Marathi

Nepali

Jeremiah

48

1हा संदेश मवाब देशासाठी आहे सर्वशक्तिमान परमेश्वर, इस्राएलच्या लोकांचा देव असे म्हणतो: “नबो पर्वताला वाईट काळ येईल. त्याचा नाश होईल किर्याथाईमचा गर्व उत्तरेल ते काबीज केले जाईल मजबूत ठिकाणे वाकतील त्यांचे शतश: तुकडे होतील.
1यो सन्देश मोआब देशसित सर्म्पकित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “पर्वत नबोको दुर्भाग्य सामुन्ने छ। यो ध्वंस हुनेछ। किर्यातैमको शहर लज्जित हुनेछ अनि कब्जामा पर्नेछ। ती बलिया किल्लाहरू लज्जित तथा हतोत्साही हुनेछन्।
2पुन्हा कधीही मवाबची स्तुती ऐकू येणार नाही. हेशबोनमधील लोक मवाबच्या पाडावाचा बेत आखतील ते म्हणतील, ‘या, आपण त्या देशाचा शेवट करु या.’ मदमेना, तू सुद्धा शांत होशील, तलवार तुझा पाठलाग करील.
2मोआबलाई फेरि प्रशंसा गरिने छैन। हेशबोनमा मानिसहरूले मोआबको पराजयको युक्ति रचे। तिनीहरूले भने, ‘आऊ, हामी मिलेर त्यस ठाउँलाई नष्टपारौं ताकि अब उसो एउटा जाति नरहोस्।’ हे मदमेन, तिमीलाई पनि चूपचाप पारिन्छ। तरवारले तिम्रो खेदो गर्नेछ।
3होरोनाईमचा आक्रोश ऐका. तो गोंधळाचा व प्रंचड नाशाचा आवाज आहे.
3होरोनैमबाट आएको चिच्याहट सुन। तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।
4मवाबचा नाश होईल. तिची लहान मुले मदतीसाठी आक्रोश करतील.
4मोआब नष्ट हुने नै छ। उसका स-साना बालकहरू गुहार माग्दै रूने छन्।
5मवाबचे लोक लूहीथच्या रस्त्याने वर जाताना मोठ्याने रडत आहेत. खाली, होरोनाईमच्या रस्त्यांवर यातनांचे व दु:खाचे विव्हळणे ऐकू येते.
5मोआबका मानिसहरू रूँदै लूहीतको उकालो बाटो जान्छन्। होरोनैम तिर जाने ओह्रालो बाटोमा ध्वंसको परितापमा क्रन्दन सुनिन्छ।
6पळा! जीव वाचविण्यासाठी पळा! वाळवंटातून उडणाऱ्या झुडुपाप्रमाणे पळा!
6भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ, मरूभूमिको जंगलमा हुने पोथ्रा झैं बन।
7तुम्ही घडविलेल्या गोष्टी व तुमची संपत्ती यावर तुम्ही भिस्त ठेवता, म्हणून तुम्ही पकडले जाल. कमोश दैवत कैद केले जाईल आणि त्याच्याबरोबर त्याचे पुरोहित व अधिकारी यांनाही नेले जाईल.
7तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ। यसकारण तिमीहरू कैदमा पर्यौ। उसका अधिकारीहरू र पूजाहारीहरूसितै कमोशलाई देश निष्कासन गरियो।
8प्रत्येक गावावर विध्वंसक येईल. त्यातून एकही गाव सुटणार नाही. दरीचा नाश होईल. पठाराचाही नाश केला जाईल परमेश्वराने हे घडणार म्हणून सांगितले आहे, तेव्हा तसे घडणारच.
8प्रत्येक शहर ध्वंस पारिनेछ अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन। परमप्रभुले भन्नु भएको बेंसी नष्ट हुनेछ। अनि समतल देश ध्वंस पारिनेछ।
9मवाबच्या शेतांवर मीठ पसरा. देशाचे ओसाड वाळवंट होईल. मवाबची शहरे निर्जन होतील. तेथे कोणीही राहणार नाही.
9मोआबमा खेत बारि भरि नून छरिदेऊ किनभने यो निश्चय नष्ट हुनेछ अनि बासिन्दा कोही नभएर मोआब शून्य मरूभूमि हुनेछ।
10जो कोणी ‘त्या’ लोकांना मारण्यासाठी आपल्या तलवारीचा उपयोग करीत नसेल, त्याचे वाईट होईल.
10श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ। धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन।
11मवाबला त्रास माहीत नाही मवाब मुरायला ठेवलेल्या मद्याप्राणे आहे. त्याला कधी एका रांजणातून दुसऱ्या रांजणात ओतलेले नाही. त्याला कधी कैद झालेली नाही. म्हणून त्याची चव कायम आहे आणि त्याच्या वासात फरक नाही.”
11मोआबले अनिष्ट कहिल्यै देखेको छैन। मोआब ढुग्रोमा रहेको र एउटा भाँडादेखि अर्को भाँडामा नसारिएको दाखरस जस्तै छ। उ कैदी भएर कहिले पनि बसेको छैन यसकारण उ पहिल्यै जस्तै ताजा नै छ अनि उसको स्वादमा बद्ली आएको छैन।”
12देव असे म्हणतो, “तुझ्या रांजणातून तुला ओतून टाकण्यासाठी मी लवकरच माणसे पाठवीन. ते रांजण रिकामे करुन त्याचे तुकडे करतील.”
12तब परमप्रभु भन्नुहुन्छ, “हेर, समय आइरहेछ जब म उसलाई तिम्रो भाँडाबाट खन्याउन अनि खाली भाँडाहरू टुक्रा-टुक्रामा परिणत गराउन मानिसहरू पठाउनेछु।”
13मग दैवत कमोश याची मवाबच्या लोकांना लाज वाटेल इस्राएलच्या लोकांनी बेथेल येथील दैवतांवर भिस्त ठेवली आणि त्याने त्यांना काहीच मदत केली नाही. म्हणून ते खजील झाले मवाबचेही तसेच होईल.
13तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।
14“आम्ही चांगले सैनिक व शूरवीर आहोत’ असे तुम्ही म्हणू शकत नाही.
14“तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं अथवा हामी वीर योद्धाहरू हौं।’
15शत्रू मवाबवर हल्ला करील. तो शहरात शिरुन त्यांचा नाश करील. कत्तलीत तिचे उत्तम तरुण मारले जातील.” हा राजाचा संदेश आहे, आणि राजाचे नाव आहे सर्वशक्तिमान परमेश्वर.
15शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन् र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्। उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।” यो सन्देश महाराजाको हो, उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
16“मवाबचा शेवट जवळ आला आहे लवकरच तिचा नाश होईल.
16“मोआबको अन्त नजिकै छ। मोआबलाई चाँडै ध्वंस पारिनेछ।
17त्या देशाभोवती राहणाऱ्यांनी त्यासाठी शोक करावा. तुम्हाला मवाबची किर्ती माहीत आहे. म्हणून त्याच्यासाठी शोक करा. म्हणा, ‘राजाची सत्ता संपली मवाबचे सामर्थ्य व वैभव गेले’
17मोआबका वरिपरि बस्ने मानिसहरू तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ। तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ। यसर्थ त्यसको लागि रूनु ‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’
18“दोबोनच्या रहिवाशांनो, आपापल्या मानाच्या जागा खाली करा. जमिनीवर धुळीत बसा. का? कारण मवाबचा विनाश करणारा येत आहे, आणि तो तुमची मजबूत शहेर नष्ट करील.
18तिमीहरू दीबोनमा बसिरहेका छौ। आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ सुखा जमीनमा बस किनभने विनाश आइरहेछ अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ।
19“अरोएरच्या रहिवाशांनो, रस्त्याच्या कडेला उभे राहून पाहा! पाहा! माणसे पळून जात आहेत पाहा! स्त्रियाही पळून जात आहेत त्यांना काय झाले ते विचारा
19हे अरोएरमा बस्ने मानिसहरू हो। बाटोको सहायतामा उभ र। हेर पुरूष मानिसहरू भागिरहेका हेर स्त्री मानिसहरू भागिरहे तिनीहरूलाई के भयो सोध।
20“मवाबचा नाश होईल त्याची फजिती होईल. मवाब आक्रोश करील. मवाबचा नाश झाला असे आर्णोन नदीकाठच्या प्रदेशात जाहीर करा.
20मोआब धराशायी भएको छ लाजले पूर्ण भएको छ। विलौना गर अनि रोऊ। अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।
21उंच पठारावरील लोकांना शिक्षा केली जाईल. होलोन, याहस व मेफाथ ह्या शहरांचा न्यायनिवाडा झाला आहे.
21समतल देशमाथि न्याय हुने समय आएको छ। होलोन, यहसा र मेपात शहरहरूमा न्याय गरिने समय आएकोछ।
22दीबोन, नबे, बेथ-दिबलाथाईम ह्याही शहरांचा निवाडा झाला आहे.
22दीबोन, नबो बेत-दिबलातैम शहरहरूमा न्याय गरिने समय आएकोछ।
23किर्याथाईम, बेथ-गामूल व बेथ मौन यांचा निकाल लागला आहे.
23किर्यातैम, बेतगामूल, बेत-मोन शहरहरूमा न्याय गरिने समय आएकोछ।
24करीयोथ, बसरा व मवाबमधील दूरची व जवळची शहरे यांचा न्यायनिवाडा झाला आहे.
24करियोत र बोज्रा र छेउ, टाढाका अनि नजिकका मोआब सबै शहरहरूमा न्याय गरिने समय आएकोछ।
25मवाबची शक्ती तोडण्यात आली आहे. मवाबचे हात मोडले आहेत.” परमेश्वरानेच ह्या गोष्टी सांगितल्या.
25मोआबको सिंग काटियो अनि मोआबको पाखुरा भाँचिएको छ।” परमप्रभुले यो कुरा भन्नुभयो।
26“मवाब परमेश्वरापेक्षा स्वत:ला श्रेष्ठ समजला म्हणून, तो, मद्यप्याप्रमाणे झोकांड्या खाईपर्यंत त्याला शिक्षा करा. तो स्वत:च्याच वांतीत पडून लोळेल. लोक त्याची टर उडवतील.
26“मोआबले सम्झाएको थियो कि ऊ परमप्रभु भन्दा महान हो। अत मोआबलाई पागल हुञ्जेलसम्म सजाय देऊ। मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ। मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।
27“मवाब, तू इस्राएलची चेष्टा केलीस इस्राएल चोरांमध्ये पकडला गेला का? इस्राएलबद्दल बोलताना, प्रत्येक वेळी, तू मान हलवून, स्वत: इस्राएलपेक्षा चांगला असल्याचा अभिनय केलास.
27मोआब तिमीले इस्राएलको हाँसो उढायौ इस्राएललाई एउटा चोरका समूहले पकडे। प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ अनि इस्राएलभन्दा असल छु भनी बहाना गर्यौ।
28मवाबवासीयांनो, तुमची गावे सोडा, जाऊन कडेकपारीत राहा गुहेच्या तोंडाशी घरटे करणाऱ्या पारव्यांप्रमाणे व्हा.”
28मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड। जाऊ ढुङ्गाहरूमा बस, ढुकुर जस्तो हौ जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”
29“आम्ही मवाबच्या गर्वाविषयी ऐकले आहे. तो फारच गर्विष्ठ होता. तो स्वत:ला विशेष समजे. तो नेहमी बढाया मारीत असे. तो फारच दुराभिमानी होता.”
29“हामीले मोआबको गर्व सुनेकाछौं, उ अत्यन्तै शेखीवाल र रीसाह थियो र उसले आफै ठूलो हुँ भन्ने ठान्थ्यो।”
30परमेश्वर म्हणतो, “मवाबला अकारण राग येतो आणि तो स्वत:बद्दल बढाया मारतो हे मला ठाऊक आहे. पण त्याच्या फुशारक्या खोट्या आहेत. तो बोलल्याप्रमाणे करु शकत नाही.
30परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ म जान्दछु, उसले आफ्नै प्रशंसाको गीत गाउँछ। तर उ झूटो अंहकार गर्छ ऊ आफूले भनेको कुराहरू गर्न सक्तैन।
31म्हणून मला मवाबसाठी रडू येते. मला त्या देशातील प्रत्येकाबद्दल वाईट वाटते. कीर हरेसमधील लोकांबद्दल मला वाईट वाटते.
31यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु, म सम्पूर्म मोआबको लागि रून्छु। म कीरहेरेसका मानिसहरूका लागि शोक गर्छु।
32याजेरसाठी मी तेथील लोकांबरोबर शोक करतो. सिबा, पूर्वी तुझ्या द्राक्षवेली पार समुद्रापर्यंत पसरल्या होत्या त्या पार याजेरपर्यंत पोहोचल्या होत्या; पण विनाशकाने तुझी फळे व द्राक्षे नेली आहेत.
32म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु। हे सिब्नाका दाखका बोट, बिगतमा तिम्रा दाखका बोटहरू चारैतिर फैलिदै समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो। तर विनाशले तिनीहरूका फल र दाखहरू लग्यो।
33मवाबच्या विस्तीर्ण द्राक्षमळ्यातून आनंद व सुख निघून गेले. द्राक्षकुंडातील द्राक्षरसाचा प्रवाह मी अडविला आहे. द्राक्षरस काढण्यासाठी द्राक्षे तुडविताना लोक गात वा नाचत नाहीत. तेथे हर्षकल्लोळ नाहीत.
33मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ। मैले अङ्गुर निचोर्दा रस निक्लन बन्द गरिदिएँ। यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्। स्वर छ तर आनन्दको स्वर होइन।
34“हेशबोन एलाले येथील लोक रडत आहेत. त्यांचे रडणे पार याहसपर्यंत, सोअरपासून होरानाईम व एग्लाथशलिशीयापर्यंत ऐकू येते. एवढेच नव्हे तर, निर्मीमचे पाणी सुद्धा आटले आहे.
34मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो।
35मी मवाबला उच्चासनी त्याच्या दैवताला अर्पण करु देणार नाही.” परमेश्वराने असे सांगितले.
35म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।
36“मला मवाबचे फार वाईट वाटते. बासरीतून शोकसंगीताचे सूर बाहेर पडावेत, त्याप्रमाणे माझे मन रडते. मला कीर हरेसच्या लोकांबद्दल दु:ख वाटते. त्यांचा पैसा, संपत्ती सर्व काही हिरावून घेतले गेले.
36“म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो।
37प्रत्येकाने मुंडन व दाढी केली आहे. प्रत्येकाचा हात कापला आहे व त्यातून रक्त वाहत आहे. प्रत्येकजण शोकप्रवर्तक वस्त्रे कमरे भोवती गुंडाळत आहे.
37प्रत्येक मानिसको केश खौरेको छ। प्रत्येकले दाह्री काटेको छ। प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ।
38मवाबमध्ये प्रत्येक घराच्या धाब्यावर आणि प्रत्येक सार्वजनिक स्थानी, लोक मृतांसाठी शोक करीत आहेत. मी रिकामा रांजण फोडावा त्याप्रमाणे मवाबला फोडले, म्हणून सर्वत्र दु:ख झाले आहे.” परमेश्वराने ह्या गोष्टी सांगितल्या.
38घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।
39“मवाबचे तुकडे केले गेले. लोक रडत आहेत. मवाब शरण आला. आता तो खजील झाला आहे. लोक त्याची खिल्ली उडवितात खरे, पण घडलेल्या गोष्टीमुळे ते भयभीतही होतात.”
39“मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”
40परमेश्वर म्हणतो, “पाहा! शत्रू गरुडाप्रमाणे खाली झेपावत आहे. तो त्याचे पंख मवाबवर पसरवीत आहे.
40परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ। यसले आफ्नो पखेटाहरू मोआब भरि फैलाई रहेछ।
41मवाबची शहरे काबीज केली जातील. लपण्याच्या भक्कम जागांचा पाडाव होईल. त्या वेळी, मवाबचे सैनिक, प्रसूत होणाऱ्या स्त्रीप्रमाणे भयभीत होतील.
41शहरहरू कब्जा गरिनेछ। बलिया किल्लाहरू घेरामा पर्नेछन्। त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
42मवाब या राष्ट्राचा नाश होईल. का? कारण त्याने स्वत:ला परमेश्वरापेक्षा श्रेष्ठ मानले.”
42मोआब देश ध्वंस गराइनेछ। किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान छ।”
43परमेश्वर पुढील गोष्टी सांगतो: “मवाबवासीयांनो, भीती, गर्ता आणि सापळे तुमची वाट पाहात आहेत.
43परमप्रभुले यी कुराहरू भन्नु हुन्छ, “मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्।
44लोक घाबरुन पळतील ते गर्तेत पडतील एखादा त्यातून वर आलाच, तर तो सापळ्यात सापडेल मी मवाबवर शिक्षेचे वर्ष आणीन.” परमेश्वराने असे सांगितले.
44मानिसहरू डराउने छन् र भाग्ने छन्, तर तिनीहरू गहिरो खाडलहरूमा पर्नेछन्। यदि तिनीहरू कसैले त्यहाँबाट उक्लिए भने पासोहरूमा फँस्नेछन् किनभने म मोआबमाथि दण्डको वर्ष ल्याउनेछु।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
45“लोक शक्तिशाली शत्रूपासून पळाले आहेत ते सुरक्षेतेसाठी हेशबोनला पळाले पण तेथे सुरक्षा नव्हती. हेशबोनमध्ये आग लागली सीहोनच्या गावात आग लागली आणि ती मवाबच्या नेत्यांचा नाश करीत आहे. ती त्या गर्विष्ठ लोकांचा नाश करीत आहे.
45“हेशबोनको छाँयामा शरणार्थीहरू नरहेको देखिन्छ। तिनीहरू रहेनन् कारण हेशबोनबाट आगो र सिहोनबाट ज्वाला गएको छ। यसले मोआबको निधार र ती अहिले आनन्द मनाउँदै गर्नेहरूको शिरलाई काटेर नास पारिदिनेछ।
46मवाब, तुझे वाईट होणार. कमोशच्या लोकांचा नाश होत आहे. तुझी मुलेमुली बंदिवान म्हणून वा कैदी म्हणून नेली जात आहेत.
46ए मोआब! तिमीलाई शोक! कमोशका मानिसहरू नष्ट भएको छन्। तिम्रा छोरा-छोरीहरूलाई कैदी बनाएर लगिन्छ।
47“मवाबचे लोक कैदी म्हणून नेले जातील पण पुढील दिवसांत मी त्यांना परत आणीन.” हा परमेश्वराचा संदेश होता. येथे मवाबचा न्यायनिवाडा संपतो
47“तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो। यसकारण मोआबमाथि लादिएको सजाय पूर्ण भयो।