1नंतर शूहीच्या बिल्ददने उत्तर दिले,
1तब शुहाबाट आएका बिल्ददले उत्तर दिए,
2“तू किती वेळपर्यंत असा बोलत राहणार आहेस? तुझे शब्द सोसाट्याच्या वाऱ्यासारखे उडत आहेत.
2“कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ? तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।
3देव नेहमीच न्यायी असतो. तो सर्वशक्तिमान देव बरोबर असलेल्या गोष्टी कधीच बदलत नाही.
3परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बदूलनु हुन्न जुन ठीक छन्।
4तुझ्या मुलांनी देवाविरुध्द काही पाप केले असेल म्हणून त्यांना देवाने शिक्षा केली.
4यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने नै छ। तिमीहरूले दण्ड भोग्नु नै पर्छ।
5परंतु ईयोब, आता तू त्याच्या कडे लक्ष दे आणि त्या सर्वशक्तिमान देवाची दयेसाठी आवर्जून प्रार्थना कर.
5तर अब अय्यूब, परमेश्वर पट्टिहेर, अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।
6तू जर चांगला आणि पवित्र असलास तर तुला मदत करण्यासाठी तो त्वरित येईल. तुझे कुटुंब तुला परत देईल.
6यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ।
7नंतर तुझ्याकडे सुरुवातीला होते त्यापेक्षा किती तरी अधिक असेल.
7तब तिमीसंग पहिले जति थियो त्यो भन्दा अझ ज्यादा हुनेछ।
8“वृध्दांना त्यांचे पूर्वज काय काय शिकले ते विचार.
8बूढा-प्रधानहरूलाई सोधखोज गर, तिनीहरूका पिता-पुर्खाहरूले के सिके।
9आपण अगदी कालच जन्माला आलो आहोत असे आपल्याला वाटते. सर्व जाणून घेण्याच्या दृष्टीने आपण खूप लहान आहोत. छायेप्रमाणे आपले पृथ्वीतलावरचे दिवस खूप कमी आहेत.
9हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ, त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं। यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्।
10तुला कदाचित् वृध्द शिकवू शकतील. ते जे शिकले तेच तुलाही शिकवतील.”
10हुनुसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्। हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।”
11बिल्दद म्हणाला: “लव्हाळी वाळवटांत उंच वाढू शकतात का? गवत (बोरु) पाण्याशीवाय उगवू शकेल का?
11बिल्ददले भन्यो, “के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ? के निगालाहरू पानीबिना उम्रन सक्छ?
12नाही, पाणी जेव्हा आटून जाते, तेव्हा तेही सुकून जातात. आणि कापून त्यांचा उपयोग ही करुन घेता येत नाही कारण ते खूपच लहान असतात.
12अहँ! यदि पानी सुकाइयो भने, तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन।
13जे लोक देवाला विसरतात ते या गवतासारखे असतात. जो देवाला विसरतो त्याला आशा नसते.
13मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन तिनीहरू मसिना र सूख्खा निगालाहरू जस्तो हुनेछन्। जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।
14माथा टेकवण्यासाठी त्याच्या जवळ कुठेही जागा नसते. त्याची सुरक्षितता कोळ्याच्या जाळ्यासारखी असते.
14त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन। उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ।
15तो जर कोळ्याच्या जाळ्यावर टेकला तर ते मोडेल. त्याने त्याचा आधार घेतला तरी ते त्याला आधार देऊ शकणार नाही.
15यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने त्यो जालो फाट्छ। माकुराको जालमा झुण्डिन्छ तर त्यसले उसलाई थाम्न सक्तैन।
16मनुष्य खूप पाणी व सूर्यप्रकाश मिळालेल्या वनस्पतीसारखा आहे. तिच्या फांद्या सर्व बागेत पसरतात.
16त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ त्यसको हाँगाहरू सबै बगैंचाभरि फैलिएको छ।
17तिची मुळे खडकांभोवती आवळली जातात आणि खडकांवरही उगवण्याचा प्रयत्न करतात.
17त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ। ढुङ्गामा बढनका निम्ति ठाउँहरू खोजिरहन्छ।
18परंतु ती वनस्पती तिच्या जागेवरुन हलवली तर मरते आणि कुणालाही तिथे ती कधी होती हे कळत नाही.
18तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।
19परंतु ती वनस्पती आनंदी असते कारण तिच्याच जागी दुसरी वनस्पतीवाढत असते.
19तर उद्भिद् खुशी थियो अनि यसको ठाउँमा अर्को उम्रिनेछ।
20देव निरागस लोकांना सोडून देत नाही. तो वाईट माणसांना मदतही करत नाही.
20परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न। उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।
21देव तुझे तोंड हास्याने भरुन टाकेल आणि तुझे ओठ आनंदी चित्कारांनी!
21परमेश्वरले सधैं तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।
22पण तुझे शत्रू मात्र लज्जेची वस्त्रे घालतील आणि दुष्ट माणसांची घरे नष्ट होतील.”
22तर तिम्रा शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ अनि दुष्ट मानिसहरूका घरहरू भत्काइनेछ।”