Marathi

Nepali

Ezekiel

28

1मला परमेश्वराचा संदेश मिळाला तो म्हणाला,
1परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो,
2“मानवपुत्रा, ‘परमेश्वर, माझा प्रभू, पुढील गोष्टी सांगतो,’ असे सोरच्या राजाला सांग: “तू फार गर्विष्ठ आहेस. तू म्हणतोस “मी देव आहे. समुद्राच्या मध्यभागी मी देवाच्या आसनावर बसतो.” “पण तू मानव आहेस, देव नाही. तुला आपण देव आहोत असे फक्त वाटते.
2“हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमी धेरै घमण्डी छौ। अनि तिमी भन्छौ, “म एउटा देवता हुँ। म समुद्रको माझमा देवताहरूको आसनमाथि बस्छु।” तर तिमी एउटा मानिस मात्र हौ, परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जतिकै सम्झन्छौ।
3तू स्वत:ला दानीएलापेक्षा बुद्धिमान समजतोस तू सर्व रहस्ये शोधू शकतोस असे तुला वाटते.
3तिमी सोच्छौ कि तिमी दानियल भन्दा बुद्धिमान छौ! तिमी सम्झन्छौ कि तिमीले सारा रहस्यहरू जानेकाछौ।
4तू तुझ्या शहाणपणाने व अकलेने स्वत:साठी संपत्ती गोळा केली आहेस. तुझ्या खाजिन्यांत तू चांदी-सोने ठेवले आहेस.
4आफ्नो बुद्धि र ज्ञानबाट तिमीले सम्पत्ति कमायौं अनि तिमीले आफ्नो भण्डारमा सुन-चाँदी राख्यौं।
5तुझ्या शहाणपणाने आणि व्यापारामुळे तुझी संपत्ती वाढली आणि आता तुला त्यांचाच गर्व झाला आहे.
5आफ्नो तीव्र बुद्धि अनि व्यापारले गर्दा तिमीले सम्पत्ति बढायौं अनि त्यो सम्पत्तिले गर्दा तिमी घमण्डी भयौं।
6“म्हणून परमेश्वर, माझा प्रभू, पुढील गोष्टी सांगतो:सोर, तू स्वत:ला देवासारखी मसजतेस!
6यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ टायर, तिमीले सोच्यौं तिमी देवता जस्तै हौ।
7मी परक्यांना तुझ्याविरुद्ध लढण्यासाठी आणीन. ते राष्ट्रांमध्ये सर्वांत भयंकर आहेत. ते तलवारी उपसतील आणि तुझ्या शहाणपणाने मिळविलेल्या सर्व सुंदर गोष्टींचा नाश करतील. तुझे वैभव ते लयाला घालवितील.
7म विदेशीहरूलाई तिम्रो विरूद्धमा युद्ध गर्न लगाउँछु। तिनीहरू देश माझमा धेरै डरलाग्दा छन्, तिनीहरूले आफ्नो तरवार बाहिर निकाल्नेछन् अनि ती सुन्दर चीजहरूको विरूद्धमा चलाउनेछन् जुन तिमीले आफ्नो बुद्धिले कमायौं। तिनीहरूले तिम्रो गौरवलाई ध्वंश गरिदिनेछ।
8“ते तुला थडग्यात पोहोचवतील समुद्रात मेलेल्या नावाड्याप्रमाणे तुझी स्थिती होईल.
8तिनीहरूले तिमीलाई तल चिहानमा पुर्याउनेछन्। तिमी त्यो व्यापारी जस्तै हुनेछौ जो समुद्रमा मर्यो।
9माणूस तुला ठार मारेल. तरी तू त्याला “मी देव आहे.” असे म्हणशील का? नाही तो तुला ताब्यात घेईल. मग तुला समजेल की तू मानव आहेस, देव नव्हे!
9त्यो मानिसले तिमीलाई मार्नेछ। के अहिले सम्म तिमी भन्छौ, “म देवता हुँ?” त्यससमय उसले तिमीलाई आफ्नो अधिकारमा लिनेछ। त्यस समय तिमीले सम्झनेछौं कि तिमी मानिस मात्र हौं, परमेश्वर होइनौ।
10परका तुला परदेशीयांसारखे वागवेल आणि ठार करील. माझ्या आज्ञेमुळे ह्या गोष्टी घडतील.” परमेश्वर, माझा प्रभू, असे म्हणाला.
10तिमी परदेशीहरूको हातमा बेखतनाको मानिस झैं मर्नेछौ। यो हुने नै छ किनभने मैले यस्तो भनेकोछु।”‘ परमप्रभु मेरो मालिकले यी सब भन्नुभयो।
11मला परमेश्वराचे शब्द ऐकू आले तो म्हणाला,
11परमप्रभु मेरो मालिकको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,
12“मानवपुत्रा, सोरच्या राजाविषयीचे पुढील शोकगीत गा. त्याला सांग ‘परमेश्वर, माझा प्रभू, पुढील गोष्टी सांगतो “‘तू एक आदर्श माणूस होतास. तू ज्ञानी होतास. तू अतिशय देखणा होतास.
12“हे मानिसको छोरो, टायरको राजाको विषयमा दुखपूर्ण गीत गाऊ। उसलाई भन, ‘मेरो स्वामी परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमी आदर्शवाद मानिस थियौं, तिमी बुद्धिले परिपूर्ण थियौं, तिमी पूर्णत सुन्दर थियौ।
13तू एदेनमध्ये राहात होतास. एदेन हा देवाचा बाग आहे. तुझ्याजवळ माणके, पुष्कराज, हिरे, लसणा, गोमेद, सूर्यंकांत मणी, नीलमणी, वैदूर्य पाच अशी सर्व प्रकारची मोल्यवान रत्ने होती, आणि ती सर्व सोन्याच्या कोंदणात बसविलेली होती. ज्या दिवशी तुला निर्माण केले त्याच दिवशी तुला हे सौदंर्य देण्यात आले. देवाने तुला सामर्थ्यशाली केले.
13तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो, माणिक, लालमणि, पुष्पराज, पन्ना, पीनमणि, हीरा, फिरोजा, गोमेद, आनिकस अनि जस्पर नीलम, हरितमणि अनि नीलामणि अनि हेरक रत्नमा सुन जडिएको थियो। तिनीहरूलाई यो सुन्दरता दिएको थियो जुन दिन तिम्रो सृजना गरिएको थियो, तिनीहरू तिम्रो लागि तयार गरिए। परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो।
14तू एक अभिषिक्त करुब होतास तुझे पंख माझ्या सिंहासनावर पसरत. मी तुला देवाच्या पवित्र पर्वतावर ठेवी. तू रत्नांतून हिंडत होतास आणि अग्नीप्रमाणे तळपत होतास.
14तिमी चुनिएका करूब स्वर्गदूत थियौं। तिम्रो पखेटा मेरो सिंहासन सम्म फैलिएको थियो अनि मैले तिमीलाई परमेश्वरको पवित्र पर्वतमा राखें। तिमी त्यो रत्नको बीचमा हिँड्‌यौ जुन आगो जस्तै दन्किरहेको थियो।
15मी तुला निर्मिले, तेव्हा तू सज्जन व प्रामाणिक होतास. पण नंतर तू दुष्ट झालास.
15तिमी असल अनि ईमान्दार थियौं जब मैले तिमीलाई बनाएँ। तर त्यसपछि तिमीमा दुष्ट कुरो पाइयो।
16तुझ्या व्यापाराने तुला खूप संपत्ती मिळवून दिली खरी, पण त्याने तुझ्यात क्रूरपणा निर्माण झाला, आणि तू पाप केलेस. म्हणून मी तुला एखाद्या घाणेरड्या गोष्टीसारखी वागणूक दिली. मी तुला देवाच्या पर्वतावरुन फेकून दिले. तू एक खास अभिषिक्त करुब देवदूत होतास, तुझे पंख माझ्या सिंहासनावर पसरत होते, पण मी तुला, अग्नीप्रमाणे तेजस्वी असलेल्या रत्नांपासून, सक्तीने दूर केले.
16तिम्रो व्यापारले तिमीकहाँ धेरै सम्पत्ति ल्यायो तर त्यसले तिमीभित्र क्रुरता उत्पन्न गरायो अनि तिमीले पाप गर्यौं। यसकारण मैले तिमीसँग यस्तो व्यवहार गरें, मानौं तिमी अपवित्र चीज हौ। मैले तिमीलाई परमेश्वरको पर्वतमा फ्याँकिदिएँ। तिमी विशेष करूब स्वर्गदूतहरू मध्ये एक थियौ तिम्रो पखेटा मेरो सिंहासनमा फैलिएको थियो, तर मैले तिमीलाई आगो जस्तो चम्किने रत्नहरू छोड्न बाध्य गराएँ।
17तुझ्या सौंदर्यांने तुला गर्विष्ठ बनविले. तुझ्या वैभवाने तुझ्या ज्ञानाचा नाश केला. म्हणून मी तुला खाली जमिनीवर लोटले. आता इतर राजे तुझ्याकडे डोळे विस्फारुन पाहतात.
17तिमी आफ्नो सुन्दरताको कारण घमण्डी भयौं, तिम्रो घमण्डले तिम्रो बुद्धि नष्ट पार्यो, यसैकारण मैले तिमीलाई तल जमीनमा ल्याएँ अनि राजाहरूको अघि फ्याँकें ताकि तिनीहरू तिम्रो विनाश देख्न सकुन्।
18तू खूप चुका केल्यास तू कपटी व्यापारी झालास आणि अशा तऱ्हेने, तू पवित्र स्थान अपवित्र केलेस. म्हणून मी तुझ्यातील आगीनेच तुला जाळीन. जमिनीवर तू राख होऊन पडशील. आता सर्वजण तुझी लाजिरवाणी स्थिती पाहू शकतात.
18तिमीले धेरै नराम्रो काम गर्यौ, तिमी अत्यन्तै कपटी व्यापारी थियौ। यसप्रकारले तिमीले पवित्र स्थानहरू अपवित्र बनायौ, यसैकारण मैले तिमीभित्र आगो ल्याई दिए, यसकारण तिमीलाई जलायो अनि तिमी जमीनमा खरानी भयौं। अब प्रत्येकले तिम्रो लाज देख्नेछन्।
19तुझी अशी स्थिती पाहून इतर राष्ट्रांतील लोकांना धक्का बसला. तुझ्या बाबतीत जे घडले, ते पाहून लोक भयभीत होतील. तुझा शेवट झाला!”
19अरू देशको सबै मानिसहरू, तिमीमाथि जे घट्यो, त्यसको लागि शोक ग्रस्त थिए। तिमीमाथि जे घट्यो त्यो देखेर मानिसहरू भयभीत भए। तिमी अन्त भयौ।”‘
20मला परमेश्वराचा संदेश मिळाला, तो म्हणाला,
20परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,
21“मानवपुंत्रा, सीदोनकडे पाहा व माझ्यावतीने तिच्याविरुद्ध असलेला संदेश तिला दे.
21“हे मानिसको छोरो, सीदोनमाथि ध्यान देऊ, अनि त्यस ठाँउको विरूद्धमा मेरो लागि केही भन।
22सांग, ‘परमेश्वर, माझा प्रभू, पुढील गोष्टी सांगतो. “सीदोन, मी तुझ्याविरुद्ध आहे! तुझे लोक माझा मान राखायला शिकतील. मी सिदोनला शिक्षा करीन. मग लोकांना कळेल की मीच परमेश्वर आहे, मी पवित्र आहे. व ते त्याप्रमाणे माझ्याशी आचरण करतील.
22भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ सीदोन म तिम्रो विरूद्धमा छु। तिम्रा मानिसहरूले मलाई सम्मान गर्न सिक्नेछन्, म सीदोनलाई दण्ड दिन्छु, त्यसपछि मानिसहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ। त्यसपछि तिनीहरूले सम्झनेछन् कि म पवित्र छु। अनि मलाई तिनीहरूले त्यो रूपमा लिनेछन्।
23मी सीदोनला रोगराई व मृत्यू पाठवीन. शहराबाहेरील तलवार (शत्रूसैनिक) तो मृत्यू आणील. मगच त्यांना कळून चुकेल की मी परमेश्वर आहे.”
23म सीदोनमा रोग अनि मृत्यु पठाउँछु, शहरहरूको बाहिर तरवारले त्यो मृत्यु ल्याउँनेछ। त्यसपछि उसले सम्झनेछ कि म परमप्रभु हुँ।”‘
24“इस्राएलच्या सभोवतालच्या देशांनी इस्राएलचा तिरस्कार केला. पण त्यांचे वाईट होईल. मग इस्राएलच्या लोकांना बोचणारे तीक्ष्ण सुरे वा काटेरी झुडुपे उरणार नाहीत, व त्यांना समजून येईल की मीच परमेश्वर, त्यांचा प्रभू आहे.”
24“‘अतीत कालमा, इस्राएललाई त्यसको चारैतिरका देशहरूले घृणा गर्थे। अब उसो तिनीहरूको वरीपरीका सबै देशहरूबाट कष्ट दिनलाई कुनै तीखा काँढाहरू अथवा सिउँडी रहने छैन। त्यसपछि तिनीहरूले जान्नेछन् म मात्र परमप्रभु तिनीहरूको मालिक हुँ।”
25परमेश्वर, माझा प्रभू, पुढील गोष्टी सांगतो “मी इस्राएलच्या लोकांना इतर राष्ट्रांत विखुरविले. पण मी पुन्हा त्यांना एकत्र आणीन मग त्या राष्ट्रांना मी पवित्र असल्याचे कळेल व ते माझ्याशी त्याप्रमाणे वागतील. त्या वेळी, माझा सेवक याकोब याला मी दिलेल्या भूमीवर इस्राएल लोक राहतील.
25परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म इस्राएल परिवारलाई जो अन्य राष्ट्रहरूमा तितर-बितर भएकाछन् म तिनीहरूलाई भेला पार्नेछु। अनि ती राष्ट्रहरूले देख्नेछन् कि म पवित्र हुँ। त्यस समय इस्राएलका मानिसहरू त्यो देशमा बस्नेछन् जुन देश मेरो दास याकूबलाई दिएँ।
26“ते त्या भूमीवर सुरक्षितपणे राहतील. ते घरे बांधतील व द्राक्षमळे लावतील. त्यांचा तिरस्कार करणाऱ्या सभोवतालच्या राष्ट्रांना मी शिक्षा करीन. मग इस्राएलचे लोक निर्भयपणे राहतील व त्यांना पटेल की मीच त्यांचा परमेश्वर देव आहे.”
26तिनीहरू त्यो देशमा सुरक्षित रहनेछन्। तिनीहरूले घर बनाउँनेछन् अनि दाखको बोट लगाउनेछन्। म त्यसको चारैतिरको राष्ट्रहरूलाई दण्ड दिन्छु जसले तिनीहरूलाई घृणा गरे। त्यसपछि इस्राएलका मानिसहरू सुरक्षित रहनेछन्। अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”