1परागंदा काळाच्या बाराव्या वर्षाच्या बाराव्या महिन्याच्या (मार्चच्या) पहिल्या दिवशी, मला परमेश्वराचा संदेश मिळाला. तो म्हणाला,
1देशबाट निकालिएको बार्हौं वर्षको बाह्रौं महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
2“मानवपुत्रा, मिसरचा राजा फारो ह्याच्यासाठी हे शोकगीत गा. त्याला सांग: “तू स्वत:ला राष्ट्रांमध्ये उन्मत्तपणे चालणारा बलिष्ठ तरुण सिंह समजलास. पण खरे म्हणजे तू तळ्यांतील मगरी प्रमाणे आहेस. तू प्रवाहातून रेटा देऊन मार्ग काढतोस तुझ्या पायाने पाणी गढूळ करतोस, मिसरच्या नद्या घुसळून काढतोस.”
2“हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दुखको गीत गाऊ। उनलाई भन “‘तिमीले सोचेको थियौ तिमी शक्तिशाली जवान सिंह हौ। देशहरूमा घमण्डसँग घुम्दै थियौ तर साँच्चै तिमी एक अजिङ्गर जस्तै हौ। तिमी पानीको प्रवाहलाई ठेल्दै बाटो बनाउँछौ, अनि आफ्नो खुट्टाले पानी छ्याप्दै, नदीहरू माटै-माटो बनायौ। तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ।”‘
3परमेश्वर, माझा प्रभू, पुढील गोष्टी सांगतो: “मी पुष्कळ लोकांना एकत्र जमविले आहे. आता मी माझे जाळे तुझ्यावर फेकीन. मग ते लोक तुला आत ओढून घेतील.
3परमप्रभु मेरा मालिक यी कुराहरू भन्नुहुन्छ “मैले धेरै मानिसहरूलाई एकै ठाँउमा जम्मा पारेकोछु। अब म तिमीमाथि आफ्नो जाल फिजाँउछु। त्यसपछि तिनीहरूले तिमीलाई तान्नेछन्।
4मग मी तुला कोरड्या जमिनीवर टाकीन. मी तुला शेतांत टाकीन. सर्व पक्षी येऊन तुला खाऊ देत. सर्व ठिकाणचे सगळे हिंस्र प्राणी येऊन तुला खाऊन तृप्त होऊ देत.
4त्यसपछि तिमीलाई सुख्खा जमीनमा झारिदिन्छु! म तिमीलाई खेतमा फ्याँकिदिन्छु। तिमीलाई खानका निम्ति म सबै पंक्षीहरू बोलाउँछु। म प्रत्येक ठाँउबाट जङ्गली पशुहरू तिमीलाई खान अनि पेट भर्नका निम्ति बोलाउँछु।
5मी तुझ्या मृत शरीराचे तुकडे पर्वतावर फेकीन आणि त्या तुकड्यांनी दऱ्या भरुन टाकीन.
5म तिम्रो शरीरलाई पर्वतमाथि तितर-बितर पार्छु। म तिम्रो लाशले बेंसीहरू भरिदिन्छु।
6मी तुझे रक्त डोंगारांवर ओतीन. ते जमिनीत मुरेल. नद्याही रक्ताने भरतील.
6म तिम्रो रगतले पहाड भिजाउनेछु अनि भूमिमा सोसाउँछु। अनि खोला नालाहरू पनि त्यसैले भरिनेछन।
7मी तुला अदृश्य करीन. मी आकाश झाकीन व तारे निस्तेज करीन. मी सूर्याला ढगाने झाकीन. आणि चंद्रप्रकाश पडणार नाही.
7म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु। म सूर्यलाई बादलले ढाकिदिन्छु अनि चन्द्रमा चम्किने छैन।
8तुझ्यावर पडणारा आकाशातील सर्व प्रकाश मी निस्तेज करीन. मी तुझ्या संपूर्ण देशाला अंधारात ठेवीन.” माझा प्रभु परमेश्वर ह्या गोष्टी म्हणाला आहे.
8म सबै चम्किने ज्योतिहरूलाई आकाशमा तिमीमाथि कालो बनाई दिन्छु। म तिम्रो सबै देशमा अँध्यारो पारिदिन्छु।” परमप्रभु मेरा मालिक भन्नुहुन्छ।
9“मी तुझा नाश करण्यासाठी शत्रूला आणले हे ऐकून पुष्कळ लोक अस्वस्थ व दु:खी होतील. तुला अनोळखी असलेली राष्ट्रेसुध्दा अस्वस्थ होतील.
9“अनि जब म तिमी टुक्रिएका टुक्राहरू अन्य राष्ट्रहरू र देशहरूमा जुन तिमी चिन्दैनौ ल्याउनेछु, धैरे मानिसहरूको हृदयमा कष्ट पुराइदिनेछु।
10तुझ्याकडे पाहून खूप लोकांना धक्क बसेल. मी माझी तलवार परजताच, त्या लोकांचे राजे अत्यंत भयभीत होतील. तुझ्या पतनाच्या दिवशी, क्षणाक्षणाला, ते थरथर कापतील. प्रत्येकाला आपल्या जीवाचे भय वाटेल.”
10म धेरै मानिसहरलाई तिम्रा विषयमा चकित पार्नेछु। तिनीहरूका राजा त्यस समय तिम्रो निम्ति भयभीत हुनेछन्, किनभने जब म उनको सामन्नेमा आफ्नो तरवार चलाउँछु दिनको प्रत्येक क्षणमा जब तिमी तल जान्छौ राजा डरले काम्नेछ। प्रत्येक राजा आफ्नो जीवनको निम्ति डराउनेछ।”
11का? कारण परमेश्वर, माझा प्रभू. पुढील गोष्टी सांगतो: “बाबेलच्या राजाची तलवार तुमच्यावर उपसली जाईल.
11किन? किनकि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “बाबेलको राजाको तरवार तिम्रो विरूद्धमा युद्ध गर्नु आउँछ।
12लढाईत, त्या सैनिकांकरवी मी तुमचे लोक मारीन. ते सर्वांत भयंकर अशा राष्ट्रांतून आलेले सैनिक आहेत. मिसरच्या अभिमानास्पद गोष्टी ते लुटतील. मिसरच्या लोकांचा नाश केला जाईल.
12म ती सैनिकहरूको उपयोग गरेर तिम्रो मानिसहरूलाई युद्धमा मार्न लगाउँनेछु। ती सैनिकहरू देशमा सबै भन्दा डरलाग्दा देशहरूबाट आएको हुनेछन्। तिनीहरूले मिश्रको त्यो चीजहरूलाई नष्ट गरिदिनेछन् जसको घमण्ड मिश्रले गर्छ। मिश्रका मानिसहरूलाई नष्ट गरिदिइनेछ।
13मिसरच्या नद्यांच्या काठी असणाऱ्या सर्व प्राण्यांचा नाश होईल. ह्यापुढे लोकांच्या पायामुळे पाणी गढूळ होणार नाही. तसेच गुरांच्या खुरांमुळेही ते खराब होणार नाही.
13मिश्रका नदीहरूको किनारमा धेरै पशुहरूछन्। म ती पशुहरूलाई पनि नष्ट गरिदिन्छु। मानिसहरूले भविष्यमा आफ्नो खुट्टाले पानी मैला पार्नेछैनन्।
14मी मिसरचे पाणी शांत करीन. नद्यांचा प्रवाह मंद करीन. त्यांना तेलाप्रमाणे निसरड्या करीन.” परमेश्वर, माझा प्रभू, असे म्हणाला,
14यस्तो प्रकारले म मिश्रको पानीलाई शान्त बनाइदिन्छु, म त्यसको नदीहरूलाई मन्द गति बगाउँनेछु, त्यो तेल जस्तै बग्ने छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो,
15“मी मिसरची भूमी ओसाड करीन. त्यातील सर्व काही नष्ट होईल मिसरमध्ये राहणाऱ्या सर्व लोकांना मी शिक्षा करीन. मगच त्यांना ‘मी देव व प्रभू’ असल्याचे समजेल.
15“म मिश्र देशलाई रित्तो बनाइदिन्छु, त्यसले प्रत्येक चीज हराउनेछ। म मिश्रमा बस्ने सबैलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ!
16“लोक मिसरसाठी शोकगीत गातील. इतर राष्ट्रांतील मुलीही (गावे) त्याच्यासाठी शोकगीत गातील. त्या मिसर व त्याचे लोक यांच्यासाठी ते गीत गातील.” देव, माझा प्रभू, असे म्हणाला.
16“यो एउटा विलापको गीत हो, जुन मानिसहरूले मिश्रका निम्ति गाउँछन्। अर्को देशहरूका छोरीहरूले (शहरहरू) मिश्रको विषयमा यो दुखको गीत गाउनेछन्। तिनीहरूले यो मिश्र अनि त्यसको सबै मानिसहरूको विषयमा दुखको गीत गाउँनेछन्।” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।
17परागंदा काळातील बाराव्या वर्षांच्या त्याच महिन्याच्या पंधराव्या दिवशी मला परमेश्वराचा संदेश मिळाला तो म्हणाला,
17देशबाट निकालिएको बाह्रौं वर्षमा त्यही महीनाको पन्ध्रौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
18“मानवपुत्रा, मिसरच्या लोकांसाठी शोक कर. मिसरला आणि बलाढ्य राष्ट्रांच्या मुलींना थडग्याकडे ने. त्यांना जमिनीखाली ने. म्हणजे ते खोल विवरात गेलेल्या लोकांच्यामध्ये राहतील.
18“हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रूँनु। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्।
19“मिसर, तू कोणापेक्षाही चांगला नाहीस. मृत्युलोकांत जा. त्या परदेशीयांबरोबर जाऊन पड.
19“मिश्र तिमी अरूभन्दा असल छैनौ। तल मृत्युको ठाँउमा जाऊ। जाऊ अनि बेखतनेहरूसित सुत।
20“लढाईत मारल्या गेलेल्या लोकांत मिसर जाऊन पडेल. शत्रूने त्याला व त्याच्या सर्व लोकांना ओढून नेले आहे.
20“मिश्रलाई ती अरूहरू सबै मानिसहरूसँग जानुपर्छ जुन युद्धमा मारिएका थिए। शत्रुले उ अनि उसका मानिसहरूलाई टाडा तानेर लगे।
21“बलवान व शक्तिशाली लोक युद्धात मारले गेले. ते परदेशी मृत्युलोकात गेले. तेथून ते मिसरशी व त्याच्या साहाय्यकर्तांशी बोलतील ते सुद्धा युद्धात मारले गेले.
21“बलिया अनि शक्तिशाली नेताहरू युद्धमा मारिए। ती खतना नभएका मानिसहरू मृत्युको भूमिमा गए। तिनीहरू मिश्रसित अनि यसको सहायकहरू त्यस ठाउँबाट बात गर्नेछन्।
22[This verse may not be a part of this translation]
22“अश्शूर अनि त्यसको सबै सेना मृत्युको ठाँउमा छन्। अश्शूरका ती सबै सैनिकहरू युद्धमा मरिएका थिए। तिनीहरूको चिहान अरूको चिहान वरिपरि छन्।
23[This verse may not be a part of this translation]
23तिनीहरूको चिहानहरू अत्यन्तै गहिरो खाडल भित्र छन्। अश्शूरका सबै सेनाहरू युद्धमा मारिएका थिए। अनि तिनीहरूको चिहानहरू उसको चिहानको चारैतिर छन्। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे।
24“एलाम तेथेच आहे व तिच्या थडग्याभोवती त्याचे सर्व सैन्य आहे. ते सर्व लढाईत मारले गेले. ते परदेशी जमिनीखाली खोल गेले. ते जिवंत असताना, लोक त्यांना घाबरत. पण जमिनीखालच्या खोल विवरात त्यांनी आपल्याबरोबर आपली अप्रतिष्ठाही नेली.
24“एलाम त्यहाँ छ अनि उसका सबै सेनाहरू उसको चिहानको चारैतिर छन्। तिनीहरू सबै युद्धमा मारिएका थिए। ती बेखतने मानिसहरू पृथ्वीको गहिरो भागमा गए। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। तर तिनीहरूले तिनीहरूको लाज तिनीहरूसितै लिए र गहिरो खाडल भित्र गए।
25त्यांनी एलाम व युद्धात मारल्या गेलेल्या सैनिकांसाठी शय्या तयार केली. एलामच्या थडग्याभोवती त्याचे सैनिक आहेत. ते सर्व परदेशी युद्धात मारले गेले. ते जिवंत होते, तेव्हा त्यांनी लोकांना घाबरविले. पण जमिनीखाली खोल विवरात त्यांनी आपल्याबरोबर आपली अप्रतिष्ठाही नेली. त्यांना मारल्या गेलेल्या इतर लोकांबरोबर ठेवले गेले.
25तिनीहरूले एलाम र उसका सैनिकहरूका निम्ति ओछ्यान लगाइ दिए जो युद्धमा मारिए। एलामका सबै मानिसहरू उसको चिहानको वरिपरि छन्। सबै खतना नभएकाहरू जो युद्धमा मारिए जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भएभीत बनाए। तर अहिले तिनीहरू जालसित तल गहिरो खाल्डाभित्र गए। तिनीहरूलाई जो पहिले मारिएका थिए तिनीहरूसितै राखियो।
26“मेशेख, तुबाल आणि त्यांचे सैन्यही तेथेच आहेत. त्यांची थडगी सभोवती आहेत. ते सर्व परदेशी लढाईत मारले गेले. त्यांनी जिवंतपणी लोकांना घाबरविले.
26“मेशेक, तूबल अनि त्यसको सम्पूर्ण सेनाहरू त्यहाँ छन्। तिनीहरूको चिहानहरू चारैतिर छन्। यी बेखतनाहरू सबै युद्धमा मारिएका थिए। जब यिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे।
27पण ते आता पूर्वीच मृत्यू पावलेल्या बलवान लोकांबरोबर पडून आहेत. त्यांना त्यांच्या शस्त्रांबरोबर पुरले. त्यांच्या तलवारी त्यांच्या डोक्याखाली ठेवल्या आहेत. पण त्यांचे पाप त्यांच्या हाडांवर आहे. का? कारण जिवंत असताना त्यांनी लोकांना घाबरविले.
27तर अब तिनीहरू धेरै अघि मारिएका शक्तिशाली मानिसहरूसित लडिरहेका छन्। तिनीहरू आफ्नो आफ्नो युद्धको हतियारहरूसितै गाडिएका छन। तिनीहरूको टाउको मुनि तिनीहरूका तरवारहरू राखिएको छन्। तर तिनीहरूको पापले तिनीहरूको हड्डी ढाकेको छ। किनभने जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई आतंकित पार्थे।
28“मिसर, तुझासुद्धा नाश होईल. तू सुद्धा त्या परदेशी लोकांच्यात जाऊन पडशील. युद्धात मारल्या गेलेल्या सैनिकांच्यामध्ये तू जाशील.
28“मिश्र! तिमी पनि नष्ट हुनेछौ। तिमी ती बेखतनेहरूसँग पसारिने छौ। तिमी ती सैनिकहरूसँग सुत्नैछौ जो युद्धमा मारिएका छन्।
29“तेथे अदोमसुद्धा आहे, तिच्याबरोबर तिचे राजे व नेते आहेत. ते सुद्धा शक्तिशाली होते. पण आता ते युद्धात मारल्या गेलेल्या इतर लोकांबरोबर पडतात. ते परदेशी लोकांवर पडून आहेत. ते खोल विवरात गेलेल्या लोकांबरोबर तेथे आहेत.
29“एदोम पनि त्यहीं छ। त्यसको राजा अनि अरू शासकहरूसित त्यहाँ छ। ती शक्तिशाली सैनिकहरू पनि छन्। तिनीहरू अब अरूहरूसँग पसारिएका छन्, जो युद्धमा मरेका थिए। ती बेखतनेहरूसित पसारिएका छन्। तिनीहरू ती मानिसहरूसँग पातालमा गएका छन्।
30“उतरेकडचे सर्वच्या सर्व राज्याकर्ते तेथे आहेत. सीदोनचे सर्व सैनिकही तेथे आहेत. त्यांच्या बळाला लोक घाबरले. पण ते आता शरमले आहेत. ते परदेशी, युद्धात मारल्या गेलेल्या लोकांच्यामध्ये पडून आहेत. त्यांनी त्या खोल विवरात जाताना स्वत:ची अप्रातिष्ठाही स्वत:बरोबर नेली.
30“उत्तरका सबै शासकहरू त्यहीं छन्। त्यहाँ सीदोनको सबै सैनिकहरूछन्। तिनीहरूको शक्तिले मानिसहरू डराउँथे। तर तिनीहरू लज्जित थिए। ती खतना नभएका मानिसहरूसित अरू मानिसहरूसँग जो युद्धमा मारिएका थिए त्यहाँ सुत्ने छन्। तिनीहरू आफ्नो लाज आफूसँग लिएर तल गहिरो पातालमा गए।
31“फारोला मृत्युलोकात गेलेले लोक दिसतील. तो आणि त्याच्या बरोबरचे इतर लोक मग समाधान पावतील. हो! फारो आणि त्याचे सर्व सैन्य युध्दात मारले जाईल.” परमेश्वर, माझा प्रभू, असे म्हणाला,
31“फिराऊनले ती मानिसहरूलाई देख्नेछन्, जो मृत्यु स्थलमा पुगेका छन् अनि उसका आफ्ना मानिसहरूलाई शान्ति हुनेछ। हो, फिराऊन अनि उसका सेनाहरू युद्धमा मारिने छन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
32“फारो जिवंत असताना, मी लोकांना त्याची भीती दाखविली. पण आता तो परदेशी लोकांबरोबर पडेल. युद्धात मारल्या इतर सैनिकांबरोबर फारो व त्याचे सर्व सैन्य पडेल.” परमेश्वर, माझा प्रभू, असे म्हणाला.
32“जति बेला फिराऊन जीवित थियो, उसले मानिसहरूलाई भयभीत गरायो। तर अब उसलाई सबै खतना नभएकाहरूसित सुताइनेछ। फिराऊन अनि उसको सेनाहरू ती सबै अरू सैनिकहरूसँग सुत्ने छन्, जो युद्धमा मरिसकेका छन्।” परमप्रभु मेरो मलिकले यसो भन्नुभयो।