Marathi

Nepali

Isaiah

51

1“तुम्ही काही लोक चांगले जीवन जगण्यासाठी प्रयत्नांची पराकाष्ठा करता. तुम्ही मदतीसाठी परमेश्वराकडे धाव घेता. माझे ऐका. तुम्ही तुमचे वडील अब्राहाम यांच्याकडे पाहावे तुम्हाला ज्यापासून कापून काढले तो तो खडक आहे.
1“तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ।
2अब्राहाम तुमचा पिता आहे. तुम्ही त्याच्याकडे पाहावे. जिने तुम्हाला जन्म दिला त्या साराकडे तुम्ही पाहावे. मी बोलाविले तेव्हा अब्राहाम एकटा होता. मी त्याला आशीर्वाद दिला आणि त्याने मोठ्या वंशाचा आरंभ केला. त्याचा वंश खूप वाढला.”
2अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।”
3त्याचप्रमाणे परमेश्वर सियोनचे आणि तिच्या उदध्वस्त ठिकाणांचे सांत्वन करील. परमेश्वराला तिच्याबद्दल आणि तिच्या लोकांबद्दल खूप वाईट वाटेल. तो तिच्यासाठी खूप काही करील. परमेश्वर वाळवटांचे रूप बदलेल. ते एदेनच्या बागेसारखे होईल. ती ओसाड जमीन देवाच्या बागेसारखी होईल. तेथील लोक खूप खूप सुखी होतील. ते आनंद व्यक्त करतील. ते आभाराची व विजयाची गीते गातील.
3यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दुख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरूभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरूभूमि अदनको बगैंचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैंचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद र विजयको गीत गाउँनेछन्।
4“माझ्या लोकांनो, माझे ऐका. नियम माझ्यापासूनच पुढे सुरू होतील. मी लोकांना प्रकाश ठरेल असा न्याय ठरवीन.
4“मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन। मेरो निर्णयहरू कसरी जीउनु भनरे मानिसहरूलाई देखाउँदै ज्योति जस्ता हुनेछन्।
5मी न्यायी आहे हे मी लवकरच दाखवीन. मी लवकरच तुम्हाला वाचवीन. मी माझ्या सामर्थ्याच्या बळावर सर्व राष्ट्रांचा न्यायनिवाडा करीन. दूरदूरची ठिकाणे माझी वाट पाहत आहेत. ते त्यांच्या मदतीसाठी माझ्या सामर्थ्याची वाट पाहत आहेत.
5म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु। म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्। तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्।
6वर स्वर्गाकडे पाहा, खाली पृथ्वीवर तुमच्या सभोवती पाहा. धुक्याच्या ढगाप्रमाणे आकाश नाहीसे होईल. पृथ्वी वृध्द होईल. पृथ्वीवरची माणसे मरतील, पण माझे तारण अनंत कालापर्यंत चालू राहील. माझ्या चांगुलपणाला अंत नाही.
6माथि आकाशमा हेर! तल पृथ्वी वरिपरि हेर! आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ। पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ। पृथ्वीमा भएका मानिसहरू मर्नेछन् तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ। मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन।
7ज्यांना चांगुलपणा म्हणजे काय ते कळते त्यांनी माझे ऐकावे. माझ्या शिकवणुकीप्रमाणे वागणाऱ्यांनी मी काय सांगतो ते ऐकावे. दुष्टांना घाबरू नका. त्यांनी तुमची निंदा केली तरी भिऊ नका.
7तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ। तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ। दुष्ट मानिसहरूबाट नडराऊ। तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ।
8का? त्यांची अवस्था जुन्या वस्त्राप्रमाणे होईल. कसर त्याना खाईल. ते लाकडाप्रमाणे होतील. वाळवी त्यांना खाईल. पण माझा चांगुलपणा चिरंतन राहील. माझे तारण अखंड चालू राहील.”
8किन? किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्। माऊ कीराहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू ऊन जस्तो हुन कीराहरूले तिनीहरूलाई खानेछन तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ। मेरो उद्धार सदा सर्वदा लगातार चलिरहनेछ।”
9परमेश्वराच्या बाहूंनो जागे व्हा (सामर्थ्या) जागा हो ऊठ आणि बलवान हो. प्राचीन काळी वापरली होतीस तशी तुझी शक्ती वापर. राहाबचा पराभव करणारी शक्ती तूच आहेस. तू आक्राळ-विक्राळ मगरीचा पराभव केलास.
9जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।
10समुद्र आटवायला तू कारणीभूत झालास. मोठ्या डोहातील पाणी तू आटविलेस. समुद्रातील अती सखोल भागाचा तू रस्ता केलास. तुझे लोक त्या रस्त्यावरून पार झाले आणि वाचविले गेले.
10तिमीहरूले गर्दा नै समुद्रलाई सुख्खा हुने पार्यौ। तिमीहरूले अति गहिरोबाट पानी सुकायौ। तिमीहरूले समुद्रको गहिरो भागमा बाटो बनायौ। तिमीहरूले त्यो बाटो पार गरेर बाँच्यौ।
11परमेश्वर त्याच्या लोकांचे रक्षण करील. ते आनंदाने सियोनला परततील. ते खूप खूप सुखी होतील. त्यांचे सुख त्यांच्या डोक्यांवरील मुकुटांप्रमाणे निरंतर राहील. ते आनंदाने गात राहतील. सर्व दु:ख कायमचे नाहीसे होईल.
11परमप्रभुले उहाँका मानिसहरूलाई बचाउनु हुन्छ। तिनीहरू आनन्दित भएर सियोन फर्किनेछन्। तिनीहरू अत्यन्त खुशी हुनेछन्। तिनीहरूका खुशीयाली तिनीहरूको शिरको एउटा मुकुट सरह सदा-सर्वदा रहने छ। तिनीहरूले खुशीसँग गाउनेछन् सबै दुखद अवस्थाहरू टाढा हटेर जानेछ।
12परमेश्वर म्हणतो, “मीच तो एकमेव ज्याने तुमचे दु:ख हलके केले. मग तुम्ही लोकांना का भ्यावे? ती जन्म मृत्यु पावणारी माणसेच आहेत. ते फक्त मनुष्यप्राणी आहेत. ते गवताप्रमाणे मरतात.”
12परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”
13परमेश्वराने तुम्हाला निर्माण केले. त्याच्या सामर्थ्याने त्याने पृथ्वी निर्माण केली. आपल्या सामर्थ्याच्या जोरावरच त्याने पृथ्वीवर आकाश पसरविले. पण तुम्ही तुमचा निर्माता, देव आणि त्याच्या सामर्थ्याला विसरता म्हणूनच तुम्हाला दुखविणाऱ्या आणि रागावलेल्या माणसाला तुम्ही नेहमी घाबरता. त्या लोकांनी तुमच्या नाशाचा कट केला, पण आता ते कोठे आहेत? ते सर्व गेले.
13परमप्रभुले तिमीहरूलाई बनाउनु भएको हो। उहाँको आफ्नो शक्तिले पृथ्वी बनाउनु भयो। अनि उहाँको आफ्नो शक्तिले पृथ्वी भरि आकाश फैलाउनु भयो। तर तिमीहरूले उहाँलाई भुल्यौ र उहाँको शक्तिलाई पनि भुल्यौ। यसकारण तिमीहरू क्रोधित मानिससँग डराउँछौ जसले तिमीहरूलाई चोट पुर्याउँछ। ती मानिसहरूले तिमीहरूलाई नाश गर्ने योजना बनाए तर तिनीहरू सबै गए तिनीहरू अब कहाँ छन्।
14तुरूंगातील कैद्यांना लवकरच सोडून देण्यात येईल. ते तुरूंगात कुजून मरणार नाहीत. त्यांना पोटभर अन्न मिळेल.
14कैदमा परेका मानिसहरू चाँडै नै स्वतन्त्र हुनेछन्। ती मानिसहरू झ्यालखानमा मर्ने अथवा सडने छैनन्। ती मानिसहरूले प्रशस्त खानेकुराहरू पाउनेछन्।
15“मी, परमेश्वर, तुमचा देव आहे, मी समुद्र घुसळतो आणि लाटा निर्माण करतो.” (सर्वशक्तिमान परमेश्वर हेच त्याचे नाव आहे.)
15“किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ। म समुद्रलाई उत्तेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।” (सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।)
16“माझ्या सेवका, मी माझे शब्द तुझ्या तोंडी घालीन. मी तुला माझ्या हाताने झाकून तुझे रक्षण करीन. नवीन स्वर्ग आणि पृथ्वी निर्माण करण्यासाठी मी तुझा उपयोग करीन. इस्राएलला ‘तुम्ही माझे लोक आहात.’ हे सांगण्यास मी तुला सांगीन.”
16“मेरो दास, म तिमीहरूलाई ती वचनहरू दिने छु जुन म तिमीहरूलाई भन्न चाहन्छु। अनि म तिमीहरूलाई मेरो हातले छेक्नेछु र म तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई नयाँ आकाश अनि नयाँ पृथ्वी बनाउनलाई चलाउनेछु। म तिमीहरूलाई चलाउनेछु इस्राएललाई यसो भन्नलाई, ‘तिमीहरू मेरा मानिसहरू हौ।”‘
17ऊठ, ऊठ, यरूशलेम, जागी हो. परमेश्वर तुझ्यावर फार रागावला होता. म्हणून तुला शिक्षा झाली. विषाचा प्याला प्यायला लागावा तशी ही शिक्षा होती. तू तो विषाचा प्याला प्यायलीस.
17जाग जाग! यरूशलेम, उठ! परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो। यसैकारण तिमीहरू दण्डित भयौ। यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो अनि तिमीहरूले यसलाई पियौ।
18यरूशलेममध्ये खूप लोक होते. पण त्यातील कोणीही तिचे नेते झाले नाहीत. तिने वाढविलेली कोणीही मुले, तिला पुढे नेण्यास, मार्गदर्शक झाली नाहीत.
18यरूशलेमसँग धेरै मानिसहरू थिए, तर तिनीहरू मध्ये कोही पनि यरूशलेमको अगुवा हुन सकेन्। तिनले उठाएका कुनै पनि छोरा छोरीहरूले उनलाई डोर्याएनन्।
19दोन-दोनच्या गटाने यरूशलेमवर संकटे आली चोरी आणि नुकसान, भूक आणि युध्द. तू संकटात असताना तुला कोणीही मदत केली नाही. कोणी तुझ्यावर दया केली नाही.
19कष्टहरू दुइ वर्गमा यरूशलेममा देखा परे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध। तिमीहरू दुखमा परेको बेला कसैले पनि तिमीलाई साथ दिएन्। कसैले पनि तिमीहरू प्रति करूणा देखाएन्।
20तुझे लोक दुबळे होऊन जमिनीवर पडले आणि तिथेच पडून राहिले. प्रत्येक चौकात ते पडून राहिले. ते जणू जाळ्यात पकडलेले प्राणी होते. त्यांना आणखी शिक्षा सहन न होईपर्यंत परमेश्वराने रागाने त्यांना शिक्षा केली. जेव्हा देव त्यांना म्हणाला की मी तुम्हाला आणखी शिक्षा करीन, तेव्हा ते अगदीच लोळागोळा झाले.
20तिमीहरूका मानिसहरू कमजोर भए तिनीहरू भूईंमा लडेर त्यही पल्टिरहे। ती मानिसहरू प्रत्येक कुना काप्चा र गल्लीहरूमा लडिरहे। तिनीहरू पाशोमा परेका पशुहरू जस्ता भए। जब सम्म तिमीहरूले दण्ड थाम्न नक्सने भयो परमप्रभुको क्रोधवाट दण्डित भइरह्यौ। जब परमेश्वरले अधिक दण्ड दिन्छु भनेर भन्नुभयो, तिनीहरू सातो हराएका झैं भए।
21ऐक, बिचाऱ्या यरूशलेम, ऐक, मद्यप्याप्रमाणे तू दुबळी झाली आहेस. पण तू मद्य घेतले नाहीस. “त्या विषाच्या प्याल्याने” तुला दुर्बल केले आहे.
21मलाई ध्यान देऊ, दुखी यरूशलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।
22तुझा देव, प्रभू परमेश्वर, त्याच्या लोकांसाठी लढेल. तो तुला म्हणतो, “मी हा ‘विषाचा प्याला’ (शिक्षा) तुझ्यापासून दूर करीत आहे. मी आता तुझ्यावर रागावणार नाही. ह्यापुढे माझ्या रागामुळे तुला शिक्षा होणार नाही.
22तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।
23आता तुला ज्यांनी त्रास दिला त्यांच्यावर मी माझा राग काढीन व त्यांना शिक्षा करीन. त्या लोकांनी तुला ठार मारण्याचा प्रयत्न केला. ते तुला म्हणाले, ‘आमच्यापुढे वाक. आम्ही तुला तुडवून जाऊ.’ त्यांनी बळजबरीने तुला वाकविले आणि माती तुडवल्याप्रमाणे ते तुझ्या पाठीवरून चालले. तू जणू काही त्यांचा रस्ता होतीस.”
23म मेरो क्रोध तिनीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अघाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिनीहरूलाई झुकाउने कोशिश गर्छन्। अनि तिनीहरू तिमीहरूका ढाढमा हिंडनेछन्। तिमीहरू तिनीहरू हिंडने एक बाटो जस्तो हुनेछौ।”