवर व तिच्यावर गिलावा देणाऱ्या लोकांवर ओतून टाकीन. मग मी म्हणेन ‘आता भिंतही नाही आणि तिच्यावर गिलावा करणारेही राहिले नाहीत.’
15अब म पर्खालमाथि अनि मानिसहरूमाथि मेरो क्रोध छाडिदिनेछु जसले यसलाई लेप लगाए। तब तिमीलाई भन्नेछु, ‘अब कुनै पर्खाल रहेन र कुनै मजदूरले यसमाथि लेप लगाउनेछैन्।’
16“ह्या सर्व गोष्टी इस्राएलच्या खोट्या संदेष्ट्यांबाबत घडतील. ते यरुशलेमच्या लोकांशी बोलतात. ते शांतीचे भाकीत करतात. पण शांती मिळत नाही.” परमेश्वराने, माझ्या प्रभुने, हे सांगितले.
16“यो सबै इस्राएलको झूटो अगमवक्तहरूको निम्ति हुनेछ। ती अगमवक्ताहरू यरूशलेमका मानिसहरूसँग बात गर्छन। ती अगमवक्ताहरू भन्छन् शान्ति हुन्छ तर कतै शान्ति छैन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
17देव म्हणाला, “मानवपुत्रा, इस्राएल मधील स्त्री संदेष्ट्यांकडे पाहा. त्या माझ्यावतीने बोलत नाहीत. त्या त्यांच्या मनाचेच सांगतात. म्हणून तू माझ्यावतीने त्यांच्याविरुद्ध बोल. तू त्यांना पुढील गोष्टी सांगितल्या पाहिजेस.
17परमप्रभुले भन्नुभयो, “हे मानिसको छोरो! इस्राएलमा स्त्री अगमवादिनीहरू खोज। त्यो स्त्री अगमवादिनीहरू मेरो निम्ति बोल्दैनन्। तिनले त्यही भन्छन, जुन तिनीहरूलाई भन्न मन पर्छ। यसकारण तिमीले मेरो लागि उसको विरूद्ध बोल्नु पर्छ। तिमीले यसो भन्नु पर्छ।
18“परमेश्वर, माझा प्रभू, ह्या गोष्टी सांगतो. स्त्रियांनो, तुमचे वाईट होईल. तुम्ही कापडाच्या पटृ्या करुन लोकांना बांगड्यांप्रमाणे घालायला देता, डोक्याला बांधण्यासाठीही विशेष प्रकारचे पट्टे करुन देता. तुम्ही लोकांना सांगता की ह्या गोष्टीमध्ये तुमच्या आयुष्याचे नियंत्रण करण्याची जादूची शक्ती आहे. स्वत:ला जगविण्यासाठी तुम्ही लोकांना अशा रीतीने जाळ्यात पकडता!
18‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ विपत तिमी स्त्रीहरूमाथि आइलाग्नेछ। तिमीहरूले प्रत्येक मानिसको पाखुराहरूमा जादूको पाटा सिलाइ दिन्छौ। तिमीले मानिसको शिरमा बाँध्न “फेटा” बनाउँछौ। तिमीहरू भन्छौ कि ती चीजहरूमा मानिसहरूको जीवन नियन्त्रण गर्ने तन्त्र-मन्त्रको शक्ति छ। के तिमी सोच्छौ कि तिमीहरू आफ्नो आत्माहरू जीवित राख्न र मेरो मानिसहरूका आत्माहरूलाई मार्नु सक्छौ।
19तुम्ही मला लोकांच्यापुढे क्षुद्र बनविता. तुम्ही ओंजळभर सातू व भाकरीच्या काही तुकड्यांसाठी त्यांना माझ्याविरुद्ध फिरविता. माझ्या लोकांशी तुम्ही खोटे बोलता. त्या लोकांना खोटे आवडते. तुम्ही ज्यांनी जगायला पाहिजे त्यांना मारता आणि ज्यांनी मरायला पाहिजे, त्यांना जगविता.
19तिमी नै एकजना हौ जसले मानिसहरूलाई म महत्वहीन हुँ भनी सोच्न लगाउँछौ। तिमीहरू एक मुठी जौ र रोटीको केही टुक्राको लागि तिनीहरूलाई मेरो विरूद्धमा हिडाउँछौ। तिमीहरू मेरो मानिसहरूसँग झूटो बोल्छौ। तिनीहरू झूटो सुन्न मन पराउँछन्। तिमीहरू ती मानिसलाई मार्छौ जसलाई जीवित रहन्छ अनि तिमीहरू त्यस्ता मानिसहरूलाई जीवित राख्न चाहन्छों जसलाई मार्नु जरूरी छ।
20म्हणून परमेश्वर, प्रभू, तुम्हाला पुढील गोष्टी सांगतो, तुम्ही बांगड्यासारखे कापडी पट्टे करुन लोकांना सापळ्यात पकडू बघता पण मी त्यांना मुक्त करीन. तुमच्या हातातील ते कापडी पट्टे मी फाडून टाकीन, म्हणजे ते लोक पिंजऱ्यातून सोडून दिलेल्या पाखराप्रमाणे स्वतंत्र होतील.
20यसकारण परमप्रभु मेरो मालिक तिमीहरूसित यसो भन्नुहुन्छ ‘म ती जादूका बूटीहरूको विरूद्धमा छु जो मानिसहरूलाई फँसाउँन तिमी प्रयोग गर्छौ, तर म तिनीहरूलाई स्वतन्त्र पार्नेछु। म ती बूटीहरू तिनीहरूका पाखुराबाट चुडाइदिनेछु अनि तिमीहरूलाई मुक्त गराइदिनेछ। तिनीहरू जालबाट मुक्त गरिएका पक्षीहरू जस्तै हुनेछन्।
21“मी डोक्याला बांधायचे पट्टे तोडीन आणि माझ्या माणसांना तुमच्या पकडीतून सोडवीन. तुमच्या सापळ्यातून ते निसटतील आणि मगच तुम्हाला कळेल की मी परमेश्वर आहे.
21म तिमीहरूको घुम्टो च्यातिदिनेछु अनि मेरो मानिसहरूलाई तिम्रो शक्तिबाट बचाउँनेछु। तिनीहरू तिम्रो जालबाट भाग्नेछन् अनि तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।
22“तुमचे संदेष्टे खोट्या गोष्टी सांगतात. सज्जनांना त्याचा त्रास होतो. मला हे पंसत नाही. तुम्ही वाईट लोकांना पठिंबा देता, त्यांना उत्तेजन देता. त्यांना त्यांचे मार्ग बदलायला सांगत नाही. त्यांचे जीव वाचवायचा प्रयत्न करीत नाही.
22“‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दुख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दुख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बदलि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ।
23तेव्हा ह्यापुढे तुम्हाला तुमचे निरर्थक दृष्टान्त दिसणे बंद होईल तुम्ही जादूही करणार नाही. तुमच्यापासून मी माझ्या लोकांचे रक्षण करीन. मग तुम्हाला कळेल की मीच खरा परमेश्वर आहे.”
23तिमीले अब भविष्यमा व्यर्थको दर्शनहरू देख्ने छैनौ। तिमीले भविष्यमा जादू गर्ने छैनौ। म मेरो मानिसलाई तिमीहरूको शक्तिदेखि बचाउँने छु अनि तिमीहरूले थाह पाउनेछौ। म नै परमप्रभु हुँ।”‘