Marathi

Nepali

Isaiah

60

1“यरूशलेम, माझ्या ज्योती, ऊठ. तुझा प्रकाश (देव) येत आहे. परमेश्वराची प्रभा तुझ्यावर फाकेल.
1“मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।
2आता अंधाराने जग व्यापले आहे आणि लोक अंधारात आहेत. पण परमेश्वराचा प्रकाश तुझ्यावर पडेल, त्याची प्रभा तुझ्यावर पसरेल.
2अब अन्धकारले पृथ्वी ढाक्छ अनि मानिसहरू अन्धकारमा पर्नेछन्। तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ।
3राष्ट्रे तुझ्या प्रकाशाकडे (देवाकडे) येतील. राजे तुझ्या तेजस्वी प्रकाशाकडे येतील.
3तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।
4तुझ्या सभोवती पाहा! बघ, लोक तुझ्या भोवती जमून तुझ्याकडे येत आहेत. ती तुझी दूरवरून येणारी मुले आहेत आणि त्याच्याबरोबर, तुझ्या मुलीही येत आहेत.
4आफ्नो वरिपरि हेर! देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्। अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।
5हे भविष्यात घडून येईल. त्यावेळी तू तुझ्या लोकांना पाहशील. तुझा चेहरा मग आनंदाने उजळेल. प्रथम तू घाबरशील. पण नंतर तुझ्या भावना अनावर होतील. समुद्रापलीकडील सर्व संपत्ती तुझ्यापुढे ठेवली जाईल. राष्ट्रांचे सर्व धन तुला मिळेल.
5यो भविष्यमा पूरा हुनेछ। अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ। अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्। पहिला, तिमीहरू डराउनेछौ, तर पछि, तिमीहरू खुशीले उत्तेजित हुनेछौ। समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।
6मिद्यान आणि एफा येथील उंटाचे कळप तुझी भूमी ओलांडतील. शेबातून उंटाची रीघ लागेल. ते सोने आणि सुंगधी द्रव्ये आणतील. लोक परमेश्वराची स्तुतिस्तोत्रे गातील.
6मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।
7लोक केदारमधील सर्व मेंढ्या गोळा करून तुला देतील. नबायोथचे मेंढे ते तुझ्याकडे आणतील. तू ती जनावरे माझ्या वेदीवर अर्पण करशील आणि मी त्यांचा स्वीकार करीन. मी माझे सुंदर मंदिर आणखी सुंदर करीन.
7केदारबाट आएका सारा भेंडा मानिसहरूले जम्मा गर्नेछन अनि तिमीहरूकहाँ ल्याइदिनेछन् नबायोतका भेडाँहरूले तिम्रो सेवा गर्नेछन्। तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ। अनि म ती सबै ग्रहण गर्नेछु। म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु।
8लोकांकडे पाहा! आकाशात वेगाने ढग सरकावेत त्याप्रमाणे ते घाईने तुझ्याकडे येत आहेत ते जणू घरट्याकडे उडत येणारे पारवे आहेत.
8मानिसहरूलाई हेर! बादलहरू आकाश्मा छिटो उडेजस्तै तिनीहरू तिमीहरू कहाँ आतुरिन्दै आइरहेछन् मानौ तिनीहरू ढुकुरहरू आफ्ना गुँडहरूमा जान उडिरहे जस्तै तिनीहरू आउँदैछन्।
9दूरचे देश माझी वाट पाहत आहेत मोठी मालवाहू जहाजे प्रवासास सज्ज आहेत. दूरच्या देशातून तुझ्या मुलांना आणण्याकरिता ती जहाजे तयार आहेत. परमेश्वराचा तुझ्या देवाचा, इस्राएलच्या पवित्र देवाचा, सन्मान करण्यासाठी ती मुले आपल्याबरोबर चांदी-सोने आणतील. परमेश्वर तुझ्यासाठी आश्चर्यकारक गोष्टी करतो.
9टाढामा भएका देशहरूले मलाई पर्खिरहेछ। समान बोक्ने जहाजहरू समुद्रमा जान तयार छन्। ती जहाजहरू टाढामा भएका तिमीहरूका नानीहरू ल्याउनलाई तयार छन्। तिनीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई जो इस्राएलका परमपवित्र हुनुहुन्छ श्रद्धा प्रकट गर्न सुन र चाँदी बोकेर ल्याउनेछन्। परमप्रभुले तिमीहरूका लागि अचम्मका कामहरू गर्नुहुनेछ।
10दुसऱ्या देशातील मुले तुझी तटबंदी पुन्हा बांधतील, राजे तुझी सेवा करतील “मी जेव्हा रागावलो तेव्हा मी तुला फटकावले. पण आता तुझ्यावर दया करण्याची माझी इच्छा आहे. म्हणून मी तुझे दु:ख हलके करीन.
10अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्। तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्। जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु। तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु।
11तुझे दरवाजे सदोदित उघडे राहतील. दिवस असो वा रात्र ते कधीही बंद होणार नाहीत. राष्ट्रे आणि राजे, त्यांची संपत्ती तुझ्याकडे आणतील.
11तिमीहरूका प्रवेशद्वारहरू सधैं खोलिनेछन्। ती द्वारहरू दिन तथा रातमा कहिल्यै बन्द हुने छैनन जातिहरू र राजाहरूले तिमीहरूलाई आफ्ना सम्पति ल्याइदिनेछ।
12जे राष्ट्र अथवा जे राज्य तुझी सेवा करीत नाही त्याचा नाश होईल.
12कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन् तर तिनीहरू नाश हुनेछन्।
13लबानोनमधील मौल्यवान चिजा तुला दिल्या जातील. लोक सुरू देवदारू आणि भद्रदारू तुला आणून देतील. माझे पवित्र स्थान सुंदर करण्यासाठी या झाडांच्या लाकडाचा उपयोग केला जाईल. ही जागा म्हणजे जणू काही माझ्या सिंहासनासमोरील चौरंग आहे आणि मी त्याला फार महत्व देईन.
13लबानोनका सबै महत्वपूर्ण कुराहरू तिमीहरूलाई दिइनेछ। मानिसहरूले देवदारू धूप्पी रूखहरू तिमीहरूलाई ल्याई दिनेछन्। ती रूखहरू मेरो पवित्र स्थान सुन्दर बनाउनको लागि प्रयोग गरिनेछ, यो मेरो सिंहासन समक्ष एउटा चौकी जस्तो हुनेछ। अनि म यसलाई ज्यादा श्रद्धा दिनेछु।
14पूर्वीच्या काळी ज्या लोकांनी तुला दुखावले, तेच आता तुझ्यापुढे नमतील. पूर्वी ज्यांनी तुझा तिरस्कार केला तेच आता तुझ्या पायाशी वाकतील. तेच लोक तुला ‘परमेश्वराची नगरी,’ ‘इस्राएलच्या पवित्र देवाचे सियोन म्हणून संबोधतील.”‘
14विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए ती मानिसहरू तिम्रो समक्ष झुक्ने छन्। विगतमा, जो मानिसहरूले तिमीहरूलाई घृणा गरे ती मानिसहरू तिम्रा खुट्टामा निउरिनेछन्। ती मानिसहरूले तिमीलाई ‘परमप्रभुका शहर’ इस्राएलको परम पवित्र ‘सियोन भन्ने छन्।”‘
15“तुला पुन्हा कधीही एकटे सोडले जाणार नाही. पुन्हा कधीही तुझा तिरस्कार केला जाणार नाही. तुला पुन्हा कधीही ओस पाडले जाणार नाही. मी तुला चिरकालासाठी मोठी करीन. तू चिरंतन सुखी होशील.
15“तिमीहरू फेरि एक्लै छाडिनेछैनौ। तिमीहरू फेरि हेला हुनेछैनौ। तिमीहरू फेरि रित्तो हुनेछैनौ। म तिमीहरूलाई सदा-सर्वदा महान् बनाउँनेछु। तिमी सदा सर्वदा खुशी हुनेछौ।
16राष्ट्रे तुला पाहिजे ती प्रत्येक गोष्ट देतील. हे म्हणजे मुलाने आईचे स्तनपान करावे तसे असेल. पण तू राजांच्या संपत्तीचे ‘पान’ करशील. मग तुला समजेल की तो मी आहे, जो तुला वाचवितो, तो परमेश्वर मी आहे. तुला कळेल की याकोबाचा महान देव तुझे रक्षण करतो.
16जाति जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्। यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ। तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ। तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ। तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ।
17“आता तुझ्याजवळ तांबे आहे, मी तुला सोने आणीन. आता तुझ्याजवळ लोखंड आहे, मी तुला चांदी आणून देईन. मी तुझ्याजवळील लाकडाचे तांबे करीन. तुझ्या खडकांचे लोखंड करीन. मी तुझ्या शिक्षेचे रूपांतर शांतीत करीन. आता लोक तुला दुखावतात, पण तेच तुझ्यासाठी चांगल्या गोष्टी करतील.
17तिमीमा अहिले काँसा छ, “म सुन ल्याई दिनेछु। तिमीसँग अहिले फलाम छ, म तिमीलाई चाँदी ल्याई दिनेछु। म तिम्रो काठलाई काँसा बनाई दिनेछु। म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु। जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्।
18“तुझ्या देशात पुन्हा कधीही हिंसेची वार्ता ऐकू येणार नाही. लोक तुझ्या देशावर पुन्हा कधीही चढाई करणार नाहीत. आणि तुला लुटणार नाहीत. तू तुझ्या वेशीला ‘तारण’ आणि तुझ्या दरवाजांना ‘स्तुती’ अशी नावे देशील.
18“त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ।
19“या पुढे तुला रात्रंदिवस चंद्र सूर्य नव्हे तर परमेश्वर प्रकाश देईल. परमेश्वर तुझा चिरकालाचा प्रकाश होईल. तुझा देवच तुझे वैभव असेल.
19“घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्। चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुनेछैन्। किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ। तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ।
20“तुझा ‘सूर्य’ कधी मावळणार नाही आणि ‘चंद्राचा’ क्षय होणार नाही. कारण परमेश्वर तुझा अक्षय प्रकाश असेल. तुझा दु:खाचा काळ संपेल.
20“तिम्रो ‘सूर्य’ कहिल्यै अस्ताउने छैन फेरि तिम्रो ‘चन्द्रमा’ कहिल्यै अन्ध्यारो हुनेछैन फेरि। किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ। अनि तिम्रो शोकका दिन अन्त हुनेछ।
21“तुझे सर्व लोक सज्जन असतील. त्यांना कायमची भूमी मिळेल. मी त्या लोकांना निर्माण केले. मी माझ्या स्वत:च्या हातांनी तयार केलेली ती सुंदर रोपटी आहेत.
21“तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्। ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्। मैले ती मानिसहरू सृजना गरें। तिनीहरू अद्भूत बिरूवा हुन् त्यो मैले आफ्नै हातले बनाएको हुँ।
22सर्वात लहान कुटुंबाचा मोठा समूह होईल. सर्वांत लहान कुटुंबाचे मोठे बलवान राष्ट्र होईल. योग्य वेळी मी, परमेश्वर, त्वरेने येईन. मी ह्या गोष्टी घडवून आणीन.”
22“स-साना परिवारहरू ठूलो परिवारमा परिणत हुनेछन्। स-साना परिवार एक दरिलो जाति हुनेछ। जब समय अनुकूल हुन्छ म, परमप्रभु चाँडै आउनेछु। म ती कुराहरू घटित गर्नेछु।”