Marathi

Nepali

Isaiah

10

1अन्यायकारक कायदे करणाऱ्यांकडे पाहा घातक निर्णय लिहिणाऱ्या लेखकांकडे पाहा, लोकांना जगणे कठीण होईल असे कायदे ते करतात.
1कानून बनाउनेहरूलाई हेर। तिनीहरू कुटिल कानूनहरू लेख्दछन्। कानूनहरूले अन्यायपूर्ण फैसला दिन्छन्।
2ते गरिबांशी न्यायाने वागत नाहीत. गरिबांचे हक्क ते डावलतात. विधवांना व अनाथांना लुबाडण्यास ते लोकांना मुभा देतात.
2ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पत्तिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए।
3कायदे करणाऱ्यांनो, तुम्हाला तुमच्या कृत्याचा जाब द्यावा लागेल, तेव्हा तुम्ही काय सांगाल? दूरच्या देशातून तुमचा विध्वंस येत आहे. तेव्हा मदतीसाठी कोठे धावाल? तुमची धनसंपत्ती तेव्हा उपयोगी पडणार नाही.
3कानून बनाउनेहरू हो! तिमीहरूले गरेका प्रत्येक कुराको लेख दिनु पर्नेछ। त्यसबेला तिमीहरू के गर्नेछौ? तिमीहरूको विनाशको समय सुदूर देशबाट आइरहेछ। कहाँ भागेर सहयोग माग्ने छौ? तिमीहरूका रूपिंया-पैसा र धनले तिमीहरूलाई मद्दत दिने छैन।
4कैद्याप्रमाणे तुम्हाला वाकावे लागेल, मृताप्रमाणे तुम्हाला जमिनीवर पडावे लागेल. पण एवढ्यानेही भागणार नाही. कारण अजूनही देवाचा राग शांत झाला नसेल. अजूनही देव शिक्षा करण्याच्या तयारीत असेल.
4तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।
5देव म्हणेल, “मी अश्शूरचा उपयोग छडीप्रमाणे करीन. रागाच्या भरात मी अश्शूरकडून इस्राएलला शिक्षा करीन.
5परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।
6पापे करणाऱ्या लोकांविरूध्द लढण्यासाठी मी अश्शूरला पाठवीन. मला त्या लोकांचा अतिशय राग आला आहे म्हणून मी अश्शूरला त्यांच्यावर चाल करून जाण्याची आज्ञा करीन. अश्शूर त्यांचा पराभव करील व त्यांची सर्व संपत्ती लुटून नेईल. रस्त्यातील कचऱ्याप्रमाणे इस्राएल अश्शूरच्या पायाखाली तुडविला जाईल.
6म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिइने मैला-हिलो भएको ठाउँ हुनेछ।
7“पण मी अश्शूरचा उपयोग करून घेणार आहे हे त्याला कळत नाही. मी त्याचा साधन म्हणून उपयोग करीन असे त्याच्या लक्षात येत नाही. अश्शूरला फक्त इतर लोकांचा नाश करायचा आहे, खूप राष्ट्रांचा घात करण्याचा त्याचा बेत आहे.
7“मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्शूरले बुझ्दैन्। अश्शूरले ऊ आफू मेरो एक कठ्पुतली हो भन्ने बुझ्दैनन्। अश्शूर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्शूरले अन्य जातिहरूलाई ध्वंश गर्ने योजना मात्र गर्दछ।
8कदाचित् आपण जिंकलेल्या आणि त्याच्या हुकमतीखाली असलेल्या प्रदेशांच्या राजांचा अश्शूर येथे निर्देश करत असेल. अश्शूर स्वत:शीच म्हणतो, ‘माझे सर्व राजपुत्र राजेच नाहीत का?
8अश्शूरले आफू स्वयंलाई भन्दछ, ‘मेरा सारा अगुवाहरू राजाहरू जस्ता हुन्!
9कालनो शहर कर्कमीश शहरासारखे, हमाथ अर्पादसारखे व शोमरोन दमास्कससारखे आहे.
9कल्नो शहर कर्कमीश शहर जस्तो हो। अनि अर्पाद हमात शहर जस्त हो। सामरिया शहर दमीशक शहर जस्तो हो।
10मी त्या दुष्ट राज्यांचा पराभव केला आणि आता मी त्यांच्यावर सत्ता गाजवितो. त्यांच्या पूजेच्या मूर्ती यरूशलेममधील व शोमरोनमधील मूर्तीपेक्षा चांगल्या आहेत.
10मैले ती अनिष्ट राज्यहरूलाई पराजित गरें अनि अहिले तिनीहरूलाई आफ्नो नियन्त्रणमा राखेको छु। ती मानिसहरूले पूज्ने मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरू भन्दा अति उत्तम खालका छन्।
11मी शोमरोनचा व तेथील मूर्तीचा पराभव केला. तसेच मी यरूशलेमचे करीन.”‘
11मैले सामरिया र त्यसका मूर्तिहरूलाई पराजित गरें। के म यरूशलेम अनि त्यहाँका मानिसहरूले बनाएका मूर्तिहरूलाई पराजित नगरौं?”‘
12सीयोनचा डोंगर व यरूशलेम यांच्याबाबतीत योजलेल्या गोष्टी माझा परमेश्वर पार पाडील. नंतर तो अश्शूरला शिक्षा करील. अश्शूरचा राजा फार गर्विष्ठ आहे. त्याच्या अहंकारामुळे त्याने अनेक दुष्कृत्ये केली आहेत. म्हणून परमेश्वर त्याला शिक्षा करील.
12मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।
13अश्शूरचा राजा म्हणतो, “मी फार सुज्ञ आहे. माझ्या चातुर्याच्या व सामर्थ्याच्या बळावर मी फार मोठ्या गोष्टी केल्या आहेत. मी पुष्कळ राष्ट्रंाना पराभूत केले आहे. मी त्यांची संपत्ती लुटली आणि तेथील लोकांना गुलाम केले. मी फार सामर्थ्यवान आहे.
13अश्शूरका राजाले भन्छन्, “म मात्र ज्ञानी छु। मेरो आफ्नै विवेक र शक्तिद्वारा धेरै कुराहरू गरें। मैले धेरै जातिहरूलाई पराजित गरें। मैले तिनीहरूका सम्पत्ति खोसें। अनि तिनीहरूका मानिसहरूलाई दास बनाएँ। म एकदम शक्तिशाली मानिस हुँ।
14पक्ष्याच्या घरट्यातून एखाद्याने सहज अंडी काढून घ्यावीत त्याप्रमाणे माझ्या ह्या दोन हातांनी ह्या सवंर्ाची संपत्ती घेतली आहे. पक्षी नेहमी घरटी व अंडी सोडून जातो. आणि घरट्याचे रक्षण करण्यास कोणीच नसते. तेथे एकही पक्षी चिवचिवाट करायला अथवा पंख व चोच ह्याने टोचा मारायला नसतो. त्यामुळे लोक सहज अंडी काढून घेऊ शकतात. अगदी असेच मी सर्व जगातील माणसांना लुटले. मला थांबविणारा कोणीही नव्हता.”
14मेरा आफ्नै हातहरूले ती मानिसहरूका धन सम्पत्तिहरू लगेको छु जसरी एक मानिसले चराको गुँडबाट अण्डाहरू लैजान्छ। चराले प्रायः आफ्नो गुँड र अण्डाहरू छोड्छ। अनि त्यसलाई रक्षा गर्ने कोही पनि हुदैन्। त्यहाँ कुनै पनि चराले कराउँदै आफ्ना पखेटाहरू अथवा चूँ-चूँ गर्दै लडाइँ गर्न सक्तैन। यसैकारण मानिसहरूले अण्डाहरू लाने गछर्न्। त्यस्तै प्रकारले पृथ्वीमा त्यस्तो कुनै मानिस छैन जसले मलाई मानिसहरू लैजानदेखि रोक्न सक्छ।”
15कुऱ्हाड चालविणाऱ्यापेक्षा, कुऱ्हाड श्रेष्ठ नसते. करवत, कापणाऱ्यापेक्षा श्रेष्ठ व सामर्थ्यवान आहे. एखाद्या माणसाने एखादी काठी उचलून तिने एखाद्याला शिक्षा करावी व त्याबद्दल काठीने स्वत:ला त्या माणसापेक्षा श्रेष्ठ व सामर्थ्यवान समजावे, तसेच हे आहे.
15मानिस भन्दा बञ्चरो राम्रो होइन जसले बञ्चरोले काट्ने काम गर्छ। मानिस भन्दा आरी राम्रो होइन जसले आरीद्वारा चिर्ने काम गर्छ। अनि मानिस भन्दा लौरो धेरै शक्तिशाली होइन जसले कसैलाई दण्ड दिन यसलाई प्रयोग गर्छ।
16अश्शूर स्वत:ला श्रेष्ठ समजतो पण सर्वशक्तिमान परमेश्वर एक भयानक रोग अश्शूरमध्ये पसरवील. ज्याप्रमाणे रोगी माणसाचे वजन घटते, त्याप्रमाणे अश्शूरचे वैभव व सामर्थ्य घटेल. नंतर अश्शूरचे वैभव नष्ट होईल. तो रोग सर्वभक्षक आगीप्रमाणे असेल.
16सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुञ्ञेलसम्म आगो जस्तै बलि रहनेछ।
17इस्राएलचा प्रकाश (देव) अग्नीप्रमाणे होईल. पवित्र देव ज्वालेप्रमाणे होईल. तण व काटेकुटे प्रथम जाळणाऱ्या आग्रीप्रमाणे तो असेल.
17इस्राएलको ज्योति त्यस्तै एक आगो हो। त्यही परमपवित्र मात्र आगोका ज्वाला स्वरूप हुनुहुन्छ। उहाँ आगो जस्तै हुनुहुन्छ जसले पहिले सिउँडीहरू र काँढाहरू जलाउँछ।
18नंतर आग पसरते आणि मोठे वृक्ष, द्राक्षमळे जळून जातात. व सर्वांत शेवटी प्रत्येक गोष्ट जळून नष्ट होते-अगदी माणसेसुध्दा, तसेच तेव्हा होईल आणि अश्शूरचा देवाकडून नाश होईल. अश्शूर कुजणाऱ्या ओंडक्याप्रमाणे होईल.
18तब आगो ठूलो हुन्छ, ठूला-ठूला रूखहरू अनि ठूला अङ्गुरका बोटहरूलाई खरानीमा परिणत गर्छ। अन्तमा प्रत्येक वस्तु यस प्रकारले नाश हुन्छ कि त्यहाँ एक जना मानिस रहने छैन्। अश्शूर यस प्रकारले डडेको मुडा जस्तै नष्ट हुनेछ।
19हाताच्या बोटावर मोजण्याइतके वृक्ष जंगलात उभे असतील. लहान मूलही ते मोजू शकेल.
19त्यहाँ वनमा केही रूखहरू मात्र छोडिनेछ। ती छाडिएका रूखहरू नानीहरूले पनि ती गनेर लेख्न सक्छन्।
20त्यावेळी याकोबचे जे वंशज इस्राएलमध्ये राहत असतील ते त्यांना मारणाऱ्या माणसावर अवलंबून राहणे सोडतील आणि इस्राएलच्या पवित्र परमेश्वरावर मनापासून श्रध्दा ठेवायला शिकतील.
20त्यस बेला, इस्राएलमा छाडिएर बसेका याकूब परिवारका मानिसहरूले, जसले तिनीहरूलाई कुट्दछन् त्यस मानिसमा नै आफूलाई आश्रित पारी राख्ने छैनन्। तिनीहरूले साँचो रूपमा इस्राएलका परम-पवित्र अर्थात परमप्रभु परमेश्वरमाथि आश्रय हुने कुरा सिक्दछन्।
21याकोबचे हे राहिलेले वंशज पुन्हा सामर्थ्यशाली देवाला अनुसरतील.
21याकूबको परिवारमा छाडिएका मानिसहरूले शक्तिशाली परमेश्वरलाई फेरि पछ्याउने छन्।
22समुद्रकाठच्या वाळूच्या कणांप्रमाणे तुझे लोक खूप असले तरी त्यातील फक्त थोडेच परमेश्वराकडे परत येतील. ते देवाकडे वळतील पण त्यापूर्वी देशाचा नाश केला जाईल. देवाने घोषित केले आहे की तो देश उध्वस्त करणार आहे. नंतर चांगुलपणा देशात येईल. तो दुथडीभरून वाहाणाऱ्या नदीसारखा असेल.
22तिम्रा मानिसहरू एकदम ज्यादा संख्यामा छन्। तिनीहरू समुद्रका बालुवाहरू जस्ता छन्। तर परमप्रभुमा फर्कनलाई ती मध्ये कतिपय मानिसहरू मात्र छाडिनेछन् तर पहिले तिम्रो देश ध्वंश हुनेछ। अनि धर्तीमा सद्गुण आउनेछ; यो प्रवाहपूर्ण वहने नदी जस्तो हुनेछ।
23माझा प्रभू, सर्वशक्तिमान परमेश्वर, निश्चित ह्या संपूर्ण प्रदेशाचा नाश घडवून आणील.
23मेरा मालिक, सेनाहरूका परमप्रभुले घोषणा गर्नु भएकोछ कि उहाँले निश्चय नै यस पृथ्वीलाई ध्वंश पार्नुहुनेछ।
24माझा प्रभू, सर्वशक्तिमान परमेश्वर म्हणतो, “माझ्या सीयोनवासीयांनो, अश्शूरला घाबरू नका. मिसरने पूर्वी तुम्हाला जसे हरविले होते तसेच अश्शूर तुम्हाला हरवील. जणू काही अश्शूर तुम्हाला काठीने मारील.
24मेरो मालिक, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हे सियोनमा बस्ने मेरा मानिसहरू अश्शूरदेखि नडराऊ! जसरी मिश्रले तिमीहरूलाई पहिले प्रहार गरेका थियो त्यसरी नै अश्शूरले पनि प्रहार गर्नेछ। मानौं अश्शूरले प्रहार गर्नलाई कुनै डण्डाको प्रयोग गर्दछ।
25पण थोड्या काळात माझा राग शांत होईल. अश्शूरने तुम्हाला दिलेली शिक्षा मला पुरेशी वाटेल.”
25तर केही समयभित्र नै मेरो क्रोध शान्त हुनेछ। अश्शूरले तिमीहरूलाई सोचे जति दण्ड दिएकोमा म सन्तुष्ट हुनेछु।”
26पूर्वी सर्वशक्तिमान परमेश्वराने मिद्यानला ओरेबाच्या खडकाजवळ हरविले होते, त्याप्रमाणेच परमेश्वर अश्शूरवर हल्ला करून त्याला चाबकाने फोडून काढील. पूर्वी परमेश्वराने मिसरला शिक्षा करताना, आपल्या हातातील दंडाने समुद्र दुभंगून आपल्या लोकांना समुद्रपार केले व मिसरच्या लोकांना बुडविले. अशाच तऱ्हेने परमेश्वर अश्शूरपासून आपल्या लोकांना
26त्यसपछि सेनाहरूका परमप्रभुले अश्शूरलाई कोर्राले पिट्नु हुनेछ। पहिले परमप्रभुले ओरेब चट्टानमा मिद्यानलाई पराजित गर्नु भएको थियो, यस्तै प्रकारले परमप्रभुले अश्शूरमाथि आक्रमण गर्नुहुनेछ। पहिले परमप्रभुले मिश्रलाई दण्ड दिनु भएको थियो उहाँले समुद्रमाथिबाट डण्डा उठाउनु भएको थियो अनि आफ्ना मानिसहरूलाई मिश्रबाट डोर्याएर लैजानु भएको थियो। त्यस्तै प्रकारले परमप्रभुले मानिसहरूलाई अश्शूरबाट बचाउनु हुन्छ।
27अश्शूर तुझ्यावर जी संकटे आणील ती तुला ओझ्याप्रमाणे अथवा जोखंडाप्रमाणे खांद्यावर वाहावी लागतील पण लवकरच ते ओझे उतरविले जाईल. तुझे सामर्थ्य (देव) ते जोखंड मोडून टाकील.
27अश्शूरले तिमीहरूमाथि जुवाको भार ल्याउनेछ। ती जुवा तिमीहरूले आफ्नो काँधमा बोक्नु भारी जस्तै हुनेछन्। तर परमेश्वरले त्यो समस्या हटाउनु हुनेछ अनि भारी बोक्ने डण्डा भाँच्नु हुनेछ।
28अश्शूरचे सैन्य अयाथ जवळून (“भग्न अवशेष” जवळून) प्रवेश करील. मिग्रोन (“मळणीची जागा”) तुडवून ते जाईल. मिखमाशात (“गुदामात”) ते आपले अन्नधान्य ठेवील.
28सेनाहरू अय्यात नजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिकमाशमा राखेका छन्।
29ते ‘उताराच्या’ (माबाराच्या) येथे नदी ओलांडतील, गेबा येथे ते मुक्काम करतील. रामा घाबरून जाईल. शौलच्या गिबातील माणसे पळून जातील.
29तिनीहरू माबराहमा नदी तरेर जानेछन्। सेनाहरू गेबा शहरमा बास बस्नेछन्। रामा डराउनेछन्। शाऊलका गिबामा भएका मानिसहरू भाग्नेछन्।
30बाथ गल्लीम, मोठ्याने ओरड, लईशा, ऐक, अनाथोथ, मला उत्तर दे.
30बाथ-गल्लीम चिच्याऊ, कराऊ! ए लैशा, सुन! अनातोत, मलाई जवाफ देऊ!
31मदमेनाचे रहिवासी पळत आहेत. गेबीमचे रहिवासी लपून बसत आहेत.
31मदमेनाका मानिसहरू भाग्दैछन्। गिबोनका रैथाने बासिन्दाहरू लुक्दैछन्।
32ह्या दिवशी सैन्य नोब येथे मुक्काम करील आणि यरूशलेममधील टेकडी सीयोन हिच्याविरूध्द लढण्याची तयारी करील.
32त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्।
33लक्ष द्या. आपला प्रभू, सर्वशक्तिमान परमेश्वर, प्रचंड वृक्ष (अश्शूर) कापून टाकील. आपल्या सामर्थ्याच्या बळावर देव हे करील. श्रेष्ठ व प्रतिष्ठित लोकांचे महत्व तो कमी करील.
33नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिदै, ढालिदै गए-तिनीहरू अब मुख्य रहेनन्।
34परमेश्वर त्याच्या कुऱ्हाडीने जंगल तोडील आणि लबानोनमधील प्रचंड वृक्ष (प्रतिष्ठित लोक) कोसळतील.
34परमप्रभुले आफ्ना बन्चरोले जङ्गल नै फाँडि दिनुभयो अनि लबानोन अन्तर्गतका ठूला-ठूला रूखहरू को पतन भयो।